
अचेल बत्ती र व्यक्तिगत कारणले नेट हेर्ने र व्लग गर्ने मेसो मिलिराखेको छैन् । फेरि आ व्लग गरेर के नै लछारपाटो लाग्छ भनेर पनि जागर चलेको छैन् । तैपनि चित्त नबुझेका कुरा कतै त रेकर्ड होस् भन्ने लाग्छ । केही दिन अघि यो बर्षकै अन्तिम बिहे लगन रेछ । सामाजिकता भनेर म पनि एकजना आफन्तको बिहेमा गएको थिए । त्यस दिन धेरै बिहे भएकोले गाडी पाउन मुस्किल भो । धेरै गाडी बिहेकै लागि रिजर्भ गरिएको रेछ । सडकमा घन्टौ जाम । बसमा ठेलमठेल । जीन्दगीको जात्रा ।
बिहेमा रमाईलो भको देख्दा मलाई पनि रमाईलो लाग्छ । तर फेरि हेर्छु, यो रमाईलो को मुल्य कत्तिको महगो छ । काठमाडौंको जीवनस्तर केही युरोपेली देशको समान छ रे । तर काठमाडौंमै पनि यस्ता हर्षोल्लास पछाडि कति पीडा लुकेका छन् < मानसिक रोग, मुटु रोग, दुव्र्यसन्, र अपराध किन बढिरहेको छ <
नेपाल भन्ने देशमा एकजना मानिस छन् । उनी सरकारी अधिकृत नै थिए । उनी संगैका उनी जस्तै र उनी भन्दा पनि पछिका धेरै कर्मचारीले काठमाण्डुमा राम्रै घर जग्गा र स्टाट्स बनाए । तर उनी कहिल्यै काठमाडौ बस्न सकेनन् । जागीर खाएर काठमाण्डु बस्न सकिन्न भन्थे । मोफसलमै जीवन बिताए । घर त बनाए तर गाउमै । छोराछोरी लाई काठमाण्डुमा पढन पनि पठाउन सकेनन् । बोलीचालीको भाषामा भन्ने हो भने उनले पनि पैसा कमाउन सकेनन् वा जानेनन् ।
तर परिवार त उनको पनि थियो । शिक्षित भएकाले सबै जानेसुनेका नै थिए । दाजुभाई कै छोराछोरी काठमाण्डु बोर्डिंग मा पढथे । उनका छोराछोरीले पनि रहर गरे । तर उनले सकेनन् । अरु पनि धेरै चाहना थिए होलान् जो पुरा भएनन् । फलस्वरुप बाबुआमा दुबै बिरामी परे । छोराछोरी काठमाण्डु आए केही पढिएला र केही बनिएला भनेर । तर उनीहरु निराश छन् ।
म उनकी एउटी छोरीको बिहेमा गएको थिए । पेन्सनमा आएको सारा पैसा काठमाण्डुमै भएका अर्का आफन्तको घरबाट छोरीको बिहेमा खर्चे । मलाई पनि भोज खान बोलाए । म जान त गए तर मेरो मनमा कुरा खेलिरह्यो यो कस्तो भोज अनि कस्तो भतेर हो < आवादी को हो कि बर्बादीको ? अब अर्को छोरीको बिहे कसरी गर्लान् <
एउटा छोरी को बिहे मा दाईजो बाहेक भोज भतेर र तडक भडक मै पनि काठमाण्डु जस्तो ठाउमा पनि लाखौं खर्चिईन्छ । धेरै पढेलेखेका र बुझक्की मान्छेहरु काठमाण्डुमा बस्छन् अरे । मोफसलका मान्छेहरुले काठमाण्डुको जीवनशैलीको सिको गर्छन् । कतिसम्म भने समाजमा आ आफ्नो ठाउमा आदर्णीय र प्रेरक व्यक्तित्व बनाएका व्यापारी मीन बहादुर गुरुंग र प्रधान सेनापति छत्रमान् गुरुंग ले पनि आफ्नो छोरा छोरीको बिहेमा निकै तडक भडक र सडक जाम गरेछन् । त्यसै दिन, जुन दिन म पनि गएको थिए ।
यी त भए तैबिसेक सक्नेहरुकै कुरा । अब कसैले मलाई भनिदियोस कि गरीव बाउआमाले छोरीको कसरी बिहे गर्ने < किनभने मलाई यो प्रश्न एकजना मेरा परिचित जसका छोरी बिहे गर्नु छ उनले सोधे । उनी पनि काठमाण्डुको मान्यता अनुसार असफल व्यक्ति हुन् । किनभने उनले छोरी त जन्माए तर बिहे गर्न सकिराखेका छैनन् । किनभने अचेल दाईजो त लिदैनौ, तर चलन अनुसार गर्नुपर्छ भनिन्छ ।
को छ यसमा जिम्मेवार < छोरी त सबका छन् । के ति सम्पन्नता र चलनको नाममा गरिने भोज भतेर र रवाफ प्रदर्शन सामाजिक अपराध होईन् < सम्मानित स्थानमा रहेका व्यक्तिहरुबाट भएको भ्रष्टाचार हैन् जो आफ्नो छोराछोरी को बिहेमा दाईजो लेनदेन र तडकभड्क गर्छन्, र गरीब बाउआमाले पुर्याउनै नसक्ने सामजिक मान्यता स्थापित गरिदिन्छन् < के त्यो राज्य प्रणाली अपराधी हैन जसले ठुलाबडा र सम्पन्न मार्फत भईरहेको सामाजीक अपराध नियन्त्रण गर्न सक्दैन् <
म कुनै आदर्श खोकिरहेको छैन् । यो मेरो पनि समस्या हो । व्यक्तिगत रुपमा सबैले ठीक हो, तर सिस्टम नै यस्तै छ भन्छन् । कसैमा पनि शासन प्रणाली र चलनमा सुधार ल्याउने साहस र चाहना देखिदैन् । ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन् असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।
मेरो प्रश्न छ, सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ?