Tuesday, December 22, 2009

नेपालमा को अहिंसावादी छ ?

कतिपयले के पनि भन्छन् भने माओवादीले सत्ता प्राप्तिको लागि आन्दोलन गरेको हो... म पनि भन्छु त्यो हो पनि... तर सत्ता नचाहिदो हो त हाम्रा कथित प्रजातन्त्रवादी हरुवा चरुवाहरु किन जुका झै सत्तामा टासिराख्थे होला ? निर्वाचन परिणामबाट माओवादीको त जायज लोकतान्त्रिक हक नै देखिएको छ सत्ताको नेतृत्वमा... तेसमाथि कमनिष्ट पार्टीको कार्यक्रम नै राज्य सत्तामा निर्भर हुने भएकोले उनेरुको युद्ध पनि सत्ता केन्द्रित नै हुन्छ... उनेरु युद्धलाई पनि बर्गीय व्दन्द्ध को रुपमा स्वभाविक ठान्छन्... माओवादीले युद्धको बाटो छाडनुको कारणनै त्यै थियो कि नेपालमा कमुनिष्ट अधिनायकत्व चलाउन गारो छ... बरु शान्तिपुर्ण माध्यम बाट बहुदलिय राजनीति मार्फत पनि देश र जनताका पक्षमा कार्यक्रम लागु गर्न सकिन्छ... संविधान सभा चुनाव परिणामले शान्तिपुर्ण बाटो बाटै धेरै सफलता हुने रछ भन्ने निष्कर्षमा पुग्न माओवादीहरुलाई हौस्यायो पनि

तर जसरी अहिले कुनै हालतमा माओवादीलाई नेतृत्वमा आउन नदिने नीति लिईएको छ... कतिपय लोकतन्त्रवादी विव्दानहरुले समेत त्यसको वकालत गरेका छन्... अझ अनौठो त संसदीय सर्वोच्चता भन्नेहरुले नै राष्टप्रतिको कदमको छलफल समेत निषेध गरेका छन्... जबकि राष्टप्रति आफै पनि भन्दैछन् कि उनको कदम संबैधानिक नभएर राजनीतिक थियो... त्येसले माओवादीलाई कुन निष्कर्ष तिर डोर्याईरहेको छ ? कथित लोकतन्त्रवादीहरुले माधव नेपाल, सुवास नेम्वांग, र छत्रमान् गुरुंगको टाउको देखाएर मात्र कहिले सम्म थेग्लान् ? माओवादीहरु फेरि बिस्तारै यहि निष्कर्षमा पुग्दैछन् कि हिंसा बिना सत्ता प्राप्त हुदैन्... अर्थात सत्ता बन्दुकको नालबाटै आउँछ

मलाई त यसमा आश्चर्य छैन किन नीतिबिहीन बर्तमान गठबन्धन सत्ताधारीहरु माओवादी यस्तै हिंसात्मक बाटोको निष्कर्षमा पुगोस भन्ने चाहन्छन्... किनभने बिजय कुमार गच्छदार, अर्जुन नरसिंह केसी, र शेर बहादुर देउवाहरुको अरु के नै भविष्य छ र ?... तेसैले माओवादी व्दन्द्धमा गयो भने त्यसको प्रतिकारको नाममा देउवा केसी र गच्छदारहरु सत्तामाथिको पकड हुनेमा झन् विश्वस्त छन्... पार्टी भित्रै पनि नरहरी आचार्य, गगन थापा, र बामदेवहरुलाई पाखा लाउन सकिन्छ...
मलाई त आश्चर्य यसमा छ कि कथित लोकतन्त्रवादी भनाउन चाहनेहरु बर्तमान जनाधारविहीन सत्ताधारीहरुलाई बलियो बनाएर माओवादीलाई हिंसात्मक बाटोमा जान किन प्रेरित गरिरहेका छन् ? माओवादीको प्रतिकारनै गर्ने हो भने पनि आफु फिल्डमा नउत्रेर उनेरु बिदेशबाट वा तुलनात्मक रुपले सुरक्षित काठमाडौंमा बसेर किन अरुलाई बलिको बोका बनाउँदैछन् ?

माओवादीले हिंसात्मक बाटोबाट जित्छन् नै भन्न त म सक्दिन्... तर उनेरु अब सत्ता प्राप्तिको लागि हिंसात्मक बाटोमा नै जानेछन्... बैधानिक बाटोबाट सत्ता दिईएन भने उनेरुले समानान्तर सत्ता भएपनि चलाई छाडछन्... हिंसात्मक बाटोमा गएपछि माओवादी सफल हुन पनि सक्छन् नहुन पनि सक्छन्... तर माओवादीहरुको जेसुकै भएपनि कथित अहिंसावादीहरुले भन्नुपर्यो कसरी देशमा शान्ति हुन्छ ?
माओवादी हिंसात्मक बाटोमा जानु त उनेरुको सिद्धान्त विपरित पनि होईन्... तर माओवादीलाई हिंसात्मक बाटोमा पठाउने बर्तमान सत्ताधारीहरु र तिनका बिदेशी मालिकको कपटमा सहयोग पुर्याएर कथित अहिंसाबादीहरुले देशलाई कता तर्फ धकेलिन सहयोग गर्दैछन् ?

मेरो निष्कर्ष यो देशमा कोही पनि अहिंसावादी छैनन्... अहिंसा भन्ने पाखण्ड मात्र हो

12 comments:

  1. म नि हावा ब्रो को कुरा मै सहमति जनाउँदै भन्छु, 'यो देशमा कोही पनि अहिंसावादी छैनन्... अहिंसा भन्ने पाखण्ड मात्र हो'

    ReplyDelete
  2. कुरो ठिकै पनि हो हावा जी । राजनीति भनेकै सत्ता प्राप्तिको खेल नै हो जोगी हुनलाई कसैले राजनीति गर्दैन। सर्वबर्गहाराको हित या जित जे भनेपनि वा हतियारै उठाएपनि खाली सत्ता प्राप्तिको लागि मात्रै हो

    ReplyDelete
  3. सत्ता नै चाहिएको हो भने माओवादीलाई इतिहास कायम गर्ने रहर त थिएन होला । सरकार चलाउन सकेन भन्ने हो भने पनि आजसम्म कसले पो सकेको छ र ? सत्ता कब्जा गर्ने भिडियो आउने थाहा पाएपनि के नै पो लछारपाटो लाग्थ्यो र त्यसले ?

    माओवादीको अडा सही छ, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता प्रमुख मुद्दा हो । राष्ट्रपतिको आडमा सेना हावी हुने र भारतको आडमा टट्टुहरू हावी हुनेभएकैले माओवादीको बहिर्गमन दूरदर्शी हो ।

    ReplyDelete
  4. kura ta sahi nai ho hawa bro, tara des ta chaknaachur nai parne bhayo ni ta?

    ReplyDelete
  5. 'हाम्रो नेपाल मा' भन्ने टाईटलै चेन्ज गरेर बरू 'माओवादीको बोलपत्र' नाम राखिदिउँ न ब्रो । त्यसो गरे कसो होला??
    तर्क पुर्याएर राजनितिको विष्लेशण गर्ने हुति त ममा छैन तर हिजो आजका तपाईँका कुरामा चाहिँ म सहमत हुन सक्दिन । तपाई लेखक भएर एकोहोरो एकतर्फी मात्र कुरा लेख्ने हो भने पाठक त मर्कामा पर्ने भए नि!!

    ReplyDelete
  6. हा हा हा आकार ब्रो, तपाई पनि अचेल बागी हुनुभएछ..ल ठिक छ ;)

    सुर्य ब्रो, प्रहरी का डि एस पी हरु पनि भन्दै र छन् हाम्लाई फिल्ड मा उतारेर केहि नराम्रो भो भने दोष जति हाम्लाई दिएर माथिकाले आफ्नो टाउको जोगौदैछ्न

    सुर्य ब्रो, तपाई को भनाइ पनि ठिक हो.. तर सत्ता ले जनमतलाई प्रतिनिधित्व नगरेर पो मार्यो.. जनमतबाट निर्मित सत्ता हुँदा भोलि मैले के जवाफ दिने भन्ने चिन्ता हुन्थ्यो.. तर अहिले का सताधारीहरु त ढुक्क छन्.. आयो माओबादी भनेर जे गरे नि भाछ यिनेर्लाई

    पुष्प ब्रो, सतता कब्जा त बरु अहिले पो भएको जस्तो देखिएको छ.. हरुवाहरुले सत्ता कब्जा गरेका छन्.. अनि हो ब्रो नागरिक सर्बोच्चता कायम या: ;)

    के बि ब्रो, चिन्ता नमान्नुस.. घाइते र मृतक को नामावली झन् बढला भन्ने चिन्ता चाहि हो.. तर देश भने झन् बलियो भएर आउछ भन्ने मेरो बिचार छ

    हा हा हा असेश ब्रो, भेरी फन्नी... हैन यो मेरो ब्लग मा पो माओबादीले कब्जा जमायो जस्तो छ.. ब्लग नै माओबादिमय भएछ..म पनि सोच्छु किन यस्तो भाको होला ? सायद अहिले देशको राजनीति निर्णायक अवस्थातिर पुगेकोले पनि होला

    अनि ब्रो असहमत हुनेलाई त झन् स्वागत् छ बेस्सरी गालि गर्नुस...अनि ब्रो एकहोरो माओबादी तर्फ पनि यस कारण ले हो कि अहिले देश नै बैचारिक रुपले दुइ भागमा विभाजित जस्तो छ: माओबादी र गैर माओबादी

    अनि असेश ब्रो, कृपया मलाई लेखक नठान्नुहोला.. लेखक भन्ने जन्तुहरुले पत्रिका तिर कब्जा जमाएका हुन्छन .. म ब्लगर भएको मा नै खुसि छु..

    अर्को कुरा माओबादी को पक्षमा देखिए पनि काग्रेस का मैले आफुले सहि ठानेका मान्छेहरुको पनि समर्थन गरेकै छु.. जस्तै येस्मै पनि हेर्नुस न.. तर सुन्नुभो अस्ति देउबा ले के भन्यो ?.. गिरिजा बाबु पछी उसको पालो रे पार्टी चलाउने..

    अब भन्नुस कसरि माओबादी बाहेक अरुलाई समर्थन गर्ने ? पार्टीको बोस नै देउबा जस्तो भएपछी तलको मान्छे कस्तो होलान ? कमसेकम नरहरी लाइ बनाउनु.. नरहरी जस्तालाई कांग्रेस को नेतृत्व दिए माओबादी ले पनि कांग्रेस को कुरा सुन्न बाध्य हुन्थ्यो होला

    बरु माओबादीलाइ फकाउदै फुल्याउदै काम गराउन सकिएला कि भन्ने आसा छ मेरो.. बरु तपाई मेरो कुरा बाट कन्विंस नहुनुहोला कन्विंस गर्न लेखेकै हैन मैले

    जे होस् असहमत भएको मा धेरै धेरै धन्यबाद.. एस्तो प्रस्न को उत्तर दिन मजा लाग्छ ;)

    ReplyDelete
  7. haina hawa bro ma chahi sachchai ahimshabadi chhu kinaki ma sahakari hu.

    ReplyDelete
  8. लेख सहि छ. नेपालि राजनीति bipolarization हुदै गरेको यो स्थितिमा मेरो पनि समर्थ माओबादीलाई नै छ.

    ReplyDelete
  9. तपाईले बने जस्तै हो सायद जोगी बन्न कसैले पनि नगर्ने रहेछन् यो काम। तेस्रो प्याराग्राफका भनाईहरुले साह्रै सही कुरा बोलका छन्। यथार्थ चित्रण र मुल्याङ्‍कन गर्नु भयो होलसेलमै। सही कुरा। धन्यवाद बिचारपरक लेखको लागि।

    ReplyDelete
  10. हा हा हा नेपालीको अवाज ब्रो, ल बधाई छ साकाहारी भएको मा... तर नेपाल का धेरै अहिंसाबादीहरु त हिटलर बाट प्रभावित जस्ता देखिन्छन हिटलर पनि साकाहारी नै थियो रे

    तेही त भन्या प्रबिण ब्रो, मान्छे किन माओबादी वा अरु बिद्रोही संगठन तर्फ लाग्छन तेस्को बिस्लेसण नगरी माओबादी लाइ गालि गर्दैमा सान्ति हुन्छ ? हिजै रबिन्द्र मिश्र ले पनि कान्तिपुर मा एकजना विचारक लाइ कोट गर्दै लेखेका छन् जुन समाज ले अधिकांस उपेक्षित् वर्ग को हेरचाह गर्न सक्दैन त्यो समाज ले सम्पन्न वर्ग को पनि रक्षा गर्न सक्दैन.. मैले पनि त्यै भनेको मूल समस्या समाधान नगरे माओबादी नभए अरु बादी आउछन, आइरहेकै छन्

    हा हा हा दूर्जेय ब्रो, जोगी पनि कसलाई भन्ने होला यहा.. अब सबै कुरा अरुले पुर्याइदिने हो भने त म पनि जोगी हुनुपर्ला जस्तो छ..तर दूर्जेय ब्रो ऐले पालि समर्थन गर्दिनुभो तपैले पनि अलि मजा आएन पाखुरा सुर्कनै पाईएन ;)

    ReplyDelete
  11. पत्रिकामा कब्जा जमाएका लेखक सबैलाई जन्तु भनिदिन भएन नि हावा ब्रो। अब कहिलेकाहीँ तपाईं आफैले उनीहरुका लेख कोट गरेर लेख्नुभएको हुन्छ, हैन र ;)

    ReplyDelete
  12. धन्यबाद धुर्ब ब्रो, सचेत गराउनु भएको मा.. म आफै पनि जन्तु नै हो नि ब्लग गर्ने जन्तु ;)

    ReplyDelete