
मैले एकजना आदर गर्ने कलेजको गुरुलाई केही दिन अघि भेटे । म उहाँलाई यसकारणले पनि आदर गर्थे कि उहाँले धेरै वर्ष पहिले अमेरिकाको स्तरीय मानिने युनिभरसीटीबाट पि एच डी गरेर पनि अमेरिकाको अवसर छोडेर देशको लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किनुभको थियो । देशको छात्रवृत्ति पचाएर विदेशमै हराउने र देशको ढुकुटीबाट सरकारी संस्थाहरुमा फुल टाईमको तलब खाएर पार्ट टाईम पनि समय दिन नचाहने प्रवृत्ति छ । देशमा अझै पनि अध्ययन र मिहिनेत भन्दा पनि फाईफुट्टी लाउनेकै हाई हाई छ । चोरेर र घोकेर बर्षौ पछि बल्लतल्ल थर्ड डिभिजन आएका व्याचलर, मास्टर्स, र पिएचडी गर्नेहरु समेत मै हँु विव्दान भन्ने घमण्ड गर्छन् । तेसैले पनि काम प्रतिको सरको दक्षता, लगनशीलता र समर्पण देखेर तेसै सन्मान गर्न मन लाग्थ्यो ।
तेसो त सर अमेरिकाबाट पढेर आएकोले होला व्यवसायिक हुनुपर्छ र पैसा पनि सकेको कमाउनुपर्छ भन्नुहुन्छ । तेसैले होला, उहाँ टि यु को क्लास बाहेक अरुतिर पनि क्लास लिनुहुन्छ, अरु सम्बन्धित पेशागत काम पनि गर्नहुन्छ । हामीलाई क्लासमा ओभर एम्बिसस् नहुन भन्नुहुन्थ्यो, तर छोराछोरीलाई भने पढन अमेरिका नै पठाउनुभको छ । तर सरले व्यवस्थाको कमजोरी वा सिस्टम को लुपहोलबाट फाईदा उठाएर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिको खुला विरोध गर्नुहुन्थ्यो । आफ्नो सीप र दक्षतालाई सकेसम्म उपयोग गरेर ईमान्दारीपुर्वक नै पैसा कमाउनुपर्छ भन्नेमा सरको जोड थियो ।
पेशाकर्मी र उच्च शिक्षित मानिसहरु आफुप्रति सम्मान खोज्छन् । हुन त कसैले पनि ठुलो पल्टिन खोज्नु उचित नहोला, तर राम्रो कामको वा दक्षताको कदर होस भन्ने चाहना मानवीय हो जुन सबैमा हुन्छ । अस्ति जब मैले सरलाई भेटे, सर अति निराश हुनुहुन्थ्यो । सरले भन्नुभो, देशको अवस्था झन् बिग्रदै छ । बिसौं बर्ष देशको लागि भनेर काम गरे, तर अब काम गर्ने वातावरण छैन् । हरेक क्षेत्रमा ओभरपोलिटिसाईजेशन भएको छ । म सोच्दैछु कि अमेरिकातिरै लागुँ । यस्तो कुरा र निराशा म अचेल धेरै दक्ष व्यक्तिहरुले भनिरहेको सुन्छु ।
जुनसुकै पार्टी आए पनि र जुनसुकै व्यवस्था आएपनि देशलाई दक्ष जनशक्तिको आवश्यकता हुन्छ । अचेल जसलाई हामी योग्य वा प्रोफेशनल भन्दछौ, धेरैजसोले देश छोडेर जाने कुरा गरेका हुन्छन् । सबै पेशाकर्मी र उच्च शिक्षित मानिसहरु भ्रष्ट नै छन् भन्ने पनि होईन् । पेशाकर्मीहरुको गुनासो हुन्छ गणतन्त्र हैन, देशमा भीड्तन्त्र आयो । हरेक कुरामा अति राजनीतिकरण भयो । देश र जनताको लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टीको अनुकुल हुनुपर्ने अवस्था आयो । राजनीतिक दल र नेताहरुलाई खुशी पारेकै भरमा भ्रष्ट र असक्षम व्यक्तिहरु हाकिम भए, सक्षम र ईमान्दर जनशक्तिलाई कजाए । हिजो यस्तै कुरा गरेर काग्रेस र एमालेलाई सराप्दै धेरै दक्ष जनशक्ति बिदेशिए । अचेल पेशाकर्मी वा प्रोफेसशनलहरुको गुनासो हुन्छ कि माओवादीका भातृ संगठनले अनावश्यक दबाब दिन्छन् ।
माओवादीले के बुझ्नुपर्छ भन्ने जनमतले उसलाई शक्तिशाली बनाएको हो, त्यसैले आफु भन्दा भिन्न विचार राख्ने जनमतको पनि उसले सम्मान गर्नुपर्छ । अहिले सबैभन्दा शक्तिशाली र जनादेश प्राप्त पार्टी माओवादीलाई पाखा लाएर कांग्रेस एमाले र पन्चायतका पनि भ्रष्टतम् व्यक्तिहरुले समेत सत्ता कब्जा गर्न कसरी सफल भएका छन् ? कतिपय माओवादीको सामजिक परिवर्तनका कतिपय एजेन्डाहरुसंग सैद्धान्तिक रुपले सहमत् हुनेहरु पनि कार्यकर्ताले अभद्र व्यवहार गरे भनेर चित्त दुखाएका छन् । यसमा माओवादीहरु पनि चनाखो हुनुपर्छ । माओवादीले आफ्ना कार्यकर्तालाई जनसम्पर्क कसरी राम्रो बनाउने वा पब्लिक रिलेशन को बारेमा संवेदनशील र विनम्र हुन पनि तालिम दिनुपर्छ ।
हावा जी
ReplyDeleteजनमत भन्दा YCLको कदर गर्छ माओबादीले
माओबादीलाई जनताको मतमा भन्दा YCLको जनता धम्काईमा विश्वास छ |
कस्तो दबाबको कुरा गर्नु भएको हो हावाजी ?
ReplyDeleteहावा ब्रोले आफ्नो 'र्याडिकल' शैली परिवर्तन गर्नुभयो जस्तो छ नि त यसपाली ! तर कुरो सोह्रै आना सही छ है !!
ReplyDeleteनेपालीको आवाज जी, के पनि सुनिन्छ भने कतिपय असम्बन्धित व्यक्तिहरु समेत अरुलाई थर्काएर फाईदा लिन माओवादी हौं भन्दा रहेछन् ।
ReplyDeleteपुष्प जी, हा हा हा धोका । मानिसहरुले कसरी सोचिरहेका छन् भनेर मास मै गएर पनि प्रतक्ष्य कुरा सुन्छु । तेसैले माओवादीले आलोचना र सुझाव सुन्न सक्छन् कि सक्दैनन् भनेर जाच्न पनि लेखेको । खै, अहिलेसम्म त मलाई कुनै माओवादीले दबाब दिएका छैनन् । त्यस आधारमा मैले भन्दा त दबाब छैन् नै भन्नुपर्यो । तर मौका को फाईदा लिन र व्यक्तिगत रिसिबि साध्न माओवादी बनेकाहरुले संगठन बदनाम भने जरुर गरेका छन् ।
धुर्व जी, हा हा हा म त र्याडिकल नै छु नि भन्या.. तर सहरका मान्छे अलि सुकुमार हुन्छन् भन्न खोज्या नि
'brain drain'को आतंक अन्तराष्ट्रिय swine flu आतंकभन्दा पनि विकराल देखिएको छ अहिले देशमा । यो वास्तवमा स्वभाविक पनि छ । युवावर्गलाई देशको परिस्थिति भन्दा पनि विदेश मोहले वढि तानेको छ तर जो देशमै केहीँ गरौँ भन्ने चाहन्छन् उनिहरू पनि कालान्तरमा पलायन हुन्छन् नचाहँदा-नचाँहदै पनि । मुख्य कुरो भविष्यको ग्यारेण्टी भएन । खाली आशावादी भएर मात्र त गुजारा नचल्ने रहेछ ।एकथोक सोचौँला भोलि अर्कै परिस्थिति देखापर्ला देशमा । कि त संकेत सम्म भए नि आसावादी देखिनुपर्यो नि विकशित राजनितिक घटनाक्रमको । त्यो पनि छैन । अनि गर्ने के ? म पनि वास्तवमा अन्योलमै छु ।
ReplyDeleteहावा ब्रोदरम को ! गफ चाही - हावा जस्तो लागेन है ! एक दम सहि नै गर्नु भो !
ReplyDeleteतर के गर्ने - यस्ता कुरा सम्बन्धित निकाय (पक्ष ) ले सुन्नु पर्यो - बुझ्नु पर्यो नि !
हावा ब्रोको यो कुराले खोजेकै कान पाऊला भन्ने मलाई चाहिँ लाग्दैन। माओवादीको कराउने मुख र जतिखेर पनि अरुलाई मुक्याउन चल्ने हात जतिपनि छन् तर कान भने अहिलेसम्म देखेको छैन मैले:)
ReplyDeleteAgree with Basanta Ji,
ReplyDeleteIf Moaists had ears they would have listened earlier.
I agree with the point mentioned in the post that most of the aspects of our lives have been ruined due to over-politicization!!