
(प्यारोडी कविता)
१
ए छाप्रो पनि नबनेको तर आधुनिक
टवाईलेट्मा सधै तुहिने छोरो
मलाई कत्ति पनि लाज छैन कि
म तेरो बाबु हुने छैन्
किनभने तैले गरि खालास् भन्ने
मलाई कत्ति विश्वास छैन्
आफ्नै काम र माम को ठेगान छैन्
तँलाई म भात् कसरी खुवाउँला ?
ड्याड, साथीहरुसंग कन्सर्ट जानुपर्यो
वन थाउ चाहियो भन्लास्
स्वभाविक ममता दबाएर
मैले पनि भन्नुपर्ने होला
चुलो नबल्ने याद गर पाजी
२
हो गृहस्थी बन्ने मेरो हकै छैन
तेसैले भूलले पनि बिहे गरेर
दुख भोग्ने पुतला म सिर्जिन चाहन्न
आफुलाई तेरो जन्मदाता
दावा गर्न समर्थ ठान्दिनँ
के गरुँ बाबु मलाई पनि रहर नभएको त हैन्
पारिवारिक सुखमा गरिबी बिर्सने
तर म मृगतृष्णा देख्न चाहन्न
यौवनले उत्ताउलो नै बनाएपनि
म भविष्यसम्म नियाल्न सक्छु
युवक उमंग जति नाचे पनि
भुलवश पनि
विवाह बन्धनमा जकडिने छैन्
बाबु आई एम सरी भनेर
तँलाई म खिस्रिक पार्न सक्दिन्
न त तेरो खुशीको लागि
कसैलाई रुवाउन सक्नेछु
३
मेरो नजन्मेका छोरा
तँ नजन्मेको संसार
अझ देश
अझै सुन्दर र सजिलो भइसकेको छैन
धेरै बलिदानी भइसकेपनि
एकाध स्वार्थीहरुको दाउपेचले
सभ्यता फुल्न सकेको छैन्
तेसैले ए नजन्मेको मेरो छोरा
तैले पढेर विव्दान बन्ने
जानेर ठुलो बन्ने
अलि प्रतिभाशालीको हकदार बन्ने
कुनै सम्भावना म देख्दिन्
मबाट कुनै सुखको सास
तैले फेर्न पाउने छैनस्
न त तेरो बर्बाद जिन्दगीले
संसारलाई कुनै जिन्दगी दिनेछ
४
मेरो प्यारो नजन्मेको छोरा
मेरो मृत्युपछि
अग्नि संस्कारकै निम्ति मात्र
तँलाई म जन्माउन चाहन्न्
बरु मेरो लासलाई गिद्ध स्यालले नै लुछुन्
(गिद्ध त भए पो लुछ्लान् ;))
मलाई त डर छ
संसारको अप्ठेरो भस्मीभूत त के गर्लास् ?
तँपनि मेरो लाशमा दागबत्ती दिन कुर्लास्
बल्ल ठिस् बुढो मर्यो भन्दै
खुशीसाथ तर्पण श्राद्धको पाखण्ड गर्लास्
मेरो प्यारो नजन्मेको छोरा
वंश अनि परम्परा चलाउन मात्र
तँलाई म जन्माउनै चाहन्न्
५
मलाई डर् छ
कतै जनतालाई सहीद बनाउँदै
दुई चार जनाको पाउ मलेर
दिनरात डान्स र बीयर मुत्ने पो होस् कि ?
डयाड्ले क्या झुर लाईफ दियो भन्दै
छिमेकको छाप्रोमा आगो सल्काएर
तँ पनि दीपावली गर्ने पो होस कि ?
ए मेरो नजन्मेको प्यारो छोरा
मलाई धेरै आशंकाहरु छन्
दारिद्रंय यन्त्र ध्वस्त पार्ने
कर्मठ योद्धाको नयाँ सस्करण
तँ बन्लास् के ?
*हृदयचन्दसिंह प्रधान को कविता छोरोसित को प्यारोडी कविता बनाउन खोजिएको हो । मुल कविता एकल यात्री जी को ब्लगमा पहिलो पटक पढन पाईयो । कतिपय शव्दावली र विचार मुल सिर्जनाबाटै लिईएको छ । एकल यात्री मा आभार । हृदयचन्द्रलाई पछि भेटेपछि आभार गरुँला ।
मूल कविता पनी पढ़ें.
ReplyDeleteतपाईं को कविताले बेरोजगार युवकको दर्द र हृदयचंदसिंह को कविता ले भावी पीढ़ी लायी एउटा सन्देश दिने काम बखूबी गरेको देखिन्छ. जहाँ तपाई को कविता मा भय र निराशा ले भूल गर्दीन भन्छ त्यहीं हृदयचंद जी ले भावी पीढ़ी लायी सन्देश दिन्छ कि मलाई छोड़ मानवमात्र को ध्यान दे.
..तपाईं ले हिंदी बूझ्या झईं मयिले पनी नेपाली बूझेको हो. कती बूझें र कस्तो लेखें भन्न सक्दिन. आभार.
मन चसक्क दिल बहादुरको दिल खसक्क र दमिनी भाउजुको आँखा रसक्क रसाउने प्यारोडी पो परेछ । यती लेखुम् क्यारे ...
ReplyDeleteदेवेन्द्र जी,
ReplyDeleteछिमेकि देश भारतको बासिन्दा भएर पनि नेपालीमा राम्रो लेख्नुभएको देखेर खुशी लाग्यो । तपाई आफै कवि हुनुहुन्छ, राम्रो कविता लेख्नुहुन्छ । वास्तवमा म कवि होईन् । हृदयचन्द्रको मुल कविता कम्तीमा पनि मेरो दुई पुस्ता पहिलेको समयको हो । तर उनको नाति पनातिको पुस्तामा आएर पनि उनको सो कविताले बोकेको सामाजिक यथार्थ उस्तै छ । तेसैले मैले उनको कवितालाई तोड मरोड गरेर भए पनि सामाजिक व्यंग गर्न खोजेको हो । मलाई थाहा छ कि यसमा मेरो बेवकुफी पनि देखिएको छ । कमेन्ट गरिदिनुभएकोमा तपाईलाई पनि हार्दिक आभार
लेकाली जी,
हा हा हा कति सारो भावुक हुनुभाको भन्या ? तपाईको घुँडाबाट पनि आँसु चुहियो हेर्नुस त । कृपया भावुक नहुनुस्, मैले राजनीतिक सामाजिक व्यंग मात्र गर्न खोजेको हो । मेरो समस्या के छ भने खासमा म जसलाई भन्न खोजिरहेको हुन्छु उनेरुले सुनिरहेका हँुदैनन् । तर विचरा मेरा निर्दोष व्लगर साथीहरु आहत हुन पुग्छन् । यही आशा मा म हुन्छु कि कुनै न कुनै दिन मैले लक्षित गरेका खासगरी राजनीतिक र ठुलाबडा व्यक्तिहरुले पनि केही बुझ्नेछन् । हुन त म आफै पनि अचेल मानिसलाई पीडा दिने विसंगतिबोध भन्दा पनि बरु परिवर्तनको चाहना मुखरित गर्ने तर्फ ध्यान दिनुपर्छ भन्ने सोच्दछु ।
स्व. हृदयचन्द्रसिह प्रधान फेरि जन्मेर आफ्नो कवितालाई रिमेक गरेझैँ लाग्यो । उनको मूल कविता धेरैको जीवनसँग मेल खान्छ भन्ने लागेर मैले आफ्नो ब्लगको ग्याजेटमा राखेको हूँ । यो रिमेक कविता चाहिँ मलाई आफ्नै जीवनझैँ लाग्यो । त्यसैले यसलाई पनि जोडिदिएँ मेरो ब्लगमा ।
ReplyDeleteलौ हावा ब्रोले पनि ब्लगर कवि बन्ने छाँट पो ल्याउनुभयो। प्यारोडी कविता जमेको छ। यही मौकामा हृदयचन्द्रसिंह प्रधानको मूल कविता पनि पढ्ने अवसर प्राप्त भयो, हावा ब्रोलाई धेरै-धेरै धन्यवाद।
ReplyDeleteएकल यात्री जी, धन्यबाद सामयिक कविता पढने चाजो मिलाइदिनुभेकोमा
ReplyDeleteतर यो प्यारोडी को श्रेय पनि कबि हृदयचन्द्र लाइ नै जान्छ.. मैले कविको बिचार चोरेर केहि भावार्थ उल्टो सुल्टो पर्नु बाहेक केहि मिहिनेत् गरेको छैन.. बरु सुन्दर कविता बिगारेर विकृत पो भयो कि भन्ने डर लागिराथ्यो
तपाई आफै पनि सम्बेदनशील कवि र असल सिक्षक् हुनुहुन्छ..तपैले पनि समर्थन जनाउ गरेपछि अलि ढुक्क भो..तपाइँ मा पनि आभार
धुर्ब ब्रो, हा हा हा... टीन एज मा त म पनि देवकोटा संगै कम्पिटिसन गर्थे.. तर पछी दुइ चार वटा खेस्रा नोट बुक मा केरेपछी कविता लेख्ने रहर पनि पुग्यो.. अनि देवकोटाले मलाइ जिते.. नत्र त तपाइले मेरो कविता मा पनि बिबेचानात्मक उत्तर लेखेर एस एल सी दिनुहुन्थ्यो होला ;)