Monday, July 2, 2012

नो पोलिटिक्स.. जस्ट फूटबल

के भाको होला यार अचेल त पुल्टिसको कुरै गर्न मन लाग्दैन भन्या..

समाचार पनि पढन मन लाग्दैन यार.. वाक्क लाग्छ

Tuesday, June 12, 2012

कसले भन्छ नेपालमा अवसर छैन भनेर ?

लाखौं नेपाली खाडीमा ४५ डिग्रीको तापक्रममा काम गर्न वाध्य छन.. म देशको अहिलेको जस्तो तरल अवस्थामा पनि नेपालीहरुसँगै मिलेर राम्रो आम्दानी गरिराखेको छु.. त्यो पनि आफ्नो रुचिको बिषयमा.. त्यै हो काम गर्न लाज मान्नु भएन.. ठुलो मान्छे पल्टिनु भएन.. राजनितिक पार्टीहरुले जनतालाई एक आपसमा जुधाउनु भन्दा पनि काम गर्न दिनुपर्‍यो.. जनताले पनि काम गर्नुको साटो ब्यक्तिगत रिसीबी साध्न राजनीतिक दलको प्रयोग गर्न छोडनु पर्‍यो.. अनि आ-आफ्नो आम्दानीमा सन्तोष गर्नुपर्‍यो.. नत्र चना चट्पटे बेचेर पनि यै देशमै पन्ध्र, बिस हजार मजाले कमाइ राखेका छन.. कसले भन्छ यो देशमा अवसर छैन भनेर ?

Monday, June 4, 2012

हावा अचेल पैसो कमाउदै छ, पैसो

अचेल यो हावा किन देशको बारेमा सोच्दैन, किन पैलाको जस्तो देश र समाजको बारेमा लामो लामो लेख लेख्दैन भन्ने साथीहरूको गुनासो आएको छ । सुन्दछु, देश अब पैलाको भन्दा पनि जटिल अवस्थामा प्रवेश गर्दैछ अरे । अब पैलाको जस्तो दाईने र देब्रे अर्थात द्विआयमिक द्वन्द्ध भन्दा पनि बहुआयमिक द्वन्द्धमा देश फस्ने सम्भावना छ रे ।

कुरो के भने अचेल यो हावाले पनि पैसो कमाउँदैछ क्या । एकदिन बाटोमा भेटेको बेला यो हावाको पनि एकजना गुरूले भन्नुभो – हेर हावा, तिमीले देश र समाजको बारेमा धेरै सोचिसक्यौ । अब आफ्नो बारेमा पनि सोच । पैसो नि कमाउ ।

तेसो त मलाई खान र लाउन बाहेक पैसोको खासै आवश्यकता नै रहदैन । तर, गुरूले भनेको कुरो पनि हो रैछ । पैसो कमाउन थालेपछि पैला हावा भनेर हेप्नेहरू पनि अचेल मेरो कुरो ध्यान दिएर सुन्न अनि पढन थालेका छन् । के गर्ने, आफ्नो कुरा अरूलाई बुझाउन पनि पैसो कमाउनु पर्‍या छ । देश फेरि साच्चै द्वन्द्धमा गयो भने फेरि सबैले गुहार्ने त यै हावालाई नै हो फेरि । तेसैले तुलनात्मक शान्तिको बेलामा कुश्त कमाउनु परो नि त गाँठे...हाहाहा

Thursday, May 31, 2012

संबिधान सभा बिघटन भो ? ....खुच्चिङ


संबिधान सभा बिघटन भएकोमा सारा नेपालीलाई मेरो भन्नु एति मात्रै छ... खुच्चिङ.... जयन्त प्रसाद्को जुत्ता हेरेर बस । सायद तिमीहरु तेसकै लायक छौ ।

नैतिक दायित्वको कुरा गर्ने हो भने राष्ट्रपती बाहेक राजनिती गरिरहेका सबै सन्स्थाका प्रमुखहरुले आआफ्नो पद बाट राजिनामा गर्नुपर्छ । सबैभन्दा बढी जिम्मेवार तीन ठुला पार्टी र मधेसी मोर्चाका शिर्षस्थ भनाउदा नेताहरुले त राजिनामा मात्र हैन राजनीतिक जिवन बाटै सन्यास लिएर काशिवास गरे हुन्छ ।

तेतिमात्र हैन आदिबासि, जनजाति, मधेसि, बाहुन्, छेत्री, आदी सबै सँगठन प्रमुखहरुले सामुहिक राजिनामा दिनुपर्छ ।

Saturday, May 12, 2012

नेपालका भेंडा नेता र जनतालाई सम्बोधन

अचेल फेरि नेपालमा चहलपहल बढेको छ । यस पालीको जेठ १४ मा त साच्चै नै प्रलय नै आउला जस्तो गर्न थालेका छन् मानिसहरू । हिजै एक जना चर्चित मानवअधिकारीकर्मीले निकै गम्भीर भएको नाटक गर्दै भने – देश मास हिस्टेरियामा गईसक्यो । अर्काथरी, अग्रगमनका ठेकेदारकर्मीले भने – हैन, सबै जातजाति आफ्नो अधिकार बारे सचेत भएकोलाई त सकारात्मक नै मान्नुपर्छ । ठेकेदारहरुको यस्तो कुरा सुनेर मलाई त हासो उठिहाल्यो ।


मलाई कसैको पनि सर्टिफिकेट नचाहिएकोले ढाँटनुपर्या पनि छैन – रमाईलो लागिराछ । बल्ल क्लाईमेक्समा आईपुगियो । अवस्था रोचक अनि सनसनीखेज हुदैछ । कम्तीमा दुई चार हजार त जेठ १४ कै सेरोफेरोमै शहीद होलान जस्तो छ, हाहाहा । फेरि, मलाई के को चासो, म मर्ने होईन क्यारे । बरू, यस्तो रोचक अवस्थामा मलाई पनि लेख्ने कुरा फुर्ने गर्छ ।

मलाई खासै चासो र फरक नपरेतापनि ताई न तुईको आफ्नो खाल्डो आफै खन्न थालेका भीडहरूको जमात देख्दा दया लागेर आउँछ, करूणावतार जो परियो आफू । तेसैले, म के भनिदिउँ र भेडा नेपालीहरूको अन्तःचक्षु खुलोस् भन्ने करूणा चलेर आउँछ ।

तेसो त अचेल म आफ्नो ब्रम्हज्ञानले पत्ता लगाएको कुरा जताततै बारम्बार दोहो¥याउने गर्छु – सब भ्रम हो भनेर । म के देखिराछु भने यी सबै मत्र्यलोकवासीहरू महाभ्रममा छन् । सबैलाई मै जान्नेसुन्ने, मै बाठो, मै चलाख, मै ज्ञानी, मै असल...अरू सब मूर्ख, खराब, तुच्छ आदि अर्थात् सबैलाई ‘मै हूँ’ भन्ने अहङ्कारको भ्रम छ । कतिसम्म भने आजकल मेरो गल्लीको एउटा भुस्याहा कुकुर पनि ‘मै हूँ यो विश्वकै सर्वेसर्वा भुस्याहा कुकुर’ भन्ने शैलीमा भुक्न थालेको छ ।

तेसैले, हे भेडा नेपालीहरू हो मेरो कुरा सुन् । तिमीहरू जो जेसुकै भएतापनि तिमीहरू भुसुनामात्र हौ । कसैले पनि धेर नखोके हुन्छ ।

यी त भए अन्तःज्ञानका कुरा । अब ठोस धरातलीय यथार्थमा फर्कौं । त्यै हो अब चाहि देश जातिय युद्धमा जाने निश्चितप्रायः छ भन्ने धेरैको आशङ्का देखिन्छ । त मपनि कुरा बुझौं के रैछ त मर्त्यलोकवासीहरूको हालखबर भनेर हिजो बन्दको दिन आफ्नो दरबारबाट फिल्ड भिजिटमा निस्कें । त म घुम्दैथिए, हालको कथित् ताम्लासिङतिर ।

एकजना अधबैंसे मानिस बाटो खन्दै रछन् । उनले मलाई बोलाए, बाबु आउनुस एकछिन् बसौं भनेर । मैले बुझिहाले, उनलाई पनि राजनीतिको हावा लागेको रैछ । अब नेपालीहरूको परिचय गर्ने शैली त थाहा नै छ सबैलाई । उनले मलाई सोधेको पहिलो प्रश्न थियो – बाबु के थरी ? मैले आप्mनो बाहुन थर भने । अनि मैले पनि उनलाई सोधें – तपाईं के थरी नि, दाई ? उनले भने – म तामाङ हो बाबु ।

अनि मैले भने – लौ त, तामाङ दाई, आफू त बाहुन परियो, तपाईंहरूको ताम्सालिङ क्षेत्रमा आईयाछ । उनले भने – तेसो हैन बाबु, हामी सबै नेपाली हौं, हामी सबैको रगत त उही हो नि बाबु ।

अनि उनले मलाई सोधे – बाबु, कतिको पढनुभाछ कोनि । मैले पनि नढाँटी सत्य कुरा भनिदिए – धेरै पढेको त छैन दाई, तर ठोकुवा नै गर्ने हो भने यो देशको जुनसुकै मै हूँ विद्वान भनेर घमण्ड गर्नेभन्दा कम पढेको पनि छैन । अनि उनले एउटा चुरोट सल्काए, मलाई पनि चुरोट खाउँ बाबु भने । मैले म चुरोट खान्न दाई भने । उनले भने – हामी त तामाङ हो बाबु । हातमा आगो छ, ढाँटनु हुँदैन, पढेलेखेको छैन ।

अनि उनले सोधे, मेरो कुरा ठाउँमा पुग्छ कि पुग्दैन बाबु ? मैले भने – के कुरा दाई, म पु¥याउने प्रयास गरूला । उनले भने – हेर्नुस, हामीले ज्ञानेन्द्रलाई पनि मानेकै थियौं । अहिलेका नेताहरूलाई पनि मानेकै हौं । तर, हेर्नुस् त, नेताहरूमा धर्म छैन । छोराछोरी, भाईभतिजा, छोरी ज्वाईं बनाउन लागे । देशको बारेमा कसैलाई चासो छैन । उनेरू ठुला मान्छे भाका छन् । हामी सधैं साना मान्छे नै भयौं । म बाटो खनेर महिनाको दश हजार कमाउँछु । जातैले पाको, जाँडरक्सी चुरोट पनि खानैप¥यो । मैले आफ्ना छोराछोरीलाई पढाउन पाको छैन । हामी त जातै तातो रगत भाका । अनि हाम्लाई रिस उठ्दैन त ?

मैले भने, दाई तपाईलाई मात्रै हैन । म पनि बाहुन नै हो, तर मलाई तपाईलाई भन्दा पनि चर्को झोक चल्छ । औषधी खाएर आप्mनो झोकलाई कण्ट्रोल गर्छु । अब जेठ १४ आउँदैछ, त्यसपछि सबै छिनोफानो गर्नुपर्ला । अनि म हासें । अनि उनी पनि हासें । अनि मैले भने – हेर्नुस दाई, नेता ठुलो र तपाई सानो मान्छे हैन । पढनु लेख्नु मात्रै पनि ठुलो हैन । नेता हुनु पनि ठुलो हैन । सबैका -आफ्ना सीप हुन्छन् अनि सबैका आ-आफ्ना दुःख हुन्छन् । तपाईले बाटो कुलो नखने गाउँको कसरी विकास हुन्छ ? नेताले आएर त तपाईले जस्तो बाटो खन्न सक्दैनन । तेसैले तपाईंको ठाउँमा तपाई नै ठुलो मान्छे हो ।

मैले त्यति भन्नासाथ उनको अनुहारमा चमक आयो । उनी दङ्ग पर्दै भने – बास्, बाबु, बास्, हाम्ले भनेको पनि त्यति मात्रै हो । हाम्लाई हेला गरिदिनुभएन । बाबु त साच्चै नै धेरै जान्ने मान्छे पो रैछ । म पनि ती तामाङ दाईले आफूलाई पनि र मलाई पनि चिनेकोमा दङग परें ।

यी त भए जनस्तरका कुरा । चाहे जनजाति हुन वा बाहुन क्षेत्री वा मधेशी । म चाहिँ जनस्तरमा कुनै समस्या देख्दिन । समस्या भन्ने नै नेता, ठुला, अग्र(?)गामी, विद्वान आदि भनाउँदा मा देखिराको छु । र यस्ता तत्व सबै वर्ग, जाति र समूहमा छन् । बाहुन क्षेत्री नेता मात्रै धूर्त र जनजाति नेता कम धूर्त भन्ने पनि हैन । शायद, मान्छेको जातै घटिया हुन्छ जस्तो लाग्न थालेको मलाई अचेल । तेसैले मान्छे भन्दा पनि म पशुहरूलाई मन पराउँछु अचेल । आखिर पशुपतिनाथको मित्र जो परियो । यिनीहरूले आफू ठुलो बन्नका लागि जनतालाई जुधाईरहेका छन् । मलाई हासों त यिनको मै बाठो भन्ने शैलीमा लागेर आउँछ । आप्mनो खाडल आफैले खनिरहेका छन्, हा..हा..हा

तर, नेता अनि जनता भेडाहरूको जेसुकै भएतापनि यो देश नेपाललाई नै भड्खालोमा जान दिनु भएन । किनभने, यहाँ त म पनि बसेको छु । मेरो दरबार पनि यै देशभित्र छ । मलाई केही हुन्छ भनेर हैन । यो देशमा केही भएपनि मलाई केही फरक पर्दैन । दिनको १० घण्टा सुत्ने बानी छ मेरो, जुनसकै अवस्थामा पनि त्यो कायम रहनेछ । म बिहान नेवारले पकाएको खाजा खान्छु, खाना मगरले पकाएको खान्छु, अनि बेलुकाको खाना एकजना लिम्बुनी दिदीले पकाएको खान्छु । गर्मीको मौसम छ, अचेल तरबूजा अनि चटपटे एकजना मधेशी दाईले बनाएको मिठो लाग्छ मलाई । अघि भर्खर भारतको गोरखपुरबाट काठमाडौंमा मिठाई पसल खोलेका साहुजीकोमा चाउमिन खाँए । त्यसपछि, एउटी तामाङ्नी दिदीकोमा हरियो नून खुर्सानी दलेको काक्रों खाँदा बडो आनन्द आयो । म तिमेरू नाक चुच्चे र नाक थेप्चे दुवैथरीका छुसी नेताहरूको कुनै पनि गेमप्लानलाई किमार्थ सफल हुन दिने छैन । त्यसैले, देशलाई बचाउने मेरो आगामी योजना पनि सुनाउँछु । अनि अलिकता खरो कुरा पनि गर्छु अब ।

हे भेडाहरू हो, सबैभन्दा पहिले तिमीहरू के प्रष्ट होऊ भने यो देश नेपाल हो । त्यसैले जसले आफ्नोपहिलो पहिचान नेपाली भनेर प्रस्तुत गर्छ, उसले मात्र अरू अधिकारको दावी गर्न पाउनेछ । अनि अधिकारको दावी गर्नुभन्दा पहिले तिमीहरूले यो देखाउनुपर्नेछ कि यो देशको लागि तिमेर्ले योगदान के दियौ ? छोराछोरी त मेरो गल्लीको भुस्याहा कुकुरले पनि पालेको छ, तिर्मेले त्यस्तो विशेष के नापेका छौ ?

अझ सुन, यो देशमा बस्ने अनि आफूलाई नेपाली भन्ने जति सबै यहाँका आदिवासी हुन् । कुनै खास जाति विशेष मात्र आदिवासी होईनन् । आफूलाई नेपाली भन्दा पनि पहिला मङ्गोलियन अनि अनेक थरी नामले चिनाउनेहरू हो, तिमीहरू चीनभन्दा पनि परको देश मङ्गोलिया जाओ । त्यै हो मङ्गोलियनहरूको आदिवासी देश । आफूलाई नेपाली भन्दा पनि मधेशी पहिचान खोज्नेहरू, तिमीहरू भारत फर्क । अझ, भारतको पनि युपी, बिहार मात्र जानु, अरूतिर त भारतमै पनि तिमेर्को खैर छैन । युपी, बिहारमा पनि तिमेरू त्यहाँको कुनै जातिय नेताको गुलामी गर्नु । बाहुन क्षेत्री हो, तिमेरूले पनि सङ्घीयता चाहिदैन भनेर नखोके हुन्छ । देश सङ्घीयतामा गईसक्यो, कस्तो सङ्घीयता भन्ने मात्र प्रश्न हो । जुनसुकै क्षेत्र वा जातिका भएपनि दलितहरू प्रति भने मेरो विशेष सहानूभूति छ ।

जेठ १४ र त्यसको सेरोफेरोमा देशको पहिचान र अमनचैनका लागि जुनसुकै कदम चाल्न पनि तयार रहन म वर्तमान राष्ट्रपति रामबरण यादव र नेपाली सेनालाई सजग रहन आदेश दिन्छु । यो राष्ट्रपति रामबरण मधेशी नै भएतापनि यो नै अहिलेको सच्चा नेपाली नेता हो भन्ने मेरो ठहर छ । त्यसैले, बरू आवश्यक परे संसद, सम्बिधान सभा, सरकार लगायत सम्पूर्ण निकायलाई खारेज गरी रामबरणको मातहतमा सैनिक शासन लागू गर्ने म आदेश जारी गर्दछु । बरू, प्रधानमन्त्री चाँहि कुनै चिम्से आँखा अनि थेप्चो नाक भएकालाई बनाउनु, सजिलो हुनेछ ।

Thursday, May 10, 2012

लौ अब बाहुनहरूको पनि नेपाल बन्द

हाहाहा...आजको नेपाल बन्दमा म खुशी छु

जनजाति, मधेशी, आदि लगायत विगतमा शासन पद्धतिमा अलिक पछाडि परेकालाई शासन प्रक्रियामा अगाडि आउन दिनुपर्छ भन्नेमा म बाहुन आफू पछाडि बसेरै भएपनि समर्थन गरेकै हो

तर, जनजाति, मधेशी आदि भनाउँदाहरूले के बिर्से भने उनीहरू शासन प्रक्रियामा मात्र बाहुन, क्षेत्री, ठकुरी भन्दा अलिकता पछाडि परेका थिए, अरू कुरामा होईन

कतिसम्म भने धुर्त्याइमा पनि उनीहरूकै नेतापनि बाहुन भन्दा कम छैनन भन्ने कुरा अहिले आएर उनीहरूकै नेताहरूले पनि प्रमाणित गरिसके

धूर्त बाहुन नेताहरूलाई गाली गरून्जेल त ठिकै थियो, तर कतिसम्म भने फेसबुकमा के सम्म देखे भने बाहुनलाई काट्नुपर्छ अरे

यिनीहरूलाई त देखाउनै पर्ने थियो कि परिआएको खण्डमा बाहुनको बीर्य धुर्त्याइमा मात्र होईन, शूरो पनि हुनसक्छ

त्यसैले आज नेपाल बन्दमा निस्केका जड्याँहा बाहुनहरूको हुल देखेर म जस्तो बाहुन ब्याशरलाई पनि रमाईलो पो लागेर आयो गाँठे

कहिलेकाहिं त त्यो राम्चन्द्रे बाहुनले भनेको पनि ठिकै हो जस्तो लाग्छ यार

गृहयुद्ध नै लडनुपरे पनि लडौंला

स्याब्बास बाहुन हो

बल्ल तिमेर्ले मेरो चुच्चो नाकको ईज्जत राख्यौ

जय शम्भो

Friday, June 17, 2011

खबरदार..संबिधान जारी गरेन्यौ भने म पनि देखाइदिउला फेरी


१ महिना बित्नै लाग्यो..
अब दुई महिना मात्र बाँकी छ्

छिटो छिटो गर्नुपर्‍यो
संबिधान सभाका नेताहरु हो

तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले
भतुवाहरु हो

आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने....

खबरदार म पनि देखाइदिउला फेरी

Monday, June 6, 2011

कुरो खरो छ्

कुरो खरो छ्,

गरी खानेले चाकरी गर्दैन

चाकरी गर्नेले गरी खाँदैन

सबैलाई चेतना भया

Tuesday, May 31, 2011

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.
कसैले पनि फूर्ती नलान्या हो.
अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.
नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो.
अनि म पनि नेताहरुलाई देखाइदिन्छु.
सबैलाई चेतना भया.

Friday, May 27, 2011

संबिधान सभालाई अन्तिम पटक छ महिनाको लागि मेरो अनुमती

लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरे

एक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्‍यो भनेर

राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले

मलाई पनि दया लागेर आयो

सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर

अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ

तर भन्देकोछु नि यो अन्तिम पटक हो, त्यो नि छ मैनाको लागि मात्र

यिनेरुलाई त तलबै नदिएर हलो जोत्न लाउनु पर्ने हो तर के गर्ने

मेरो जिन्दगी त यस्तै नै हुने भो

मेरा जस्तै यिनेर्को पनि साना साना बच्चा देखेर माया लाग्छ

घिच, अझै छ मैना सम्म घिच

तीमेर्को बाउको के जान्छ र...

Sunday, May 22, 2011

म बाहुन आदिबासी यो देशको

छेत्रीहरुले पनि कडा नेपाल बन्द गरेर देखाइदिए

तर खोई त बाहुनहरु जुर्मुराएको ?

थुक्क काँतर हुतिहारा बाहुन हो

तिमेरुले मेरो चुच्चो नाक को बेज्जत गर्ने भयौ

जय शम्भो

Monday, May 16, 2011

जेठ १४ भित्रै सम्विधान जारी नभए फाटेको जुत्ता उपहार


अब कुरा नचपाएर भन्नुपर्ने भो
जेठ १४ भित्र जस्तो भये नि सम्विधान जारी गर भनी म आज्ञा गर्दछु

कुरा मिलेको जती जारी गर, नमिलेकोमा पछी बहस गर्दै गर्नु
तर बन्द सन्द हडताल सडतालको गर्न पाइदैन मैले भन्देको छु

जेठ १४ भित्र सम्विधान जारी नगरे जनताले अब जर्ज बुस र राकेश सूदलाई हैन

संबिधान सभामा पठाएका प्रतिनिधि, नेता कार्यकर्ता लगायत सार्वजनिक पदमा बसेका जसलाई भेट्यो उस्लाई फाटेको जुत्ता हान्न म नेपाली जनतालाई अनुमती दिन्छु

Thursday, May 12, 2011

लौ बर्बाद..बाहुनहरुले देश खत्तमै पारे

संबिधान न आउने नै भयो जस्तो छ...

लौ बर्बाद...

बाहुनहरुले देश खत्तमै पारे

Tuesday, May 3, 2011

झक्कुलाइ पनि झापड?...... हा हा हा


हा.............. हा............... हा
जनता को झापड खाने झक्कु प्रसादलाइ बधाई छ
अब झक्कु पनि ठुलो मान्छे हुने भए
ल है नेता कार्यकर्ता हो
झट्टै बेलैमा संबिधान बनाओ है
नत्र तिमेरु सबैको ठुलो मान्छे बन्ने पालो आउदैछ
हा.........हा............. हा

Saturday, March 5, 2011

के पी बाजे हिजो राती मरे

के पी बाजे हिजो राती मरे.
बाजेको क्लिनिकल डेथ बिहानै भइसकेको डाक्टरले जानकारी गराएका थिए.
मरिसकेको मान्छेको स्वास्थ्य कामना गर्दै दिउँसो कांग्रेसीहरूले शिव मन्दिरमा पुजा गरेछन्.
बाजेलाई कांग्रेसीहरूको ढोंगमा झांक चलेर आएछ, भेण्टिलेटरबाट पनि सास लिन छाडिदिए.
बाजेले मर्ने दिन रोजेकै हुन्.. मरेपछि विदा मनाएर तास खेल्न, जाँड खान बस्छन् भन्ने बाजेलाई थाहा थियो.
तेसैले भोलीपल्ट सार्वजनिक विदाको दिन परोस भनेर बाजेले मर्ने दिनमा शुक्रवार रोजेका हुन्..
तर, काट्टे बाहुनहरू पनि के कम, आइतवार पनि विदा गरिदिए
अब, कतै पिकनिक सिकनिक गएर २ दिन मोज गरे हुने भो
बाजे स्वर्गमा पुगेर पनि जिल खाइरा होलान्..