Saturday, May 15, 2010

काठमाण्डुका सुकिलामुकिला बुद्धिबेश्याहरु र खस्राफुस्राको आन्दोलन्


अचेल बेरोजगार भएको, बेरोजगार भएकोले फुर्सत पनि नभएको, ईन्टरनेटमा पहुच पनि नभएको, र लेख्ने मसला पनि नफुरेकोले आफ्नै ब्लगबाट आफै अनुपस्थित थिए । माया गरेर साथीहरुले सम्झनुभएकोमा आभार व्यक्त गर्दै मनमा अत्ति भएर आज केही लेख्दैछ । आर्थिक कारणले गर्दा तपाईहरुको ब्लग पढन र कमेन्ट गर्न नसकेकोमा प्रचण्डजस्तै म पनि क्षमाप्रार्थी छु ।

मे डे वा मई दिवसमा म पनि खुलामन्च गाको थिए । माओवादीको आन्दोलनमा पनि आफु बसेको चोक बजार तिर चाख लिएर डुलेको थिए । खस्राफस्रा मैलाधैला र ह्वास्स गनाउने मान्छेहरुलाई मैले पनि नजिक बाट नियालेको थिए । सब्जी खान छाडिसकेको थिए, चिउरा भने ३ किलो जगेडामा राखेको थिए । सोच्दैथिए म पनि माओवादीमै खला रुपले लागम् कि क्या हो, वाईसिएल बनम् कि क्या हो ।

अचानक आन्दोलन् स्थगित् भो । त्यसपछि फिर्ता भो । भोलीपल्ट प्रचण्ड सुकिलामुकिला काठमाण्डुका भिजीलान्ते बुद्धिजीवि र मिडिया पत्रकारलाई गाली गर्दै कुर्ले । २,३ दिनपछि फेरि तिनै सुकिलामुकिलासंग अन्तर्कि्रया भो । प्रचन्ड्ले फेरि माफी मागे सुकिलामुकिलासंग पनि र काठमाण्डुका जनतासंग पनि ।

जस्ता जनता मैले आन्दोलनमा देखेको थिए तिनको दाजोमा शायद म पनि सुकिलामुकिला नै थिए । तर पनि सुकिलामुकिला बुदिजीवि भनेर जब आलोचना गरिन्छ मलाई त्यो ठिक लाग्छ । प्रचण्ड त डराए, मैले १ प्रतिशत बुद्धिजीवि लाई आक्रोश पोखेको बाकी ९९ प्रतिशत बुद्धिजीविलाई हैन् भने ।

प्रचण्डलाई नेता हुनुछ, फेरि प्रधानमन्त्री हुनुछ, तेसैले उनी गाली गरेर एक थरीलाई खुशी पार्छन्, अनि फेरि माफी मागेर अर्काथरीलाई । आफुलाई त नेता पनि हुन छैन् र यो भन्दा अप्ठेरो अब के नै होला र ? तेसैले ९९ प्रतिशत सुकिलामुकिला र योजनाकार अनि बुद्धिजीविप्रति मेरो आक्रोश कायमै छ ।

एकजना सुकिलीमुकिली बिशाखा छेत्री काठमाण्डु पोस्टमा लेख्छिन् प्रचन्डको भाषण टिभी मा सुनेपछि मैले आफ्नो पहिरन तर्फ हेरे । म पनि सुकिलो मुकिलो नै रहेछु । प्रचण्ड आफै पनि चिटिक्क थिए । अनि उनले आफ्नो गुनासो लेखिन् । मेरा बा पनि मजदुर वा माईला थिए । दुखकष्ट र अध्ययन् गरेर स्तर उकासे । अनि म सुकिलो मुकिलो भए । मेरो के गल्ती छ ? आदि आदि

सोही अंकमा दिपक थापाले उन्डेड प्राईड वा घाईते अहम् शिर्षक मा माओवादीले काठमाण्डु भित्र र बाहिरका भनेर आन्दोलन गर्नु गलत थियो, प्रचण्डले बुझनपर्छ कुनै पनि किसिमको अधिनायकवादलाई नेपाली जनताले रुचाउदैनन् आदि लेखे । मलाई दिपक थापाको लेखाई पनि शैलीगत रुपले राम्रो लाग्छ । उनको लेख पढनको अर्को कारण हो चित्रमा हेर्दा उनको नाक मेरो ब्राम्हण नाक भन्दा अलि चेप्टो जस्तो लाग्छ । शायद उनी थापा मगर हुन् तेसैले पनि उनको लेख चाख मानेर हेर्छु । दिपकजीलाई यति मात्र भनम् होला ज्याट् ज्याले दिपकजी ? कि मा ज्याले ?

बिशाखाजी लाई म के भन्छु भने तपाई सुकिलीमुकिली हुनमा गल्ती छैन् । तपाई राम्रो र सुकिलोमुकिलो नै हुनुस् । तर समस्या के भने जबसम्म हामी यो देशका अधिकांश खस्राफस्रा र गनाउने मान्छेहरुको वास्ता गर्दैनौ, तबसम्म तपाई हामी पनि यो देशमा शान्तिपुर्वक बस्न सक्ने छैनौं । तेसैले हामी सुकिलामुकिला ले गर्ने प्रत्येक कार्यले खस्राफस्राको हितमा छ कि छैन् भन्नेमा सचेत हुनैपर्छ ।

बुद्धिजीवि जसलाई भनिन्छ अघि पनि भने तिनमध्ये त ९९ प्रतिशतलाई म बुद्धिबेश्या भन्छ । कुनै नारीले पैसाको लागि शरीर बेच्छिन् भने त्यो उनको बाध्यता हो । पैसा, पद वा अवसरको लागि आफ्नो बुद्धिको दुरुपयोग वा चाकरीमा प्रयोग गर्नेलाई बुद्धिबेश्या नभनेर के भन्ने त ? प्रचण्डले माफी मागेकाहरुमध्ये पनि ९९ प्रतिशत बुद्धिबेश्या नै थिए भन्ने मेरो ठहर छ ।

आन्दोलनको एउटा फेजमा काठमाण्डका रैथाने वा नेवार जनताले साथ दिनेछन् भन्ने माओवादी आकलन गलत थियो भन्ने टिप्पणी चाहि सही हो । नेवार लगायत काठमाण्डुमा घर हुनेहरु माओवादीको आन्दोलन प्रति उदासिन हुनु वा प्रतिरोधको कारण यसपाली माओवादीले जातिय नभई वर्गीय नारा उचालेको हुनाले हो भन्ने मलाई लाग्छ । युरोपेली मापदण्ड सरहको जीवनस्तर भएको काठमाण्डुमा घर हुनेहरु के खान खस्राफस्रा को बर्गीय नारा पछि लाग्थे ?

काठमाण्डुका मान्छेले पैसा राम्ररी चिनेका छन्, जहासुकैबाट आओस् जसरीसुकै आओस् । भ्रष्टाचार, कालाबजारी, र बुद्धिवेश्यागिरी गरेर कुस्त नकमाईकन कसले काठमाण्डुका ज्यापुका धानखेत र बगर करोडौ अरबौमा किनीदियोस् ? तेसमाथि, प्रचण्ड सरकार भएको बेलामा भैसी काटेर भोज खाने बजेट कटौती गर्यो भनेर आन्दोलन गर्ने रैथाने नेवार जनताले वर्गीय नारालाई साथ देलान् भन्ने आशा गर्नु नै मुर्खता हो भन्छु म पनि ।

तर पनि माओवादीको यो आन्दोलनलाई म सफल भएको मान्दछु । सुदुर गाउका हजारौ खस्राफस्राहरुको काठमाण्डु तीर्थयात्राको रहर पुरा भएको छ । पहिलो पटक यति व्यापक स्तरमा काठमाण्डु भर्सेज मोफसल र बौद्धिक पेशागत मर्यादा दायित्व मा बहस शुरु भएको छ । नया पुस्ताका प्राय बेफिक्री रहने नवधनाढ्य बिशाखा जस्ता सुकिलीमुकिली पनि आत्मसमीक्षा गर्न थालेका छन् । काठमाण्डुवासी हो जाग, नत्र खस्राफस्राहरुले अब नाकाबन्दी गर्नेछन् ।

प्रचण्डहरुको समस्या पनि मैले बुझे । खुला राजनीतिमा आईसकेको हुनाले उनीहरु फेरि जंगल जान सक्दैनन् । बुढेसकाल पनि लाग्यो । अनि सहरमा क्रान्तिकारी भाषण पनि नगरेर के गरुन् त ? तर काठमाण्डूका सुकिलामुकिला अनि बुद्धिबेश्याहरुले बुझुन् जतिसुकै बुढेसकाल, थकाई, वा मात लागेपनि एक निश्चित बिन्दु भन्दा पछाडि प्रचण्डहरुले ब्याकट्र्याक गर्न वा पछि हटन् सक्ने छैनन् । अब खस्राफुस्राले कसैलाई पनि छोडनेवाला छैनन् । मलाई भने अब रहर लागेर आएको छ । काठमाण्डुको निर्दयी चाला देखेर वाक्क लागेर आईसक्यो । मै पो जंगलतिर छिर्नपर्यो कि कसो ?

7 comments:

  1. भिजीलान्ते हावा ब्रो, आफ्टर लंग टाईम नाईस् वन,

    ReplyDelete
  2. हावा ब्रो ले नि, पोइन्ट को कुरा गरेछन् है अहिले चाँहि :P
    प्रचण्ड मात्र हैन कुनै पनि नेता को बोलि को ठेगान छैन यहाँ, पहिले बोल्यो, पछि बोलेकै छैन भन्यो ! ब्रो प्रचण्ड पनि सुकिलै मा पर्छन नि, खस्राफुस्रा जनता त उनीहरु को कमाइ खाने भाँडो मात्र हुन् !

    ReplyDelete
  3. हावा जीको लेखमा समसमायिक रनकको झनक पाइन्छ र पढ्दा पनि रमाइलो पनि । तर यो लेखको शिर्षकले राम्रै कामको लागि लागेकाहरुलाई रुपरंगको बिभेदले समस्या झन फराकिलो पार्न त सहयोग गर्दैन ?

    ReplyDelete
  4. निकै समयपछि हावा ब्रोका तात्ताता कुरा पढ्न पाइयो। तर प्रचण्डले बोल्नु र काले कुकुर भुक्नु एकै भएको अवस्थामा उनका विचारको सान्दर्भिकता कसरी खोज्नु? कथित बौद्धिकहरुभित्र बुद्धिवेश्याहरु नभएका हैनन्, तर अरुलाई कुरीकुरी गर्नुअघि आफ्नो धरोको ख्याल चाहिँ सबैले गर्नुपर्छ। कि कसो हावा ब्रो? ;)

    ReplyDelete
  5. हावाजी,

    धेरैपछि लेख्नुभएर पनि अझै ढिलो गरी यहाँ आइपुगेछु । जे होस्, खुशी लाग्यो । संस्कृतिको संरक्षणमा राज्यको सहयोगको वाञ्छनियतामाथि छुट्टै वहस हुनसक्छ । त्यतातिर अहिले नजाउँ ।

    प्रचण्डले १ प्रतिशत भन्नु र तपाईंले ९९ प्रतिशत भन्नुमा तात्विक भिन्नता देख्दिन म; यसलाई म कुनै दोष पनि मान्दिन; भ्रम वा आक्रोशचाहिँ भन्न सकिन्छ । हुन त ठ्याक्कै यकीन गर्न नसकिएपछि १०० प्रतिशतबाहेक जतिसुकै भनेपनि भैगो नि ! होइन र ? तर मेरो मान्यताचाहिँ १ प्रतिशत नै छ । किनकि ९९ प्रतिशत नै किन नहोस्, तीमध्ये ९८ प्रतिशत सबैलाई त्यस्तो बनाउने तिनै १ प्रतिशत नै हुन् । अलि प्रष्ट पारुँ है मेरा कतिपय साथी र सँगै काम गर्नेहरू र भर्खर 'टिनएज' पार गरेका जुनियरहरूले माओवादी आन्दोलनमा आएकाहरूलाई नानाभाँती भने, कतिपयले गालीसमेत गरे; अझ भनुँ कसैका मुखबाट ती मैलाधैला, चप्पल लाएका वा नलगाएकाहरू, जो दालमोठ चिउरा खाएर बसे, जो रातमा समेत बाटोमै पनि लम्पसार परे सुते उनीहरूका पक्षमा सहानुभूतिको शब्दसमेत निस्किएन । यसो विचार गर्दा साँच्चिकै ९९ प्रतिशत नै 'सुकिला-मुकिला' र तपाईंले भन्नुभएझैं बुद्धिबेश्या नै हुन् कि जस्तो लाग्छ । तर कुरो यसो होइन । उनीहरूलाई कसले त्यस्तो बनायो, उनीहरूको बालमस्तिष्कदेखि नै यस्तो गलत भावनाको विकास कसले गर्यो, हो त्यही १ प्रतिशत नै हुन् सबै समस्याका जड; तिनै हुन् वास्तविक सुकिला-मुकिला र बुद्धिवेश्याहरू ।

    हुन त आमहड्ताल र त्यसपछिको परिस्थितिले सबै वर्ग, तह र तप्काकाहरूलाई केही भएपनि आफ्नो दृष्टिकोण मनन गर्न बाध्य बनाएकै हुनुपर्छ । आफ्नो तर्फबाट यी भ्रम र कुविचारका पर्खालहरू तोड्न आ-आफ्नो ठाउँबाट प्रयास गर्नु हाम्रो कर्तव्य हो ।

    ReplyDelete
  6. हाहाहा मुल्मिज ब्रो, ठिक भन्नुभो, म भिजिलान्ते नै हो । कुन दिन मलाई पनि एकथरीले ढुट्टो पार्नेछन् ।

    धन्यवाद आकार ब्रो, प्रचण्ड पनि अचेल सुकिलामै पर्छन् भन्नेमा म पनि सहमत । तर उनको नीयतमै शंका भने म अझै गर्दिन् ।

    धन्यवाद छत्र ब्रो, तर तपाईको प्रश्न त गारो पो लाग्यो । अप्सनल कोईसन छैन् भन्या ।

    हैन् ध्रुर्व ब्रो, तपाईले मतिरै हेरेर कुरिकुरि भन्दा त म झसंग पो भएछु । धन्न लगाकै रैछु ।

    पुष्प जी, तपाईलाई टट्टुहरुले वाईसिएल भनेको सुन्छु । लौ न मलाई पनि सदस्यता दिनुपरयो । सत्ता कब्जा नगरी भएन भन्या ।

    ReplyDelete
  7. " बुद्दिबेश्यहरु ---"
    गज्जब ले झापाट दिनु भो हाबा जि ले ।

    ReplyDelete