Wednesday, December 16, 2009

कैलाली देखि कोपन्हेगन् सम्म विश्व जलवायु सम्मेलन् मा सिद्राको व्यापार

कुनै पनि घटनालाई हामी तत्कालिन शान्ति सुरक्षाको हिसाबले मात्र हेर्ने गर्छौ.. तेसैगरी कैलाली डुडेंझारीको सुकुम्बासी घटनालाई पनि हेरियो.. कैलाली घटनालाई पनि पि एच डी गरेका खास गरी कांग्रेस एमाले समर्थक डाक्टर साहेबहरुले पनि बिशुद्ध ल एण्ड अर्डर प्रोब्लम् को रुपमा मात्र व्याख्या गर्न रुचाए.. कैलाली घटनाको आर्थिक सामाजिक वा सोसियो ईकोनोमिक बिश्लेषण गर्दा माओवादीलाई पो राजनीतिक फाईदा हुने रछ भनेर पनि धेरै विद्वानहरु चुप लागे

माओवादीले भन्छ सुकुम्वासी माथि सरकारले गोली चलायो.. सरकारले भन्छ हैन ति त माओवादी का हुकुमवासी पो थिए संरक्षित वन क्षेत्रमा अतिक्रमण र आक्रमण गरे अनि गोली चलायौं..स्वतन्त्र बुद्धिजीवि भनाउन चाहनेहरुको पनि विश्लेषण यति मात्र थियो.. सुकुम्वासीले बन अतिक्रमण गर्न हुन्थेन्.. सरकारले पनि गोली चलाउन हुन्थेन्.. दुवैले गल्ती गरे.. लौ भईहाल्यो.. मारिएका आफन्तलाई क्षतिपुर्ति गरौ.. कुरा मिलाउँ..केस् डिस्मिस्

तपाईं मलाई भन्नुहोला तँ अचेल खुब माओवादी सपोटर भाको छस्.. अनि तलाई किन मन पथ्र्यो त माओवादीको अर्घेल्याई देखाको.. तेसो हैन मित्र.. एक जना राजधन कुलुङ ले नेपाल प्लस ब्लगमा माओवादीको सुकुम्वासी राजनीतिको चर्को आलोचना गरेर लेख्नुभको छ.. तर मलाई त त्यो लेख राम्रो लाग्यो.. यस कारणले राम्रो लाग्यो कि उहाँको तर्कमा दम् थियो.. कुलुङले माओवादीको गणराज्य घोषणा र सुकुम्बासी आन्दोलनलाई जोडेर त्यो जातीय विभाजन गराउने उदेश्यले प्रेरित हुनुपर्छ भन्ने आशंका व्यक्त गर्नुभाछ.. कुलुङजीको जस्तो आशंका अरुतिर पनि रहेछन्.. त्यो गलत हो कि सही हो सीमान्तिकृत र जनजाति को उत्थानको पक्षमा काम गर्छौ भन्ने माओवादी पार्टीले जवाफ देला

म कान्तिपुर सधै हेर्छु.. कैलाली घटनाबारे मैले अहिलेसम्म मात्र तिनजना को लेख बढी समालोचनात्मक पाएँ.. अहिलेसम्म पनि सरकारी पक्षका मान्छेहरु यो घटनालाई माओवादीको अर्घेल्याईंको रुपमा मात्र व्याख्या गरिरहेका छन्.. पत्रिका र संचार माध्यमले पनि आफ्नो बर्गीय चरित्र अनुसार व्याख्या गर्ने नै भए.. तर कता कता बाट कान्तिपुरमै पत्रकार मोहन् बुढाऐरले आफ्नो कुरा छिराउन भ्याएछन्

मोहन् बुढाऐर भन्छन् डुडेझारी जंगलमा सुकुम्वासी अतिक्रमण भएको यो पहिलो नभएर तेस्रो पटक थियो.. बन जोगाउन सुकुम्वासी लखेटने र सुकुम्वासीले टहरा थापेर बस्ने लुकामारी यहाँ भईरहने घटना हो.. एक बर्ष अघि पनि अतिक्रमण हटाउँदा हवाईफायर र अश्रु ग्यास पडकाउनु परेको थियो.. तर फरक के भने तेतिबेला मान्छेलाई ताकेर गोली हानिन्थेन.. यसपाली सुकुम्वासी र प्रहरी दुबै त्यसरी प्रस्तुत भएनन्.. मोहन बुढाऐर ले दुबै पक्षको कमजोरी औल्याएका छन्.. तर साथै यो पनि भन्छन् सरकारले यस विषयमा माओवादीसँग वार्ता गर्न खोजेको भए र माओवादी सहमतिमा नआएको भए पनि सरकारले भन्न सक्थ्यो कि माओवादीले व्दन्द्ध चर्काउने नीयत थियो

जगन्नाथ अधिकारी द काठमाण्डु पोस्टमा लेख्छन्.. कैलाली डुडेझारीका ती २०,००० अतिक्रमणकारी आरोप लगाईएझै माओवादीका हुकुमवासी मात्र थिए भन्नु गलत हुनेछ.. त्यसको प्रमुख हिस्सा मा वास्तविक सुकुमवासी थिए.. जो सुकुमवासी नै पनि थिएनन् उनीहरु मध्ये धेरैजसो सिमान्तिकृत र साना किसान थिए.. तपाई जगन्नाथ तेरो को हो भन्नुहोला मैले पनि चिनेको छैन् उनलाई.. न बाउतिरको न आमातिरको न त हुनेवाला ससुरालतिरकै नाता पर्छ.. तर उनको अध्ययन र हिसाब हेर्दा उनी भुमि र प्राकृतिक श्रोतसंग मानव समाजको सम्बन्धमा दक्खल राख्ने अध्येता मैले ठाने

जगन्नाथले धेरै हिसाब र तर्क गरेका छन्.. मैले बुझे अनुसार उनको आसय छ सुकुम्वासी समस्यालाई राजनीतिबाट प्रेरित समस्याको रुपमा मात्र हेरिनु गलत हुनेछ.. तर तेसो भन्दैमा सबैलाई जग्गा बाडेर मात्र पनि यो समस्या समाधान हुदैन्.. किनभने जनसंख्या बढिरहेको छ तर जमिन त बढदैन्.. न खान पुग्ने जग्गा न संरक्षण को अवस्था मात्र हुन जान्छ.. तेसैले समुदाय को बन जंगल लगायतका प्राकृतिक श्रोतमा निर्भरता र संरक्षणको परिभाषालाई नै फरक तरिकाले परिभाषित गर्नुपर्छ

जगन्नाथ भन्छन् मान्छे नबस्दा मात्रै बन जंगल लगायतका प्राकृतिक श्रोत संरक्षण हुन्छ मान्छे बस्ने बित्तिकै अतिक्रमण हुन्छ भन्ने परम्परागत धारणा नै फेर्नुपर्छ.. उनी मानिस विनाको पकृति भन्ने संरक्षणको पुरानो धारणालाई छाडेर अमेरिका को अमेजन क्षेत्रमा हालसालै अपनाईका संरक्षण र प्रयोग दुबै एकसाथ गरिनपर्ने संरक्षण अर्थशास्त्र वा कन्सरभेसन ईकोनोमीको वकालत गर्छन्

सोमत घिमिरेको कुरा सुन्नुभो भने त तपाईले उनलाई म भन्दा पनि बढी माओवादी सपोटर भन्ठान्नुहोला.. तर उनले कसैलाई समर्थन नगरेर वातावरण समाजशास्त्री जस्तो कुरा गर्छन्.. उनी कालापत्थरमा नेपाल सरकारले र कोपेनहेगन मा धनी राष्टहरुले गरेको निर्णयमा प्रश्न उठाउँदै भन्छन्.. जुन दिन सरकारले कालापत्थरमा वनक्षेत्र बढाउने निर्णय गर्दै थियो त्यही दिन अन्त बस्ने ठाउँ नभएर जंगल वरिपरि बस्न गएका सुकुम्बासीलाई सरकारले गोली हान्यो.. उनी प्रश्न गर्छन् वनको प्रेमले सरकारले संरक्षित क्षेत्र बढाउँदै छ कि दाताको निर्देशनमा डलरको लोभले ? उनको तर्क छ गाँस वासरहित नागरिकले सरकारको वन बढाउने प्रवृत्तिलाई सधै स्वीकार गरिरहने छैन् भन्ने पनि कैलाली घटनाको सन्देश हो

सोमत अझ अघि बढदै कोपन्हेगन् सम्मेलन् र विकसित देशको दादागीरी औल्याउँदै भन्छन्.. अहिलेको पुंजीबाद र औद्योगिकरण तथा व्यक्तिको लोभमाथि कुनै नियन्त्रण नगरी साना देशहरुले जंगल बढाउँदैमा यो संकटको विमोचन हुन सक्दैन्.. उनको निष्कर्ष छ सिमान्तकृत र कमजोर बनाइएको समुदायले आफ्नो जनजीविकालाई त्याग गरेर जोगाएको जंगलबापत आएको रकम् सरकारी कर्मचारी र एन जी ओ का ठालुहरुले नै कुम्ल्याउने छन्

मैले चाहि यि सब कुराबाट एउटै निष्कर्ष निकाले.. माकुने जो एसबेला कोपन्हेगन्मा गायत्री मेडम्को आँखा छलेर कुईरेनीसंग ईलु ईलु र चीयर्स गर्दै होलान् के उनले यी कुराहरु त्यहाँ उठाउलाउन् ?.. अहँ, उनलाई एस्ता कुराले केही पनि नाप्दैन्.. उनको पपुलरिटी बढ्दैछ.. प्रभुको आशिर्वाद त छदैछ.. अब त कोपनहेगनमा उनले चीयर्स गर्न लगेका छ सय भन्दा बढी नेपालीहरुको पनि उनलाई समर्थन हुनेछ

घिच्नुस् माकुनेज्यु अझ घिच्नुस्

15 comments:

  1. सहि विश्लेषण छ हावा जी को यो लेखमा. मैले चाही १००% नै समर्थन जनाए बिशेष भत्ता पाउन होइन नि. मलाइ यो भत्ता खाएर भ्रष्टाचारीको लिष्टमा आफ्नो नाम दर्ता गराउनु छैन हे हे हे ----

    ReplyDelete
  2. एकदम सहि विश्लेषण गर्नुभएको छ । यसमा मेरो पनि पूर्ण समर्थन छ ।

    ReplyDelete
  3. sukumbasi ko samasya sachhai nai bikaral chha. Tara Kailai ghatana ma jasle aafu lai sukumbasi ka sachho paharedar bhanera dhol pite tinaika neta ta hun ni nau mahina samma sarkar ma basera sukumbasi ko lagi sinko samma nabhachne. Ani tinai party ka neta ta hun ni ek barsa ko lagi bhanera rakheko budget 6 month mai bidesh bhraman garera udaune. Teti matra ho ra ? Sarvahara ko neta bhanne, sukumbasi ko awaw bolchu bhanne ani 1.5 lakh ko palang ma sutne pani tinai neta hoinan ra ? Ani k ko yetro natak ni ? Wahiyat !!!

    ReplyDelete
  4. कुराको चुरो समातेर लेख्ने र कुनै लेख र बिचार माथि सहि बिश्लेषण गर्ने तपाईको यो लेख साह्रै चित्त बुझ्यो।

    ReplyDelete
  5. कुरोको चुरोलाइ त माछा समाते झैँ समात्नु भएको छ नि हावा ब्रो !! के हो अब भट्ट पनि प्रदान गर्नु पर्यो नि होउ कमेन्ट गर्नेहरुलाई !!

    ReplyDelete
  6. पक्ष विपक्षमा कुरा लेख्नु नै वेकार जस्तो लाग्छ हौ मलाई त । सवैको योगदानहरू वरावरी छन् यी ईस्युहरूमा । जंगल नि जोगाउनु पर्छ , सुकुम्वासी नि देशकै जनता हुन् । जलवायु परिवर्तन सवैको साझा ईस्यु; माकुनेले जानै पर्यो । डेनमार्कमा हप्सीनीहरू भेटिदैनन्, वाध्य भएर कुईरेनीसँगै वस्नुपर्यो । २-३जना मात्र लगेर भएन सवैको चित्त वुझाउनै पर्यो टालटुल गरेर सरकार वनाएपछि । म त सवैको दु:ख वुझ्ने भा छु अचेल.....खै के खै के!!

    ReplyDelete
  7. धन्यबाद प्रबिण जी, तर बिस्लेसन मेरो भन्दा पनि सम्बधित क्षेत्र मा अध्ययन गर्नेहरुको भन्नुपर्ला.. मैले प्रसंग्बस एकठाउमा राखिदिएको मात्र हो.. अनि ब्रो भत्ता त आलोचक लाई पो त तर तपाई बाठो पो हुनुहुदो रैछ लिस्ट मा नाम राख्न बाट जोगिनु भएछ ;)

    धन्यबाद बसन्त जी, तपाइले पनि आफ्नो ब्लग मा यस घटना बारे बिचार राख्नुभएकै हो..म पनि तपाइको बिचार संग सहमत छु

    अज्ञात मित्र जी, ल बधाई छ भत्ता त तपाइलाई पो परेछ.. म तपाइले माओबादी सरकार को पालामा भएको अनियमितता बारे माओबादी को बचाउ गर्दिन.. माओबादी पार्टी भित्रै बाट पनि त्यसबारे तेतिखेरै चर्को आलोचना भएकै हो खासगरी माओबादी मन्त्रीहरुका सुविधामुखी चरित्र को बारेमा..तर फेरी हिजो कै पोस्ट मा पनि श्रद्धा घले जी ले सुकुम्बासी घटना बारे लेख्नुभाको छ.. उहाले नेपाल का प्रसिद्ध इतिहासकार तथा भुमि सुधार बिसेसग्य महेस चन्द्र रेग्मी लाइ कोट गर्दै भन्नुभाको छ ५% जमिन्दारले देशको ४०% भन्दा बढी खेतीयोग्य जमिन अगोटेको अवस्थामा सुकुम्बासीलाई 'माओबादी' भन्दैमा समस्या समाधान हुन्छ ?

    दूर्जेय जी, कुरो को च्रुरो समात्ने अरु नै हुन्.. मैले यहा ब्लग मा पोस्ट गर्देको मात्रै हो

    नेपाली को आवाज ब्रो, हैन के चाहियो भन्नु भाको.. अलि प्रस्ट भएन है.. भत्ता भनेको कि भाटा भनेको ;)

    अशेष ब्रो, माकुने को पनि मैले व्यक्ति लाइ खेदो खनेको छैन.. अरु भन्दा अलि समझदार नै थियो माकुने.. तर हेर्नुस तपाई आफैं.. यो कुरा बुझ्न कसैले माओबादी समर्थक भैराख्नु पर्दैन.. के जसरि माकुने सरकार चलिरहेको छ त्यो ठिक छ त ?

    मैले पनि इस्सु मा आधारित भएर हेरम भनेको.. जस्तो कि तपाइले यसपाली के एफ सी पिजा र अनियन्त्रित बैंकिंग प्रणाली को बारेमा लेख्नुभाछ.. मेरो बिचार मा त्यो के एफ सी भन्ने खोल्नै दिन हुन्थेंन.. न अर्थसास्त्र न स्वदेशी पुंजी न वाताबरण न नेपाली संस्कृति को द्रिस्तिकोणले नै.. तर किन खोल्न दिएको त त्यो ? कसको स्वार्थ हेरेर ?

    ReplyDelete
  8. हावा ब्रो, आफ्नो व्लगको कुरा आफ्नैमा गरौँ कि जस्तो लागेको थियो तर हामी हामी एउटै सर्कलको जस्तो लागेर यतै पो लेखेँ है मैले । फाईदा उठायो भन्नुहोला नि फेरि ।

    के.एफ.सी नेपालमा खोल्नै नदिने हो भने विश्व व्यापार संगठनको सदस्यता नि फिर्ता लिनुपर्यो त त्यसोभए । हुन त २०११ वाट नेपाल WTO को नियमसँग वाँधिने हो तर अभ्यास त हुँदैगर्नुपर्यो नि । विदेशीसंस्था नेपालमा आउँछन् भनेर मुङ्ग्रो लिएर वस्नु भन्दा वरू लक्षमणवावु श्रेष्ठको जस्तो कार्यमा पो लाग्नुपर्ने हो कि ठूला उध्योगीहरू...

    ReplyDelete
  9. धन्यबाद असेश ब्रो तपाइको ब्लग मा पनि मैले आफ्नो कुरा राखेको छु मैले यहा माकुने सरकार को कुरा हुँदा को प्रसंग मा भनेको हो तर हुनसक्छ कि यो प्रचण्ड हुँदा पनि खुल्न सक्थ्यो तेसैले मैले पनि इस्सुज को कुरा गरेको तपैले जस्तै

    र धन्यबाद जानकारी को लागि.. तपैले भनेको WTO को आबध्द्ता मा असर पर्ने कुरा मलाई पनि थाहा थिएन.. तर के तेसकै लागि अनुमति दिएको हो त ?

    हो भने बिस्वब्यापारिकरण जादा पनि त हाम्लाई क्षतिपुर्ति चाहिने रछ
    ..जहासम्म लक्ष्मण् बाबु को जस्तो स्वदेशी उद्योग को कुरा छ तेसमा त १००% सहमत नि..तेस्तै उद्योग लाई यो बहुरास्त्रिय कम्पनि ले मार्ला भन्ने डर

    सुन्दछु कि बासमती चामल हाम्रो हो भन्न पनि भारत् ले ठुलो पापड बेल्नु पर्यो अरे कतै हाम्ले पनि नासपाती खान पैला यता वाट नासपाती उता पठाउने अनि पिज्जा हट जसतै ठाउमा डलर को भाउमा किन्न लाइन मा बस्नुपर्ने त होइन ?

    सोच्नुस है ब्रो हाम्लाई त बुढेसकाल लाग्न थाले जस्तो छ... देश तपैहरु जस्तै युवाहरुको हातमा छ ;)

    ReplyDelete
  10. हाबा ब्रो, नाम फेर्नुस ! यस्तो मस्त तर्क गरेर लेख्ने मान्छे पनि हावा हुन्छ ?

    ReplyDelete
  11. हावा ब्रोले माकुने कोपन्हेगन्मा गायत्री मेडम्को आँखा छलेर कुईरेनीसंग ईलु ईलु र चीयर्स गर्दै होलान् भन्नुभा'को रहेछ, नभन्दै त्यस्तै फोटो पनि देख्न पाइयो। धन्य माकुनेको लीला!!

    ReplyDelete
  12. ३ प्रतिशत पूँजीपतिहरूको 'कब्जा'मा रहेको पृथ्वीको ५० प्रतिशत साधन स्रोतलाई 'मुक्ति' नदिलाएसम्म कालापत्थरमा होस् वा कोपनहेगनमा, जहाँ गएर भत्ता पचाएपनि केही लछारपाटो लाग्नेवाला छैन । यसका लागि 'सुन्दरी'हरूसँग सुराको चुस्की लगाउने सम्मेलन गर्ने होइन 'बहिष्कार' र 'विद्रोह'को आवश्यकता छ, ठ्याक्कै नेपालका माओवादीहरूले गरेजस्तै ।

    ReplyDelete
  13. सुकुम्बासी समस्या अहिले नेपालमा राजनीति गर्नका लागि सबैभन्दा ठूला मसलाहरुमध्ये एक भएको छ। यो समस्याले अलिकति निकास पाउनासाथ नेपालका दलहरुले मान्छे उचाल्ने, सडकमा उतार्ने, मर्न र मार्न लगाउने एउटा 'भव्य' मसला सकिनेछ। यसैले समस्याको जडमा जान र समाधान गर्न कोहि पनि चाहँदैनन्। माओवादीपनि यसमै सामेल छ। कैलालीको घटनालाई केहि दिनमै बिर्सेर अन्तै लागिसकेको छ माओवादी। उसका लागि पनि यो राजनीतिको मौसमी फसल हो, शहीद बढाउने।

    सबै राजनीतिक दलहरुले आ-आफ्ना पूर्वाग्रहहरु त्यागेर यी गरीबहरुप्रति संवेदनशील हुने र छलफल गरेर ब्याबहारिक समाधान खोज्ने हो भने समस्या सोचेभन्दा सजिलै समाधान हुनसक्छ। त्यसका लागि वन फाँड्नुपनि पर्दैन,अथवा थोरै फाँडेपनि पुग्छ।

    सुकुम्बासीको हूलमा धेरै हुकुमबासी पनि छिरेका छन्। कैलालीमै पनि सित्तैंमा जग्गा पाईन्छ भन्ने हल्लाको पछि लागेर आएका धेरै थिए। वास्तविक सुकुम्बासीको यकीन हुनुप-यो, हुकुमबासीलाई गलहत्याउन सबैले सघाउनु प-यो। त्यसपछि यसलाई राष्ट्रिय प्राथमिकता र 'अर्जेन्सी'को सूचिमा राखेर देशका बिभिन्न भागमा न्यूनतम मानवीय सुविधाहरु भएका आवास-क्षेत्रहरु बनाईनुपर्छ र सुकुम्बासीहरुलाई एकपटकका लागि सित्तैंमा (अथवा उनीहरुलाई अलिक दायित्वबोध गराउनका लागि एकदम कम वार्षिक शुल्क केहि वर्ष तिर्नेगरी)बाँडिनुपर्छ। अर्को काम भनेको त्यस्ता बस्तीमा रोजगारीका अवसरहरु सृजना गर्ने हुनुपर्छ, बस्ती बसाल्ने कामसंगै यसलाई पनि अगाडि लानुपर्छ।

    मेरो काँचो दिमागले त समाधान सजिलो देख्छ:)

    तर देशमा ईमान्दार नेता र दलहरुको खडेरी छउञ्जेल समस्याका गाँठाहरु फुक्नुभन्दा झन्-झन् जेलिँदै जान्छन्।

    ReplyDelete
  14. धन्यबाद दिलिप ब्रो, नाम त एकदम सेकुलर छ जस्तो लाग्छ है मलाई जसले जसरि व्याख्या गरे पनि हुने.. ल है ब्रो तपाइलाई पनि हावा लाग्न थालेछ ;)

    ध्रुब ब्रो, हो र भन्या ? देख्नु भो त मैले भन्या कस्तो लाग्यो ? गायत्री मेडमलाइ पिर पर्ला भनेर पो नभनेको.. नत्र तेस्तो 'अन्दर का मामला' अरु पनि थाछ मलाई ;)

    पुष्प जी, माओबादी को सुकुम्बासी परिचालन को अन्त्ररास्त्रिय आयाम पनि रहेछ है.. बिकसित भनाउदा देशहरु का अगाडी हाम्रो नेपाल जस्तो देश त सुकुम्बासी नै रहेछौ.. साधन स्रोत मा कब्जा उनेरुले गर्ने अनि उनेरुकै लागि पनि आफ्नो देशका नागरिक विस्थापन गरेर बातावरण मा अक्सिजन हाम्ले उत्पादन गरिदिनुपर्ने

    बसन्त ब्रो,धन्यबाद र बधाई दोस्रो पुरस्कार प्राप्त गर्नु भएको मा ;)

    तपाइको सुझाव मननीय छ.. तर इमान्दार नेता भनेर जुन भन्नु भो अहिलेको अवस्था मा त इमान्दार र नेता भन्ने शब्द नै विपरीतार्थक जस्तो भए.. तपैले भने जस्तो माओबादी का नेताहरुले पनि सुकुम्बासी राजनीति मात्रै गरेको हो भने उनेरु ले पनि त्यसको परिणाम बेहोर्नुनै पर्नेछ

    तपाइँ ले भनेको पनि ठिक हो.. सुकुम्बासी को नाम मा हुकुमबासि पनि छन्.. तर ति हुकुम्बासी ले त जहिले पनि मोज गरेकै छन्.. हिजै को कान्तिपुरमा आएको छ कि तिनकुने देखि कोटेश्वर सम्म को सरकारी जागा मा हुकुम्बासीहरुको गाडी पार्किंग गरिन्छ.. सार्वजनिक जग्गा मिच्ने ठुलाबडा हुकुम्बासी त अन रेकर्ड नै रहेछ कसले रोकेको छ त तिनलाई कारवाही गर्न ?

    बन तस्कर सामन्त र जमिन्दार ले त अहिले पनि सार्वजनिक जंगल र जग्गा अगोटिरहेको रहेछन.. कतै हामि डेमोक्रेसी को नाउमा साचै नै सानालाई ऐन र ठुलालाई चैन भएको नजरअन्दाज गरिरहेका त छैनौ ? धन्यबाद

    ReplyDelete