Monday, January 11, 2010

नेपालमा ब्राम्हणवादी भारतीय परम्परा

राजनीतिमा उच्च जातिहरु को हालीमुहाली छ । थरि थरिका राजनीतिक नारा बोकेर तिनीहरु राजनीतिमा सफल हुन्छन् । कतिपय त जनसम्पर्कबाट पुरै बिमुख हुन्छन् । तिनीहरुको शैली अचानक, अस्पस्ट र व्यक्तिगत सम्बन्धमा आधारित हुन्छ, अमुर्त मुद्दाको उठान गर्छन् । स्थापित र विकाशशील राजनीतिक अंग हुनुभन्दा पनि ति व्यक्तिहरु क्रान्तिकारी र आदर्श प्रजातन्त्रवादी देखिने प्रयत्न गर्छन् जबकि तिनीहरु जनताको वास्तविक आवश्यकता र संस्कृतिबारे अनभिज्ञ नै रहन्छन् । यस्ता व्यक्तिहरुले नै राजनीतिक विपक्षको भुमिका खेलेका छन् ।

बाहुन छेत्रीहरु नेपालमा अल्पमतमा छन् । अल्पमतमा भए पनि तिनीहरु शक्तिशाली छन् । शिक्षक, प्रोफेसर, शिक्षाविद, बुद्धिजीवि, र पत्रकारहरुको ठुलो हिस्सा उच्च हिन्दु जाति बाहुन छेत्री र नेवारमा श्रेष्ठ जातिहरु छन् । यिनीहरु सबैको नेपालका अरु जातिहरु प्रति हेर्ने धारणा बर्णवादी श्रेणीबिभाजनबाट प्रभावित छ । परिणामस्वरुप, नेपाल भित्रका र बाहिरी जगतका जानकारीहरु प्राप्त गर्ने र प्रसारण गर्ने काममा यि बर्ण बिभाजनकारी उच्च जातिहरुको नियन्त्रण छ ।

उच्च हिन्दु जातिहरु र बर्ण बिभाजनबाट प्रभावित अन्य जातिका सदस्यहरु नै नेपालको प्रशासन मा हावी छन् । निजामति प्रसासनले नेपालको राजनीतिक जीवनमा महत्वपुर्ण भुमिका खेल्दछ र बिगत तीस बर्षहरुमा(पन्चायतकालिन) निजामति प्रसासन मार्फत नै सरकारको प्रभावकारी सन्चालन भयो । नेपालको निजामति प्रसासनलाई यसको आफ्नै आवश्यकताले भन्दा पनि उच्च जातिहरु बाहुन, छेत्री र श्रेष्ठ नेवारहरुको परम्परागत भर्ती केन्द्र को रुपमा प्रयोग गरियो । धेरैजसो यि उच्च जातिका मान्छेहरु सरकारी प्रसासनको काम उनेरुको नैसर्गिक अधिकार भन्ठान्छन् ।

यि उच्च जातिका मानिसहरुले आफ्नो मान्छे को सम्पर्क प्रयोग गरेर सजिलै सरकारी जागिर पाउँदछन् । सबै हिन्दु उच्च जातिका मानिसहरु परम्परावादी नै छन् भन्ने पनि हैन्, तर जो धर्मसंग तेति वास्ता राख्दैनन् उनीहरु पनि आफ्नो वर्णभेदी लालनपालन र भाग्यवादी दृष्टिकोणबाट मुक्त हुनसकेका छैनन् । कतिपयले आफ्नो व्यक्तिगत अध्ययन् र अनुभवबाट सिक्दै भाग्यवादी सोचसंग संघर्ष पनि गर्छन् तर तिनीहरुको सोच पनि जातिय वर्णविभाजनको प्रभावबाट मुक्त हुन सक्दैन् जसले गर्दा तिनीहरु फेरि पन्डित नै रहन जान्छन् । तिनीहरु नास्तिक, बिदेशमा शिक्षित, उच्च प्रशिक्षित व्यवसायिक डिग्रीवाल, वा देश बिदेशको भ्रमण गरेका हुन सक्छन् तर तिनीहरुको प्रवृत्ति फेरि पनि जातिय वर्णभेदबाट नै प्रभावित हुन्छ ।

तेस्ता व्यक्तिहरु अकर्मण्य पलायनवादी हुन् जो दरिद्र नेपालको कुनै भविष्य देख्दैनन् । तिनीहरु समस्याको समाधान तर्फ भन्दा पनि बौद्धिकीकरण गर्छन्, अन्तहीन वाद विवाद गर्छन्, अनि वास्तविक निर्णय लिनुपर्ने जिम्मेवारी कुनै माथिल्लो तह मा सार्छन् । तिनीहरु विश्व समुदायसंग को नौलो र सतही परिचय मार्फत आफुलाई सामान्य जनता भन्दा फरक र बिशिष्ट देखाउने चेष्टा गर्छन् । तिनीहरु चाकरी को प्रयोग गर्छन्, र जब आफुलाई प्राप्त सुबिधाको पदमा पुग्छन्, तिनीहरुको मान्यता के हुन्छ भने देशको लागि केही पनि गर्न सकिदैन्, तेसैले आफु र आफ्नो मान्छे को लागि अवसरको उपयोग गर्नुपर्छ ।

यस्तो प्रवृत्ति उच्च जातिका शिक्षित व्यक्तिहरुमा मात्र नभई जनजाति समुह भित्रका ति व्यक्तिहरु जसले व्यक्तिगत प्रयासबाट शिक्षा र सम्मानित स्थान पाएका छन्, जब उनीहरु श्रेणीभेदी जातिय मान्यताको सम्पर्कमा आउँछन्, त्यस्ता जनजातिहरुमा समेत जातिय श्रेणीभेद प्रवृत्ति उत्पन्न हुन्छ । हिन्दु बर्णभेदी जातिय व्यवस्थाको यो सबैभन्दा ठुलो खतरा हो कि यसलाई सजिलै धर्म निरपेक्ष पनि बनाउन सकिन्छ र परम्परागत जातिय बर्णभेद नमान्नेहरु लगायत कुनै पनि सामाजिक वर्ग वा जनजातिबाट समेत नौलो तरिकाले यसको प्रयोग हुन सक्दछ ।

बर्ण श्रेणीबिभाजनको परिणामस्वरुप नेपाली राष्ट्रिय पहिचानको अवमुल्यन हुन गयो । नेपाली राष्ट्रिय पहिचानको साटो भारतीय हिन्दु जातियतावादले प्रश्रय पायो । नेपालको वास्तविक सामाजिक व्यवस्था को खोजी भारतीय बाहुनवादी ऐतिहासिक परम्पराहरुमा खोज्न थालियो । भाग्यवादी प्रवृत्तिले गर्दा नेपाली समाजमा पुर्नजागरण हुन पाएन, समाजलाई अकर्मण्य र पलायनवादी बनायो । यसरी नेपालमा भारतीय संस्कृतिको प्रभाव का असरहरु हुन गएः नेपालीपन्को अवमुल्यन्, धार्मिक संस्कृतिको भारतीयकरण, आफु प्रति हीनता बोध, र भाग्यवादी समर्पण ।

*डोर बहादुर बिष्टको फ्याटलिज्म एण्ड डेभलपमेन्ट सन् १९९० बाट अनुदित अंश

3 comments:

  1. बिष्टको लेख अनुवादित गरी राख्नु भएको पो ! म त आज हावा ब्रोले दमदार लेख टांस्नु भएछ भन्ने लगेको थियो पहिले तैपनी समय सान्धर्भिक नै छ । बिष्टको लेख पनि नेपाली पाराको नै हो जहाँ समस्या मात्र औलाईन्छ समाधानको बाटो खोजिदैन । नेपालमा बिद्वान र जान्नेसुन्नेको बिगबिगी छ जहाँ समस्यालाई ठुलो ढ्वाङ्ग बाट बारम्बार फुकिन्छ र थप समस्याको सिर्जना गरिन्छ अनि त्यही जान्ने बर्गहरुले चलाखीपुर्बक खेल खेलेर आफ्नो मुनाफाको गोजी भरिने गरिन्छ । समस्या संगै समाधान नखोज्नु र खोजे पनि नाटकिय रुप दिनु नै प्रमुख समस्या भैराखेको छ । यि तितासत्यको पाटो सिर्जना विद्वान बर्गहरुले नै गरेका हुन र चलिआएको छ अझैसम्म पनि । भनौ भने बिष्ट आँफै पनि गुमनाम भएका या गराइएका ब्यक्तित्व हुन् । शायद समस्या खोतलिदिएका कारण गुमनाम पो भएका वा बनाइएका हुन् कि!?

    ReplyDelete
  2. विचारणिय कुरो । People are guided in two ways:
    1. insiders
    2. outsiders
    insiders are those who make their own and live their own. आफ्नो लागि आफै सोच्ने अनि जस र दोष पनि सुरूमा आफैलाई दिने ।

    outsiders are those who think they are guided from outside. भाग्यवादी चिन्तन, पुर्पुरोमा लेखेको कुरो गर्ने....यस्ता पुरातनवादी सोचाई भएकाहरू लाई outsiders भनिदो रहेछ । एउटा पुस्तकमा पढेको कुरो हो यो ।

    वाहुनवादी प्रवृति outsiders चिन्तन सँग मिल्छ । अनि अरू जातिमै पनि कोहि लेखपढ भयो भने अचानक व्यक्तिवादी प्रवृति हावी भैहाल्छ । कुरो ठिक जस्तो लाग्यो सवै । अरू वढी लेख्न अझै धेरै चिन्तनको खाँचो देख्छु आँफैमा ।

    ReplyDelete
  3. लेकाली ब्रो, पुराना मान्छेहरुले दिक्क लाईराबेला नया मान्छेहरुको बोली र ईमानको पनि ठेगान नभएको देखेर मलाई पनि कसो कसो लागि राथ्यो तर आफुसंग तेस्तो गहिरो अध्ययन र कमाण्ड् पनि नभएकोले बिष्ट साईंला को शब्दहरु सापटी लिन मन लाग्यो ।

    बिष्टका शब्दहरु प्रयोग गरेपछि आफ्नो मनको मेख पनि मर्ने कसैले बिरोध गर्नासाथ प्रचण्ड काईदाले मैले काँ तेसो भनेको हो बिष्टले पो तेसो भनेको हो भन्न नि पाईने, हा हा हा ।

    तपाईले भने जस्तै मैले पनि सुनेको हल्ला हो कि डोर ब. बिष्ट अचेल हरिव्दार तिर जोगी बनेका छन् अरे । कसैले फेला पार्नुभएमा उनको छोरा केशर ब. बिष्ट ले पुरस्कार दिने घोषणा गरेका छन् अरे ।

    बिष्टको अध्ययन र विश्लेषण त निश्चय नै सटीक छ । तर उनको पुस्तकको प्रशंसा र आलोचना बढी तर क्रिटिकल अध्ययन् कम भएको जस्तो मलाई लाग्छ । उनको सामाजिक अध्ययन त निश्चय नै व्यापक र र गजब रमाईलो लाग्ने रहेछ, तर सो पुस्तक सर्सर्ती हेर्दा राजनीतिक कुराहरुमा मेरो मनमा लागेका कुराहरु यस्ता पनि छन्:

    बिष्टको विश्लेषण पन्चायतकालको अन्तिम बर्षहरु सम्म सिमित थियो । उनी जनजाति संस्कृति नेपालको राष्टिय मुलधार हुनुपर्छ त भन्छन् फेरि नेपालमा राजतन्त्रको आवश्यक छ पनि भन्छन् ।

    उक्त पुस्तकमै पन्चायत व्यवस्थालाई माटो सुहाउँदो व्यवस्था भन्न चाहेको हो कि जस्तो पनि लाग्यो किनभने उनी पन्चायतलाई ३६ साल पछि जनअनुमोदित भनेका छन् तर माथिको टाँसोमा उल्लेख भए जस्तै पन्चायतको तत्कालिन राजनीतिक बिपक्षीहरु क्रान्तिकारी र प्रजातन्त्रवादीको कडा आलोचना गरेका छन् ।

    उनले विभिन्न जात जातिहरुलाई मिलाएर लान सकेकोमा पृथ्वी नारायण शाहको प्रशंसा पनि गरेका छन् । उनी एकात्मक राज्यको पक्षमा पनि देखिदैनन्, जातिय स्वायत्तताकै पक्षमा देखिन्छन्, तर उनले मधेशी मुद्दा र मधेशीहरुलाई कसरी राष्टियतामा समावेश गर्ने भन्ने बारे केही भनेका छैनन् । वर्तमान नेपालमा मधेशी मुद्दा सम्बोधन नगरी नेपालको पुर्ण अध्ययन हुन्छ र ?

    जनजाति सम्बन्धी उनको अध्ययनलाई माओवादीहरुले उपयोग गरेको भन्ने त सुनेको थिए । क्रिस्चियन मिसनरीहरुले समेत नेपालमा क्रिश्चियन धर्म को प्रसारण गर्न बिष्ट को पुस्तकको अध्ययन र त्यसमा भएका बिचारको उपयोग गरेका रछन् । तर अझै पनि नेपालका विव्दान बुद्धिजीवि र नेताहरुले चाहि किन बुझ्न नचाहेका होलान् ?

    मैले नै पो कुरो नबुझेको हो कि ?

    अशेष ब्रो, आफु पनि बाहुन भएकोले होला मलाइ त बिस्ट को कुरा पढदा यिनले मलाइ नै पो भनेका हुन् कि जस्तो संका पनि लागिराथ्यो...तर मलाइ नै भनेको भए पनि कुनै पनि व्यक्ति समाज र रास्ट्र ले आफ्ना कमजोरी र बल दुबैलाई राम्ररी बुझ्न सके मात्र सहि दिशामा अघि बढन सकिन्छ भनेर चित्त बुझाए

    फेरी अस्ति एउटा जनजाति नेता ले भन्दै थिए नाक हेरेर मात्रै कोहि ब्राम्हणवादी भनेर निस्कर्स निकाल्नु गलत हुन्छ रे.. ब्राम्हणवादी जाति संग भन्दा पनि प्रबृत्ति संग सम्बन्धित हुन्छ अरे.. नाक चुचो हुने ब्राम्हणवादी नहुन पनि सक्छ र नाक थेप्चो हुने झन् बढी ब्राम्हणवादी हुन् सक्छ अरे

    तेसैले तपाई पनि ढुक्क हुनु भए हुन्छ.. नाक को प्लास्टिक सर्जरी नगराए पनि हुन्छ ;)

    ReplyDelete