Monday, February 1, 2010

माओवादीले सिक्नुपर्ने कुरा

मैले एकजना आदर गर्ने कलेजको गुरुलाई केही दिन अघि भेटे उहाँलाई यसकारणले पनि आदर गर्थे कि उहाँले धेरै वर्ष पहिले अमेरिकाको स्तरीय मानिने युनिभरसीटीबाट पि एच डी गरेर पनि अमेरिकाको अवसर छोडेर देशको लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किनुभको थियो देशको छात्रवृत्ति पचाएर विदेशमै हराउने देशको ढुकुटीबाट सरकारी संस्थाहरुमा फुल टाईमको तलब खाएर पार्ट टाईम पनि समय दिन नचाहने प्रवृत्ति देशमा अझै पनि अध्ययन मिहिनेत भन्दा पनि फाईफुट्टी लाउनेकै हाई हाई चोरेर घोकेर बर्षौ पछि बल्लतल्ल थर्ड डिभिजन आएका व्याचलर, मास्टर्स, पिएचडी गर्नेहरु समेत मै हँु विव्दान भन्ने घमण्ड गर्छन् तेसैले पनि काम प्रतिको सरको दक्षता, लगनशीलता समर्पण देखेर तेसै सन्मान गर्न मन लाग्थ्यो

तेसो सर अमेरिकाबाट पढेर आएकोले होला व्यवसायिक हुनुपर्छ पैसा पनि सकेको कमाउनुपर्छ भन्नुहुन्छ तेसैले होला, उहाँ टि यु को क्लास बाहेक अरुतिर पनि क्लास लिनुहुन्छ, अरु सम्बन्धित पेशागत काम पनि गर्नहुन्छ हामीलाई क्लासमा ओभर एम्बिसस् नहुन भन्नुहुन्थ्यो, तर छोराछोरीलाई भने पढन अमेरिका नै पठाउनुभको तर सरले व्यवस्थाको कमजोरी वा सिस्टम को लुपहोलबाट फाईदा उठाएर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिको खुला विरोध गर्नुहुन्थ्यो आफ्नो सीप दक्षतालाई सकेसम्म उपयोग गरेर ईमान्दारीपुर्वक नै पैसा कमाउनुपर्छ भन्नेमा सरको जोड थियो

पेशाकर्मी उच्च शिक्षित मानिसहरु आफुप्रति सम्मान खोज्छन् हुन कसैले पनि ठुलो पल्टिन खोज्नु उचित नहोला, तर राम्रो कामको वा दक्षताको कदर होस भन्ने चाहना मानवीय हो जुन सबैमा हुन्छ अस्ति जब मैले सरलाई भेटे, सर अति निराश हुनुहुन्थ्यो सरले भन्नुभो, देशको अवस्था झन् बिग्रदै बिसौं बर्ष देशको लागि भनेर काम गरे, तर अब काम गर्ने वातावरण छैन् हरेक क्षेत्रमा ओभरपोलिटिसाईजेशन भएको सोच्दैछु कि अमेरिकातिरै लागुँ यस्तो कुरा निराशा अचेल धेरै दक्ष व्यक्तिहरुले भनिरहेको सुन्छु

जुनसुकै पार्टी आए पनि जुनसुकै व्यवस्था आएपनि देशलाई दक्ष जनशक्तिको आवश्यकता हुन्छ अचेल जसलाई हामी योग्य वा प्रोफेशनल भन्दछौ, धेरैजसोले देश छोडेर जाने कुरा गरेका हुन्छन् सबै पेशाकर्मी उच्च शिक्षित मानिसहरु भ्रष्ट नै छन् भन्ने पनि होईन् पेशाकर्मीहरुको गुनासो हुन्छ गणतन्त्र हैन, देशमा भीड्तन्त्र आयो हरेक कुरामा अति राजनीतिकरण भयो देश जनताको लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टीको अनुकुल हुनुपर्ने अवस्था आयो राजनीतिक दल नेताहरुलाई खुशी पारेकै भरमा भ्रष्ट असक्षम व्यक्तिहरु हाकिम भए, सक्षम ईमान्दर जनशक्तिलाई कजाए हिजो यस्तै कुरा गरेर काग्रेस एमालेलाई सराप्दै धेरै दक्ष जनशक्ति बिदेशिए अचेल पेशाकर्मी वा प्रोफेसशनलहरुको गुनासो हुन्छ कि माओवादीका भातृ संगठनले अनावश्यक दबाब दिन्छन्

माओवादीले के बुझ्नुपर्छ भन्ने जनमतले उसलाई शक्तिशाली बनाएको हो, त्यसैले आफु भन्दा भिन्न विचार राख्ने जनमतको पनि उसले सम्मान गर्नुपर्छ अहिले सबैभन्दा शक्तिशाली जनादेश प्राप्त पार्टी माओवादीलाई पाखा लाएर कांग्रेस एमाले पन्चायतका पनि भ्रष्टतम् व्यक्तिहरुले समेत सत्ता कब्जा गर्न कसरी सफल भएका छन् ? कतिपय माओवादीको सामजिक परिवर्तनका कतिपय एजेन्डाहरुसंग सैद्धान्तिक रुपले सहमत् हुनेहरु पनि कार्यकर्ताले अभद्र व्यवहार गरे भनेर चित्त दुखाएका छन् यसमा माओवादीहरु पनि चनाखो हुनुपर्छ माओवादीले आफ्ना कार्यकर्तालाई जनसम्पर्क कसरी राम्रो बनाउने वा पब्लिक रिलेशन को बारेमा संवेदनशील विनम्र हुन पनि तालिम दिनुपर्छ

8 comments:

  1. हावा जी
    जनमत भन्दा YCLको कदर गर्छ माओबादीले
    माओबादीलाई जनताको मतमा भन्दा YCLको जनता धम्काईमा विश्वास छ |

    ReplyDelete
  2. कस्तो दबाबको कुरा गर्नु भएको हो हावाजी ?

    ReplyDelete
  3. हावा ब्रोले आफ्नो 'र्‍याडिकल' शैली परिवर्तन गर्नुभयो जस्तो छ नि त यसपाली ! तर कुरो सोह्रै आना सही छ है !!

    ReplyDelete
  4. नेपालीको आवाज जी, के पनि सुनिन्छ भने कतिपय असम्बन्धित व्यक्तिहरु समेत अरुलाई थर्काएर फाईदा लिन माओवादी हौं भन्दा रहेछन् ।

    पुष्प जी, हा हा हा धोका । मानिसहरुले कसरी सोचिरहेका छन् भनेर मास मै गएर पनि प्रतक्ष्य कुरा सुन्छु । तेसैले माओवादीले आलोचना र सुझाव सुन्न सक्छन् कि सक्दैनन् भनेर जाच्न पनि लेखेको । खै, अहिलेसम्म त मलाई कुनै माओवादीले दबाब दिएका छैनन् । त्यस आधारमा मैले भन्दा त दबाब छैन् नै भन्नुपर्यो । तर मौका को फाईदा लिन र व्यक्तिगत रिसिबि साध्न माओवादी बनेकाहरुले संगठन बदनाम भने जरुर गरेका छन् ।

    धुर्व जी, हा हा हा म त र्याडिकल नै छु नि भन्या.. तर सहरका मान्छे अलि सुकुमार हुन्छन् भन्न खोज्या नि

    ReplyDelete
  5. 'brain drain'को आतंक अन्तराष्ट्रिय swine flu आतंकभन्दा पनि विकराल देखिएको छ अहिले देशमा । यो वास्तवमा स्वभाविक पनि छ । युवावर्गलाई देशको परिस्थिति भन्दा पनि विदेश मोहले वढि तानेको छ तर जो देशमै केहीँ गरौँ भन्ने चाहन्छन् उनिहरू पनि कालान्तरमा पलायन हुन्छन् नचाहँदा-नचाँहदै पनि । मुख्य कुरो भविष्यको ग्यारेण्टी भएन । खाली आशावादी भएर मात्र त गुजारा नचल्ने रहेछ ।एकथोक सोचौँला भोलि अर्कै परिस्थिति देखापर्ला देशमा । कि त संकेत सम्म भए नि आसावादी देखिनुपर्यो नि विकशित राजनितिक घटनाक्रमको । त्यो पनि छैन । अनि गर्ने के ? म पनि वास्तवमा अन्योलमै छु ।

    ReplyDelete
  6. हावा ब्रोदरम को ! गफ चाही - हावा जस्तो लागेन है ! एक दम सहि नै गर्नु भो !
    तर के गर्ने - यस्ता कुरा सम्बन्धित निकाय (पक्ष ) ले सुन्नु पर्यो - बुझ्नु पर्यो नि !

    ReplyDelete
  7. हावा ब्रोको यो कुराले खोजेकै कान पाऊला भन्ने मलाई चाहिँ लाग्दैन। माओवादीको कराउने मुख र जतिखेर पनि अरुलाई मुक्याउन चल्ने हात जतिपनि छन् तर कान भने अहिलेसम्म देखेको छैन मैले:)

    ReplyDelete
  8. Agree with Basanta Ji,
    If Moaists had ears they would have listened earlier.

    I agree with the point mentioned in the post that most of the aspects of our lives have been ruined due to over-politicization!!

    ReplyDelete