Monday, November 16, 2009

बटमलाइन्: माओवादी नेतृत्व को राष्टिय सरकार र राष्टपति बारे संबिधान सभामा सम्बोधन्

कांग्रेसमा भएका सबै नेता खराब नै हुन्छन् भन्ने पनि नभनम् होला.. जस्तो कि शनिवार को बी बी सी छलफल मा मलाई माओवादी का दिनानाथ शर्मा भन्दा पनि कांग्रेस का नवीन्द्र राज जोशी को तर्क गर्ने शैली रोचक र स्पस्ट लाग्यो.. नवीन्द्रराज मेरो विचारमा कांग्रेसमा बचे खुचेका केही ईमान्दार नेताहरु मध्ये एक होलान्.. उनी काठमान्डु को उपमेयर पनि भएका थिए.. गणेशमान प्रतिष्ठान् का अध्यक्ष्य पनि हुन क्यारे.. राम्रो काम गर्ने प्रयास पनि गरेका हुन्.. भ्रष्टाचार को स्क्यान्डल पनि उनको बारेमा सुनिएन्.. मिलनसार पनि छन्.. हिजै बी बी सी सुन्दा मात्रै थाहा भो नवीन्द्रराज कांग्रेस संसदीय दल का प्रवक्ता पनि रछन्.. अचम्म के लाग्यो भने गोविन्द राज जस्तो भ्रष्टहरुको आहाल बनिसकेको कांग्रेस पार्टीमा गणेशमान्को हिंग सुघेर बसेका नवीन्द्रराज लाई प्रवक्ता पनि कसरी बन्न दिए होलान् ? अझ भनम् नवीन्द्रराज जस्ता क्लिन फिगर भएका व्यक्तिले भ्रष्टहरुको प्रवक्ता बनेर बोल्नुपर्दा कत्तिको आत्मग्लानि हुदो हो ?

अरु भ्रष्ट र डेट एक्सपायर बुढा कागंरेसी भएका भए त वास्तै नगरेको भए नि हुन्थ्यो तर नवीन्द्रराज जस्ता नया पुस्ताका ईमान्दार कांग्रेसीको चिन्ता माओवादीले पनि बुभ्नुपर्छ.. नवीन्द्रराजले पनि कट्वाललाई हटाउदा माओवादीले एकलौटी निर्णय गरेकोमा आफुहरु ससंकित भएको भने.. तेतिखेर त माओवादीको दम्भ देखेर मलाई पनि झोक चलेकै हो.. मैले पनि ठिक गरे राष्टपतिले प्रचण्डलाई खुच्चिंग पनि भनेकै हो.. तर पनि जसरी कट्वालले निर्वाचित सरकारको निर्देशनलाई अटेर गर्ने तथा सेनापतिको बर्दी लाएर ठाम् ठाम् मा राजनीतिक भाषणबाजी गर्दै हिडेका थिए र जसरी प्रचण्डलाई आफैले निर्माण गरेको जन सेना बाटै पनि दबाब आईरहेको थियो तेस्तो अवस्थामा कट्वाललाई बर्खास्त त गर्नैपथ्र्यो.. वास्तवमा आफै सत्ताबाट अपमानजनक रुपले बाहिरिनु परे पनि अटेरी र दरबारिया संस्कार बोकेका सैनिक कट्वाललाई बर्खास्त गरेर प्रचण्डले नागरिक सर्वोच्चता त्यतिखेरै स्थापित गरेका थिए

तर पनि सत्ता कव्जा गर्ने भन्ने जस्ता नारा लाईरहेको आफ्नै पार्टी भित्र राजनीतिक भन्दा पनि सैनिक मानसिकता हावी रहेको बेलामा विपक्षी त के सत्ता साझेदारहरुलाई पनि आस्वस्त नपारी र आफ्नो अवस्था सुदृढ नपारीकनै हठात् राज्यको सैनिक निकाय चलाएर धेर बाठो भएकोले मैले पनि प्रचण्डलाई खुच्चिंग भनेको थिए.. अब राष्टपति आफैपनि कांग्रेस का भएकाले तेसमाथि १८ दल, कट्वाल, र भारत समेत ले सैनिक कु सम्म गर्न उक्साउने र तर्साउने दुबै गरेकोले भर्खरै बनेका मधेशी राष्टपतिलाई जे निर्णय लिएको भए पनि गाह्रै थियो र विवाद आउने नै थियो यो कुरा पनि माओवादीले बुझिदिनु पर्छ..

अहिले एसो बिचार गर्दा मलाई त सबभन्दा छद्म र दोहोरो भुमिका एमाले का झल्लुनाथ भन्ने बादरको रह्यो जस्तो लाग्छ.. प्रचण्ड संग कट्वाललाई कारवाही गरे हुन्छ भनेर आफु चीन तिर भागेछन्.. अनि पछि प्रभुको थकाईले लल्याक लुलुक पर्दै एसो हैन तेसो हो तेसो हैन एसो हो तेसैले एसो पनि हैन उसो पनि हैन तर एसो पनि हुन सक्छ तेसो पनि हुन सक्छ आदि लेग्रो तानेर आ उ आ उ गर्न थाले.. कि पहिले नै हुन्न भन्नुपथ्र्यो कि प्रचण्डको नाउ डुव्न लाग्यो भनेर मुसाले जस्तो हाम्फाल्न हुन्नथ्यो.. झल्लुको बादरे चाला देखेपछि बाबुराम को पनि व्लड प्रेसर हाई भो.. सबैले असम्भव भनेको राजस्व जम्मा मात्र के पारेका थिए कति सपना थिए होलान् फेरि भ्रष्टाचारीहरुले घिच्ने भए.. झोक्किएर बाबुरामले साचो कुरा भनिदिए तेस्रो लिंगी हिजडा शिखण्डी एमाले.. अनि सबै भताभुंग भो

माओवादीको सिंहदरबार घेराउ कार्यक्रमको समीक्षा गर्दै सरकारका मन्त्रीहरुले अप्रभावकारी भनेछन्.. भन्न खोजेको के ? शान्तिपुर्ण सांस्कृतिक आन्दोलन ले सत्ताधारीहरुलाई ईम्प्रेस गर्दैन अप्रभावकारी हुन्छ भने के अब तिनेर्को डडाल्नो सेक्ने खालको प्रभावकारी आन्दोलन माओवादीले गर्नुपर्ने हो ? हैन भने तिमेर्ले देखेनौ माओवादी को आवरण मा कस्ता रुपरंग, चालढाल, पहिरन, र बाजा नाच लिएर त्यहा मान्छे आएका थिए ? पभुको सहारा लिएर प्रचण्ड र बाबुराम बाहुनलाई सिध्याउन सक्लाउ तिनेर्लाई सक्छौ ? अलि दिन पहिला रामचन्द्रेले समेत भनेछन् गृहयुध्द लडन परे नि लडौंला अरे.. कसका भरमा लड्छौ गृहयुध्द ए हरामचन्द्र ?

माओवादी प्रभावलाई कमजोर बनाउने रचनात्मक बाटो एउटा मात्र छ कांग्रेस एमाले संग.. माओवादीका एजेण्डाहरु हाईज्याक गर्ने जसलाई कांग्रेसका सिद्धान्तकार नरहरी आचार्य ले कांग्रेसको वामपन्थीकरण भनेका छन्.. वर्तमान समयमा माओवादी अग्रगामी परिवर्तन को सम्बाहक हो जसले तत्कालिन समाजको चेतनालाई नै डोर्याएको छ.. तत्कालिन समाजको चेतना भन्दा पनि उल्टो फर्केर बसेपछि भुत्रो सक्छन् कांग्रेस एमाले ले माओवादी प्रभाव संग भिडन् ?

अर्को उपाय हो माओवादीलाई उसका आफ्नै मुद्दाहरुबाट पराजित हुन दिने.. माओवादीबाट जनताले यति धेरै आस गरेका छन् कि त्यो सबै पुरा हुन असम्भव छ.. तर त्यो आस भत्किन पनि माओवादीलाई नेतृत्व गर्न दिनु पर्यो.. राज्यको ढुकुटी चलाउने पैसा खेलाउने रहर पुरा हुन दिनुपर्यो.. भ्रष्टाचार गर्न दिनुपर्यो.. कि आस पुरा हुन देउ कि त्यो आस भत्किन देउ.. कति तिमेरु मात्र घिच्छौ ए कांग्रेस एमालेका हरुवा भ्रष्टहरु हो ?

तर प्राकृतिक बाटो नलिएर यसैगरी ५ कक्षाको बिद्यार्थीले गर्ने अंकगणित समातेर प्रभुको सहारामा माओवादीलाई ठेगान लाउने हर्कत जो गरिराका छौ.. यस्तै जारी रह्यो भने माओवादीले नाच गान गरेर कम्मर मर्काउन मात्र जानेको छैन् उसले अर्थोक मर्काउन पनि जानेको तिर्मेलाई थाहै छ.. अनि तेतिखेर माओवादी त तिमेर्ले चाहे जस्तै कम्जोर हुन्छ नै तिमेरु पनि ऐया आत्थु मलाई बचाउ भन्दै मनेरी नआउनु.. मैले भन्देको छु

अस्ति राष्टपतिले भन्न त ठिकै भने ६० बर्ष देखि यो देशको राजनीतिक र आर्थिक विकास प्रक्रिया बेकार सिद्ध भएको छ अब हामी मिलौ अरे.. खोई त उनले गाठो फुकाउन योगदान गरेका ?.. ठुला कुरा गरेर मात्र हुन्छ ?.. राष्टपति प्रति मेरो व्यक्तिगत सहानुभुति र आशिर्वाद भएपनि उनको पदलाई सन्का को फाईदा दिन सकिदैन्.. माओवादीले सत्ता कव्जा गर्छ भनेर तर्सिने नेपालका महान प्रजातन्त्रवादीहरुले विर्सनु हुदैन कि यो मुद्दा प्रचण्ड, कट्वाल, रामवरण र माधव नेपाल संग मात्र सम्वन्धित छैन्.. तिमेर्ले नै भन्ने गरेको बिधीको शासन, राज्य र सरकारको जननिर्वाचित प्रतिनीधि बाट सन्चालन, जननिर्वाचित कार्यकारी प्रमुख को मातहतमा सैनिक निकाय, सैनिक संगठन् को स्वरुप र परिचालन तथा नेपालको सरकार र सेनामा भारतको भुमिकासंग पनि सम्बन्धित मुद्दा भएकोले ल त हिजो जे भो भै हाल्यो अब मिलुम भनेर मात्र मिल्ने कुरा होईन्

सत्ता को भागबण्डा र लेनदेन मिलेपछि माओवादी ले ल त भैगो भनेर अरु मुद्दा छोडेभने नागरिक सर्वोच्चता जस्तो अत्यन्त गहन नारा उचालेर मध्य जाडोमा सडकमा उरालेको जनता प्रति माओवादी नेतृत्व को सबभन्दा ठुलो गद्दारी हुनेछ.. तेसपछि म माओवादीलाई दिदैआएको लालन पालन भरण पोषण भत्ता र निर्वाचनबाट बर्खास्त गर्नेछु.. मातृकाले मतिर खुबै आश गरेर हेरिराका छने्..

फेरि वार्ता र युद्ध दुबैको गाईंगुई सुन्छु.. जेसुकै गर.. मेरो बटमलाइन् भनेको बहुमत जनसमर्थन रहेको माओवादी नेतृत्व को राष्टिय सरकार र राष्टपति को कदम बारे संबिधान सभा संसद मा सम्बोधन् दुबै हो

-तस्बिर आफ्नै)

3 comments:

  1. नेपालको कानुन नेताहरुले मात्रै जानुन अनि राजनीतिक पार्टीहरु सधै कुर्सीकै लागि लडून र नयन संबिधान बनाउन किन पर्यो | अब जनता(माओबादी अनि राजाबादिको उपमा पाएकाहरु मिलेर बनेको ठिमाहा राजनीतिक संगठन ) राजा आऊ देश बचाऊ भन्दै सडकमा आएको दिन देख्न मात्रै बाकी भो त्यो पनि कहिले देख्न पाइने हो कुन्नि ?

    ReplyDelete
  2. कटवाल प्रकरणमा झल्लुनाथ कमरेडको झल्ला पाराको त जति बखान गरे पनि कमै हुन्छ तर बाँदरै चैँ नभन्दिनुभाको भए पनि हुन्थ्यो कि हावा ब्रो ;) अरु कुरामा त विमति जनाउने ठाउँ छैन मेरो।

    ReplyDelete
  3. चिन्ता नगरनुस् नेपालीको आवाज ब्रो, यस्तै रहने हो भने राजा आऊ देश बचाऊ मात्र हैन.. सूद आउ देश बच्चाउ.. जियङ जेमिन आउ देश बच्चाउ भनेको पनि सुन्न पाइनेछ

    हो त नि धुर्ब ब्रो है, गल्ती पो भएछ.. झल्लु लाई बाँदर भनिदिदा त स्वयम्भु र पस्पती का बाँदर पो रिसाउने भए.. तेसो त झल्लु को पनि एउटा महाबाणी राम्रै थियो "सबैको अस्तित्व स्वीकार गरौ" अरे

    ReplyDelete