Tuesday, February 23, 2010

गरिब निमुखाले माओबादी नबने के गर्ने त ?

अचेल बत्ती र व्यक्तिगत कारणले नेट हेर्ने र व्लग गर्ने मेसो मिलिराखेको छैन् । फेरि आ व्लग गरेर के नै लछारपाटो लाग्छ भनेर पनि जागर चलेको छैन् । तैपनि चित्त नबुझेका कुरा कतै त रेकर्ड होस् भन्ने लाग्छ । केही दिन अघि यो बर्षकै अन्तिम बिहे लगन रेछ । सामाजिकता भनेर म पनि एकजना आफन्तको बिहेमा गएको थिए । त्यस दिन धेरै बिहे भएकोले गाडी पाउन मुस्किल भो । धेरै गाडी बिहेकै लागि रिजर्भ गरिएको रेछ । सडकमा घन्टौ जाम । बसमा ठेलमठेल । जीन्दगीको जात्रा

बिहेमा रमाईलो भको देख्दा मलाई पनि रमाईलो लाग्छ । तर फेरि हेर्छु, यो रमाईलो को मुल्य कत्तिको महगो छ । काठमाडौंको जीवनस्तर केही युरोपेली देशको समान छ रे । तर काठमाडौंमै पनि यस्ता हर्षोल्लास पछाडि कति पीडा लुकेका छन् < मानसिक रोग, मुटु रोग, दुव्र्यसन्, र अपराध किन बढिरहेको छ <

नेपाल भन्ने देशमा एकजना मानिस छन् । उनी सरकारी अधिकृत नै थिए । उनी संगैका उनी जस्तै र उनी भन्दा पनि पछिका धेरै कर्मचारीले काठमाण्डुमा राम्रै घर जग्गा र स्टाट्स बनाए । तर उनी कहिल्यै काठमाडौ बस्न सकेनन् । जागीर खाएर काठमाण्डु बस्न सकिन्न भन्थे । मोफसलमै जीवन बिताए । घर त बनाए तर गाउमै । छोराछोरी लाई काठमाण्डुमा पढन पनि पठाउन सकेनन् । बोलीचालीको भाषामा भन्ने हो भने उनले पनि पैसा कमाउन सकेनन् वा जानेनन् ।

तर परिवार त उनको पनि थियो । शिक्षित भएकाले सबै जानेसुनेका नै थिए । दाजुभाई कै छोराछोरी काठमाण्डु बोर्डिंग मा पढथे । उनका छोराछोरीले पनि रहर गरे । तर उनले सकेनन् । अरु पनि धेरै चाहना थिए होलान् जो पुरा भएनन् । फलस्वरुप बाबुआमा दुबै बिरामी परे । छोराछोरी काठमाण्डु आए केही पढिएला र केही बनिएला भनेर । तर उनीहरु निराश छन् ।

म उनकी एउटी छोरीको बिहेमा गएको थिए । पेन्सनमा आएको सारा पैसा काठमाण्डुमै भएका अर्का आफन्तको घरबाट छोरीको बिहेमा खर्चे । मलाई पनि भोज खान बोलाए । म जान त गए तर मेरो मनमा कुरा खेलिरह्यो यो कस्तो भोज अनि कस्तो भतेर हो < आवादी को हो कि बर्बादीको ? अब अर्को छोरीको बिहे कसरी गर्लान् <

एउटा छोरी को बिहे मा दाईजो बाहेक भोज भतेर र तडक भडक मै पनि काठमाण्डु जस्तो ठाउमा पनि लाखौं खर्चिईन्छ । धेरै पढेलेखेका र बुझक्की मान्छेहरु काठमाण्डुमा बस्छन् अरे । मोफसलका मान्छेहरुले काठमाण्डुको जीवनशैलीको सिको गर्छन् । कतिसम्म भने समाजमा आ आफ्नो ठाउमा आदर्णीय र प्रेरक व्यक्तित्व बनाएका व्यापारी मीन बहादुर गुरुंग र प्रधान सेनापति छत्रमान् गुरुंग ले पनि आफ्नो छोरा छोरीको बिहेमा निकै तडक भडक र सडक जाम गरेछन् । त्यसै दिन, जुन दिन म पनि गएको थिए ।

यी त भए तैबिसेक सक्नेहरुकै कुरा । अब कसैले मलाई भनिदियोस कि गरीव बाउआमाले छोरीको कसरी बिहे गर्ने < किनभने मलाई यो प्रश्न एकजना मेरा परिचित जसका छोरी बिहे गर्नु छ उनले सोधे । उनी पनि काठमाण्डुको मान्यता अनुसार असफल व्यक्ति हुन् । किनभने उनले छोरी त जन्माए तर बिहे गर्न सकिराखेका छैनन् । किनभने अचेल दाईजो त लिदैनौ, तर चलन अनुसार गर्नुपर्छ भनिन्छ ।

को छ यसमा जिम्मेवार < छोरी त सबका छन् । के ति सम्पन्नता र चलनको नाममा गरिने भोज भतेर र रवाफ प्रदर्शन सामाजिक अपराध होईन् < सम्मानित स्थानमा रहेका व्यक्तिहरुबाट भएको भ्रष्टाचार हैन् जो आफ्नो छोराछोरी को बिहेमा दाईजो लेनदेन र तडकभड्क गर्छन्, र गरीब बाउआमाले पुर्याउनै नसक्ने सामजिक मान्यता स्थापित गरिदिन्छन् < के त्यो राज्य प्रणाली अपराधी हैन जसले ठुलाबडा र सम्पन्न मार्फत भईरहेको सामाजीक अपराध नियन्त्रण गर्न सक्दैन् <

म कुनै आदर्श खोकिरहेको छैन् । यो मेरो पनि समस्या हो । व्यक्तिगत रुपमा सबैले ठीक हो, तर सिस्टम नै यस्तै छ भन्छन् । कसैमा पनि शासन प्रणाली र चलनमा सुधार ल्याउने साहस र चाहना देखिदैन् । ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन् असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।

मेरो प्रश्न छ, सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ?

14 comments:

  1. सही भन्नुभो हावाजी । अहिलेको चलन परिवर्तन गर्ने ल्याकत माओवादीले मात्र राख्छ । तर समय लाग्छ ।

    मेरो व्यक्तिगत कुरा गर्ने हो भने मेरो बिहेमा जन्तीहरूले चिया बिस्कुट खानुपर्यो भनेर निकै रिसाएका थिए । :) जन्तीमा मेरा परिवारले बोलाएकाहरू मात्र थिए । पत्याउनुहुन्छ ? मेरा एकजना साथीहरूलाई पनि खबर गरिनँ मैले, एकदमै मिल्ने र नजीकका साथीहरूलाई समेत । जन्ती बोलाउने र भोज खुवाउने कुरा परको भो । हुन त यो अलि बढी नै असामाजिक जस्तो लाग्ला । तर म आफ्नो निर्णयप्रति खुशी छु । एउटालाई बोलायो अर्को रिसाउला भन्ने पीर । कसैलाई नबोलायो, आनन्द ! पछि गुनासो गरे । तर साथी हुन्, मेरो कुरा बुझुन् भन्ने मेरो चाहना हो र धेरैले बुझेका पनि छन् ।

    दाइजोको त कुरै भएन; उनले ल्याएको दाइजो भनेको उनको माइतीको थरमात्र छ, जो मैले परिवर्तन गरेको छैन । यो थर परिवर्तनका लागि पनि कति पारिवारिक दबाब खेप्नुपर्ने रहेछ । तर एउटी नारीको माइतीबाट पाएको थर खोस्ने पक्षमा म छैन । उनीहरूले माइतीबाट अरु के नै पो पाउँछन् बिचरा ! पैसा-सरसामानरूपी दाइजो त कति नै दिनका लागि पो हो र ?

    अहिले म एउटी छोरीको बुबा हुने सौभाग्य पाएको छु । छोरीको पास्नीमा भने म केही ऋण लागेको छ । कारण ! मेरी प्रिय अर्धांगिनीको इच्छा । बाबु-आमालाई त यस्ता कुरामा 'थर्काउन'समेत सकिने, तर श्रीमतीको इच्छालाई नकार्न बडो गाह्रो पर्दो रहेछ । :) जे होस्, आशा छ मेरी अर्धांगिनीले पनि चाँडो बुझ्नेछिन् । चाँडै बुझुन् भनेरै पनि मैले उनको यसपटकको इच्छा पूरा गरेको हुँ ।

    ReplyDelete
  2. धन्यवाद पुस्प जी, तपाईको रोचक विवाह कथा सुनाउनुभएकोमा । निश्चित रुपले यस मामिलामा तपाईले आदर्श प्रस्तुत गर्नभएको छ । यो आदर्श मेरो लागि पनि प्रेरणा हुनसक्छ । तपाईको सुखद दाम्पत्य र बाबुत्व ;) प्रति हार्दिक सुभकामना ।

    कतिपय साथीलाई विवाह र सामाजिक सुधारको प्रसंगमा अन्तिममा माओवादीलाई जोडेकोमा चित्त नबुझेको होला । चाकडी बजायो भन्ठान्नु पनि भो होला । तर सोचौ त, सारा संसार उसको विरुद्ध हुदा र कतिपय उसकै कमजोरी र्हुदा पनि माओवादीले किन यो समाजबाटै बल पाईरहेको छ ? यस्तै भेदभाव, हीनताबोध, असमानता जन्माउने रवाफ ठुला बडाले मान्यता बनाएको र राज्यले अधिकांश निम्नवर्गको हित हुने सामाजिक सुधार कार्यक्रम पालना नगराएकोले नै होईन् ? दोश्रो, कतिपय रीति रिवाज र चलनहरु छन् जो सबैलाई बोझ भएको छ , तर मानिसहरुले अरुले के भन्ला भनेर छाडन् सकेका छैनन् । यस्तो धान्न नसकिने संस्कार सुधार गर्ने तर्फ माओवादी बाहेक अरु कसका कार्यक्रम छन् ?

    ReplyDelete
  3. दाइजो मुर्दावाद । बिहेमा भोजभतेर मुर्दावाद।

    ReplyDelete
  4. नाम चै " हावा " ! लेख भने बडो दाबा का साथ् लेख्नु हुदो रहेछ "
    कतिपय रीति रिवाज र चलनहरु छन् जो सबैलाई बोझ भएको छ , तर मानिसहरुले अरुले के भन्ला भनेर छाडन् सकेका छैनन् । यस्तो धान्न नसकिने संस्कार सुधार गर्ने तर्फ माओवादी बाहेक अरु कसका कार्यक्रम छन् ? "
    सत्य यथार्त कुरालाई यसरि नै दाबा का साथ् लेखिरहनुहोस हावा जी ,
    निरन्तरताको शुभ कामना हिर्दय देखि नै .
    लुना .

    ReplyDelete
  5. साँस्कृतिक विषयमा तपाइँको कलम निकै जोडले चलेको छ । यसलाइ निरन्तरता दिनुहोला । तपाइँको विचारमा मेरो पनि पूर्ण समर्थन छ । देखाउनकै लागि भोज गर्नुपर्ने प्रचलन अति नै गढेको छ हाम्रो समाजमा ।

    ReplyDelete
  6. राम्रो बिषय लिएर अलिक लामो समयपछि झुल्किनुभएछ हावा ब्रो। खुशी लाग्यो :)

    'ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।'

    हाम्रा थुप्रै सामाजिक विकृतिहरुको मूल जरो नै यही मान्यता हो। मान्छे मर्न र मार्न पनि यस्तै कारणले उद्दत हुन्छ, भलै त्यसपछिको यथार्थ झन् कटु किन नहोस्।

    ReplyDelete
  7. धन्यवाद एकल यात्री जी, जोडदार नारा लाईदिनुभएकोमा । अनि ब्रो, नारा मात्र लाउने हैन नि आफ्नो पालामा पालन पनि गर्नुहोला नि ;)

    लुना जी, माई सन्सारमा त देखिराखिएकै हो । तपाईलाईपनि हिर्दय देखिकै धन्यवाद टुना लाएर उत्साह बढाईदिनुभकोमा । हो, म पनि माओवादी हंन् तर मैले हेर्दा पनि राज्यस्तरबाटै सुधार गरेर पालना गराउनुपर्ने काम हाललाई माओवादीले मात्र गर्न सक्ने देखिन्छ ।

    धन्यवाद बसन्त जी, ठिक भन्नुभो, थोरै सक्नेहरुले गरेको आडम्बर प्रदर्शनले सर्वसाधारण मानिस निकै मर्कामा परेका छन् ।

    धु्र्व जी, अचेल ब्लग हेर्न पनि मुस्किलले पाईन्छ । त्यै त भन्या । जबसम्म भ्रष्टाचार र कालो बजारी गरेर सम्पन्नता देखाउने प्रवृत्ति रहन्छ, कसरी देशमा ईमान्दार काम गर्न प्रोत्साहित गर्न सकिन्छ ?

    ReplyDelete
  8. I don't get how the fuck the whole thing is related in any way to the maoists in the country. Does not make any fucking sense. The title was deceiving, and I was expecting something entirely different before I read the article.

    ReplyDelete
  9. लेकालीMarch 15, 2010 at 4:03 PM

    ल है हावा ब्रो यसरी गयल हुन चाँही पाइदैन । कि हामीले दिएको भत्ता(माया) फिर्ता गर्नुस् होइन भने नियमित हुनुस् बाबुराम भट्टराईको नैतिकताको पाठ सिक्नु जरुरी छ है।

    ReplyDelete
  10. धेरै धेरै धन्यबाद लेकाली ब्रो, भत्ता मा माया दिनुभएको मा.. र कृपया क्ष्यमा पनि दिनुहोला.. अचेल फेरी व्यक्तिगत/मनोगत कुराहरुमा अल्झेर देश र जनता को लागि केहि फुर्न सकिराखेको छैन

    फेरी बोलेर र लेखेर मात्र पनि सत्ता र सक्ति मा बसेकाहरुले सुन्दैनन् जस्तो छ.. मैले नै पो केहि गर्ने पर्ने जस्तो देखिन्छ.. सोच्दैछु कि के गरु ?

    ReplyDelete
  11. म निकै हराए भनेको त हावा जी पनि यसरी हराउनु भएको रहेछ थाहनै भएन। तर मेरा लागि तपाइको हराइ त्यती घातक भने रहेन है।
    अनि लेखने तरिका र बिषय बस्तु र घटना क्रमलाई बेस्करी माज्ने र कसिलो जबाफ दिने तपाईको तरिका र शैलि यहाँ पनि निकै पाइ। एउटा गहन सबालमा बयान गर्नु भयो।
    हामी केही पनि लिदैनौ तर तपाईको छोरीलाई जे दिनु हुन्छ त्यो हामीले कसरी हुदैन भन्न सक्छौ र।।। यस्तै चलनले नया मोड लिदै छ आजकल। तर कुनै राजनैतिक खोल ओडेर मात्र हुदैन सायद। साच्चै भन्ने हो भने चेतनाको स्वरूममा निकै काम गर्न बाकि छ हाम्रो समाजमा। सुन्दर लेख र यथार्थपरक वीचारको लागि तपाईलाई फेरी पनि सलाम..

    ReplyDelete
  12. हावा ब्रो को तिर नछिरेको त निकै पो भै सकेछ ... !
    ब्रोदरम आफुलाई त , 'आफु त माहादेब कस्ले देला बर , भन्ने भा'छ - "सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ? " यो प्रश्न तपाइँ लाइ नै थाति राखे ! मलाइ त ...नेताहरु सब च्युत्या लाग्छ गर्ने मात्र बोल्ने भा'पो .... कसैमा भरोषा छैन मेरो त ...!
    सबका सब सपना बेचेर - मुर्ख बनाउने मात्र गरिरा'छन् - नेटओर्किंग बिजनेस जस्तो !

    ReplyDelete
  13. Thanks 4 article.
    Maobadi prati dherai dhukka bhayeko dekhda dukh lagyo. 9 mahina sarkar chalauna nasakne maobadi k desh ra janata prati wafadar 6? Yo duniyama jati, parti, pradesh, bhasa, dharma, bandhuk ko rajniti garne kunai parti janatalai swikarya chhaina. Maobadi bandhuk sirf bandhukma bishwas garchha janatama hoina. Bandhuk ta gyanendra sit pani thiyo janata thiyan. "Siyo dhago pani janata bat nalinu" bhanne maobad thiyo k nepal ka maobadi yesta chhan . Nepal ka maobadi haru maobadko namko kalanka ho.
    Deshpremi nepali

    ReplyDelete