Wednesday, August 12, 2009

तीजको रहर आयो बरी लैः नेपालमा सरीफ मान्छेको सेक्स लाईफ

ल यो बोकालाई पनि के को तीज आयो... हिजडा पो हो कि क्या हो सोच्नुहोला.. बोका नै भए पनि तीजमा चेलीबेटीहरु रमाउदै नाचेको देखेपछि रहर लाग्छ नि यो केटी मान्छेहरुको चाड अरे अनि हामी केटा मान्छेहरुको चाड खै त ? केटीहरुले राम्रो पति पाउन र विवाहिताहरुले पतिको दीर्घायुको लागि अरे अनि हाम्लाई चाहि राम्री पत्नी नचाहिने ? पत्नीको दीर्घायु कामना गर्न नपाउने ? किन हामी पुरुपहरुमाथि यस्तो भेद्भाव ?

तीज आयो कि मलाई कलेज पढदाको एउटा साथीको सम्झना हुन्छ.. जहिले नि त्यो जहिले नि तीज आयो कि ॠषि पंचमीमा गुहेश्वरी जाउ भन्थ्यो किन भन्दा त्यस दिन आईमाईहरुले बाग्मती नुहाएको देख्न पाईन्छ रे... अनि गाउघर तिर त धारा पधेरामा सधै आईमाई नुहाएको देखिनस त भन्दा तीजमा नुहाएको हेर्न बिशेष मजा आउछ रे..किन भन्दा तीजमा वागमती नदीको किनारमा नुहाउदा आईमाईहरुले १०८ चोटी चिउरीले दतिउन गरेको हेर्न मज्जा हन्छ रे.. पहाडको घरमा बुढी पनि थिई तेसको क्याम्पसमा एृउटीलाई गर्ल फ्रेन्ड पनि बनाएको थियो सिनेमा हेर्न लैजान्थ्यो.. अझै आईमाईले नुहाएको हेर्न पुगेको रैनछ

साउन लागे देखि नै मैले नोट गरिराथे केटीहरु हातमा मेहदी अनि हरियो चुरा लाउन थालेका थिए.. हुन त अचेल मैले नोट गरिराको अर्को कुरा के भने अचेलका केटीहरु पनि म भन्दा निकै फरवार्ड भैसके छन्.. अस्ति एउटा बाहुनको ढाबा मा राज्मा रोटी खादै थिए दुइटी स्मार्ट केटीहरु मेरो अगाडिकै टेबलमा आएर बसे.. अलि अनौठो नै लाग्यो किनभने त्यो ढाबामा केटीहरु आउने भए पनि तेतिको स्मार्ट र मोडर्न केटीहरु एक्लै कुनै ढाबामा मेरै अगाडि आएर बसेको लाईफमा पहिलो चोटी थियो.. तेसैले खाने गति कम गरेर नियालेर हेर्ने गति बढाए

आम्मा मोरीहरु निकै फरवार्ड पो रैछन्.. पढाई र करिअर को कुरा गर्दैथिए मैले हेर्दाहेर्दै दुबैले चुरोट सल्काए स्टाईल दिदै तान्न पो थाले.. हुन त केटी मान्छेले चुरोट खाएकै नदेखेको पाखे त म पनि होईन समानताको युगमा अचेल काठमाण्डौमै पनि क्लब पार्टी तिर केटीहरुले पनि डिंक्स र धुवा तान्न सामान्य नै छ... तर सरीफ जस्तो देखिने दुईटी सुकुमारी केटीहरुले सार्वजनीक ठाउमा केटा मान्छेले जस्तै अरु को पर्वाहै नगरी अझ गोलो गोलो चक्का बनाउदै बुङ बुङती धुवा उडाएको साच्चै देखेको थिईन.. वरिपरि सबैले नै हेरिरहेका थिए केटा मान्छे भएको भए त म पनि निहु खोज्थे होला धुमपान खानेको मात्र र्हैन सुघ्नेको स्वास्थ्यको लागि पनि हानीकारक छ भनेर.. तर सुकुमारी कन्ने केटीहरुको चित्त दुखाउनै मन लागेन.. खाउन् बिचरा

अब केटीकै चाडमा रमाएकोले केटीकै कुरा अझै गरौ होला.. सरी है मलाई त्यो स्टाईलको नाम भन्न आएन त्यो नाईटोसम्म मात्र आउने अनि निहुरिदा चाक देखाउने स्टाईल छ नि अचेल चलेको मलाई पनि खुव मन पर्छ... तर फेरि देखाउने पनि अनि देख्लान जस्तो गरेर भेष्ट तल तान्ने गरेको किन होला ? देखाएपछि धित मर्नेगरि हेर्न दिनु नि... मलाई था छ मैले यहा चाक वा यस्तै शब्दहरु लेखेकाले कोही केटी मान्छे हुनुहुन्छ भने त पढ्दाको लाज लागिसक्यो...केटी मात्र कहा हो र कतिपय मेरा सरीफ (?) केटा साथीहरुलाई पनि लाज भो होला.. सायद तेसैले त नबिन ब्रो अनि अरु ब्लगर साथीहरुले पनि यो ब्लगलाई नन् भेज ब्लग भनेको होला... अचम्म छ अश्लीलता को परिभाषा पनि

म एक दिन दुई तीन वर्ष अगाडिनै मार्टिन चौतारी पुगेको थिए... त्यस दिन महिला मुद्दामा बहस रै छ... अब मार्टिन चौतारीमा घागडान विद्वानहरु हुने भै गए तेसमाथि महिलाको बारेमा चर्चा हुदा भीड हुने भै गो... त्यस दिन एकजना धेरै पपुलरिटी नखोज्ने तर नेपालको घागडान फेमिनिस्ट डा. .... को कार्यपत्र पनि रहेछ.. उनी सोध्दै थिईन् अहिलेका अधिकांश सम्बन्धहरु पेडोफिलिया अन्तर्गत पर्छ कि पर्दैन ? अनि नेपाल भारतका प्रतिभाशाली पत्रकार केटीहरु पनि रैछन्...

हामी खाते विद्वानहरु पनि धेरै नै थियौ मलाई अनि हामी जस्तै धेरै खाते बिद्वानहरुलाई मन परेको थियो एकजना केटीको जोसिलो प्रश्न... केटाहरुले हाम्रो सरिरको सबै अंगको नाप वर्णन गर्दै कुरा गर्छन् हामीले चाहि कुनै केटाको चाक राम्रो छ भन्दा पनि ईज्जतको सवाल हुन्छ किन ? अनि अर्को केटीको प्रश्न थियो हाम्ले बच्चा पाई पनि दिने अनि हामीले नै हुर्काउन पर्ने ? केटाहरुले पनि हुर्काए हुन्न ? एउटा बोकाले उत्तर दियो केटाहरुको दुध आए पो हुर्काउनु

कहिलेकाहि यो साप्ताहिक भन्ने पत्रिकाले पनि केटीहरुलाई राम्रो प्रश्न सोधिदिन्छ... भन्न त अचेल नेपालका हिरोईन मोडल आइडल अनि आइकन केटीहरु भन्छन् म सेक्सी पनि छु अनि भर्जिन पनि छु नाईं त्यो त बिहे पछि मात्रै...हालसालैको एउटा प्रश्न थियो बिहे गर्दा केटा भर्जिन चाहिन्छ कि चाहिदैन ? सबै केटीहरुको प्राय एउटै आशय थियो म त भर्जिन छु तर भर्जिन केटा पाईदैन... कुरो ठीक हो मैले पनि आजसम्म भर्जिन केटा विरलै देखेको छु...

उता केटीहरुको बारेमा पनि मेरो एउटा बिशेष अनुभव प्राप्त साथीको यस्तो राय छः अचेल भर्जिन केटी भनेको कोक्रोमा सुतेको बच्चा पनि पाईदैन अरे... म उसको कुरा पनि अतिसयोक्तिपुर्ण नै ठान्छु... तैपनि हिजो प्रकाशित संयुक्त राष्ट्र संघको त्यो प्रतिवेदनमा विश्वास गर्न गाह्रो भईराछ जसमा भनिएको छ एसियाका महिला मा हुने ९० प्रतिशत यौन जन्य सरुवा रोग उनको पति वा यौन साथीबाट सरेको हन्छ ..मेरो बिचारमा नेपाल र भारतको केसमा तेस्तो डाटा कम्तीमा ९९ प्रतिशत हुनुपर्छ

मेरो भनाई के हो भने अरु सबै कुराको अनावश्यक खोजीनीति र चियो चर्चो गरिने हाम्रो समाजमा लभ होस वा अरेन्ज म्यारिज बिहे अघि केटा केटी दुबैको स्वास्थ्य जाच गरिनुपर्छ कि पर्दैन ? सेक्सुअल डिजीज त छदैछ कतिपय केसमा मलाई ठ्याक्कै त था भएन तर केटा र केटीको रगतमा कुन्नि के तत्व हो मेडिकल साइन्सका साथीहरुलाई था होला जुध्यो भने जन्मिने बच्चामा आनुवंसिक समस्या जस्तै लुलो लंगडो सुस्त मनस्थिति आदि देखिन्छ रे... कुन्नी कुन अरब देशमा त तेस्तो रगत परीक्षण अनिवार्य छ भन्ने कतै समाचारमा पढेको थिए...

कमेन्ट गर्नुहुने साथीहरुले भन्नु हुनेछ हो हो राम्रो कुरा हो बिहे अघि स्वास्थ्य जाच गरिन पर्छ ठीक भन्यो हावा ब्रो ले...तेस्तो कमेन्ट लेखेर का सुख पाईन्छ साथी हो मैले त तपाईलाई नै सोधेको हो तपाई बिहे अघि स्वास्थ्य जाच गराउन तयार हुनुहन्छ ? आफ्नो गराउन त खासै गाह्रो नहोला, तपाई आफ्नो दिदी, बहिनी, छोरी, वा आफन्तको बिहे गर्नु पहिले कुराकानी चलाउने बेलामै केटापक्ष संग स्वास्थ्य जाच को माग गर्न सक्नुहुन्छ ?

सुकुमारी कन्ने कुमारीहरुको जति माया लागे पनि आफुले त अहिले सम्म अरुण थापाले जस्तो कुनै कसम खाएको छैन है...जोगिएकै छु... हातैले हिसाब जोडिन्छ....हेहेहे

16 comments:

  1. यो टाँसो त चैत बैशाखको हुरी जस्तै जोडले बग्यो है हावा जी । ढलाउन कत्ति बेर छैन लुरा-लामरेहरुलाई ।
    त्यसो भए अब पुरुष चाँड खोज्न अगाडी बढनै पर्ने भो हैन त?

    ReplyDelete
  2. हावा ब्रो को ब्लग भित्र पस्यो कि हावादारी सुसेलाले खुत्रुक्कै पर्ने गरी खसखस लागिहाल्छ भन्या। यसपाली लागेका रुघाखोकी यही ब्लगलाई दिन पर्‍यो फ्लु भए पनि होस् हावा ब्रोलाई। हावा ब्रो कुनै कुनै शब्द चाँही भुटुक्कै पार्ने गरी जाइलिन्छ क्या जानेरै पनि किन हो यस्सो खुसुक्क कन्ट्रोल गरे हुने हो। फ्याट्टै खसाइलिन्छ अनि प्रचण्डे शैलीमा धाकछोप पनि मन्चन गराइलिन्छ यो त अली भएन हो गाँठे। लेख्दा लेख्दै कलमको टुप्पो बाटरिदिनु भएन क्या हावा ब्रो बरु अली हजम हुने शब्द खोज्नु पर्‍यो। सडकमा अहोरात्र जाग्नेहरुले मेरो बोली कपी पेस्ट भएछ भनेर अधिकारिकता खोजे भने भरिएको हावा खुस्केर पञ्चट हुन बेर लाग्दैन। लेखनकला जनित ओस्तादहरुले झर्‍रो शब्दको खेती गर्दा साहित्यमा खडेरी पर्ला नि हावा ब्रो। ब्यङ्यमा बलियो भए पनि कन्जुस नगरि शब्द खसालिलिने तरिका अल्ली सजिलो सँग हजम भएन लु आगे मर्जी आ आफ्नै।

    ReplyDelete
  3. हेहेहे सुर्य ब्रो, अघिल्लो पटक गाई जात्रा को दिनमा किन सिरियस पोस्ट गरेको भन्ने प्रश्न आएकोले एस्पाली तीज कै अवसर मा गाई जात्रे पोस्ट गरियो..अब हेर्नुस् न, अरु बेला दिनको १० जना पनि मुस्किल ले भिजिट गर्ने यो ब्लग मा सेक्स लेखेको पोस्ट गर्ने बित्तिकै १० घण्टा भित्रै १०० भन्दा बढी भिजिट भैसक्यो...पब्लिक डिमान्ड को पनि ख्याल राख्नु पर्‍यो नि.. हेहेहे

    अग्यात ज्यु, आइया भनेको.. झर्‍रो सैली मा कस्तो ढाडै खुस्किने गरी भन्नुभाको भन्या सङ्रौला बाजे नै पर्नु भयो कि कसो यहाँ.. हेहेहे

    कमेन्ट गर्नु भएको मा साच्चै नै आभारी छु थप् प्रस्ट्याउने अवसर मिलेको छ मलाई

    सामाजिक यथार्थलाई हास्य रस को पुट दिएर लेख्ने जोश मा बेला बेला मा अली ओभर नै हुन जान्छ भन्ने म स्वीकार्छु सचेत गराउनु भएको मा धन्यवाद

    तर कृपया कसैले पनि ब्यङग गरेको नठान्नुहोला आफु पनि देश खाइ वारी नै शेश भएकोले एस्तो कुरामा कसैलाई पनि ब्यङग गर्ने नैतीक अधिकार म मा छैन

    सडक सँग आफ्नो गहिरो नाता भएकोले सडक मै अहोरात्र जाग्ने अनी सुत्ने हरु को भाषा को छनक आउनु मा मलाई गर्ब नै छ

    अर्को कुरा म साहित्य लेख्दिन आफुलाई ब्लगर नै भन्न रुचाउछु.. साहित्य को अग्राधिकार छापा मा लेख्न तछाड मछाड गर्ने मुर्धन्यहरुलाई नै बधाई रहोस्

    अनी आफु त सधैं मास्क लिएर मात्रै बाहिर निस्कने हुनाले FLU त के AIDS र HEPATITIS ले पनि छुदैन बरु तपाईं पनि मास्क लगाएर मात्रै जोखिम्पूर्ण काम र यात्रा गर्नुहोला.. हेहेहे

    ReplyDelete
  4. पहिला त आज नराम्रो संग हाबाजीले गफ पेल्नुहुने भो भन्दै थिए, सुरु सुरमा त बढि रमाईलो लाग्यो तर नजानिदो पाराले "लास्टा" फेरि गहन पश्न सोधेर सोच्न बाध्य पार्नु भो। गयो ल यसपाली पनि तिजको मौकामा चौका हान्नु भो तपाईले। राम्रो छ भनु भने फेरि दनक खाईने डर न भनौ कसरी नभन्ने खै। जे होस "न-नराम्रो" छ भन्नु पर्यो अब।

    ReplyDelete
  5. यति मात्र भनेर कहाँ धर पाईन्छ भन्ने हावा ब्रो, तर मैले त भनिदिएँ- ब्रोले कुरा चैँ गजब उठाएको हो । मलाई तपाईंको कुरा विशेष गरी पत्नीव्रता हुने हिसाबमा मन पर्‍यो । महिलाहरूले जतिसुकै हुतिहारा, लबस्तरो र अनैतिक पति होस्, उसको लागि (देखावटी नै सही) व्रत बस्नुपर्ने रे । तर एउटा पुरुष नारीप्रति समर्पित र निष्ठावान हुनुपर्ने कुरा शून्य छ । पतिव्रता नारी जस्तै पत्नीव्रता पुरुष हुनुपर्दैन ?
    तपाईंले उठाएको बिहेअघि स्वास्थ्य परीक्षणको खाँचो पनि छ नै, तर यो कुरा साध्य चल्ने कुरा होइन, मान्छे आफैँमा इमान्दार हुनुपर्ने हो यस्त वैवाहिक मामिलामा । नत्र बिहेको पूर्वसन्ध्यामा यस्तो स्वास्थ्य परीक्षणको कुराले दुवै पक्षलाई तनाव दिनेछ, यद्यपि स्वास्थ्यमा चोखोपन सम्झौता गर्न सकिने कुर होइन । यसले दुवै पक्षबीच शङ्काको बीज पनि रोप्छ, र धेरै प्रतिशत जोडीहरु यस्तो 'जाँच'बाट शुद्ध रूपमा उम्किन पनि सक्ने छैनन् ।
    कारण, अराजक कुरामा स्वतन्त्रताको वकालत गर्ने आजको पुस्ताले आफ्नो मर्यादा भने भुलेको छ ।
    धन्यवाद बिषय उठानको लागि ।

    ReplyDelete
  6. खै नामै लेख्छु भनेको यो कम्प्युटर भन्ने जिनिसमा हुने खित्रिक मित्रिकले कता थिच्यो कता पुग्छ, अल्पज्ञानी हुनुको फाईदा नी। मैले अहोरात्र जाग्ने र खट्ने असल मानबहरुको कुरो गर्या होइन भन्या हावा ब्रो। जाग्ने पनि दुई थरीका छन एक मेहनती अर्को बिगारी। भन्न खोज्या कुरा बिगारीहरुको हो जस्ले बोल्न पर्‍यो भने जे मुखमा आउछ त्यही छाडीदिन्छन् , हेर्नेलाई भन्दा देख्ने लाई लाज हो कि छाड्नेलाई भन्दा सुन्नेलाई.. यस्तै। हावा ब्रोको टपक्कै टिपीहाल्ने कुनै कुनै है शब्द चयन चाँही बेतोडले हुररिएको हुन्छ त्यही बेतोडले फुट्कने शब्दमा पनि हजम हुने तरिकाले कलम घुमाउन सक्नु हुन्छ भन्ने मेरो आशय कस्तो कुरै नबुझिदिने भन्या ब्रोले पनि। अँ खगेन्द्र सङ्रौला हुन पाको भए प्रबासी हुनुको प्रसब पिडा भोग्नै पर्दैनथ्यो होला के अर्नु पढ्ने बेला गुच्चाले इलु इलु अनी परेन फसाद। जे होस् हावा ब्रोको हावाले राम्रै छोएको छ तर फ्लु हो कि अर्को के हो त्यो देखी चाँही सतर्क है। लु धेरै खतरपतर अर्को टांसोमा।

    ReplyDelete
  7. हावा ब्रो को ब्लग भित्रै छिरेकै रै'नछु । ब्रो को टाँसोहरु पढ्दा छोडेर जानै मन लागेन । सबै टाँसोहरुको लेख्ने शैली खुबै मन पर्‍यो मलाई । अब नियमत छिरिन्छ ।

    अतः स्वतन्त्रपूर्वक लेख्ने गर्नुहोस् । सबैलाई पाच्य हुने शब्दावलीहरु प्रयोग गरे सुनमा सुगन्ध हुने थियो कि ! ब्रो प्रश्नको जवाफ चाहिँ सोचेर लेखौला ।।

    ReplyDelete
  8. ल दूर्जीय ब्रो त म जस्तै एग्जाम मा कोइसन हाप्ने पो पर्नु भएछ सन्कास्पद छ है ब्रो कुरो.. हेहेहे

    धाइबा बुढा मान्छे भएको ले होला भन्न खोजेको कुरा कस्तो सर्लक्कै बुझेको पुरुष को पनि बर्त बस्न पाउनुपर्ने अधिकार का बारेमा..हेहेहे
    अनी ब्रो मैले श्वास्थ्य जाच भनेर कसैको Virginity टेस्ट गर्ने भनेको हैन नि फेरी त्यो टेस्ट गरेर सम्भव पनि हुँदैन..रगत को जाच गर्ने भनेको मैले

    तर ब्रो, तपाईं ले पनि केही समय अगाडि आफ्ना पती बाट ऐड्स उपहार पाएका चितवन का दुई भर्खरै विवाहिता केटीहरु ले रुदै भनेको पनि सुन्नु भाकै होला बिहे अघी स्वास्थ जाच गरी गरेर मात्र गर्नु भनेको.. कती सम्म भन्ने सुदुर पश्चिमका धेरै महिला हरु ले भारत बाट फर्केका पतीहरु बाट एड्स कोसेली पाएपछी श्रीमान बिदेश मा भएका अरु महिला हरु पनि अचेल आँफै श्वासथ केन्द्र तिर धाउने गरेको थाहा भएकै होला..

    मेरो बिचार मा पनि सुरुमा केही तनाब नै भए पनि एस्तो जीवन् लाई नै असर पर्ने कुरा मा सम्झौता नगरेकै रामो.. बरु अब त देखावटी विश्वाश को लागि जाच नगरेमा झन पो अबिश्वास हुने देख्छु म त

    लेकाली ब्रो, ब्रो ले अस्लील को वा धेरै जना सँग यौन सम्बन्ध राख्ने अर्थमा भन्न खोज्नु भाको जस्तो छ जो केटाकेटिले सिक्लान भन्ने चिन्ता लागे जस्तो छ.. पिर नगरनुस् ब्रो, हलिवुड बलिवुड र ईन्टरनेट क्रान्ति को यो युगमा खराब कुरा सिक्न यो ब्लग मा आउनै पर्दैन

    कुरा समस्या को सामना गरेर समाधान तर्फ बाटो खोज्ने कि बालुवा मुनी टाउको लुकाएर मैले देखेकै छैन तेसैले समस्या नै छैन भन्ने सुतुर्मुर्गी काइदा अगाल्ने भन्ने हो

    हिजै अन्तरराष्ट्रिय युवा दिवस को अवसर मा स्कुल का केटाकेटी हरु ले सघन यौनिकता को शिक्षा चहियो भनेर बानर बोके र नारा लाए.. तेसै गरी कन्डम र एड्स दिवस मा स्कुल कै केटा केटी हरुले ढाल को बेलून फुक्दै ढाल कै लुगा लाएर जुलुस निकालिन्छ तेसलाई के भन्नु हुन्छ ?..पोर्नो र यौन शिक्षा मा फरक त हुन्छ होला नि ?

    अनी प्रचन्ड लाई ढाकछोप गर्ने भनेपछी त ब्रो सङग्रौला बाजे होइन भन्ने बुझिहालियो.. तर कुरा सुन्दा र सैली हेर्दा त ब्रो पनि केटाकेटी मा गुच्चा मात्रै हैन खोपी अनी अरु धेरै थोक खेल्न माहिर हुनुहुन्छ भन्ने देखिन्छ है.. हेहेहे

    धन्यवाद राजेश ब्रो सुझाब को लागि

    तपाईंले भनेजस्तो सबैलाई पाच्य हुनेगरी लेखे अरु धेरै छलफल हुने थियो होला तर पनि छलफल मात्रै हुने काम चाँही केही नहुने भएको ले मैले पनि धेरै सोचेर यस्तो सैली प्रयोग गरेको हो.. अब प्रयोग सही पनि हुनसक्छ गलत पनि हुनसक्छ

    तपाईंले पनि अप्ठ्यारो प्रस्न देखेर सोच्छु भनेर हाप्नु भएको त हैन ब्रो, हेहेहे

    ReplyDelete
  9. आफ्नो त राम्रो लाइ राम्रो नै भन्ने बानि छ "लौ जा मैले त भने - राम्रो छ पोस्ट " तपाइँ को डाइलग पढेर दुर्जेय जी डरले नै "नराम्रो "भनेर पन्सीनु भो - त्यो खै के हो केमिकल को नाम चाहि मलाइ पनि थाह चाहि भएन ब्रो ! आफु साइन ठिस र माइण्ड ठिस परिएन ( खोक्यो केटो ले ) गफ चाहि ब्रो लाइ गर्न मज्जाले आउदो रहेछ - हुन् त त्यसै नाम हावा किन हुन्थियो र !
    ब्रो को लेखाइ मिठास पूर्ण लाग्यो त्यसैले सरसर्ती पढी भ्याए अलिक राजेश जी ले भन्नु भए जस्तो शब्द पाच्य हुने गरि लेख्नु भए बेश हुने थियो कि ?
    एउटा सत्य कुरा भन्नु पर्दा - हावा ब्रो मैले पहिला पनि यो ब्लग मा भिजिट गरेको थिए तर "काठमाण्डु ट्राफिक वाइक केटी पत्रकार अनि पुजीवादी सुंगुरहरु " को तस्विर र 'नेपालक .... मन्त्रिहरु ' भन्ने टाइटल देखे पछी नै .. अपाच्य लागे र फलो नै गर्न छाडेको थिए | तर यो लेखाइ हेरेर त त्यस्तो लागेन |
    अनि अर्को मेरो के राय छ भने ब्रो लाइ तपाइँ को लेखाइ लाइ क्याटागोरी छुट्याएर र लेबल राखेर लेख्ने गर्नु भए हामीलाई पुराना लेखी हरु हेर्न र छुट्याउन उतम हुने थियो कि ?

    ReplyDelete
  10. This comment has been removed by the author.

    ReplyDelete
  11. हावा ब्रोले सेउसी प्रसंगहरु घुसाएर निकै उपयोगी कुरा राखेको रहेछ। कुरा सबै चित्त बुझ्यो। अब विहे अगाडि सम्भावित लोग्ने/स्वास्नी को स्वास्थ्य जाँचको माग गर्न पाउनुपर्छ, विशेष गरी केटीहरुलाई यो अधिकार दिईनु जरुरी छ, हाम्रो जस्तो चिन्दै नचिनेको मान्छेसंग विहे हुने समाजमा। ब्रोले भनेजस्तै अचेल केहि केटीहरु पनि बिग्रेका छन् तर जुन कुवाको पानी पनि चाख्दै हिँडेर नौथरी रोग बोक्ने र अरुलाई सल्काउने सवालमा चाहिँ लोग्नेमान्छे पातकीनै धेरै छन् अझै।

    मलाई चाहिँ हावा ब्रोको शैली, शब्दचयन केहि पनि आपत्तिजनक लाग्दैन। अरु पनि जाओस् ब्रो!

    ReplyDelete
  12. फुर्सद डट कम मा प्रयोग हुने खालको लेख्नु भएछ हावा ब्रोले । मेरा केहि साथी (नाम चै नलेखुँ होला)फुर्सद भयो कि तास समात्न थाल्छन्, मलाई चै समय बिताउन मुस्किल पर्थ्यो, अब चै हावा ब्रोले के लेखेछ त भनेर सुटुक्क ब्लग छिरेर केहि घण्टा बिताउन कुनै कठिनाई पर्ने भएन, क्याबिन रेष्टुरेन्टको बिस्थापित हुने गरीकन !

    ReplyDelete
  13. हेहेहे बेद नाथ ब्रो, सबैका आ आफ्ना पर्सेप्सन हुन्छन तेसैले एउटा ब्यक्ती को बिचार सँग अरुले पनि सहमत् हुनुपर्छ भन्ने हुँदैन अब म नेता त होइन कि भोट चाहियोस तेसैले असमत बिचार हरु लाई म झन बढी स्वागत गर्छु किनभने तेसले मलाई झन राम्रो सँग सोच्ने र प्रस्ट्याउने मौका दिन्छ

    बसन्त ब्रो, सेउसी कुरा लेखेपछी धेरैले पढछन भनेर नि ब्रो हेहेहे तपाईंले भनेको पनि ठीक हो मर्द कि दसोटी हुन्छन र कृष्ण का पनि १८,००० गोपिनी थिए भन्ने सोचले पनि पुरुष हरु ले आफ्नो रोग अरुलाई सल्काउने अवसर पाएका हुन

    पाख्रिन ब्रो, यौन ब्यापार र अपराध एउटै सिक्काका दुई पाटा भएकाले क्याबिन रेष्टुरेन्ट बन्द गर्न सके त राम्रो हुने थियो तर के ग्रने ठुला बडा र सुरक्षा निकायका हाकिमहरुकै लगानी र सन्लग्नता भएपछी कसले रोक्ने ?

    ReplyDelete
  14. hi namaste
    I am very much impressed with your blogging technique. I am a new in this field
    here is my blog
    www.agricommercialization.blogspot.com
    hope you will go through and
    give me feedback

    ReplyDelete
  15. सारै राम्रो लाग्यो लेख अचेलका विकृती भनु या नौलो सभ्यता केटीहरुले लाउने छोटो भेष्ट घरी घरी तानेको देख्दा मलाइ पनि त्यही चिन्ता हुन्थ्यो तपाइले सार्वजनिक भएर नै लेखि दिनु भएको रहेछ धन्यवाद ।

    ReplyDelete
  16. लोल

    ढिलो भएपनि पढे ।
    धन्येबाद ।

    ReplyDelete