Monday, June 4, 2012

हावा अचेल पैसो कमाउदै छ, पैसो

अचेल यो हावा किन देशको बारेमा सोच्दैन, किन पैलाको जस्तो देश र समाजको बारेमा लामो लामो लेख लेख्दैन भन्ने साथीहरूको गुनासो आएको छ । सुन्दछु, देश अब पैलाको भन्दा पनि जटिल अवस्थामा प्रवेश गर्दैछ अरे । अब पैलाको जस्तो दाईने र देब्रे अर्थात द्विआयमिक द्वन्द्ध भन्दा पनि बहुआयमिक द्वन्द्धमा देश फस्ने सम्भावना छ रे ।

कुरो के भने अचेल यो हावाले पनि पैसो कमाउँदैछ क्या । एकदिन बाटोमा भेटेको बेला यो हावाको पनि एकजना गुरूले भन्नुभो – हेर हावा, तिमीले देश र समाजको बारेमा धेरै सोचिसक्यौ । अब आफ्नो बारेमा पनि सोच । पैसो नि कमाउ ।

तेसो त मलाई खान र लाउन बाहेक पैसोको खासै आवश्यकता नै रहदैन । तर, गुरूले भनेको कुरो पनि हो रैछ । पैसो कमाउन थालेपछि पैला हावा भनेर हेप्नेहरू पनि अचेल मेरो कुरो ध्यान दिएर सुन्न अनि पढन थालेका छन् । के गर्ने, आफ्नो कुरा अरूलाई बुझाउन पनि पैसो कमाउनु पर्‍या छ । देश फेरि साच्चै द्वन्द्धमा गयो भने फेरि सबैले गुहार्ने त यै हावालाई नै हो फेरि । तेसैले तुलनात्मक शान्तिको बेलामा कुश्त कमाउनु परो नि त गाँठे...हाहाहा

2 comments:

  1. sabi vanda thulo kura paisai thulo chha.

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete