Friday, January 22, 2010

नेपाल को असफल विकास प्रक्रिया

तेश्रो विश्वका धेरै गरीव देशहरुमा जस्तै नेपालमा पनि विकासले गरिबी झन बढाएको छ । जब बहुदल आयो, प्रजातन्त्रले यति थोरै उपलब्धि देला भन्ने कमैलाई आशंका थियो । नेपालमा भ्रष्टाचार र नातावादको लामो संस्थागत परम्परा रहेछ । कम्ती मा पनि राणाकाल देखि नै राजनीतिक मुलधार भ्रष्ट रहेछ ।

बिदेशीहरुको लागि नेपाल सन् १९५१ सम्म त बन्द नै थियो र तर सन् १९९५ मा आईपुग्दासम्म लाखौं बिदेशीहरुसंगै ठुलो बिदेशी अनुदान पनि विकास गर्न भनेर आएको रहेछ । म पनि यो प्रक्रिया बिगत पच्चिस बर्ष भन्दा बढी समयदेखि नजिकबाट हेरिरहेको छु । मैले हेर्दा विकासको पश्चिम युरोपेली र उत्तर अमेरिकी ढाँचा नेपालको लागि झन शोषणकारी भएको छ, तर यो कुरालाई आकर्षक नाराहरुले लुकाईएको रहेछ ।

धेरैजसो बिदेशी सहयोगसंगै शर्तहरु पनि जोडिएर आएका हुन्छन् । प्रमुख शर्तमा दाता राष्टबाटै वस्तु र सेवा खरिद गर्नुपर्ने हुन्छ । जुन कामको लागि नेपालीहरु आफै गर्न सक्छन, धेरै जसो रकम त बिदेशीहरुकै तलबमा मात्रै जान्छ । धेरै कम योजनाले विपन्नलाई फाईदा गरेको छ । भनिन्छ कि विकास अनुदानको १० प्रतिशत मात्र विपन्न वर्गमा पुगेको हुन्छ । धेरैजसो त चुहिएर नव धनाढ्यहरुको खल्तीमा पुगेको हुन्छ । यो कुरा अमेरिकी सहरहरु भन्दा पनि महँगो काठमाण्डुको घरजग्गाको मुल्यले प्रमाणित गर्छ, जहाँ मध्यमबर्गले पनि अकुत सम्पति कमाएको देखिन्छ ।

अन्तराष्टिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाले रिन दिनेवेला संरचनासंग परिवर्तनको शर्त राख्छन् । तेस्तो परिवर्तनले नेपाली मुद्रालाई झनै कमजोर बनाएको छ । बिदेशीहरुले आफ्नो देशको मुद्राको तुलनामा नेपालमा राम्रो मुल्य पाउँछन्, जबकि नेपालीहरुले झनै दुख पाएका छन् ।

नेपालको सबैभन्दा प्रमुख आर्थिक श्रोत ठुला नदीहरुमा भएका जलबिद्युत संभावना भनिन्छ । केही साना तिना योजना त बनेका छन्, तर अन्तर्राष्टिय स्तर को आयोजना अहिलेसम्म छैन् । भारतले यो श्रोतलाई आफ्नो जनताको लागि नियन्त्रण गर्न चाहन्छ । नेपालको अर्को ध्यान नदिएको श्रोत पहाडमा बस्ने साना किसानहरुको आत्मसम्मानको भावना हो, जो कहिल्यै बिदेशी शक्तिसंग निहुरिनु परेन भनेर गर्व गर्छन् । मुलधार को विकास प्रक्रियाबाट टाढा रहेपनि उनीहरु वास्तवमा गरीब होईनन् । बरु, बिकासको फल चाखेर सम्पन्न भएकाहरु नै आफु गरीव भएको गुनासो गर्छन् ।

स्थानीय स्तरमा अनुदानमा चलेका केही संस्थाहरुले राम्रा काम पनि गरेका छन् । केही साच्चै नै आशलाग्दा पनि छन् । तर थोरै सफलताबाट प्रभावित भएर ठुला शक्तिहरुको चलखेल नजरअंदाज गर्न मिल्दैन् । वास्तवमा विकास प्रक्रियाले झनै बढी दरिद्रता सिकाएको छ ।

* डा. स्टिफेन बेज्रोछ्का को नेपाल गाइड बाट

5 comments:

  1. शत्प्रतिशत सत्य ! ओहो !!! विदेशीलाई समेत यस्तो कुरा थाहा रहेछ !

    तेस्रो अनुच्छेदमा व्यक्त तथ्य नै नेपालमा 'विकास'ले निम्त्याएको भ्रष्टाचार र गरिबीको प्रमुख कारक हो ।

    नेपालको अपार जलस्रोतमा गिद्धे आँखा लगाएर बसेको भारतको दबदबा हुञ्जेल हामीले हाम्रो जलस्रोतबाट फाइदा लिन सक्ने स्थिति आउनेवाला छैन ।

    त्यसैले हाम्रो देशको समग्र विकास र सुशासनको सार भारतीय दबदबालाई निमिट्यान्न पार्नुमा छ ।

    ReplyDelete
  2. त्यही त पुष्पजी म पनि छक्कै परे ल।
    विकास अनुदानको १० प्रतिशत मात्र विपन्न वर्गमा पुगेको हुन्छ, यो पनि भनिन्छ मात्रै होला। अहिले सम्म १०% मात्र पुगेको भए पनि केहि त पक्कै देखिन्थ्यो परिबर्तनहरु।
    साह्रै सहि कुरा।

    ReplyDelete
  3. विष्लेशणात्मक लेख अनि एकदमै सोचनिय कुरो!!

    ReplyDelete
  4. ओहो! यी विदेशीले त कस्तो इमान्दार र वस्तुपरक विश्लेषण गरेका रहेछन्। ब्लगमा बाँड्नुभएकोमा हावा ब्रोलाई धन्यवाद छ है।

    ReplyDelete
  5. पुष्प जी, त्यै त भन्या मलाइ पनि नेपालिहरुले नै पनि बुझ्न नचाहेको यस्तो गहिरो कुराहरु विदेशीले पनि बुझेको रहेछ भनेर रमाइलो लाग्यो, अनि यहा प्रस्तुत गरेको.. मैले विकासलाई तपाईले जस्तो ईन्भरटेड कमा भित्र राख्न छटाएछ.. वास्तवमा लेखकले पनि ‘विकास’ र ‘विकास प्रक्रिया’ नै भनेका छन्.. उनि पनि धनि देशहरुले लिएको विकासको मोडल प्राकृतिक स्रोतको चरम दोहन र धनि झन् झन् धनि हुने र गरिब झन् झन् गरिब हुने असमान बिकास प्रक्रिया संग असहमत रहेछन..ठुला र धनि रास्ट्रहरुको साना रास्त्रहरुमा प्राक्रित्रिक स्रोत नियन्त्र गर्न अपनाउने राजनीति बारे पनि सचेत रछन

    दूर्जेय जी, लौ तपाई पनि अचम्म पर्नु भएछ.. उनले भनेको १० प्रतिसत मा केहि सडकहरु, केहि बन्य सन्रक्षन् आदि जस्ता ‘बिकास’ कुराहरु होलान..समय र पर्बिधि को बिस्तार संगै केहि 'बिकास' त तेसै पनि हुन्छ नि..योजनाबद्ध 'बिकास' हुन् सकेन भन्ने न हो

    अशेष जी, सोच्नुस.. खुब सोच्नुस.. अब युवकहरुकै पालो छ सोच्ने.. बुढा नेताहरुले फसाए

    ध्रुब जी, बिदेशी भएपनि तपाइँ हामिलाइ भन्दा बढी यिनलाई नेपाल र नेपालीहरुको बारेमा था रछ.. यी लेखक पनि अमेरिकी नै रहेछन.. नेपालिहरु नै जान नचाहने नेपाल को दुर्गम क्षेत्रमा बर्सौ काम गरेका रहेछन.

    ReplyDelete