Tuesday, May 25, 2010

सत्ता कब्जा किन ?

जेठ १४ मा सम्बिधान नआए जेठ १५ गते आकाशै खस्ला धर्ती नै फाट्ला झै गरेका छन् कति मान्छेहरु । धमाधम पत्रिकामा लेख्दैछन आफनो अन्तिम विचार ।

गैर माओवादीहरु माओवादीले सत्ता कब्जा गर्छ भन्ने बहानामा आफैले सत्ता कब्जा गरेका छन् । माओवादीहरु राष्टपति शासन लगाएर माकुनेहरुले पेल्छन् भन्ने शंका मा छन् । मलाई चाहि दुबै थरी माथि शन्का छ । न त सत्ता कब्जा न त राष्टपति शासन् होला जस्तो छ । तेसैले यो दाउमा म नै खुसुक्क सत्ता कब्जा गर्ने सोच्दैछु ।

सत्ता कब्जा किन ?
सत्ता कब्जा गरेपछि सर्वप्रथम म आफुलाई राष्टपति घोषणा गर्नेछु । सरी है प्रचण्ड कमरेड । म पछि तपाईको पालो ।

सार्वजनिक क्षेत्रमा
छुवाछुत, भ्रष्टाचार, कालाबजारी गर्नेलाई आजीवन कारावास हुनेछ ।
निशुल्क बिहे गर्नुपर्नेछ, दाईजो लिने दिने वा भोज भतेर रवाफ गर्नेलाई आजीवन कारावास हुनेछ ।
सार्वजनिक ठाउमा धुम्रपान, रक्सीपान प्रतिबन्ध गरिनेछ ।
बीयर, रक्सी, सुर्ती, चुरोट, प्लास्टीक को उत्पादन र आयात प्रतिबन्ध हुनेछ ।

शिक्षाको क्षेत्रमा
कक्षा १२ सम्म अनिवार्य शिक्षा लागु गरिनेछ, तर कसैलाई पनि फेल गरिने छैन ।
तोकिएको क्षेत्रमा बाहेक बिदेशी डिग्रीको मान्यता हुने छैन ।
सरकारी निकायका सबै कर्मचारीले आफ्ना सन्तानलाई सरकारी स्कुलमा मात्र पढाउनेछन् ।

आर्थिक नीति
नेपाललाई कृषि प्रधान देश घोषणा गरिनेछ ।
बैकहरुले अनिवार्य रुपमा लगानीको ४० प्रतिशत कृषि क्षेत्रमा गर्नुपर्नेछ ।

पुर्वाधारको क्षेत्रमा
तराईमा रेल वे र पहाडमा रोप वे निर्माण गरिनेछ ।
जलविद्दुतको क्षेत्रमा स्वदेशी लगानी मात्र स्वीकृत हुनेछ ।

वातावरण र उर्जाको क्षेत्रमा
एम्बुलेन्स र सुरक्षा निकाय बाहेक सबैले छोटो दुरीमा सार्वजनिक यातायात वा साईकल, रिक्सा चढनुपर्नेछ । म पनि साईकल चढेरै आफ्नो कार्यालय जानेछु ।

अहिले हतार भएकोले यो त कास्टींग मात्र देखाएको, सत्ता कब्जा गरेपछि पुरै फिलिम देखाउनेछु ।

12 comments:

  1. लौ, हावा ब्रो, कब्जा गर्न हतार लागिसक्या हो ! ए, बल्ल पो बुझेँ, ब्रो ले ढोका मा लाउने "कब्जा" को कुरा गर्या रै'छ ! हा हा हा

    ReplyDelete
  2. लौ हावा ब्रो लाइ अब चाही भने हाबै लागेछ !
    कास्टिंग देखाउदा त यो गति छ अनि ... पुरै फिलिम हेर्दा त झन कुन गति होला नि !
    नेपाललाई कति पटक कृषि प्रधान देश घोषणा गर्ने हो कुन्नि?

    ReplyDelete
  3. ल हावाजी । यस्तो राम्रो कामको लागि तपाईंमात्र होइन जोकसैले सत्ता कब्जा गरेपनि मेरो साथ छ है ।

    ReplyDelete
  4. लेकालीMay 26, 2010 at 6:21 PM

    हाहा हावा ब्रो लास्टै दिनु भएछ, लामो समयको अनुपस्थिती पछी । त्यो कसैलाई पनि फेल गरिने छैन भनेको चाँही अली बुझेन यो मोटो बुद्धीले । अरु सबै कुरामा मेरो पनि समर्थन छ । चलाऊनुस् यार देश जे त पर्ला दुई दुई ठाउँ बाट हरेकाले नि पड्काए बर्ष दिन प्र. म., हावा ब्रोले चलाऊन नहुने कुन संबिधानमा लेखिएको छ हँ?

    ReplyDelete
  5. सबैभन्दा महत्वपूर्ण कुरा त छुटेछ नि हावाजी । विदेश नीति, खासगरी भारतसँग कस्तो बनाउँदा ठीक होला ?

    ReplyDelete
  6. राम्रो योजना । एक कपी बाबुराम जि को ब्ल्ग मा ( बहाको कमेन्ट बक्स मै भए पनि ) लेखेर पथाइदिनुस् हाबा जि , अनी पुष्प जि को प्रश्न को उत्तर पनि लेखेर पथाइदिनुस् ।

    ReplyDelete
  7. कहिलेकाहीँ नेपालको राजनीति देख्दा लाग्छ निरंकुश व्यवस्था नभइ यहाँ केही गर्नै सकिँदैन । तर यसो सोच्छु इतिहासमा हाम्रा तथाकथित पार्टीहरू खान नपाए लुरूलुरू मिल्छन् र निरंकुशतालाइ ढलाइ छाड्छन् । निरंकुश नदेखिने गरी सत्ता कब्जा गरेरै परिवर्तन गर्न लागिपर्नुभएको हो भने हावा ब्रो लाइ मेरो पूरै समर्थन छ । सत्ता कब्जा भएकै बेस ।

    ReplyDelete
  8. हैन आकार ब्रो, तेसरी सस्पेन्सलाई घटना हुनुभन्दा पहिले नै सार्वजनिक गरिदिनुभएन नि ब्रो

    उमेश ब्रो, स्कुलको कितापमा त मैले नि पढ्या हो नि । अब साच्चैको कृषि प्रधान भनेको ।

    पुष्प जी, साथ दिएर तपाईले पनि उप राष्टपति पड्काउनुभो है, ल बधाई छ ।

    हाहा लेकाली ब्रो, अति उत्तम । त्यै त कुन संबिधानमा लेखेको छ मैले सत्ता कब्जा गर्न नपाउने भनेर । लु, तपाईले पनि उपराष्टपति पड्काउनुभो । बधाई । अनि ब्रो, कक्षामा फेल गर्नु भनेको विध्यार्थीको समय, आत्मविश्वास र लगानी खेर मात्र जान्छ भन्ने एकथरीको सोचाई रैछ । फेल गरिदिदा धेरैजसोले झन पढनै छाडिदिदा रछन् । र धेरैजसो अवस्थामा स्कुले उमेरमा फेल हुनुमा बिध्यार्थीको कम्जोरी भन्दा पनि अन्य आर्थिक, सामाजिक, शैक्षिक, मनोवैज्ञानिक कारण हुन्छन् अरे । तेसो त यो मैले पनि अनुभव गरेकै हो ।

    पुष्प जी, का ? का ? कब्जा गर्नुभन्दा पैला नै भारत नीति बारे सोधेर तपाईले मलाई राष्टपति हुन नदिने छाट गर्नुभो । कुरो बुझ्नभो होला नि मेरो भारत नीति बारे ?

    लुना जी, हामी जनताले सधै कुरा गर्दै आएका यस्ता विषयमा त बाबुराम कम्रेड लगायत सबै विचारधाराका मानिसहरुले सोच्नुपर्ने जस्तो लाग्छ । तपाईको कमेन्ट देखेपछि अर्को विषय पनि सम्झना भो । लैगिक बिभेद प्रोत्साहन गर्नेलाई पनि कडा सजाय हुनुपर्छ, बिभेद गर्ने जति पढेलेखेको छ उसलाई झन् बढी सजाय हुनुपर्छ । भारत लगायत संगका सम्बन्धमा माओवादीले लिएको राष्टिय नीति बनाउनु पर्ने धारणामा मेरो सहमति छ ।

    बसन्त जी, तपाईले भनेजस्तो निराशा मैले पनि जनतामा पाएको छु । तर माथि भनिएका जस्ता कार्यक्रम लागु गर्नकै लागि कुनै निरंकुशतन्त्र पर्खनुपर्ने हाम्रो बिडम्बना छ । के यस्ता कार्यक्रम काग्रेस, कम्नीस्ट, पन्च, दाहिने, देब्रे जसले पनि लागु गरे हुने हैन् र ? यस्तो विषयमा पो दलहरुका बीच छलफल र राष्टिय सहमति बन्नुपर्ने हैन् र ?

    ReplyDelete
  9. आजभोली हावा कता बहकिदै हुनुहुन्छ भन्या त सत्ताको कब्जा लिन पो हतार गर्दै हुनुहुदो रहेछ ।
    ल बधाई ! ! सत्ता हातमा लिनुहोला, भत्ता रातमा लिनुहोला ताकी अरुले डाहा नगरुन ।

    ReplyDelete
  10. माइन्ड नगर्नुहोला तर यस्ता अधिनायक्वादी कदमहरुले समाजका ती समस्या समाधान हुन्छन् भन्ने सोच्नु भको छ भने त्यो तपाईंको भ्रम मात्र हो । लामो प्रतिक्रिया लेख्न मन थियो अहीले भ्याइयेन तर म अबस्य लेख्नेछु । बरु मैले केही कम्युनिष्ट जोक्स हरु अनुवाद गरेर आफ्नो ब्लग मा राखेको छु नरिसाइ पढिदिनुहोल होला है हावा ब्रो !

    ReplyDelete
  11. जे हो त्यही राखे जस्तो लाग्यो... तर मैले कागजी रुपमा यी सबै अधिकांशरुपमा धेरै पहिलेनै गर्न सुरु गरिसकेका वा प्रयोग आएकै कुराहुन्। त्यसैले मलाई कही होला जस्तो लाग्दैन।

    ReplyDelete
  12. सुर्य ब्रो, भत्ता पचौनेहरुले त देशै कब्जा गरेकै छन नि म चाँही भात पचाउने मा परे ;)

    लिबेर्टरिअन सुरथ ब्रो, तपाईंको कुरा मैले माइन्ड गरे ;)। पर्खि बसे आउला भनी तपाईंको लामो कमेन्ट पढने पालो.. कुर्दा कुर्दै.. तर आएन तपाईंको लामो प्रतिकृया.. तेसैले तपाईंलाई कारबाही नगरि भएन । तेसैले तपाईंको माथिकै प्रतिकृया मा प्रतिप्रश्न गरम कि? मैले सत्ता कब्जा गर्नु को जुन कारण दिएको छु तेसमा तपाईंले कुन चाँही कुरा अधिनायकबादी फेला पार्नु भो, कृपया प्रस्ट गरिदिनुहोला । नेपाल मा कुनै पनि किसिम को अधिनायकबादी शासन सफल हुन गाह्रो छ् भन्ने सबैलाई थाहा छ ।

    तर के हामीले गफ गर्दा गरिने एस्ता कुराहरु जुनसुकै लिबेर्टेरिअनबादी पार्टी/सरकारले गरे हुन्न ? किन नगरेको त ? किन जनसाधारणको बोली मा यो देशमा मिलिटरी शासन हुनुपर्छ भन्ने जस्तो धारणा आउछ ?

    हाहाहा दूर्जेय ब्रो, तपाईंले भनेजस्तै कागजी र मौखिक रुपमा त सबैले गरेकै हुन । साचै नै गर्ने मान्छे को आवश्यकता भएकोले मैले कम्मर कसेको हो । लौ त साथ दिनुहोला नि फेरी ।

    ReplyDelete