Wednesday, December 30, 2009

स्याब्बास् प्रचण्ड तर....?

प्रचण्डले भारतको नोकर भनेर जिस्काएपछि हाम्रा माकुने गठबन्धनहरु तिल्मिलाएका छन् । अचानक यिनेरु राष्टवादी हुन पुगेका छन् । राष्टियता संकटमा परेको घोषणा गरेका छन् । भ्रष्टाचार गरेको पैसाले र एजेन्ट बनेर खोलेका पत्रिकाहरुले त माओवादीले सार्वभौमिकता नै अचानक दिल्लीलाई सुम्पेको देख्न थालेका छन् । यिनेरु सबले गरेका प्रतिक्रिया सुन्नुभो ? प्रचण्डले खुलेआम बैदेशिक हस्तक्षेप निम्त्याए अरे । अर्थात यिनको गुनासो प्रचण्डले भारतीय हस्तक्षेप निम्त्याए भन्ने हैन, जुन कुरा यिनेरुले लुकी लुकी गरिराथे प्रचण्डले खुलेआम गरिदिए ।

कतिले भन्छन् प्रचण्डले फेरि आवेशमा आएर ईमोशनल भाषण दिए । उनको बोलीमा लगातार वार्ताको असफलताले ल्याएको फ्रस्टेसन अवश्य थियो । प्रभुहरुले पेल्या पेल्यै गरेको दिक्दारी पनि थियो । तर उनले भनेका कुरा उनको पार्टी भित्र छलफल गरेर मात्र आएको थियो । माओवादी उपाध्यक्ष प्रकाशले पनि भारतसंग को सम्बन्धबारे जनसमक्ष जाने भन्ने कुरा केही दिन अघि नै भनिसकेका थिए । किरणले पनि तेसै भनेका थिए । अर्का नेता बादलले पनि भारतको माओवादीलाई साईजमा ल्याउने भारतीय षडयन्त्र बिरुद्ध लडने भनेकै थिए । जातिय मुद्दाहरुले गलत रुप लिएर देश आन्तरिक कलहमा फस्ने सम्भावना पनि रहेकोले राष्टियता को पक्षमा आन्दोलन गर्नु नेपालको अखण्डताको लागि पनि आवश्यक देखिन्छ ।

यो पनि अवश्य हो कि प्रचण्डको वक्तव्य शैली ले धेरै ईमान्दार र स्वभिमानी नेपालीहरुको पनि मन दुखेको छ । तर पनि म भन्छु आफ्नै प्रवृत्तिहरुबारे बेखबर भएका नेपालीहरु लाई एउटा दरिलो झट्का दिनु आवश्यक थियो । नेपालको राष्टिय चेतना वा न्याशनल कन्ससनेस्लाई यस्तो झट्का दिने साहस हरुवाहरुको, कोठे बुद्धिजीविहरुको र कुटिल अंकगणितको राजनीति गर्नेहरुबाट त सम्भव नै थिएन् । म यसलाई प्रचण्डहरुको ठुलो साहस मान्दछु किनभने पारदर्शिता वा टान्सपरेन्सी नै कुनै पनि राज्य प्रणालीको जनता प्रतिको प्रमुख दायित्व हो । तेसैले जनता माझ खुलस्त कुरा राख्ने प्रचण्डहरुको यो भण्डाफोर अभियानको लागि म स्याब्बासी दिन चाहन्छु ।

अर्धचेत नेपाली नेता र जनताहरुलाई फोस्रो लोकप्रियता दाउमा राखेर भए पनि झकझकाउनु अहिलेको अवस्थामा प्रचण्ड जस्तो करिस्माटिक लिडरबाट मात्र सम्भव थियो । होईन भने किन गर्दैनन त यिनेरुले प्रचण्डकै भण्डाफोर जब प्रचण्डहरुले पार्टीकै विश्वसनियता दाउमा राखेर खुलेआम चुनौति दिएका छन् ? प्रचण्ड भारतमा बसेका थिए भन्ने रुन्चे तर्क मात्र गर्ने हो भने के आजीवन भारतमै रहेर निरंकुशता बिरुद्ध लडेका बिपी, महमोहन, गणेशमान आदि पनि दिल्ली बाट निर्देशित थिए त ? म भन्छु थिएनन् ।

प्रचण्डहरुलाई यति माथि पुर्याएपछि अब उनेर्लाई थचार्ने कुरा पनि गर्छु । कुरो के भने सबैले बुझेकै हो । प्रचण्डलाई अलि अघि नै दिल्ली जाउँ जाउँ भइराथ्यो तर मैले नजाने आदेश दिएकोले जान सकेका थिएनन् । तेसैले गणराज्य घोषणा गरिहाले अब घुमाउरो तरिकाले दिल्ली संग बार्गेनिंग पनि गर्न चाहन्छन् । तेसैले राकेश सुद प्रचण्डको सन्देश लिएर दिल्ली प्रस्थान गरिसकेका छन् । अहिलेकै गर्जन पनि भारतलाई एक किसिमको धम्की जस्तै पनि हो, हाम्लाई समर्थन गर नत्र हामी खुला रुपमा तिर्मेको बिरोधमा जान्छौ । भारतले प्रचण्डको यो धम्की सुनिदिएको जस्तो गर्न सक्छ किनभने भारतलाई पनि माओवादीहरु पुरै चीन पक्षीय बन्लान् भन्ने डर जो छ ।

मलाई चाहि के डर छ भने दिल्लीको हरियो बत्ती पिलिक्क बलेको देख्नासाथ प्रचण्डहरुले भण्डाफोर र स्वाधीनता अभियान फेरि डसनामुनि पो घुसार्लान् कि ?

*सरी है अशेष अनि ध्रुब ब्रोज फेरि पुल्टिसकै कुरा आयो ;)

15 comments:

  1. हावाजी,

    प्रचण्डको दिल्ली दौडको औचित्यतालाई एकछिन थन्को मारौं र सोचौ‍ के साँच्चिकै प्रचण्ड दिल्ली जान चाहेकै हुन् ? खुलेआम कुरा गर्दा त नपत्याउनेहरू र कुरालाई अनेकथरि बंग्याउनेहरूले नै प्रचण्ड दिल्ली जान चाहेको भन्ने हौवा फैलाएका त होइनन् ? माओवादीलाई बद्नाम गराउने क्रियाकलापहरू भइरहेको विगतका केही घटनाक्रमहरूले देखाउँछ । त्यसमाथि पत्रकारको खोल ओढेका पत्रुकारहरूको समाचारको भर पर्नु मूर्खता नै भइसक्यो ।

    जे होस्, जनविश्वासको कुरा गर्ने हो भने प्रचण्डको दिल्ली दौड घातक हुनसक्छ । माओवादीले उठाएका मुद्दाहरूका विषयमा गहन छलफल हुने हो र त्यो पारदर्शी हुने हो भने चाहिँ यस्तो दौड सार्थक हुनसक्छ ।

    ReplyDelete
  2. हावाब्रोका पुल्टीस्का कुरा सधै दमदार हुन्छन, यसपाली पनि उस्तै जमेको छ, कमेन्ट गर्नु पहिले फुर्सदमा बसेर पहिले पहिलेका सबै पोस्टहरु पढ्ने विचारमा छु, कसो हावा ब्रो नबुझी प्याच्च बोल्न पनि त भएन भन्ने लाग्यो के । तर यसो सरसर्ती हेर्दा भने कोही पनि राष्ट्रवादी लाग्दैन, हुन त नज़रको दोष पनि हुनसक्छ ।

    ReplyDelete
  3. हा हा हा... हावा ब्रोको पुल्टिसको कुरा मन नपर्ने त कहाँ हो र... तर बेला-बेलामा अरु गफ पनि(लडकीकै भए पनि ;)) पढ्न पाइयोस् भनेर र पो हो त। अनि यो प्रचन्डको रुन्चे भण्डाफोरप्रति त मेरो आपत्ती नै छ ब्रो.. सौताको रिसले लोग्नेको काख चिसो गराइदिए जस्तो...

    ReplyDelete
  4. पुष्प जी,पत्रकार ले पनि सधै कुरा बन्ग्याउछन् नै भन्ने पनि नहोला .. पत्रुकार ले भनेर मात्र मैले भनेको होइन..प्रचण्ड ले आफै दिल्ली बाट 'ग्रीन सिग्नल' आएको छ भनेका छन्..

    दिल्ली वा भारत् प्रति दुराग्रह नै हुनुपर्छ भन्ने पनि होइन..प्रचण्ड को दलले पनि सत्ताको लागि मात्र दिल्ली संग बार्गेनिंग नगरोस भन्न चाहेको हुँ.. रास्ट्रीय स्वाधिनता को जुन नारा बुँदागत रुपमा उनेरुले ल्याएका छन् त्यसमा उनेरु इमान्दार रहुन भन्न खोजेको हुँ..अब सबै कुरा पारदर्शी होस् भन्न चाहेको हो

    धन्यबाद कृष्ण ब्रो, मलाइ थाहा छ तपाई अत्यन्त व्यस्त र जीवन कै हेरचाह गर्नुपर्ने पेसा मा हुनुहुन्छ...तेसैले फुर्सत मा टाइम पास गर्ने भए अर्कै कुरा हो नत्र सबै लेखिएका कुरा पढनै पर्छ र सबैमा कमेन्ट गर्नेपर्छ भन्ने हुदैन जस्तो लाग्छ

    रास्त्रबादिता को कुरा पनि अप्रोच को कुरा जस्तो लाग्छ.. सबैका आ आफ्नै परिभाषा छन्.. मैले मुख्य जोड दिन खोजेको पनि नीतिगत पार्दर्सिता मा हो

    हा..हा..हा धुर्ब ब्रो, लड्कीको बारेमा पनि लेखेको थिए लड्कीहरु नै रिसाए.. फेरी अहिले पुल्टिस को गति छिटो हुन थालेको ले रौसे कुराहरुमा मा रुची घटेको जस्तो छ.. यो नेताहरुलाई के भनेर ठिक ठाउमा ल्याउँ जस्तो हुन्छ..अनि ब्रो को काख मा पनि निकै चिसो गर्नेहरु छन् कि क्या हो..;)

    ReplyDelete
  5. हुन त राष्ट्रियताको परिभाषा व्यापक छ । तर पनि हामीमा भारतको विरोध गर्न् सक्यौँ भने पो बढी राष्ट्रवादी देखिन सकिन्छ की भन्ने पनि धेरैको मनमा हुन्छ । जहाँ सम्म प्रचण्डले वार्ता गर्ने चुनौति दिएका छन् त्यो पनि राष्ट्रयताको नाममा कतै नेपाली जनता बाट समर्थन बटुल्ने तरिका त होइन भन्ने पनि बुझ्नु जरूरी छ । उनले बोलेका कुराको म पनि समर्थन गर्छु तर भरोसा भने गर्न अझै सकेको छैन ।

    ReplyDelete
  6. नेताले बोलेका कुरामा लचिलो समर्थन जनाए पनि भरोसा र विस्वासमा नबस्न त सबैलाई सिकाएरै छोडे नेताहरुले (चाहे त्यो जुनसुकै पार्टीको होस ) तर हावा जी का कुराचाही पढीरहन मनलाग्छ मलाई पनि ।
    लौ हावा जी अब २०१० मा यो बतास अझै जोडतोडका साथ बहिरहोस मेरो शुभकामना !!

    ReplyDelete
  7. जे होस सत्तामा बसेका नेता र पार्टीले ईन्डियाकै भरमा माओवादीलाई किनारा लगाउन खोजेको कुरा सबैले बुझेकै छन्‍। जसले नबुझे जस्तो गरेका छन् त्यीनीहरुले बुझ पचाएरकै हुन। नेपालको प्रधान मन्त्रीलाई ज्वरो आउने गरि हकार्ने सुद को हकाराईलाई नेपाली जनता माथीको हस्तक्षेप र नेपालीको अपमान नठान्ने भाते पार्टीले अहिले आएर प्रचन्डले बोलेको कुराले राष्ट्रियता माथि खतरा अर्थात नेपालीको अपमान देख्नेहरु तिनै भारतको पुच्छर भएरै हो। प्रचन्डले जे बोल्छन् त्यो कम गर्छन भन्ने जस्तो चाहीँ पक्कै देखिएको हो। तर सत्ताको लागि जो कोहीले पनि जे गर्ने भए।

    अनि तपाईको यो भनाई "प्रचण्ड भारतमा बसेका थिए भन्ने रुन्चे तर्क मात्र गर्ने हो भने के आजीवन भारतमै रहेर निरंकुशता बिरुद्ध लडेका बिपी, महमोहन, गणेशमान आदि पनि दिल्ली बाट निर्देशित थिए त ? म भन्छु थिएनन् ।" प्रती मेरो सहमती छैन। म भन्छु थिए, छन् र हुने छन्।

    राजतन्त्र लाई नेपाल बाट हटाउनमा फाईदा हामीलाई भन्दा भारतलाई थियो। राजतन्त्र राष्ट्रियताको बारेमा अली कडा हुनाको कारण भारतले उपयोगीताको नियम र आफ्नो अनुकुल देशको सत्ता वनाउन उपयोग गर्‍यो। आज देखेका सबै पाट्रीहरु भारतिय भएका छन्। त्यसैले भारतको यो फुटाउ र राज गर भन्ने निति प्रती सजक हुनै पर्छ। मलाई दुख यो कुरामा छ की प्रचष्डले भोली पल्ट मैले त्यसो भनेको हैन भनेर नभनेका भए हुन्थ्यो। उनको त्यो अडान कायमै राखेका भए राम्रो हुन्थ्यो भन्ने छ।
    तपाईको यो लेख पनि खुबै मन पर्‍यो। हेर्दा हलुका लागे पनि निकै गहिराईमा गएर लेख्नु हुन्छ। मजा आयो यो लेख पढ्दा पनि। तपाई लाई धेरै धेरै धन्यवाद है।

    ReplyDelete
  8. "मलाई चाहि के डर छ भने दिल्लीको हरियो बत्ती पिलिक्क बलेको देख्नासाथ प्रचण्डहरुले भण्डाफोर र स्वाधीनता अभियान फेरि डसनामुनि पो घुसार्लान् कि ?"

    "पक्का घुसार्छन्!" यो उत्तर माओवादी बारे मेरो धारणाको सार हो। माओवादीको भारत-नीति पेण्डुलम हो। अब यो 'चाडबाड'को बेलामा अरु घम्सा-घम्सी के गरौं:) म शुभकामना दिन भनेर ब्रोको घरमा पसेको।

    हावा र ब्रो र यो ब्लगका सबै पाठकहरुमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  9. यति छिट्टै बुडेसकाल लाग्न दिनु भएन नि ब्रो । कुरा त रौसे नै मीठो नि त फेरि । कहाँ सधैँ यस्ता बुढा मान्छेको जस्ता कुरा लेखिरा'नु भा त । फेरि 'लुड्की'कै बारेमा आओस् है छिट्टै यौटा लेख । म त कुर्दै छु ।

    ReplyDelete
  10. अनि नया वर्षको शुभकामना त झण्डै भन्न बिर्सेको । हुन त विदेशी संस्कृति भनेर तपाईलाई मन पो पर्ने हो हैन...तैनि म चैँ शुभकामना दिन्छु है

    नववर्ष 2010 को हार्दिक मङ्गलमय शुभकामना । यहाँले चिताएको सबै कुरो पुगोस् । नपुगेमा ग्यारेण्टी चैँ लिन सक्दिन ।

    ReplyDelete
  11. can anybody tell me who is the person sitting next to Prachanda in this picture?

    ReplyDelete
  12. हावाजी

    'कान्तिपुर'मा प्रचण्णको अन्तर्वताको केही अंश,

    "कांग्रेस, एमालेलाई 'ग्रीन सिग्नल' आएमा राजनीतिक गतिरोध तुरुन्त हल हुन्छ । एकै दिनमा हल हुन्छ । हृदयदेखि भन्नुपर्दा, तुरुन्तै सहमति हुन्छ जस्तो लाग्दैन ।"

    "भारतसँग प्रत्यक्ष-परोक्ष कुराकानी त भइरहेकै छ । संविधानसभामा सबभन्दा ठूलो पार्टी हुनुको नाताले, १२ बुँदे समझदारी गर्दाखेरि सम्बन्ध भएको हुनाले, भारतीय नेतासँग चिनजान भएको हुनाले कुरा भइरहेकै छ । तर शक्ति राष्ट्रहरूले आफूले गरेको कामको आलोचना नहोस् भन्ने चाहँदारहेछन् । यद्यपि मैले अगाडि ल्याएको कुराले वातावरण बिगारेको छैन, बरु सपारेको छ । यसबारे सबै कुरा अहिले म भन्दिन । यति बुझ्नुहोस्, मैले सकारात्मक संकेत पाएको छु । देश बाहिर, भित्र पनि सकारात्मक संकेत छ ।"

    भारत भ्रमणमा जाने कुरा कहाँ उल्लेख छ जानकारी पाउँ न ? कतै 'सकारात्मक संकेत' लाई भारत भ्रमणका लागि त भन्नुभएको होइन ? त्यसो हो एकचोटि पुन: विचार गर्नुस् त, प्रचण्डको 'संकेत' केका लागि हो ?

    प्रचण्ड भारत जान चाहेको कुरा हुनसक्छ तर भारतीय दानापानीमा चलेका पत्रिकारहरूले प्रचण्ड भारत भ्रमणका लागि लालायित भएको जस्ता कुराहरू गरेर माओवादीलाई नै उल्टै भारतपरस्त देखाउने असफल प्रयास गरिरहेका छन् ।

    वसन्तजी, भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोजिने कुरा पढेर टीठ लाग्यो है ! जबसम्म भारतीय हस्तक्षेप र कुप्रभावबाट हामी र हाम्रा नेता मुक्त हुँदैनौं, तबसम्म यो देशको विकास त परकै कुरा हो हामी आफूलाई नेपाली भन्नु पनि बेकार छ । त्यसैले धेरै पहिलेदेखि उठ्दैआएको भारतीय चलखेलका विरुद्ध हामी लाग्नैपर्छ ।

    ReplyDelete
  13. Can u please tell me who is sitting next to Prachanda.I could not reccognize him..

    ReplyDelete
  14. सरि साथीहरु बिदा र बन्द भएकोले फेरी ढिला भएँ

    बसन्त ब्रो, हो भारत् को बिरोध गर्दैमा रास्त्रबादी भैहालिन्न.. मुख्य कुरा हामि कत्तिको आत्म निर्भर छौ भन्ने हो...हामीले भारत् र त्यहाको जनता र दिल्ली को सासक बर्ग लाइ छुट्याएर हेर्नुपर्छ जस्तो लाग्छ..नेपाल र भारत् को सम्बन्ध भनेकै जनस्तरको सम्बन्ध हो.. तर दिल्ली र काठमान्डू को सम्बन्ध भने अलि घुमाउरो छ क्यार

    सुर्य जी,धन्यबाद,लौ तपाई लाइ पनि सुभकामना छ है..अनि ब्रो हो तपाइले भने जस्तै नेताहरुले जनताको भरोसा र बिस्वास संग खेलबाड गरेर आफैलाई मुर्ख नबनाउन त्यै कामना गरौ

    दूर्जेय ब्रो, धन्यबाद तपाइको बिचार को लागि.. माओबादी लगायत नेपाल का हरेक दललाइ भारत् का सासक बर्ग ले उपयोग गरेका छन् भन्ने तपाई को आसय म पनि सहमत छु.. सायद त्यो नेपाल लाइ आफ्नो कन्ट्रोल मा राख्ने भारतीय विदेश नीतिको सफलता(?) पनि होला.. म त्यसमा भारत् लाइ मात्रै पनि दोष दिन चाहन्न.. हामि नेपालिहरुले पनि त हामि फुटछौ तिमि राज गर भन्ने जस्तो गरेका छौ

    बसन्त ब्रो, तपाई लाइ पनि हार्दिक सुभकामना... तर नेपाली को चलन.. घम्सा घम्सी नगरी त कहाँ जान दिउला तपाइलाई पनि ? ;)

    यहा सबै ले सबैलाइ उपयोग गर्दा रछन.. सबैले भारत् लाइ उपयोग गरेका थिए तेसैले भारतले पनि सबैलाई उपयोग गर्न चाह्यो.. अब हेर्नुस न माओबादी ले आन्तरिक समीकरण हामि आफै मिलाउ भनेर जब अहिले भनिराछ एमाले कांग्रेस ले भारत् लाइ निम्ता गरेका छन् हे प्रभु हस्तक्षेप् गर भनेर

    अशेष ब्रो, लौ तपाइलाई पनि धन्यबाद.. औ तपाई ले रोजेकी लडकिको कुनै भिलेन नहोस उनले यसै पालि तपाईसंगै झ्याई पारुन भन्ने सुभकामना

    Dear Annoymous, He's Mr. Dinanath Sharma, the Maoist Spokesperson. You can visit his personal site by clicking the above picture. Thanks.

    ReplyDelete
  15. पुष्पजी, सरी है हिजो तपाईको विचार पढदा पढदै बत्ती गयो.. तेसैले तपाईको प्रश्नको जवाफ आज दिदैछु

    भारतसित एक किसिमको समझदारी नगरी त भारतले माओवादीलाई सत्ता मा जान दिदैन भन्ने कुरा त देखिहालियो । प्रचण्डले बानेश्वर भाषणमै भनेका छन् कि माओवादीहरु भारतसंग वार्ता गर्न तयार छन् । तपाईले उद्धरण गरेकै अन्तवार्तामा प्रचण्डले भनेका छन् कि भारतसँग निहु खोज्नु मुर्खता हो । प्रचण्डको यो भनाईले पनि माओवादीहरु सकेसम्म व्यवहारिक राजनीति नै गर्न चाहन्छन् भन्ने देखिन्छ ।

    प्रचण्डले अन्तवार्ताकै अन्त्यतिर पनि भनेका छन् कि दिल्ली बाट केही सकारात्मक संकेत आएको छन् जुन म अहिले भन्न चाहन्न । त्यसपछि राकेश सुदले प्रचण्डलाई भेटेर दिल्ली उडे । के दिल्ली ले प्रचण्डलाई वार्ता गर्न बोलायो भने उनी नजालान् त ?

    प्रचण्ड दिल्ली जान्छन् वा जादैनन् अहिले भन्न सकिन्न । तर प्रचण्ड धेरै अप्ठेरो मा छन्.. भारतसंग अडान लिए सत्तामा जान धेरै गारो छ । के माओवादी अब सत्तामा जान चाहदैन त ?

    एउटा राजनितिक दलको रुपमा माओवादी पनि स्वभाविक रुपमा सत्तामा जान चाहन्छ । त्यस्तो अवस्थामा माओवादीले फेरि अरुहरुले जस्तै अर्को गोप्य सन्धि गर्नु नपरोस् भन्न मैले खोजेको हो ।

    ReplyDelete