Sunday, June 14, 2009

आई डन्ट युज पोलिथिन ब्याग्ज


गाई ले नि प्लास्टिक खान्छन हाम्रो नेपाल मा


पुजीवादी मुुनाफाखोर लोभी पवृत्तिलाई सुगुरपना भने पनि भाटभटेनी स्टोरमा डुल्न मलाई पनि मजा लाग्छ.. कृपया यो भन्दा मनी भाट लेखिएको ठाउमा भाटभटेनी मन्दिर नभइ भाटभटेनी सुपर मार्केट भन्ने बुझिदिनहोला, भाटमा सबैभन्दा मजा लाग्ने के छ भने त्यहा डुलेपछि केही किन्नै पर्ने वाध्यता हुदैन.. मलाई सामान किन्न भन्दा पनि सामानको विविधता हेर्न मन पर्छ..
 
अरु स्टोरमा पनि हेरेपछि किन्नै पर्छ भन्ने छैन, त्यै पनि साहू वा कर्मचारीले क्वारकार्ती हेर्दा “नकिन्ने भए किन आको त ? ” भनिरहेको जस्तो लाग्छ, अनि कुनै चीज एक छिन घोरिएर हेर्यो कि निरीक्षण गर्न आइहाल्छन् चोर्ला भनेर.. तर भाटमा त्यस्तो हदैन, सामान न किने लाज हन्छ कि भन्ने पनि हदैन त्यसमाथि त्यहाको एयर कण्डीशन, कस्मोपोलीटन वातावरण, अनि सुुन्दर युुुवतीहरुको जमघट ले त सधै पसौ पसौ जस्तो लाग्छ..मलाई अर्को मन पर्ने भनेको त्यहा प्राय बजाइने नारन गोपाल दाई का गीतहरु हन्

भाटमा डुल्न मलाई किन पनि अप्ठेरो लाग्दैन भने त्यहाका मालिक मिन बहादुर गुरुङ हुन्... गुरुङ ब्रो अलि इन्नोभेटिभ नै रछन्...पैला नेपाल बैक का साधारण कर्मचारीनै रछन, भाटभटेनी तिर सानो तिनो किराना पसल खोलेका रछन् ...अहिले त नेपाल भरी मात्र हैन, एसिया र योरोप मा समेत स्टोर खोल्ने पो कुरा गर्छन्...साराले नेपालमा बाच्नै गारो छ भनिराको बेला उनी चाइना र नेपालको बीचमा रहेका नेपालमै त छ नि अवसर पो भन्दा रछन्...अनि आफु पनि कुनै समय सामान्य किराना पसले अनि बैंक को क्लर्क भएको बिर्सेका रहेनछन्...मेरो स्टोरमा रिक्सावालादेखि रोयलहरु सम्मले आउन सजिलो मानुन् सबभन्दा सस्तोमा राम्रो सामान बेच्छु भन्दा रैछन्...
 
यस्ता आदर्शवादी व्यापारी पो रैछन हाम्रा मिन बहादुर गुरुङ ब्रो ...त्यसैले भाटमा समयमा बिताउदा मलाई क्लास कन्ससनेस हदैन...हुुन त उनको बिजनेसलाई पनि क्रिटिकल्ली हेर्न नसकिने त हैन, तर राष्ट्रिय पुजीपति त्यसमा पनि जनजाति न परे मलाई कास्ट कन्ससनेस् भने हन्छ... बाहुन भएकोले जनजातिको आरिस गर्छस् अरु बाहुन देखिनस देशै डुबाउने भन्ने आरोप मात्र खानलाई म किन छुच्चो भइराख्नु ? 

त हिजो शनिवार भाकोले बिदा मनाउन भाटतिर ह्यांग आउट गर्दै थिए...दुई स्कले केटीहरुले भाट र नागरिक पत्रिकाले निकालेको से नो ट प्लास्टीक भन्ने अभियान प्रचार बाडदै रछन्...प्लास्टीक विस्थापन गर्न भनेर १५ रुपिया जाने एउटा पातलो झोला किन्ने फेसन चलाउन खोजिएको रछ...  

आफुलाई अलि कन्सस भनेर देखाउन खोज्ने बानी भएकोले मैले पनि धेरै पहिलेदेखि नै प्लास्टीकको झोला प्रयोग गर्न हुुुदैन भनेर आफुभन्दा साना भाइबैनालाई प्रीच त गरेकै हो, तर आफैले प्राक्टीस भने गरेको थिइन...तर अब सिरीयसली भन्दैछु से नो टु प्लास्टीक...से मात्रै गरेर भएन गरेर देखाइदिन्छु...आइ डन्ट युुज पोलिथिन...अलि कन्जुस परियो, पटकै पिच्छे त्यो १५ जाने भाटको झोला त म किन्दिन, तर एक पल्ट हर्लिक्स किन्दा फ्री मा पाएको सानो झोला अब देखि पाएन्टको पछाडिको गोजीमा राख्छु...अलिकता झ्याउ त हुन्छ नै जबसम्म पछाडिको गोजीमा झोला राख्ने फेसन चल्दैन...तै पनि देश र जनताको लागि म यो बलिदान गर्न तयार रहेको घोषणा गर्दछु, जय नेपाल... हेहेहे  

साथीहरु, तपाईहरुले बजारमा तरकारी किन्दा एउटा खुुस्केट जस्तो मान्छेले प्लास्टीकको झोला फ्री मा पनि लिन नमानेर आफ्नो पाएन्टको गोजीबाट एउटा कालो कपडा को झोला निकालेर थापिरहेको देख्नु भो भने हाई हेलो भन्नुहोला...

5 comments:

  1. हैन यार, तपाई ले साह्रै हसाउँनुहुन्छ, सँधै लेख्दा । यस्ता खुवि हामीलाई नि सिकाए, हामी नि प्लाष्टिक का झोला छोड्थ्यौँ कि ?

    ReplyDelete
  2. राम्रो र रमाईलो कुरा एकलकाँटे ब्रोको!
    यता जापानमा पनि प्लाष्टिकको थैलोमा पैसा लाग्न थाल्या' छ केहि महिना यता बाट। त्यसैले म पनि एउटा कार्यक्रममा पाएको कपडाको झोला (सेतो छ है मेरो चाहिँ) सधैं साथमा राख्छु।

    यो भाटभटेनी स्टोर मेरो पनि 'फेभोरेट' स्टोर थियो नेपाल बसुञ्जेल। घरबाट त्यति नजिक नपरे पनि त्यहिँ जान मन लाग्थ्यो। ब्रोले भनेजस्तै "त्यहाको एयर कण्डीशन, कस्मोपोलीटन वातावरण, अनि सुन्दर युवतीहरुको जमघट---" ले पनि तानेको हुनुपर्छ त्यो बेलाँ':)

    ReplyDelete
  3. रमाईलो पोष्ट गयो फेरी ।

    प्लाष्टिकको झोला नबोक्ने सचेतना संगै 'एकलकाँटे' मात्रै नाम राखेर बाटोमा देखे पनि चिन्न मुश्कील बनाउनु भएको थीयो, अब भने कतै देखीनु भयो भने चाही सजिलै चिन्छु ! (तर त्यो कालो कपडाको झोला भने कायम राख्‍नु होला :)।

    "एक पटक हर्लिक्स किन्दा फ्री मा आएको ..." वाक्य पढ्दा भने साह्रै हाँसो लाग्यो ।

    ReplyDelete
  4. प्रोत्सहनको गरेको मा साथीहरुमा आभार

    आकर ब्रो, भने छि प्लस्टिक छोडन मलाई कती गाह्रो भएको छ बुझिदिनु भएको मा धन्यवाद हेर्नु न हिजो त बिर्सेंछु पो

    बसन्त ब्रो, यो सबै फेसन बिदेश बातै त सिक्ने हुन नेपाली ले जापानि हरु बातावरण प्रती सचेत छन भन्ने सुनिन्छ एसो तपाईंको अनुभव पनि सुन्न पाए हुन्थ्यो सुन्दर चीज को पारख गर्ने ब्रो को र मेरो बानी चाँही मिल्दो र छ है हेहेहे

    थ्यांक यू वेरी मुच नीति जी

    दीलिप ब्रो,साच्चै गाह्रो पो र छ यो प्लस्टिक को झोला प्रयोग नगर्न तपाईंले कायम राख्नु भनेको बुझ्दैछु अनी त्यो फ्री मा आको हर्लिक्स को झोला मलाई धोती न टोपी भयी राथ्यो हेहेहे

    ReplyDelete