Sunday, November 1, 2009

माओवादी भर्सेज खाओबादी

आज बाट माओवादी भर्सेस नन माओवादी आन्दोलन शुरु भो.. भरे बी बी सी साझा सवाल मा प्रचण्ड कामरेडको जवाफ दिने पालो छ रे.. केही आफ्नै ओभर कन्फिडेन्स र केही हेपाहा भारतीय बिदेश नीति का कारण प्रचण्डले राजीनामा दिन बाध्य भएका हुन भन्ने मेरो ठम्याई छ.. माकुने सरकार र माओवादी दुवैले वार्ता जारी राख्ने भने पनि यो कठपुतली सरकारले राजीनामा नदिउन्जेल सहमति नहोला जस्तो नै छ

माओवादीलाई मैले पनि यसपाली खुलेरै समर्थन गरेकोले प्रचण्ड र माओवादी पार्टीलाई म पनि खबरदार गर्न चाहन्छु.. होस गर केटा हो.. मेरो समर्थन निसर्त होईन.. शान्तिपूर्ण माध्यमबाट समाजमा अग्रगामी परिवर्तन को नेतृत्व गर्न सकिन्छ र गर्न पाउ भनेर अनुरोध गरेकोले मैले पनि लु त यसपाली माओवादी ले नै गरी खावोस भनेर सशर्त समर्थन गरेको हो..

माओवादीलाई सत्ताबाट घोक्राएदेखि नै नागरिक सवोच्चता को सुगा रटाई नारा लाईराछ.. धेरैलाई वाक्क लाग्दो रछ.. कत्तिले व्यंग गर्छन्.. कम्युनिष्ट सैनिकीकरण मा हुर्केको माओवादी जस्तो पार्टीले नागरिक सर्वाच्चता को कुरा गर्ने ? म भन्छु राम्रै त हो नि.. पार्टी अन्तर्गत सेना राख्ने पार्टीले आईन्दा नागरीक सर्वोच्चता मान्छौ भन्छन् भने त्यो पनि त राम्रै हो नि

धेरैले अचेल मलाई यो अनी अरु ब्लगहरुमा पनि माओवादी भएर लेखेको भन्दा हासो लागेर आउछ.. जबकी म भनिराछु मलाई कम्युनिज्म मन पर्दैन.. अब मलाई मन नपरेर के भो त ? यो देशमा लाटा सोझाहरुले माओवादीकै माध्यम बाट नै आफनो स्वर पाएका छन्.. मधेशी हुन कि दलित, महिला हुन वा जनजाति मजदुर हुन वा किसान.. जातीय लिंगीय क्षेत्रीय र वर्गीय उत्थान माओवादीकै माध्यम बाट भाको छ..

यो जातीय लिंगीय क्षेत्रीय र वर्गीय उत्थान माओवादी मात्रको नारा होईन.. समाजशास्त्रीय पदावली हुन.. अरु दलले पनि यी नारा उचालेर जन परिचालन गर्न सक्थे.. कम्युनिष्ट वा माओवादी नै हुनपर्थेन.. तर अरुले गरेनन् माओवादीले समस्याको सही पहिचान गर्यो.. उपेक्षित वर्गलाई अगाडि ल्यायो.. तेसैले माओवादी सरकार मा जादा ती उपेक्षित वर्गले सरकार आफ्नो भएको महसुस गर्नेछन्

एउटा अस्वीकार गर्नै नसकिने तर्क के हो भने माओवादीले नेपालमा हिंसा को राजनीतिलाई बैधानिकता दियो.. यो कुरा पनि सत्य हो माओवादीहरुबाट थुप्रै कार्यगत त्रुटीहरु भएका छन्.. जहा हिंसा को प्रयोग नै आवश्यक छैन त्यहा पनि हिंसा गरेका छन्.. तर हालका दिनमा माओवादीले आफुलाई रुपमा धेरै सुधार्दै लेराको देखिन्छ.. जस्तो कि कालो झण्डा देखाउदा सरकार कै एउटा मन्त्री चन्द्र सिंह ले पनि भनेछन्.. "ए माओवादी त सुधे्रछन् पैला गोली हान्थे अचेल ढुङ्गा मात्रै हान्दा रछन् भोली पर्सी त्यो पनि छाड्छन्"

हो गोली मात्र हैन ढुङ्गा हान्न पनि माओवादीले अब छोडन पर्छ.. हिजो एउटा प्रतिबन्धित र बिद्रोही पार्टीले राज्य बिरुध्द हतियार उठाएको भन्ने शंकाको अवसर अब माओवादी ले पाउने छैनन्.. आन्दोलन र जनपरिचालनका कार्यक्रमहरु त गर्नेपर्छ.. तर माओवादी अहिलेको बैधानिक र बहमत शक्ति हो.. तेसैले पनि अबको आन्दोलन बैधानिक र शान्तिपुर्ण हुनैपर्छ

भोजपुर को क्याम्पस चिफ को टाउको मुङ्राले फुटाइदिएछन.. हिर्काउने पनि के जाती राई अनी टाउको फुटाइ खाने पनि के जाती राई.. अझ हिर्काउने त माओवादी नै भए पनि केटी मान्छे पो रछिन.. केटी मान्छे पनि कस्तो निर्दयी भाकी ? त्यो सरासर गलत हो

बरु त्यो देउबा जाठो को गाडी फुटाएर तर्साको भने अली मजा लाग्ने नै थियो..

त्यो सान्सद किन्बेच अपरहण गरेर पजेरो चदेर् भ्रस्टाचर अनी अर्काको टाउका को मोल तोक्ने त्यै देउबा जाठो त हो नि.. तर पनि तेस्लाई केही गर्दा बुढेस्कालमा जन्माको तेस्को छोरो मेरो भतिज टुहोरो होला वा आरजु भाउजु बिधुवा होलिन भन्ने माया पनि लाग्छ.. तेसैले बरु तेस्तालाई कालो मोसो दलेर जुत्ता को माला लाएर बजार घुमाउदा पनि हुन्छ.. साचै माओवादी को हिम्मत छ भने

तेति भन्दा भन्दै पनि मेरो यो समर्थन निशर्त होईन सशर्त हो भन्ने कुरा प्रचण्ड र माओवादी पार्टीलाई फेरि स्मरण गराउन चाहन्छु..

मैले भनेको नटेरेर जथाभावी गर्न थाल्यौ भने मेरो समर्थन फिर्ता हुनेछ.. अनि ईस खालाउ तिमेरु

Thursday, October 22, 2009

माओवादी हाई हाई...!

वर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल अचेल खुबै जनसम्पर्क र मान्छे रिझाउने वा पपुलिस्ट काम मा लागेका देखिन्छन्… कहिले एकजना बिरामीलाई अस्पताल पुर्याएर वा कहिले आन्दोलन का घाईतेलाई भेटेर वा कहिले टुरिस्ट बसमा घुमेर… यी सारा चेष्टाहरुले उनी एउटै कुरो भन्न खोजिरहेका छन् जुन उनले बी बी सी को साझा सवाल मा पनि दोहोर्याए… कि मानिसहरुले उनलाई एउटा भद्र व्यक्ति को रुपमा हेरिदिउन्

ठिक छ मैले पनि माने कि माकुने व्यक्तिगत रुपमा भद्र व्यक्ति हुन्… अरु नेताहरु जस्तो माकुने कुनै भ्रष्टाचार वा लेनदेन मा मुछिएका छैनन्… अरु नेताका छोराछोरी जस्तो माकुने को छोराछोरीको नाम राजनीतिमा सुनिदैन्… युद्धको बेला माओवादी संग वार्ता र सहमति गर्न उनले पनि राम्रो भुमिका नै खेलेका हुन्…. बोल्दा पनि उनी मिलनसार नै सुनिन्छन्… तर पनि म भन्छु सो ह्वाट ?

के समाजमा जरो गाडेर फैलिएका कुरीतिहरु माकुने वा अरु कोही एक दुई जना को भद्रताले उखेलिन्छन् ? उपेक्षित वर्गलाई मुलधारमा ल्याउने वा छुवाछुत जस्ता परम्परालाई सुधार गर्न माकुनेले के गरे ? र उनले चाहेर मात्रै पनि के गर्न सक्छन् ?

हामी आफैलाई हेरौ… हामी यहा व्लगमा पनि जातिय वर्गीय र लिगींय भेदभाव अन्त्य गर्नुपर्छ भनेर छलफल गर्छौ… तर के हामीले यहा छलफल गरेर मात्रै समाजमा चाहेको जस्तो सुधार आउन सक्छ ? जुन समाजमा परिवर्तन चाहेको हो त्यही समाजका स्थानीय जन समुदाय लाई व्यापक सहभागी नगराई संचार माध्यममा मात्रै आदर्श खोकेर केही हुनेवाला छ ?

अचम्म के भने जातिय बर्गीय र लिंगीय दृष्टिकोणमा आमुल परिवर्तन हुनु पर्दछ… र त्यो परिवर्तन सैद्धान्तिक मात्र नभई कार्यगत रुपमा हुनुपर्छ भन्दा माओवादीको नारा बोकेको भनिन्छ… जबकि माओवादी पार्टी आफैले पनि माओको नारा भन्दा पनि नेपाली समाजमा रहेका विभिन्न स्वरहरुलाई आत्मसात गरेर अघि बढेकोले नै आज यो पार्टीले अधिकांश र खासगरी विगतमा राज्यबाटै उपेक्षित जन समुदायको समर्थन पाउन सफल भएको छ

ईतिहास मा कुनै समय कांग्रेस पनि क्रान्तिकारी पार्टी थियो… सशस्त्र संघर्ष पनि गरेको थियो… तर बि पी कोईरालाको नेतृत्वमा रहेको कांग्रेस पार्टीलाई आन्तरिक र भारतीय दबाबमा काम गर्न दिईएन्… तेतिखेर कांग्रेसमा रहेको सिर्जनशील उर्जालाई जेल नेल र निर्वासनमा तुहाईयो… त्यसको परिणाम बि पी कोईरालाले मात्र भोगेनन्… सारा नेपाली जनताले आजसम्म व्दन्द्ध बेहोरिहेका छन्

ईतिहास को वर्तमान कालखण्ड मा माओवादीकै नेतृत्वमा यो देशले व्यापक सुधार खोजेको छ… एउटा कुरा नबिर्सौ माओवादी पार्टी भनेको प्रचण्ड बाबुराम किरण आदि मात्र हैनन्… यो देशको अधिकांश गरीव निमुखा जनजाति मधेशी दलित र उपेक्षित वर्गलाई माओवादीले प्रतिनीधित्व गर्छ… माओवादी संग पनि सधैभरि जनसमर्थन रहन्छ भन्ने हुदैन्… त्यो विशाल उर्जालाई भारतीय दवाब परिवर्तन नचाहनेहरुको दबाब र माओवादीलाई मजा चखाउने ईर्स्या मा लागेर खेर जान नदिउ… नत्र देश फेरि अर्को व्दन्द्ध मा जाने निश्चित छ

Friday, October 16, 2009

मानिस् ठुलो दिलले हुन्छ जातले हुँदैन

तिहारै आयो लौ झिलिमिली…
एक जना व्लगर लेकाली ब्रो ले संचार माध्यम मा दशै तिहारलाई हिन्दुको चाड भनेकोमा कसो कसो मान्दै हुनुहन्थ्यो.. मलाई पनि त्यै हिन्दुको चाड भनिदिएकोले नै दशै तिहार मान्न मन लाग्दैन

हिन्दु भन्दाखेरी ईन्डियन वा भारतीय भन्ने अर्थमा बुझ्ने बानी परेको र छ आफुलाई त… मलाई त नेपालमा बिशुद्ध हिन्दु भन्दा पनि परम्परागत रुपमा हिन्दु र बौद्ध परम्पराको मिश्रण छ जस्तो लाग्छ… यहाको माटोमा त्यस्तो फलानो सम्प्रदाय मात्रको चाड भन्ने कट्टरता छ जस्तो त मलाई लाग्दैन

मैले देखे अनुसार नेपालीहरु जहासुकैका हुन अलि हास खेल ठट्टा नाच गान गर्न मन् पराउछन्… अब त्यस्तो रमाईलो गर्ने बहाना जे सुकै होस… दशै तिहार छठ होस कि क्रिसमस वा लोसार वा ईद बकरीद कुन सम्प्रदायको हो बाल मतलब… शर्त एक मात्र हन्छ रमाईलो हुनुपर्छ.. हसी मजाक भेटघाट हुनुपर्छ एक बारको जुनी मा

तर पनि हिन्दु को चाड होस कि नेपाली को मलाई चाहि दशै भन्दा तिहार नै मन पर्छ… मार काटको भन्दा पनि नाच गान को कुरा बढी हुने भएकोले होला… अलि रौसे पाराको परियो आफु

खाली ठुल्ठुलो कुरा मात्र गरेर धेरै जान्ने बनि टोपल्ने बानी भएकोले होला अचेल त के लेखेर ब्लग अपडेट गर्ने होला भन्ने हुन्छ… नेताहरुलाई जति गाली गर्न थियो गरिहालियो… अब धेरे बर्बराउदा आफु नै बौलाइएला भन्ने डर… लौ त साथी के लेखु के लेखु भै राथ्यो… भोली देखि बिदा पनि बसिने तेसैले मैले पनि साम्प्रदायिक कुरा गर्दिहाले…

यो बौलाउने कुरा र तिहार को प्रसंग ले सानै देखि चित्रमा देखेको चुरोट खादै गरेको एउटा खुस्केट बाहुन को पो सम्झना भो फेरि… त्यै फुलमार मार्का तान्ने हरिकंगाल लक्ष्मी प्रसाद देवकोटा बाजे… छेत्रीको छोरोलाई श्रद्धा पूर्वक भोटे को पाउ समाउन लाउने बौलाहा बाहुन… त्यो बौलाहा बाहुन देवकोटा ले लेखेको पागल भन्ने कविता मलाई यस्तो मन पर्छ कि धेरै समय मैले त्यो कोठाको भित्तामा सिरानीमै टासेर राखे… दैनिक पाठ पनि गर्थे… पछि थाहा भो धेरै ले पाठ गर्दा रछन्… आज पनि अलिकता पाठ गरिहालम्… बाहुनबाद नै हुन्छ भने पनि भुत्रै सित्ती… मेरो पनि एक नशा ढिलो जो छ:

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !

दृश्यलाई सुन्दछु !

बासनालाई स्वाद लिन्छु !

आकाशभन्दा पातला कुरालाई छुन्छु !

ती कुरा, जसको अस्तित्व लोक मान्दैंन

जसको आकार संसार जान्दैन !


++++++++++++++++++++++++


जरुर साथी ।

मेरो एक नशा ढिलो छ !

यस्तै छ मेरो हाल !

Sunday, October 11, 2009

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्


तलको कुराकानीको एकतर्फी अंस रिट्ठो नबिराई सत्य घटना हो कोही जीवित वा मृत व्यक्तिको जीवन संग मिलेमा स्वभाविक नै हुनेछ

हेलो राम दाई माम खाईयो त दाई ?

का खान पाउनु.. अब यो टिप सकेर माम खानपर्ला..

भेटम् भनेको जरुरी कुरा गर्नुछ..

काम त हिजो बाट मात्रै थालियो..

हैन दाई एक डेढ लाख जति हाल्नपर्यो भन्या.. एउटा पल्सर लिनपर्यो..

एक डेढ जति तपाई हाल्नुस.. बाकी म हाल्छु मिलेर चढौला..

तपाई अफिस जाने आउने बेला चढनुस.. अरु बेला म चढुला.. एउटा पल्सर त नभई भएन भन्या

पल्सर नभई त बिजीनेस नै गर्न नसकिने भो काठमाडौमा..

खै यो गाडी चलाएर मात्रै केही होला जस्तो छैन् हैन दाई..

एक डेढ लाख त म नि हाल्छ नि.. एक डेढ तपाई हाल्नुस् तेतिमा त आईहाल्छ नि पल्सर..

अनि दाई बिहे गर्ने भन्या हैन ?

हा..हा..हा..राम्री केटी त खोजे पो पाईन्छ..

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्.. तेसैले त सोच्नुस भन्या

पैसा छैन ? ह्या दाई तपाई पनि तेसो भन्ने ? नभए त्यै अगाडि को जग्गा हालेर किनम् न त पल्सर..

खै उभो लागिएला जस्तो छैन् दाई..

लाहुरेको छोरा भएर के गर्नु दाई आफु चाउरे परियो..

अब केही सीप नलागे बाउको पेन्सन आउछ त्यै खाएर बस्नपर्ला के गर्ने त अब ?

यो गाडी चलाएर उभो लागिएला जस्तो छैन्..

अहिले म ...उकालो मा छु तपाईको अफिस अगाडि पुगेपछि हर्न दिन्छु.. निस्किनुस है त..

निस्किनुस है भन्या.. एउटा पल्सर त लिनैपर्यो जसरी पनि..

ल त ल पुग्नै लागियो एसो माम साम खानपर्ला.. अनि अर्को टिप मा फर्कदा तपाई लाई भेटछु है त..

ल बाई..

Wednesday, September 23, 2009

दशैं आयो... धत्त पापी म त छुट्टै बसुला


चित्र भु पु युवराज पारस रेस्टुरेन्ट मा गोली चलाऊदै...दशैको बेला बिचरा नेताहरुलाई मात्रै कत्ति मात्र खेदो खन्नु आराम गरुन् अलिदिन्… बरु प्रचण्डले भन्ने गरेको महान् नेपाली जनताको कुरा गरम् होला… नेताको मुल्याकन त जुन पनि जनताले गर्छ तर जनताको मुल्याकन गर्न सक्ने नेता यो देशमा अहिले सम्म एकजना मात्रै जन्मे: गणेशमान् सिंह… तर गणेशमान् भन्ने बित्तिकै काग्रेसीहरु हौसिएलान् भन्ने पनि मलाई डर् छ तेसैले भनिहालम् गणेशमान ले मर्ने बेलासम्म पनि काग्रेस मै बसेर नर्क जान चाहेनन्… आफैले जन्माएको हुर्काएको भएपनि कुलंगार काग रेस पार्टी भएर निस्केकोले पार्टीलाई नै छाडिदिए… तेसैले पनि म बारम्बार गणेशमान् लाई सम्झिन्छु… प्रचण्ड लगायत सबै नेताहरुले महान् जनता भनेर जतिसुकै चापलुसी गरे पनि म चाहि गणेशमान् सिंह संग अझै पनि सहमत् छु… जनता भनेको भेडा हुन्… खासगरी काठमाण्डौंका जनता त भेडा नै हुन्

दशै तिहार्मा मात्रै पनि काठमाडौंका मान्छेले मात्रै १,५०,००० जना खसी घिच्छन् अरे… तेसै पनि मः मः बनाएर सयां भैसी र हजारौं कुखुरा त दैनिक घिचेकै छन्… के ति सबै घिच्न आवश्यक छ ?... हुन त काठमाडौंका रैथाने नेवारहरु आफै पनि भन्छन् .............नेवार विग्रयो भोजले भनेर... ला उखानको पहिलो भाग त बिर्सेछु… तर अचेल अर्को उखान पनि हरेक नेवार साहुले दोहोर्याउछन्: बाहुन छेत्रीले मः मः खाएन भने त बेपारै बन्द हुन्छ…

एउटा चर्चित डाटा भन्ने गरिन्छ कि युरोप अमेरिका का देशहरुले जगेडा को रुपमा कुहाएर राखिने अन्न र तयार गरेर फालिने खाना मात्रै पनि सदुपयोग गर्ने हो भने सारा पृथ्वीको भोकमरी मेटाउन सकिन्छ… के काठमाडोंका मानिसहरुले पनि हाजमोला खादै कोचिकोचि घिच्नुको साटो ठिक्कको खाएर त्यो अन्न र खाने कुरा जाजरकोट रोल्पा र बाजुरा तिर पठाए हुन्न ?... यो कोरा आदर्श मात्र हैन महिना मा एक प्लेट मः मः कम घिचेर भए पनि पत्रकार रबिन्द्र मिश्र को संस्थालाई दिए उनले धेरै निमुखाहरु को उत्थानमा सहयोग पुग्ने आशा गरेका छन्

एकजना ब्लगर साथी के बी चाम्लीङ्ग बराबर भन्नुहन्छ… नेपाललाई बिगार्ने राजनीति र मिडिया हुन् … उहाको बिश्लेषण आफ्नै होला मलाई पनि पत्रकार् र मिडियाको खासगरी ठुला मिडिया हाउसबाट निस्कने धेरै जसो सामग्री देखेर घृणा लागेर आउछ… एकताका माओवादीले कान्तिपुर दैनिकको निकै खेदो गर्दा मैले पनि माओवादीको बिरोध गरेको थिए… तर जब प्रकाशन स्वतन्त्रताको नाउमा रक्सी, बियर, चरोट, बाईक, महगा मोबाइल, अनि लिंग लामो पार्ने र स्तन ठुलो पार्ने जस्ता झुटा र वाहियात विज्ञापन र लेखहरु हरेक दिन मानिसहरुको दिमाग भित्र घुसाएको देख्छु लाग्छ माओवादी ले ठिकै गरेका रछन्… बेकारमा यस्तो मानिसमा हीन ग्रन्थि जन्माएर तेसबाट पैसा कमाउने मुनाफाखोर पुजीवादीका दलाल पत्रिका अनि तिनका पत्रकारको पक्षमा बोलेछु जस्तो लाग्छ…

विकृत जीवनशैलीको एउटा प्रमुख पक्ष विलासी जीवनशैली र विलासी खानेकुरा पनि हन्… अचेल नेपाली पत्रकारहरु र कलाकारहरु पनि बाठा भएका छन्… पत्रकारहरु ठाउ ठाउको रेष्टुरेन्ट मा मोज गर्दै रिभ्यु भनेर पत्रिका मा लेख्छन्… महगो बाईकमा महगो मोवाइल महगो रेष्टुरेन्ट पार्टी मा जानु नै युवा हुनुको वा फेशनेवल हुनुको स्टान्डर्ड हो भन्ने मान्यता स्थापित गर्ने खालका लेख लेख्छन्, एफ एम मा खोक्छन् र टी भी मा देखाउछन्… नाईट बस को ड्राईभरले जस्तो कलाकारहरु नाईट पार्टीमा सित्तैको भतेर खान जान्छन्… अनि अवार्ड रुपी कमिशन को लोभ मा एक दुई गीत गाएर वा नाचेर सर्यौ युवाहरुको दिमाग र गोजी दुबै रित्याउने रक्सी चुरोट र बाईक कम्पनीको योजना मा साथ दिन्छन् …

शुक्रवार निस्कने हिमालयन टाईम्स को टी जी आई एफ र कान्तिपुरको हेलो शुक्रवारमा प्रकाशित हुने सामग्रीहरु बाट अन्तत कसले फाईदा उठाइरहेका हुन्छन् ?... युवा दिलका ढुकढुकी भनेर प्रचार गरिने पप गायक र कलाकारहरु एउटा बाईक वा बिदेश भ्रमण वा केही हजार रुपियाको लागि लाखौ बेरोजगार युवाहरुलाई अपराधी बनाउने सामग्री र जीवनशैलीको प्रचारमा मुनाफाखोर पुजीवादीहरुको दलाली गर्छन्… तेस्ता लेखक पत्रकार कलाकार वा खेलाडी बाहुन छेत्री हुन कि जनजाति म हाकाहाकी नै भनिदिन्छु… थुक्क तिमेरुको प्रतिभा

यो २ रुपिया को कोकाकोला केटी को चाक देखाएर २० रुपिया मा खान लगाउने अनि उल्टै बिमार पनि बनाउने चुतिया पुजीबादीहरुको रणनीति कस्तो गहिरो हन्छ भन्ने थाहा पाउन द गड मस्ट बी क्रेजी भन्ने फिलिम हेरे हुन्छ… जसमा कोकाकोला को एउटा खाली बोतल ले पनि अफ्रिका को निर्दोष आदिवासी बुस म्यानको जीवनशैली नै भताभुंग पारिदिन्छ … राम देवले एउटा कुरा त ठिकै भनेका हन् कोका कोला याने ट्वाईलेट क्लिनर्… तर के गर्ने नेपालीहरुलाई पनि त्यही कोका वा पेप्सी कोला शाहरुख खानले जस्तै घटघट पिएर खाते शान नदेखाई धितै जो मर्दैन… जबकि काठमाडौं मै पनि २० रुपिया मा नै एक लिटर मोही पाईन्छ बोतलको पानी भन्दा पनि सस्तो… फ्रुट जुस नै पनि पाईन्छ… तर कोक बियर खाएर कुल र स्मार्ट देखिनुको साटो को पाखे भै राखोस मोही जुस खाएर …

दशै लागेको छ सबैलाई ठिकै छ… तर होस गर है खासगरी काठमाण्डौंका जनता हो तिमेर्को यो घिच्ने बानी अत्ति नराम्रो छ… दशै लागेको बजार तिर खाजा खान पर्यो भनेर एउटा बेकरीमा सामान्य बेकरी पसल भनेर छिरेको… सबै भन्दा सस्तो मः मः को १२५ रुपिया रे… साहुलाई सोधेको गर्व साथ भने अ हाम्रो अलि महगै छ तेसैले खानु भन्दा पहिले मिनु हेर्न भन्छौ अरे… अब साहुको तेस्तो खुल्केको कुरा सुनेपछि तपाईहरुलाई जत्ति रिस उठे पनि र साहुले नसुन्ने गरी नै भए पनि मेरो मुखबाट निस्की त गो प्रतिबन्धित गालीका पर्राहरु… अब मैले खाजा मा मः मः खान मात्रै १२५ रुपिया तिर्नुपर्ने हो भने कसैलाई नलुटी, डग्स को ओसार पोसार पेडलिंग नगरी, गाउबाट केटी ल्याएर रेष्टुरेन्टमा नांगै ननचाई, भारत वा खाडी देश तिर मान्छे वा केटी नबेची, कालो धन्धा नगरी, घुस नखाई कसरी बाच्नु ?... अनि भुत्रो को लुटपाट् अपरहण अपराध् र भ्रष्टाचार् बढ्यो भनेर सरकार् पुलिसलाई गाली गर्नु ? दशै आयो खाउला पिउला कहाबाट आउला चोरी गरी ल्याउला भन्ने आहानका तेसै बनेका त होईनन् होला

तेसैले टाढा टाढा का आफन्त भेटने चलन त मलाई पनि राम्रै लाग्छ… बाकी अरु सबै कुरामा दशै मेरो लागि एउटा अर्को बेकारको वाहियात अर्थात रिडन्डन्ट नेपालीज बिहेभियर हो … धत्त पापी म त छुट्टै बसुला

Thursday, September 17, 2009

जुत्ताले ठोक्नुपर्छ यि मुजी मन्त्रिहरुलाई


एक हप्ता पहिले प्र म माधव कुमार नेपालले प्रचण्डलाई उग्र र असभ्य बोलेको भनेर गाली गरे सभ्यता पुर्वक बोल्न सिकौं भनेर… अचेल म दिनहु उता छिमेकमा मनमोहन सिंहले भारतका माओवादीलाई गाली गर्ने बित्तिकै एता माकुने ले पनि गु आउने गरी ठस् ठसी कन्दै माओवादीलाई गाली गरेको सुन्छु… उप प्र म बिजय कुमार गच्छदारलाई माओवादीले कालो झण्डा देखाएछन्… पुलिसले माओवादी कार्यकर्तालाई लखेटेछ… जवाफमा कम्रेडहरुले गच्छदारकै गाडी मा ढुगा हानेछन्… गिरीजाको गेडा मलेर सक्दो फाईदा लुटिसकेपछि थारु बाट मधेशी भएका र फेरि पद खुस्क्यो भनेर उपेन्द्र यादवलाई तानाशाही बनाएर लोकतान्त्रिक मधेशी भएका गच्छदारले पनि आफ्नो लोकतान्त्रिक चरित्र प्रदर्शन गरे… चिच्याउदै चुनौति दिए हिम्मत छ भने ढुगा हैन गोली हान् अरे

उता महान् लोकतान्त्रिक गठ्बन्धन सरकार का सदस्य कट्टर पंचायती कार्यकर्ता बन मन्त्री दीपक बोहराले पनि जितेरै छाडे… अरबपति तस्करहरुलाई चितवन राष्टिय निकुंज भित्र होटल चलाउने अनुमति दिएर… तेसैगरी भु पु पंच उर्फ कांग्रेसी तथा मधेशमा रहेको जमिन्दारी बचाउन मधेशी बनेका पर्यटन् मन्त्री शरदसिंह भण्डारीको पनि शाही नेपाल वायुसेवा निगम मा त्यस्तै लफडा चलिराखेको छ रे… हुन त म नेपालका प्राय सरकारी कर्मचारीलाई अनुहार हेर्ने बित्तिकै भ्रष्टाचारी भनेर भविष्यवाणी गर्न सक्छु… तैपनि अहिले का बन सचिव र बन्यजन्तु विभाग प्रमुखले मन्त्री लाई नै साच्चै नै नीतिगत चुनौति दिएको मलाई पनि मन परेको थियो… निकुंज भित्र होटल चलाउन दिनु हुदैन भनेर

मन्त्री बोहरा ले त चुनौति पनि दिएका रछन्… भ्रष्टाचार गर्ने योजनामा नीतिगत झमेला झिकेर टेन्सन दिने सचिवलाई तह लगाएरै छोड्ने भनेर… सारा बन्यजन्तु विशेषज्ञ ऐन कानुन लाई पनि धोती लगाईदिए… मन्त्री परिषद मात्र हैन संसदीय समितिबाटै सामन्तहरुलाई शिकार खेल्न राजाका पालामा दिईएको होटल लाईसेन्स नवीकरण थपेर… अब तेत्रो ठुल ठुला मान्छेहरुलाई र आफुलाई जनताका प्रतिनीधि भन्न लाज नमान्नेहरुलाई समेत मिलाउन सक्ने क्षमता भएका बोहरा जस्तो मन्त्री भएको सरकारलाई म जस्तो मानिसले जति सकै पुर्वाग्रह राखेपनि के नै फरक पर्ला र ?

तेसैगरी यै हप्ता जम्बो मन्त्रीमण्डलको आठौ पटक बिस्तार भयो… तुलनात्मक रुपले युवा र जागरुक मानिएका सरकार का प्रवक्ता शंकर पोखे्रलले समेत बी बी सी मा भने… बाईस दलको सरकार भएकोले अझै पनि मन्त्री थपिएमा त्यो पनि स्वभाविक नै हुनेछ रे… तेति मात्र हो र पत्रकार नवीन झा ले त कान्तिपुरमा डाटा नै दिएका छन् ४९ प्रतिशत मधेशी मन्त्री भएकाले यो मन्त्री मण्डल समावेशी भएको छ रे

अब मधेशी, पुरुष र बाहुन को लागि मात्रै समावेशी भएर त नपुग्ला… दलित महिला जनजातिलाई पनि त मन्त्रीमण्डलमा पर्याप्त प्रधिनीधित्व गराउन पर्ने होला… भने पछि यो सरकारको महान् उपलब्धिहरु हुनेछ जसरी भए पनि सत्ता टिकाउन मन्त्री थप्दै जाने… राजस्व र अनुदान् मन्त्री सांसदको लागि गाडी नजराना तलब बंगला सुबिधा थप्न प्रयोग गर्ने… देशमा शान्ति सुरक्षा रहेको अनुभुति गराउन हिजो राजपरिवारको लागि प्रयोग गरिएको पुलिस सेना अब राष्ट्रपति मन्त्रीहरुको सवारी सुरक्षाको लागि उपयोग गर्ने

यस्तो कुरा गर्दा कतिपय साथीहरुले कम्युनिजम मन नपर्नेले किन माओवादीको पछि लागेको त भन्छन्… म माओवादीको पछि लागेको हैन माओवादी मेरो पछि लागेकोले माओवादी को नेतृत्वमा सरकार बन्नुपर्छ मैले भनेको हो… यो देशमा कम्युनिज्म कुनै हालतमा आउदैन भनेर म जस्तो तमाशा हेर्ने लाई त थाहा छ भने माओवादी का धुरन्धर धुर्त खेलाडीहरुलाई थाहा नहोला र ? …एकजना ले हिजो को पोस्टमा भनेका छन् माओवादी अशिक्षितहरुको जमात भएको र यो देशमा धेरै मानिस अशिक्षित भएकाले नै माओवादी बलियो भएको हो

ठिक कुरा हो नेपाल भनेको देश गरिब र अशिक्षितहरुकै देश हो… तेसैले गरिब र अशिक्षितहरुकै सत्ता यो देशमा हुनुपर्छ… मैले पनि माओवादीलाई सरकार बनाउन समर्थन गर्नुको एउटा कारणनै पनि त्यै हो… आफ्नो अस्तित्व बचाउनै को लागि पनि शिक्षा स्वास्थ्य र नेतृत्वबाट सुनियोजित रुपले बन्चित गराइएका गरिब निमुखा र उपेक्षित बर्ग समुदाय को आवाज माओवादी पार्टीले सुन्नैपर्ने हुन्छ… आफुलाई धेरै पढेलेखेको बुद्धिमान ठान्नेहरु लागे हुन्छ भाडा माझ्न सके अमेरिका युरोप तिर नसके मित्र राष्ट्र भारततिर… तर कम्युनिजम को हौवा देखाएर माओवादीको बिरोधको नाउमा भारतीय बिदेश नीतिबाट संचालित लोभी पापीहरुको बर्तमान गठ्बन्धनलाई म घृणा गर्छु

म नियन्त्रित अराजकता को पक्षमा छु… मैले भने मान्छे मार्ने काम नगर तिनका बच्चाहरुले दुख पाउछन्… भ्रष्टाचारी लाई कालो मोसो दलेर बजार घुमाओ… मेरो कुरा माओवादीले मान्यो… मैले भने नेपाल बन्द हड्ताल आदि जनतालाई दुख हुने काम नगर… बरु राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीहरुलाई घेर… माओवादीले गरिरहेको अहिलेको विरोध प्रक्रिया मेरै योजना हो भन्दा पनि फरक पर्दैन.

आफ्ना सयौ घासे कार्यकर्ता मारिदा पनि नरिसाएका यी जाठा ठुला मान्छेहरु अहिले जाबो भाषण गर्न नदिदा कालो झण्डा देखाउदा मात्रै पनि कस्तो झोक्किएका माओवादी संग ? यी जाठा जनताका नमक हराम भ्रष्टाचारीहरुलाई भुत्रो को सम्मान गर्नु ? यिनीहरुलाई कुकुर भनेर गाली गर्दा पनि कुकुर जातिले मान्छेलाई लाएको गुन अनि कर्तव्यपरायणताको अपमान हुन जान्छ…

म माओवादीहरुलाई थप निर्देशन दिन्छु अब साना मान्छेहरुलाई हैन ठुला मान्छेहरुलाई ताक्… यिनेर्ले तिमेर्लाई फेरि जंगल पठाउन ढुंगा हैन गोली हान् भन्दैछन्… तर तिमेर्ले प्रतिकार मा ढुंगा नै हान्नु… अब जंगल जाने पालो तिमेर्को हैन यिनेर्को हो… बरु ढुंगा हान्दा गाडी र पुलिसलाई भन्दा पनि ठुला मान्छेहरुको टाउको तिर ताकेर हान… अझ ढुंगा भन्दा पनि फाटेको जुत्ता चप्पल ले हान… एक दुई जोर फाटेको जुत्ता म नि दिउला… यस्तालाई जुत्ताले नठोकेर के यिनको गालामा किस् खानु त ?

ठोक् यी भ्रष्टाचारी मन्त्री शासकहरुलाई कालो मोसो दल् कालाबजारीहरुलाई जुत्ताको माला लाओ यी गु खाने मुजीहरुलाई

Friday, September 11, 2009

नयाँ नेपाल को नयाँ मन्त्र बाहुन छेत्री ठकुरी शासन को अन्त्य

आज माओवादीको आमसभा र छ… प्रचन्डको भाषण छ यो सरकार कसरी ढाल्ने भनेर… नेपालको राजनीति थप रोचक होला जस्तो छ… कोही भन्छन् अब न्युट्रल बिचार राखेर काम चल्ने वाला छैन… कि त राईट कि त लेफ्ट हुनुपर्छ अरे… म चाहि लेफ्ट राईट दुबै गर्नुपर्ला जस्तो छ… दोहोरो चरित्र ढुलमुले वा दहीच्युरे जे सुकै भन्नुस् मलाई तपाईको भोट चाहिया छैन क्यारे… न त कुनै पार्टीको एन जी ओ मा जागीर नै खान पर्या छ… मन लागे कमेन्ट गर्नुस् मन नलागे नगर्नुस्… खाच्चै सित्ति


किन ढाटनु ? देशको प्रमुख मुद्दाहरु बारे मसंग ठोस बिचार वा खाका छैनन्… कस्तो संघीयता हुनुपर्छ कस्तो नागरिक सर्वोच्चता हुनुपर्छ कस्तो सैनिक संगठन हुनुपर्छ कस्तो न्यायिक प्रणाली हुनुपर्छ मलाई स्पष्ट थाहा छैन्… तर यति अवस्य थाहा छ कि यी बिषयहरुमा प्रष्ट नभई अब यो देश चल्ने वाला छैन्

मैले प्रष्ट देखेको के भने नेपाल राज्यको शासकीय नेतृत्व अब कसले गर्ने भन्ने व्दन्द्ध छ… यो व्दन्द्ध को छिनोफानो एउटा वा अर्को पार्टी रोजेर मात्रै पनि हुने वाला छैन… नया नेपालको नेतृत्व पुराना मानिसहरुले गरेर हुने वाला छैन् चाहे ती जुनसुकै पार्टीका होउन वा आफुलाई जतिसकै योग्य वा अनुभवी नै किन नठानुन्… नया नेपाल मा नया नेतृत्व नै चाहिन्छ… पुर्णविराम

पुरानो र नया नेतृत्व बर्गीकरणको आर्थिक वा बर्गीय स्वरुप त छदैछ… त्यो भन्दा पनि अब अनुहार को स्वरुप पनि महत्वपुर्ण भएको छ… यो सबैले अनुभव गरेकै हो… राष्ट्रपति उपराष्ट्रपति मदिसेलाई नै दिनुपर्ने वाध्यता तेसैले पनि भएको हो… तेसैले छत्रमान गुरुङ्ग रोलक्रम अनुसार नै नेपाली सेनाको चिफ हुदा पनि के के न भो जस्तो पहिलो जनजाति चिफ भनेर हल्ला गरिएको हो… अब नया नेपाल मा नाम पनि यसरी लेख्न पर्ने हुनसक्छ जस्तै: माधव कुमार नेपाल तराईवासी पहाडिया खस उपाध्याय बाहुन… तेसैले त माकुनेले सरकार टिकाउन एकमुष्ट १० भन्दा बढी मधेसीलाई मन्त्री पदको चारा खुवाउन परेको हो

तर यसरी टालटुले नीतिले सरकार कहिले सम्म टिक्ला र ? माकुनेले दैनिक बिहान बेलुका जनै समातेर यो सरकार ढल्दैन टिक्छ टिक्छ भनेर जपिराख्नपर्ने बाध्यता बीच यो सरकार टिकेरै पनि के नै नाप्ला र ? तेसैगरी यो सरकार ढलेर फेरि प्रचण्ड बाबुराम कै सरकार बनेछ भने पनि तेसले पनि खासै केही नाप्ला जस्तो मलाई त लाग्दैन

तर सर्कार को नेतृत्व माओवादीले नै गर्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ… किनभने माओवादी नया र घासको जरा सम्म जनसंगठन भएको पार्टी हो… तर फेरि प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मा मेरो असहमति छ… म आफु बाहुन नै भए पनि जो आए पनि बाहुन छेत्री अनुहार र नाक भएकै प्रधानमन्त्री मात्र देखेर मलाई वाक्क लागिसकेको छ… म यो देशमा चिम्सा आखा र थेप्चा नाक भएका मान्छे पनि प्रधानमन्त्री हुन्छन् भनेर गर्व गर्न चाहन्छु… देव गुरुङ्ग वा राम बहादुर थापा मगर लाई पनि त प्रधानमन्त्री चलाउन दिदा हुदो हो नि

अलिदिन पहिले पोखराका बाहुन कार्टुनिष्ट वात्सायनको कान्तिपुरमा छापिएको कार्टुन बडो घत लाग्यो… तिन जना बाहुन बाजे गिरीजा माधव र प्रचण्ड कोटि होम गर्न देश रुपी यज्ञमा आगो सल्काएर बसेका रछन् शान्ति शान्ति जप्दै… अनि शान्ति प्रक्रियालाई त तिनेर्ले पहिला नै ओम् स्वाहा गरिसकेका रछन्… यो सबै पार्टी नेतृत्वमा बाहुनहरु नै हाकीम साप भएको हुदा म जस्तो काम गरी खान पर्ने बाहुनलाई झनै मर्का परेको छ

जसरी राणा शासन को अन्त्य को अर्थे राजनीतिक नेतृत्वको हस्तांतरण राणाबाट अन्य जाति र बर्ग लाई गर्नु पनि थियो… गणतान्त्रिक नेपालको अर्थ बाहुन छेत्री ठकुरी डोमिनेटेड राजनीतिक नेतृत्व को हस्तांतरण अन्य जाति वा वर्गमा हुनुपर्दछ… ती ए क्लास का कुलीन अनि छट्टु बाहुन छेत्री ठकुरीहरुलाई राजनीतिक नेतृत्वबाट बिस्थापित गर्ने जुनसुकै पार्टीको जुनसुकै अभियान मा पनि म सी कलास्को बाहुनको समर्थन रहनेछ

Thursday, September 3, 2009

म किन नेपालमा अराजकता को पक्षमा छु ?

अचेल नेपालमा अदालत को मानहानी र बिधि को शासन भन्ने बिषयमा निकै चर्चा चलेको छ…खास गरी उपराष्ट्रपति परमानन्द उर्फ चरेशानन्द झा ले नेपाली मा शपथ खान वा राजीनामा गर्न दुबै अस्वीकार गरेपछि... पहाडियाहरुले सधै धोती धोती भनेर जिस्काकोले होला चरेशानन्द जी ले त पहाडियाहरुको अदालतलाई नै धोती लाईदिनुभो…हाहाहा

ठिक गर्नु भो झा जी अहिले पालि मेरो पनि तपाईलाई समर्थन छ…यद्यपि मलाई थाहा छ कि तपाईले यो निर्णय कुनै आस्थागत कारणले भन्दा पनि बार्गेनिंग नमिलेर गर्नुभाको हो…पहाडियाहरुको अदालतमा आजीवन दौरा सुरुवाल टोपी लाएर चरेश का अभियुक्तलाई सफाई दिदै जीवन गुजार्नुभएको तपाईबाट मात्र नैतिकताको अपेक्षा गर्नु त अन्याय नै होला

शपथ बिबादले माओवादी र मधेशवादी दलहरुलाई नजिक्याएको छ रे. आ आफ्नै कारणले…माओवादीले त शुरुदेखि नै अदालतलाई व्यवस्थापिका को नियन्त्रणमा ल्याउन चाहेकै हन् अब मधेशी दलहरु प्नि सहमत् छन्…राजनैतिक रुपमा र आफ्नो मातृभाषा मैथिली छाडेर हिन्दीमा शपथ लिने चरेशानन्दको क्रियाकलाप थुप्रै मधेशीहरुले पनि मन पराउदैनन्

तर आजीवन न्याय नदिने, पैसा खाएर बदनीयत का साथ निर्णय गर्ने र राष्ट्रपतिको लगायत अन्य थुप्रै राजनीतिक मुद्दाहरु निर्णयबिहीन राखिएको अवस्थामा एकहोरो रुपमा चरेशानन्द झा मधेशी भएकै कारणले उनलाई हेपेको भन्ने बुझ्न मैले मधेशी नै भईराख्न पर्दैन…आखा हुने जसले पनि देख्न सक्छ…अदालतलाई खासगरी तेसका न्यायधिश कर्मचारीलाई पाठ सिकाउनै पर्छ

न्यायिक प्रणाली को स्वतन्त्रता र शक्ति पृथक्कीकरणको थ्योरी खोक्नेहरु झस्किएका छन्… अब मुलुक निरंकुशता तर्फ लम्कियो अरे… हिजो समाचार मा आउदै थियो प्रधान न्यायधिश अदालत प्रति जन आस्था खस्किदै गएको मा चिंतित छन् अरे… भुत्रो को चितिंत छन् ?

अदालत प्रति जन आस्था कहिले पनि थिएन… म भन्छु मुलुक निरंकुशता तर्फ हैन झन बढी अराजकता तर्फ लम्किएको छ… र त्यसो हुनु एक दम स्वभाविक छ… हुन सक्छ एक दिन मै पनि त्यो अराजकता मा सामेल हुनेछु… किन नहुने ? यस्तो अदालत र तिनका न्यायधिशहरुको सम्मान गर्ने नै किन ?

केही मान्छेहरु भन्छन् जुन देशका राजनीतिक नेताहरु नै भ्रष्ट छन् त्यहाका अन्य सम्पुर्ण अंग निकाय र कर्मचारी भ्रष्ट हुने नै भए… त्यसैले पहिले राजनीतिक भ्रष्टाचार मा सुधार हुनुपर्छ रे… तेसो भए के अब नेताहरु नसुध्रुन्जेल बाकी सबै ठाउको भ्रष्टाचार र दुर्नियत सहेर बस्नुपर्ने ? कर्मचारीले घुस खाउन् न्यायधिशले भ्रष्टाचार गरुन् अनि बाकी जनताले अराजकता र मानहानी हुन्छ भनेर चुप लागेर हेरेर बसि राखुन् हैन ?

आई एम सरी… म मान्दिन… उच्च शिक्षा हासिल गरेका आफुलाई बौद्धिक न्यायिक र थिंक ट्यांक भन्न रुचाउने तर दिल काला भएका सफेदपोशहरुले गर्ने भ्रष्टाचार र अनियमितता झनै सहनु हदैन्… त्यस्ता हाकीम साहेब,न्यायधिश, वा मन्त्री ज्यु को आदेश वा निर्देशन मान्न आवश्यक छैन…तिनलाई मार्ने वा कुटपिट पनि नगरौ तिनका पनि बालबच्चा होलान्… तर तिनलाई झ्याप झ्याप समात्दै कालो मोसो दलेर बजार घुमाउनै पर्छ

ड्याट्स अल माइ लर्ड