Friday, November 13, 2009

हिस्टिरिया ग्रस्त सरकार र माओवादी आन्दोलन

बल्ल माओवादीले सिंह दरबार घेरेर मैले प्रचण्डलाई दिएको आदेश पुरा गरेछन्.. हिजो को घेराउमा मलाई नदेखेर न्यास्रो पनि मानेछन्.. तेसैले बरु साहुको काम छाडेरै भए पनि आज चाहि घेराउमा गएर उत्साह बढाइदिनपर्यो भन्ने सोच्दछ.. कतिले के पनि भन्छन् भने सडकमा नाचगान गरेर वा कन्सर्ट गरेर सत्ता पाईदैन.. कठपुतली सत्ताधारीहरुको एउटै रटान छ तिन सय एक पुर्याएर देखाओ अरे.. नाचगान जस्तो शान्तिपुर्ण रमाईलो र व्यापक कार्यक्रम मार्फत जन समर्थन देखाउदा पनि नमाने पछि अब मैले माओवादीलाई के उपाय सुझाउने होला ?

हुन त म आफै पनि नोकरी नै गर्छ.. तर मैले पनि देश चलाउन भनेर नोकरहरु राखेको छु.. तर मेरा नोकरहरुले अचेल मलाई अलि बढी नै टेन्सन दि राछन्.. मेरा नोकरहरुलाई पनि अलि बढी नै लोकतन्त्र लागे जस्तो छ.. आफै आफै झगडा गर्छन् त ठुलो कि म ठुलो भनेर.. जबकि तिनेरु सबै मेरा नोकर हुन् भन्ने कसरी बिर्सेका होलान् ? अस्ति फेरि मेरो नोकर्नी करीमा बेगम र अर्को नोकर दुर्गा प्रसाद भन्ने को फाईट परेछ.. उता मेरो प्रधान नोकर माकुने मैले अस्ति स्वाईन भनेर झपारेको दिन देखि नै एक सय पाच डिग्री को थला परेको छ रे

यो कठपुतलीहरुमा पनि के रोग लागेर यस्तो अनौठो लक्षण देखा परेको होला भन्ने म सोच्दै थिए.. कोही थला परेका छन् - माकुने, कोही बर्बराउछन् - बिध्या मेम्साप, कोही पाखुरा सुर्कन्छन् गच्छदार,कोही फरिया उचाल्छन् - सुजाता डार्लिंग, कोही गाडीलाई नै भकुर्छन् - रेनु जी, कोही हात गोडा फाल्छन् - करीमा बेगम्.. हिजोको कान्तिपरमा डा. देवेन्द्रराज लेख्छन् यी सबै लक्षण हिस्टीरीया को हुनुपर्छ अरे.. हुन त म कुनै डाक्टर् साक्टर त हैन् तैपनि लक्षण हेर्दा मेरो कमन सेन्स ले पनि त्यै भन्छ माकुने को कठपुतली सरकारलाई हिस्टीरीया लागेको रै छ

तेसैले यस्तो हिस्टीरीया लागिसकेको सरकार माओवादीले भनेर भन्दा पनि प्राकृतिक नियम अनुसार नै अब आफै पनि ढल्नुपर्छ भनेर माओवादीलाई फुटेको आखाले देखि नसक्नेहरुले पनि भन्न थालिसकेछन्.. अझ संयुक्त राष्ट संघ ले राष्ट्रिय सरकार बनाउ भन्दा सुदतन्त्रबाट सन्चालित माकुने गठबन्धनले हत्त न पत्त हस्तक्षेप भयो भनेर पाखण्ड देखाएपछि माकुने सरकारका स्वदेशी सुत्रधार गिरीजा का राजनीतिक सल्लाहकार अर्का डाक्टर् लोकराज बराललाई पनि सही नसक्नु भएछ

अस्तिको काठमाण्डु पोस्टमा संसदीय व्यवस्थाका प्रखर हिमायती मानिने बरालले पनि वर्तमान माकुने सरकारलाई पाखण्डी भन्दै अंग्रेजी मा लेख्छन्.. दुई ठाउमा जनताले निर्वाचन मा अस्वीकार गरेका प्रधानमन्त्री मात्र हैन रक्षा र विदेश जस्तो महत्वपुर्ण मन्त्रालय पनि जनताबाट अस्वीकृत व्यक्तिहरुले चलाएको यो सरकार मुलत एउटा प्राविधिक सरकार मात्र हो जसको कुनै पनि बैधानिक धरातल छैन्.. उनी भन्छन् यु एन ले राजनीतिक निकास को लागि दिएको सकारात्मक सुझावलाई हस्तक्षेप भनेर यो सरकार आफ्नै स्वरुपबारे आन्तरिक र बाह्य रुपमा नांगिएको छ.. बराल ले माओवादीले आफु सरकारमा हुदा अरु दललाई पेलेर जान खोजेकोले पनि यस्तो अवस्था सिर्जना भएको भनेका छन्

बर्तमान सरकार का अघोषित सल्लाहकार तथा पथ प्रदर्शक कनकमणि दीक्षितले संयुक्त राष्ट संघलाई हस्तक्षेप गर्यो भन्दै माओवादीलाई अत्यन्त गाली गरेर कान्तिपुर मा लेखेका रछन्.. कनकमणि माओवादी संग चिडिएका छन्.. उनी चिडिन पनि स्वभाविक नै हो.. माओवादी सरकार भएकै बेला मा माओवादी कार्यकर्ताले उनको मिडिया हाउस मा आक्रमण जो गरे.. अब जसले आफुलाई आक्रमण गर्छ उसंग त रिस उठने नै भयो .. मलाई पनि कुनै माओवादी ले ठटाएका भए म पनि रिसाउथे होला.. तेसैले म माओवादीलाई भन्छु.. म के भन्छु भने सकेसम्म ठटाउने काम नगर्.. खासगरी मिडियाका मान्छेलाई नठटाओ.. मिडिया हाउसका मालिकहरु हेर्दा च्यासे भए पनि निकै शक्तिशाली हुन्छन्.. बरु तिनेर्लाई एक्सपोज गर्

कनकमणि पनि वर्तमान डेडलक बाट वाक्क भै सकेका रछन्.. उनको स्वरमा आइरोनी नै भए पनि माओवादीले आन्दोलन गरेर पनि ठिकै नै गर्यो अब एउटा निकास त निस्कन्छ भनेर आफ्नो लेख टुग्याउछन्.. उनी त दंग परेका थिए होलान गजब लेखेछु भनेर तर दुई दिन पछिको पाठक प्रत्रिक्रिया मा एकजना राम्जी भन्ने पाठकले कनकमणि जस्तो आफुलाई नागरिक समाजको अगुवा र चरम गान्धीवादी देखाउन चाहनेले पनि प्रतिकृयावादी मुठभेड तर्फ उत्तेजित गर्न खोजेको प्रमाणित गरिदिदा मलाई पनि खुबै घत लागेको थियो.. लेख लेखेरै वा पत्रिका चलाएरै ठुलो र विद्वान मान्छे भएको भ्रम पाल्नेहरुले के बुझ्न पर्छ भने तेस्तो लेख्न बोल्न अब धेरैले जानिसके

मैले भन्न खोजेको के भने वर्तमान सरकारका सुत्राधार संचालक सल्लाहकार र सहानुभतिकारहरु आफै पनि यो सरकारले अब निकास दिन सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन्.. तर माओवादी बिरोधको एकमात्र अन्ध एजेण्डा बोकेका यी गान्धी का परम् भक्त हौ भन्नेहरुले नेपाल भन्ने देशलाई कता तर्फ धकेल्दैछन् ?

लौ म त लागे आन्दोलन् तर्फ.. तपाई कता ?

4 comments:

  1. "लेख लेखेरै वा पत्रिका चलाएरै ठुलो र विद्वान मान्छे भएको भ्रम पाल्नेहरुले के बुझ्न पर्छ भने तेस्तो लेख्न बोल्न अब धेरैले जानिसके"

    साह्रै चित्त बुझ्यो हावा ब्रो!!

    ReplyDelete
  2. हावा जी, तपाईको यो झटारो पोष्टले हसायो मलाई अनि वास्तविकता पनि लाग्यो ।

    देशका बारेमा खै के टिकाटिप्पणी गर्नु ? बरु मुखमा बुझो हालेर बस्नु जाती !

    ReplyDelete
  3. हावाजी, खगेन्द्र संग्रौलाका कुरा पनि हाल्नुभएको भए हुन्थ्यो....

    ReplyDelete
  4. हैन ध्रुब ब्रो सटायर त हैन ब्रो को.. कतै मलाई नै भन्नु भाको त हैन ? ;)

    धन्यवाद राजेश जी.. मैले पनि धेरै समय मुखमा बुझो नै हालेको थिए तेसले पनि काम नगरेको ले बरु मुखमा बोझो हालेर भए पनि बोल्नुपरो भनेको :)

    हैन प्रबेश ब्रो, धर्म संकट मा पार्नु भो नि तपाईंले..सङ्रौला ले जन बोली टिपेर लेख्छन.. उनी मेरा पनि बाजे हुन.. गाली सिरोमणी.. तर अचेल उनको लेख पढिया छैन.. एउटा कुरा माओवादी सँगको दोस्ती खुप फापेको जस्तो छ है सङ्रौला बाजे लाई

    ReplyDelete