Friday, November 20, 2009

फक टु अल दिस बुलसिट एजुकेशन

अचेल माओवादी आन्दोलन को पक्षमा प्रचारै जस्तो लेखेको देख्नुहने साथीहरुले पनि अचम्म मान्नु भो होला.. अचानक बिहेको कुरो गरेको देखेर यो मान्छे त साच्चैं नै पो हावा पो रै छ भन्ठान्नुभो होला.. के गर्ने त अब ? तेत्रो प्रचार गर्दा पनि केही ठोस आश्वाशन देको हैन.. प्रचण्डले मलाई कम्ती मा राजदुत वा केही नभए राजनीतिक सल्लाहकार त बनाउनु नि.. तेसमाथि प्रचण्डले त्यो बुर्जवा सुन्दरी लभ गुरु रेखा थापा संग डान्स गरेपछि मलाई पनि एक किसिमको ईष्र्या जस्तो भैराछ.. तेसैले मलाई पनि क्रमभंग गरेर मंसिरको जाडोमा बिहे कै कुरा गर्न मन लाग्यो.. जाडो त मलाई नि लाग्छ नि हौ..

एकजना साथीको बिहेको कुरा चल्यो.. उसलाई पनि मलाई जस्तै के गरु के गरु भैराथ्यो.. एकजना उसको आफन्तले नै खुबै जोड गरेछन्.. उसले अहिले नगरमहोला भनेछ तैपनि पैला केटी त हेरम् अनि गफ गरम्ला भनेछन्.. अनि उसले ल ठिक छ त म केटी संग कुरा गर्छु पैला अनि मात्रै हुन्छ वा हुन्न भन्छु भनेछ..उसको भनाई अनुसार बिहे गर्नु अघि केटा र केटी दुबैले एक अर्कालाई राम्ररी बुझेर मात्र बिहे गर्नपर्छ अरे

केटीको आफन्त मार्फत भेट भएछ.. अलि बेर गफ सफ गरे अरे.. सोचेर निर्णय दिन्छु भनेछ.. पछि त केटालाई केटी हेरिसकिस् अब भन बिहे कहिले गर्ने भनेर पो आफन्त मार्फत दबाब दिन थालेछन्.. उता केटालाई भने केटी अलि बच्चै वा अपरिपक्व नै छ.. डिग्री पढदै गरेको भए नि जागीर रैनछ.. त्यसमाथि केटी एभरेज लुक्सको भए पनि मरिहत्ते गर्न पर्ने खालको सुन्दरी पनि छैन रे

तेसैले उसलाई टेन्सन भएछ.. अब म उसको मिल्ने साथी र सर्वज्ञाता भएकोले मेरो शरण मा आयो.. लौ न गुरु उपचार खोज्नपर्यो भन्दै.. मैले सोधें बिहे नगर्ने भए केटी किन हेरिस त ? किन भेटिस त ?.. उसले भन्यो मैले कुरा नगरम् नै भनेको हो..तर उनेर्ले नै केटी हेरेर मात्र जवाफ दिन भने.. मैले सोधें केटी कस्तो लागिन त ?.. उसले भन्यो ठिकै हो सामान्य केटी हो हाम्रै दिदी बहिनी जस्तै.. तेसो भन्दैमा जबर्जस्ती बिहे गर्न त ?

साथी भन्छ मेरो दिमाग खुस्किन लागिसक्यो.. हुन्छ पो भनिदिउ कि क्या हो..बाआमा लाई पनि धेरै दबाब आयो.. आफन्तले पनि प्रतिष्ठाको विषय बनाए..केटीको पनि चित्त दुख्ला हेरेर छाडिदियो भनेर.. मैले सोधे त के चाहन्छस् ?..उसले भन्यो मलाई त गर्न मन छैन् तर सबैले गर् नै भन्छन् भने अरुको खुशीको लागि भए पनि गरु कि क्या हो आखिर एकदिन गर्नैपर्छ..

मलाई त हासो पनि लागेर आयो.. यस्तो डाईलग त केटीहरुले धेरै भन्ने गर्छन् मलाई त मन थिएन सबैको खशीको लागि गरें भनेर.. अरु जस्तो भए त म पनि ल गर तेसो भए भन्थे हुला.. तर आफु परियो परम्हंस ज्ञानी.. मैले भने जसले जे भने पनि आफुलाई कन्फिडेन्स नभई नगरेकै राम्रो हुन्छ केटा को लागि पनि केटी को लागि पनि

मेरो यो केटा साथी त अलिकता रास्कल नै हो.. तर केटीको विहे जबरजस्ती मात्रै हैन नाई म अहिले गर्दिन भन्दा पनि घाटीमा दाम्लो नै बाधेर भए पनि केटा हेर्न लाने र चेपुवा मा पारेर बिहे गरिदिने त मैले कति देखें कति.. जस्तो कि अहिले कै केटी यदि डिग्री पढदै छ भने म ठोकुवा गरेर भन्न सक्छु उसलाई पनि पढाई नसकाई वा कुनै ईलम नगरी बिहे गर्न मन छैन होला.. तर पनि अति शिक्षित सुसंकृत र खानदानी भन्न रुचाउने उनका बाबुआमालाई पनि छोरी बोझ भईछन्..मुखले जतिसकै आदर्श किन नछाटुन्

अब म आफै पनि केटा नै भए पनि मैले पनि सोसल स्टडी, जेन्डर स्टडी,फेमिनिज्म अनि डबल मार्जिनलाइज्ड र ट्रिपल मार्जिनलाईज्ड जस्ता अवधारण हल्का एसो सुने पढेकोले मेरो दिमागमा कुरा खेलिहाल्यो.. ह्वाट ईज द गल्र्स पोजीसन् हियर ?.. केटी को पनि त केही धारणा होला.. तेसमाथि सोसल साइन्समै डिग्री गर्दैछ भने त पक्कै पनि उसले बुझेको छ.. मलाई अझ ताज्जुप के लाग्छ भने केटीका बाबु आफै पनि सोसल साईन्स कै लेक्चरर छन् अरे..

अनि यता सहरमा हट गर्ल्स नाइट रेस्टुरेन्ट को छेउमै रहेको गुरुकुल नाट्यसाला मा फेरी अर्को नाटक मन्चन हुन्छ..डल्स हाउस सुपरहिट हन्छ.. एक सय बर्ष पहिलेकी काल्पनिक नोरा को दुस्साहस देखेर दर्सक ताली पडकाउछन.. विव्दनहरु लेख र कार्यपत्र प्रस्तुत गर्छन्.. मलाई घृणा लागेर आउछ.. फक टु अल दिस बुलसिट एजुकेशन

7 comments:

  1. यो कुरा एकदम ठिक लाग्यो है हावा ब्रो ! यो एजुकेशनलाई त तपाईँले भनेजस्तै गर्नुपर्ने हो.......

    ReplyDelete
  2. मलाई घृणा लागेर आउछ.. .... टु अल दिस बुलसिट एजुकेशन

    ReplyDelete
  3. खराबी शिक्षाको हो ही शिक्षा ग्रहण गर्ने मनुवाको ? अनि शिक्षा दिने प्रवृति र शिक्षाका ठेकेदार शिक्षालयलाइ चाहीँ छुट दिन मिल्छ र हावा जी ?

    ReplyDelete
  4. हैन प्रबेश ब्रो, मैले भने जस्तै के गर्नुपर्ने हो ? कि गिरिजा र प्रचन्ड ले भने जस्तै "त्यो" गर्ने त भन्या हैन तपाईंले ;)

    नेपाली को आवाज ब्रो, तपाईं ले "त्यो" लेख्न छुटाउनु भएछ है ;)

    बसन्त जी, तपाईंले त मलाई नै पो कन्फुज गर्दिनु भो.. नेता, सासक, ठुलाबडा र विद्वानहरुलाई सोध्नुपर्ने अप्ठेरो प्रश्न जती त मैलाई पो सोध्नुभो बा..भत्ता त तपाईंलाई पो दिनुपर्ला जस्तो छ.. तर फेरी उत्तर त तपाईंको प्रश्न मै पो रैछ :)

    ReplyDelete
  5. 'डल्स हाउस' को प्रसंग जोडेर हावा ब्रोले निकाल्नुभएको निष्कर्ष त सही हो तर यहाँ आफूलाई चैँ अर्कै टेन्सन पर्‍यो। बेलैमा यो लभसभ भन्ने कुरो नगर्दा मागी बिहे गर्न त आपतै पर्ने रहेछ कि क्या हो? :(

    ReplyDelete
  6. हावा ब्रो लाई एकपटक क्वाटी खुलाउनु पर्ला जस्तो छ। रौसे बैंस लाग्दा नलाग्दै बाउआमाले घन्टी झुन्डयाइ दिएर पशुपतिको चार धाम घुमेर आउन भने पो आपत हुन्छ तर आँफै सक्षम हुँदा हुँदै बाउआमालाई त्यो केटी मन पर्‍यो लौ न बा माग्न जाइदिनु पर्‍यो भन्नु भन्दा आँफै झ्याइकुती पार्ने नि ! केटीको बाउले पार्टी खोजेर चै जोकै अरेछन बिचरा सपनाको ज्वाँईसाहेबलाई। त्यत्रो पत्रकारको घांडो भिरिसकेर पनि लुरु लुरु हिंड्नु भन्दा लभ गुरु लाई सोधे जवाफ टू आउछ नि । शिक्षाको चासो हुनेलाई पो बुल् शिट नहुनेलाई उभिन्डो कुट् हो।

    ReplyDelete
  7. ध्रुब ब्रो, पीर नगरनुस्.. सबैले भन्छन यो बिहे भनेको यस्तै हो जसरी गरे पनि जहिले गरे पनि र जे गरे पनि फसिन्छ.. कि गर्दै नगरनुस् कि भने फसिन्छ भनेर नडराउनोस भन्छन भुक्त भोगी हरु ;)

    लेकाली ब्रो, आफु पनि पढेको मास्टर भएको ले नपढेको कुरो जानिएन यो उभिन्डो कुट भन्ने चिज के र छ.. सुन्दा त स्वादिलो पो होला जस्तो छ..अनी त्यो लभ गुरु लाई सोधौ भने अचेल लभ गुरुको डिमान्ड बढेको थाहा पाइसक्नुभो होला प्रचन्ड लाई पनि कुतकुती लाउन सक्दीरछन.. अब तेस्ता लभ गुरुले हामी जस्ता अलपत्रकार लाई के चानस दिन्थिन होला प्रश्न सोध्ने

    ReplyDelete