Sunday, December 20, 2009

नेपालमा माओवादीको नेतृत्व किन आवश्यक छ ?

अनुपराज शर्मालाई प्रधान न्यायधिश भएपछि खुशी संगै डर पनि लाग्यो अरे । उनले भन,े ए अदालतमा त मुद्दा पनि किनबेच हँुदो रछ, न्यायधिश पनि भ्रष्टाचार गर्दारछन्, म यो सुधार गर्न सक्छु कि सक्दिन् ? अनुपराज ले ज्ञानेन्द्र शासन्मा पनि शाही आयोगलाई अबैधानिक घोषित गरेर साहसिक छवि बनाएका हुन् । तेसैले पनि वर्तमान् अवस्थामा आफ्नो छवि जनसमक्ष प्रमाणित गर्न पनि उनले न्यायपालिकामा हुने भ्रष्टाचार स्वीकार गर्न बाध्य भए । तर यो देशमा भ्रष्टाचारले कति जरा गाडेको छ भन्ने कुरा कुनै अनुपराजले अब भनिराख्नु पर्छ ? यो देश १५ वर्षदेखि त शशस्त्र व्दन्द्ध मा छ, उद्योग धन्धा घाटा मा छ र,े कर्मचारीको तलबले खान पनि पुग्दैन् रे, तेसो भए कसरी काठमाडौंमा यतिका अर्बपतिहरु भए ? तलबले खान नपुग्ने कर्मचारी घाटामा गएका व्यापारी र हात्ती छाप चप्पल लाउने राजनीतिकर्मीहरु कसरी रातारात संभ्रान्त हुन पुगे ?

कतिपय साथीहरु मलाई भन्छन् माओवादीको किन सपोट गर्ने स्वतन्त्र हुनुपर्छ । म भन्छु के यो भ्रम होईन कि माओवादीको विरोध गर्दा मात्रै स्वतन्त्र हुन्छन् । बरु म त माओवादीको बिरोध गर्नेहरु मध्ये धेरैजसो पुर्वाग्रही देख्छु । मलाई अचेल के लाग्छ भने मान्छेले आफ्नो धारणा बनाउने प्रमुख कारण उसले हासिल गरेको ज्ञान वा शैक्षिक डिग्री भन्दा पनि उसको बर्गीय चेतना नै प्रमुख हुन्छ । तपाईले आफ्नै पनि पृष्ठभुमि वा ब्याकग्राउन्ड कहिल्यै बिचार गर्नुभएको छ ?

अचेल माओवादीले न्यायपालिका मा समेत हस्तक्षेप गर्यो भन्ने आवाज पनि उठेको छ । न्यायपालिका को स्वतन्त्रता हस्तक्षेप भयो अरे । हो म पनि भन्छु न्यायपालिका मा माओवादीले हस्तक्षेप गर्न खोजेकै हुन् । माओवादीकै न्यायिक प्रणालीमा पनि विकृतिहरु देखिएका छन् । तर के आज माओवादीले हामी बैकल्पिक न्याय प्रणाली दिन्छौ भनेर परम्परागत न्याय प्रणालीलाई चुनौति नदिदा हुन् त आज अनुपराजले अदालतमा भएका ढिलासुस्ती र भ्रष्टाचार स्वीकार गर्न बाध्य हुन्थे ?

अलि अस्तिसम्म पनि अदालतमा भ्रष्टाचार छ भन्ने सबैलाई थाहा भएको तथ्य कसैले संकेत सम्म गरेमा पनि न्यायपालिका को अवहेलना को आरोप लगाएर थुनिथ्यो । यो त यो देशको वर्तमान मा अर्को एउटा आईरोनी हो कि प्रधान न्यायाधिश अनुपराज स्वयम् यो भन्दैछन् कि न्यायपालिकामा व्यापक ढिलासुस्ती र भ्रष्टाचार छ, म सुधार गर्र्न सकुला र ?

तपाई अझै पनि कसैलाई माओवादी समर्थक भएकोमा आश्चर्य मान्नुहुन्छ । खासगरी तेसो भन्नेहरु धेरैजसो कि बाउले नेपालमा गरेको भ्रष्टाचार अमेरिकी वा युरोपेली देशहरुमा उडाउने छोराछोरी हुन्छन् । वा टेन प्लस टु सकाएर अमेरिका युरोपमा भाडा माझ्दै पढने सपना देख्ने निम्न मध्यम बर्गीय बिचरा नेपालीहरु हुन्छन् । वा युरोप अमेरिका मा बुढी स्वास्नीको पोई भएर अनि लागु औषध ओसार पसार गरेर नेपालमा डेमोके्रसीको स्वांग गर्नेहरु हुन्छन् । तपाई चाहि कुन क्याटगोरीमा पर्नु भो कोनि ? ;)

तर जुनै क्याटगोरी वा कित्तामा भए पनि एक पटक तपाई यो देशको प्रशासनिक वा न्यायपालिक चक्कर मा पर्नु भो भने तपाई एक छिनको लागि भए पनि टेरोरिस्ट हुन पुग्नुहुन्छ । आउँछ कि आउँदैन कि सुट गर्दिउँ जस्तो तपाईको मन मा यो विचार जब अदालत र मालपोत देखि बायुसेवा निगम र एयरपोर्टको काउन्टरमा समेत प्रत्येक कर्मचारीले प्रत्येक पटक तपाईसंग घुस को अपेक्षा गर्छ ?
हिजै म एकजना उपभोक्ता समुहको प्रतिनीधिले नेपाल आयल निगम बारे भनेको कुरा सुन्दैथिए । उनी भन्दै थिए कि नेपाल आयल निगमलाई यदि सरकारी संरक्षण र सुरक्षा नहँुदो हो र यदि यो संस्था निजी संस्था हुँदो हो त उपभोक्ताले उहिल्यै घेरेर यो संस्थालाई ध्वस्त पारिसक्थे । र कुनै दिन ध्वस्त पारे भने आश्चर्य नमाने हुन्छ । यस्तो ध्वस्त पार्ने कुरा गर्ने म जस्तो माओवादी समर्थक थिएनन् । एक गैर सरकारी संस्थाका जिम्मेवार प्रतिनीधि थिए । उनी दिनहँु पेट्रोलको लाईनमा बस्नु पर्दा आजित भएका रछन् ।

हुन त उनी जस्ता टपरटुईया महानुभाव जो खाते शान देखाउन अनावश्यक बाईक र कार चढेर सडक जाम अनि दुर्घटना गर्छन् । तेस्ता मान्छेहरुलाई पेट्रोल लिन २, ३ किलोमिटरको लाईन लागेको देख्दा मलाई खुब मजा लाग्छ । हास्छु म त खुच्चिंग भनेर । मलाई त अचेलका केटीहरुसंग झनै रिस उठ्छ । एउटा कलेजको ठिटो भन्दैथ्यो केटी पट्याउन सबैभन्दा सजिलो तरिका उनेरुलाई बाईकमा घुम्न अफर गर्नुपर्छ रे । नत्र पट्टिदैनन अरे । भनेपछि अब म पनि भट्टराई बाजे जस्तै आजीवन कुमार नै रहने भएँ :(

फेरि मुल कुरामा म आउँछु । मेरो विचारमा त पेट्रोलको आयातनै बन्द गर्दिए हुन्छ । मैले अघि भनेको महानुभावको आक्रोश के थियो भने नेपाल बन्द हुँदा कफ्र्यु लाएर ईन्धन आपुर्ति संचालन गरिनेछ भनेर सरकार भन्छ । तर सामान्य अवस्था हँुदा चाहि ट्यान्करको हावा फुस्केर तेल आएन भन्ने जस्तो हास्यास्पद र नियोजित भ्रष्टाचार ढाकछोप गर्ने जवाफ निगमका प्रवक्ताले दिन्छन् ।

एउटा अर्को उदारहण... अचेल सबैले भन्छन् सुदुर पश्चिममा भोकमरी छ, सरकारले हेर्नुपर्यो । संचार माध्यमहरुमा गोहीको आँसु चुहाईन्छन् । अनुदान का चामल र खाद्यान्न केही पठाईएका पनि छन् । तर ति कहाँ पुग्छन् ? अस्ति को समाचारमै आएको छ । धेरैजसो ठेकेदारले बीचबाटै गायब गर्छन् । तपाईलाई थाहा हुनुपर्छ आपुर्ति गर्ने, पाउने र बीचबाट गायब गर्ने सबै एउटै समुहका विभिन्न तहका मानिस हुन् । यहा ए टु जेड एन्ड विदाउट एक्सेप्सन सबै नै ठेकेदार र सबै नै दलाल छन् । यो देश नै एउटा अघोषित ठेकेदारी र दलालीमा चलिरहेको छ । अरु कुरा छाडदिउँ कसले गरिरहेको छ यहाँ अनियन्त्रित जग्गा दलाली, मान्छे बेच्ने म्यानपावर, केटी बेच्ने गिरोह, गल्र्स रेष्टुरेन्ट अनि मसाज ससाज को काम ? ति सबै यहाँका ठुला र प्रतिष्ठित मानिसहरु हुन् ।

अचेल भनिन्छ राजनीतिमा अपराधीकरण भयो अरे । कसले गर्यो त अपराधिकरण ? समाजमा अपाराधिकरण र अराजकता बढ्यो अरे । किन नबढोस् त ? के सबैलाई थाहा छैन् यो अपराधिकरण कहाँबाट भईरहेको छ ? सबैलाई थाहा छ, यो अपराधिकरणको मुल जरो भनेको बाटो बिराएका र कुनै क्षणिक आवेश वा लोभमा परेर अपराध गर्नेहरु हैनन् । बरु नियोजित र योजनाबद्ध अपराध र भ्रष्टाचार गर्ने राजनीतिक न्यायपालिक प्रशासनिक र सुरक्षा निकाय हुन् । देशमा यतिका धेरै अपराधिक गतिविधि र कालाबजारी कसको संरक्षणमा हुन्छ ?

हेर्नुस्, हाम्रो नेपालमा कसरी व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाले कार्य विभाजन गरेका छन् । नियोजित र योजनाबद्ध अपराध र भ्रष्टाचार राजनीतिक व्यक्तिहरुको संरक्षणमा मात्र हुन सक्दछ । कोही यदि सरीफ नै पनि छ भने आपराधिक गिरोहले उसलाई सरीफ हुन दिदैन् । अपराधीहरुको सबैभन्दा भरपर्दा मित्र र हितैषी को हुन् ?... सुरक्षा निकाय । झुक्किएर वा एक अर्कासंग डिल नमिलेर कोही अपराधी वा भ्रष्टाचारी अन्धा कानुनको जालोमा परे भने कसले बचाउँछ ?... न्यायपालिका ले । ये अन्धा कानुन है ।

सोच्नुस, एक दिन होईन दुई दिन हैन बारम्बार त्यसरी राजनीतिक काला व्यापारी दलाल कर्मचारी भ्रष्ट प्रसासन र पुलिसको दुष्चक्र मा जीवन बिताउनुपर्नेहरु कि टेरोरिस्ट कि माओवादी नभएर के हुन्छन् त ? माओवादी नभए के हुन्छन् भन्ने कुरा कुनै दिन आफ्नै देशको तराई तिर जानु भएको बेला सय भन्दा बढी फिरौति असुली ग्रुपबाट अपरहण हुनबाट बच्न सक्नुभो भने सोच्नुहोला । एउटा बिन लादेन भन्ने व्यक्तिको कथित खोजमा गाउँका गाउँ सखाप पार्ने आकाशबाट भईरहेका बम बर्षा बाहेक के यो देश अहिले नै अफगानिस्तान भईसकेको छ्रैन् ?

तेसैले त प्रधान न्यायधिश अनुपराज भन्दैछन् कि के म भ्रष्टाचार नियन्त्रण गर्न सकँुला र ? प्रधानमन्त्री माकुने लाचारी गर्छन्् मलाई मेरै मन्त्री र कर्मचारीले टेर्दैनन् म के गरुँ ? कस्तो लाचारी हो यो देशका अगुवाहरुको ? कन्फुज नभए हुन्छ । असल नीयत नै छ भने पनि म भविष्यवाणी गरिदिन्छु । उनीहरुल सकेनन् र सक्दैनन् । धेरै हिरो बन्न खोजे भने पनि उनलाई नै उडाईदिनेछन् । यो देशमा एक दुई जना सुधारकले एक दुई जनालाई कारवाही गरेर मात्रै पनि पुग्दैन् । खल्तीबाट झिकेर सम्बिधानको घोषणाले मात्रै पनि पुग्दैन् । न कुनै उपदेश वाद विवाद वा कोटी होम नै गरेर सुधार हुनेवाला छ ।

टप टु बटम् सिस्टमेटिक क्लिनजिंग आवश्यक छ र यो काम माओवादीले मात्र गर्न सक्दछ

12 comments:

  1. bichar aafno aafno....

    ReplyDelete
  2. तर थप समस्या के हो भने माओवादीले त्यस्तो "टप टु बटम् सिस्टमेटिक क्लिनजिंग" गर्ने कुनै लक्षण देखाएको छैन। ऊ त्यहि सिष्टममा आफूलाई सबभन्दा ठूलो भाग खोज्न मात्रै ज्यान फालेर लागेको छ। उसको नौ महिने सरकारले पनि यहि देखाएको हो। नारा र कुरा फरक होलान, तर माओवादीको चिन्तन शैली अरुभन्दा कत्ति फरक छैन। अदालत, मालपोत आदिमा अहिले सबभन्दा दादागिरी माओवादीकै छ। पहिला गाऊँमा तास खेल्नेलाई भाँटा हान्नेहरु अहिले आफैं जूवाघरको सबैभन्दा पक्का संरक्षक बनेका छन्।
    धेरै कुरा के गर्नु, अन्तहीन हुनसक्छ यस्तो कुरा। मिलन भाइले भनेजस्तै, विचार आफ्नो-आफ्नो।
    ब्रोलाई एउटा कुराचाहिँ भन्दिहालौं, "टप टु बटम् सिस्टमेटिक क्लिनजिंग" चाहिँ मै सत्तामा नगई होला जस्तो लाग्या छैन मलाई:) हे हे हे!

    ReplyDelete
  3. टप टु बटम् सिस्टमेटिक क्लिनजिंग आवश्यक छ !! तर अब कसले गर्ने माओबादीले त गर्ला जस्तो लागेन मलाई त !! चान्स पाउदा पनि नगर्नेले अब के गर्लान !!

    ReplyDelete
  4. सरकार चलाउनु आफैमा अप्ठ्यारो कुरो हो त्यसमा पनि जुन राजनीतक पार्टीसग सत्ता र सरकारको कुनै अनुभब नै थिएन ९ महिना उसका लागि अति थोरै समय हो तर यो ९ महिना राजनीतिमा भने लामो समय हो उसले कुनै राम्रो निर्णय गर्न सक्थ्यो भ्रष्टचार नियन्त्रण गर्ने एउटा गतिको संयन्त्र निर्माण गरेर तर
    महिना माओबादीले आफ्नो शिबिरभित्र रहेको सेनालाइ कसरि राष्ट्रिय सेनामा भित्राउने, कसरि पशुपतिको पुजारी फेर्ने भन्ने कुरामा नै बितायो राष्ट्र खाने धमिराहरुलाई नियन्त्रण गर्ने तर्फ कुनै कदम नउठाएर. हुनत जगजाहेर नै छ, हावा ब्रो ले भने जस्तै टप टु बटम् सिस्टमेटिक क्लिनजिंग गरियो भने यहाँ १०० मा ९० नेताहरु अनि उच्च पदस्थ सरकारी सेवामा रहेका कर्मचारी सबैलाइ मामाघर पठाउनु पर्ला तर यो कुरा स्थायी र दरो बहुमतको सरकार परिबर्तनकारी नेतृत्वमा नपुगेसम्म आकासको फल मात्र होला नेपालि जनता को लागि.
    आसा गरौ त्यो दिन टाढा छैन र तपाइले भने जस्तै अन्य राजनीतिक पार्टीले होइन त्यो गर्न सक्छ भने त्यो एउटा पार्टी माओबादीले मात्र गर्न सक्छ.
    लेख सहि छ ब्रो.

    ReplyDelete
  5. धन्यबाद साथीहरु नेपाल बन्द हडताल खुलेपछि यहाहरुको सुझाव लाइ म सम्बोधन गर्नेनै छु ;)...तेतिन्जेल नाचगान मा सुनेको गीत को एउटा अन्तरा राख्न चाहन्छु

    कांग्रेस र एमाले हुन् यो देशका खाओबादी
    आन्दोलन को राको बालि आयो माओबादी
    ;)

    ReplyDelete
  6. हावा ब्रोको निष्कर्ष माओवादीप्रतिको आशा हो कि व्यंग्य, बुझ्न हल्का गाह्रो भयो ;) यसलाई यसरी भन्छु म त - टप टु बटम् सिस्टमेटिक क्लिनजिंग आवश्यक छ र यो काम माओवादीले गर्न सक्ला कि भन्ने धिपधिपे आशा अझै पनि छ। आशा मात्रै हो है, भर त पर्न छाडिसकियो।

    ReplyDelete
  7. म पनि माथिकै कुरा भन्छु; आफ्नो आफ्नो विचार..
    तर यति भनेर खुरुक्क बाटो चाहिँ तताईहाल्दिन । यौटा प्रश्न हावा ब्रो लाई..सडकबाटै यतिका बन्द हड्ताल गर्न सक्ने अनि त्यहि सडकबाटै देशभरी स्वायत्त गणराज्य घोषणा गर्न सक्ने तागत बोकेको पार्टीले जनादेश पाएरै सरकारमा हुँदा चैँ किन घाँटीमा जुवा सम्म नि अड्याउन नसक्ने करङ खुस्केको गोरू जस्तो भएर बस्यो । बरू त्यतिबेलै यि सबै काम गरिदिएको भए एउटा निकास उहिल्यै निस्की सक्ने पो थियो कि...

    ReplyDelete
  8. सरी है साथीहरु, डिजीटल डिभाईड बाट पुर्ण रुपले मुक्त हुन नसकेकोले व्लग मेनटेन गर्नै पनि गारो भईराछ तेसैले रेस्पोन्स अलि ढिला भो

    मिलन ब्रो, मैले पनि त त्यै भनेको हाम्रो राजनीतिक सोचाई प्राय हाम्रो बर्गीय दृष्टिकोणबाट निर्धारित हुदो रछ अनि त्यो मेटनुभाको कमेन्ट मा चाहि के थियो नि पक्कै पनि मलाई गाली गर्नुभाको थियो होला अनि पछि मेटनुभो कि मैले भनेको तपाईमा मिल्यो कि कसो ? स०

    बसन्त ब्रो, माओवादी सरकार मा हुदा त्यस भित्र अवसरवादी र सुबिधाभोगी प्रवृत्ति बढेको त पार्टी भित्रै छानवीन समिति पनि गठन् हुनुले पनि देखाएको हो तर पार्टी भित्रको शुद्धीकरण अभियान सफल हुन्थ्यो कि बि पी ले कांग्रेस पार्टीलाई भने जस्तो सुकिला माओवादीले खस्रा माओवादीलाई पाखा लाउँथे बेलैमा सरकार ढलेर त्यो प्रष्ट हुन पाएन्

    सत्ताको कुरामा, माओवादीले सत्ता चाहेकै हुन् त्यो त प्रस्ट नै छ जसलाई उनीहरु अब त जनमतबाट अनुमोदित अधिकार भन्ने पनि ठान्छन् तर देशलाई बरु व्दन्द्धमै धकेलेर भए पनि एउटा राष्टप्रतिको कदमबारे सदनमा छलफल समेत कुनै हालतमा गर्न नदिने बर्तमान सत्ताधारी र तिनका समर्थक ले देशमा कस्तो शान्ति चाहेका हुन् बुझ्न गारो छ

    प्रबिण ब्रो, हो त नि उनेरु कथित लोकतन्त्रवादीहरु चाहि बीसौ बर्ष सत्तामा बसेर पनि नसिक्ने अनि माओवादीलाई चाहि ९ महिना मै फेल गराउने कस्तो न्याय होला यो अरु केही होईन बुझ्नु भो एक एक गरि सबैलाई उचाल्दै र पछार्दै गरि नेपालको राजनीतिमा हैकम कायम राख्ने हाम्रो बडे भाईकै चाल हो यो नत्र कांग्रेस एमाले भित्रै पनि मिलेर जानुपर्छ भन्नेहरुलाई पनि भिडेर जानुपर्छ भन्नेहरुले कसरी पाखा लाउँथे होला ?

    ध्रुब ब्रो र अशेस ब्रो, तपाइको प्रस्नको उत्तर भोलि भन्छु ल... आज आमसभा सुन्न जानुछ ;)

    ReplyDelete
  9. ध्रुब ब्रो, व्यंग जस्तो छ र भन्या ? माओबादीलाई समर्थन गर्ने जनता को प्रकार र खबरदारी ले नै माओबादी पार्टीलाई लाइ पनि गरेर देखाउन घच्घछ्याउछ जस्तो लाग्छ.. उनेरु नया भएकोले पनि केहि गरेर देखाउने जागर देख्छु म..अरुका त जागर नै छैन केहि जनपक्षिय काम गरेर देखाउने

    अशेस ब्रो, मैले बुझे अनुसार माओबादी पार्टी पनि कहा बाट सुरु गर्ने भन्ने अलमल मा अल्झियो.. गर्नुपर्ने धेरै फेरी उसको पनि बहुमत नभएकोले आफुले चाहे जस्तो गर्न पनि नसक्ने थियो..छोटो मा भन्दा उसलाई पनि नया परिबेस मा सिक्न अलिकता समय लागेको हो भन्ने मेरो बुझाइ छ...आ आफ्नो बिचार ;)

    ReplyDelete
  10. सही भन्नुभो हावाजी, धेरैले माओवादीको विरोध गर्नु नै स्वतन्त्र र निष्पक्ष हुनु हो भन्छन् । हिजो कांग्रेसको समर्थन पनि गरिएकै हो, एमालेलाई भोट पनि दिइएकै हो; उस्तै परे भोलि माओवादीलाई घोक्रेठ्याक पनि लाइन्छ; एउटा सामान्य नागरिकले गर्ने भनेको यत्ति न हो ! यो कुरा उनीहरूले किन बुझ्पचाउँछन् ? माओवादीको विरोध गरेको रुचाउने र आफूलाई गोरु बेचेको साइनो जोरेकाहरू र भकारी भरिदिएका विरुद्धमा उफ्रनेहरू कसरी निष्पक्ष र स्वतन्त्र भए ? बडो अचम्म लाग्छ ।

    ReplyDelete
  11. माओवादीको विरोध गरेको रुचाउने र आफूलाई गोरु बेचेको साइनो जोरेकाहरू र भकारी भरिदिएकाहरूका विरुद्धमा कुरा गर्दा उफ्रनेहरू कसरी निष्पक्ष र स्वतन्त्र भए ? बडो अचम्म लाग्छ ।

    ReplyDelete
  12. त्यै भन्या नि पुष्प जी, को छ यहा निस्पक्ष् ? कोहि पनि छैन.. मालिक होस् वा जनता अरुको समर्थन मा टिकेको र जागीर खान वा पुरस्कार पाउन लेख्ने मान्छेहरु पनि निस्पक्ष् हुन् सक्छन ?

    बरु म नै आफुलाई निस्पक्ष् देख्छु ;) किन भने म कोहि रिसौलान वा खुसौलान भनेर लेख्दिन..तर मेरो अनुभवले मलाई एउटा द्रिस्तिकोण दिराखेको हुन्छ तेसले गर्दा मेरो पनि कतै बायस हुनसक्छ.. आज माओबादी प्रति छ भोलि तपैले भने जस्तै माओबादी लाइ पनि घोक्रेठ्याक लाउन सकिन्छ

    ReplyDelete