Tuesday, November 24, 2009

गढीमाई मेला मानव अधिकार सामुहिक पशु हत्या सही वा गलत ?

आजबाट गढीमाई को मेला शुरु भएछ्.. यो मेलाले त अचेल नेपाललाई एभरेष्ट वा चोमोलोङ्मावा सगरमाथा ले भन्दा पनि चर्चित बनाएको रहेछ्.. भारतकि मेनका गान्धी देखि फ्रान्सेली ब्रिजीट बार्डट जस्ता सेलिब्रिटी सम्मले ससारमै सर्बाधिक बीभत्स पशुहत्या को बिरोध गरेका रछन्.. हाम्रो नेपाल मा पनि अचेल दिनहु जसो बहस चलेका छन्.. नेपाल सरकार माथि पनि तीव्र दबाब छ यो मास किलिंग रोक्न.. तर सरकार ले धार्मिक र साम्प्रदायिक सदभाव नबिग्रोस भनेर हस्तक्षेप नगर्ने भनेको रैछ..

भारत की पशु अधिकारवादी नेता मेनका गान्धीले पनि नेपाल सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन्.. उनको आसय यस्तो छ.. कतिपय गलत परम्पराहरु छाडनु मा नै सबैको भलो हुन्छ जस्तो कि सती प्रथा..यसरी हजारौ पशुहरुको एक मुष्ट बलि कसलाई रिझाउन दिईदैछ ?.. यदि गढीमाई देवी सबैकि आमा हुन भने उनले कसरी आफ्ना हजारौं सन्तान को सामुहिक बलि स्वीकार गर्न सक्छिन्.. मेनका दावी का साथ भन्छिन् प्रष्ट छ यो परम्परा तिनीहरुको मात्र स्वार्थमा छ जो भारत र नेपालमा छाला जुत्ताका व्यापार गर्छन्

धेरैलाई जस्तो मलाई पनि फ्रान्सेली नायिका बार्डट को भावुक पत्र रोचक लाग्यो.. उनी नेपालका राष्टपति रामबरण यादवलाई पत्र लेख्दै चेतावनी समेत दिन्छिन्.. यस्तो बर्बर अमानवीय हत्या तपाई किन रोक्नुहुन्न ?जबकि तपाईलाई थाहा छ राष्टप्रमुख को नाताले यो जघन्य अपराधको जिम्मेवारी अन्तत तपाईले लिनुपर्ने हुन्छ.. अब बिचरा राष्टपति, एक पल्ट १८ दल र देशी बिदेशी शक्तिको बहकाउमा लागेर हस्तक्षेप गरेका रामबरणले कहिल्यै नमेटिने कलंक बरण गर्नुपरेको छ.. अब उनले कुईरेनीले भनी भन्दैमा साम्प्रदायिक मामिला मा कसरी हस्तक्षेप गरुन् ?

हस्तक्षेप गरेमा साम्प्रदायिक सद्भाव खल्वलिने चेतावनी आयोजकहरुले दिएकै छन्.. त्यो चेतावनी खासगरी स्थानीय तहमा बलि बिरोध अभियान चलाएका लिटल बुद्ध भनिने राम बहादुर बम्जन् तथा उनका अनुयायीहरुलाई दिईएको रहेछ्.. कतिपय स्थानीय बासिले पनि बलि परम्परा मन पराएका छैनन.. तेसो त मेरो अध्ययनमा गढीमाई मा बलि दिने सबै मधेशी,थारु र भारतीय मात्रै छन् भन्नु पनि गलत हुनेछ्.. धेरै पहाडी मुलका मानिसहरुले पनि गढीमाई मा बलि को भाकल गरेका हुन्छन्.. भारत कै गुजरात कर्नाटका र मध्य प्रदेशका मन्दिरहरुमा मा पनि धार्मिक प्रायोजन का लागि नै भनेर पनि पशु बली दिन प्रतिबन्ध लगाइएको छ अरे.. तेसैले पनि भारत बाट बली दिन नेपाल आउने को सन्ख्या बढेको हो अरे

काठमाडौंका राजेन्द्र बज्राचार्यले गढीमाई बलिको मात्र बिरोध गर्नु पाखण्ड हो भनेर काठमाण्डु पोस्टको पाठक प्रतिक्रियामा लेख्छन्.. उनी भन्छन् दिनहुकाठमाण्डु मा मात्रै पनि हजारौं रागा, भैसी, कुखुरा काटिन्छन्.. काट्ने प्रयोजनको लागि अमानवीय तरिकाले ओसार पोसार र खोरमा राखिन्छ..काठमाण्डुको दक्षिणकालीमा प्रत्येक मंगलबार र शनिवार बलि दिन टाढा टाढा बाट मानिस आउछन्.. तेसको कुनै बिरोध छैन् गढीमाई कै परम्पराको बिरोध किन ?

राजेन्द्र बज्राचार्य थप्छन्.. पशु माथि पनि अन्याय गर्नु हुदैन भन्ने भावना अति राम्रो हो तर हामी पाखण्डी नवनौं.. मैले एउटा कुईरे ले दक्षिणकाली बलि दिईएको बोकाको टाउको र रगतको फोटो व्लगमा राखेको भेटेको थिए जसमा उसले लेखेको छ हिन्दुहरु आफुलाई अहिंसा का पुजारी भन्छन्.. हामी जनावरलाई पनि ईश्वरका सन्तान भनेर पुज्छौं भन्छन्.. तर यो घटना देखेपछि मलाई हिन्दुहरु संसारका सबैभन्दा पाखण्डी मानिस हुन् भन्ने लागेको छ

तेसो त पशु अधिकार को धारणा जनावरहरु संग मात्र पनि संबन्धित छैन्..यसको मानव अधिकार संग पनि गहिरो सम्बन्ध हुन्छ.. भनिन्छ पशु मानिस भन्दा कमजोर हुन्छ.. पशुलाई मानिसले बलि दिनुको अर्थ के हो ?यसको अर्थ हो कि बलियो ले कमजोरलाई बलि दिनु, मार्नु वा हेप्नु स्वभाविक हो.. प्रकृतिको नियम हेर्दा बलियो ले कमजोरलाई दबाएकै देखिन्छ तर बाघ ले पनि बाच्नको लागि अरु उपाय नभएको हुनाले आहाराको लागि भनेर मात्र र त्यो पनि एउटा मात्र मृग मार्छ.. मान्छे मात्र एकमात्र त्यस्तो दुईखुट्टे जन्तु हो जसले धर्म का नाम मा पनि एक साथ लाखौको ज्यान लिन्छ..

यसको अर्थ हो जब तपाई धर्म का नाम मा आफु भन्दा फरक र कमजोर भएकै कारणले पशु बलि गर्नुहुन्छ र त्यसको समर्थन गर्नुहुन्छ भने अन्तत तपाईले यो भनिरहनु भएको छ कि धर्म वा कुनै वादको नाम मा आफुभन्दा फरक र कमजोर मानिसहरुलाई पनि बलि दिन वा मास स्लटर गर्न मिल्छ..बीसौ शताब्दीका दर्दनाक र अमानवीय भनिने हिट्लर को ग्यास च्याम्वर,स्टालिनको पर्ज, हिरोसिमा र नागासाकी को अणु विध्वंस देखि हालसालै का अमेरिका को ट्वीन टावर देखि अफगानिस्तानका गाउँहरुमा बम बर्षा स्वभाविक हुन जान्छ.. तेति मात्र हैन हाम्रै नेपालमा अनि छर छिमेकमा धर्म, वाद, जाति, र सभ्यताका नाममा चलिरहेका साना ठुला सबै युद्ध र मारकाट् स्वभाविक नियति हुन जान्छ

तर मलाई लाग्छ बिरोधको यो भन्दा पनि गहिरो मनोवैज्ञानिक कारण छ..ईश्वरको नाम मा पशुहरुको बलि, मास स्लटर वा सामुहिक हत्याले यो पनि प्रमाणित गर्छ कि मानिस पशु भन्दा पनि मुर्ख प्राणी हो.. र यस्तो निष्कर्षले आफुलाई सर्वश्रेष्ठ भन्दै आएको मानिसको ईगो मा गहिरो धक्का दिन्छ्.. यो धक्का त्यस्तै हो जसरी क्रिश्चियनहरुलाई डार्बिन र डकिन्सको ईभोलुशन वा मानव उत्पति को सिद्धान्त स्वीकार गर्न गाह्रो हुन्छ किनभने त्यसले मान्छेलाई ईश्वरका नभई बाँदरका सन्तान को रुपमा अवमुल्यन गर्छ अरे..

एउटी लेखिका ले यसो पनि भनेकि छिन्.. पशु कमजोर भएकै कारणले तपाई उसलाई काटेर खाईदिनुहुन्छ भने तपाईकि मर्न लागेकि बुढी बजै को के काम ?.. तिनलाई पनि काटेर खाईदिनोस् न त

8 comments:

  1. अत्यन्त मन छुने टाँसो! अरु कुरामा हावा ब्रोसंग बेला-बखत पाखुरा सुर्कने, झगडा गर्ने गरे पनि यो कुरामा भने हामी साँच्चैका 'कमरेड' रहेछौं:)
    जनावरको बली र मान्छेको बलीमा फरक लाग्दैन मलाई पनि। विचारोत्तेजक टाँसोको लागि धन्यबाद!

    ReplyDelete
  2. धेरै पछि नै हावा ब्रो को कुरा हावा लागेन । निश्चय नै यस्ता कुप्रथा को अन्त्य हुनु त पर्छ तर पनि सरकार ले भने जस्तै साम्प्रादायिक आस्था र विश्वास माथि धावा बोल्दा, हानी हामी आफैँलाई हुनसक्छ ।

    हुन त यहाँ, दक्षिणकाली को पनि कुरा उठाइएको रहेछ । विभिन्न तहबाट पनि सबैले भनेकै छन् तर पनि भन्दै मा एक्कै चोटि मा यति पुरानो चलन कसरी रोकिन्छ र ?

    रगत तताइदिने ब्रो को पोस्ट को लागि धन्यवाद छ है ।

    ReplyDelete
  3. ताली बजाउने छुट्टै Box राखिदिनुपर्यो सर!! यो हो लेख भनेको । शिर देखि पाउसम्म एउटै शब्द नछुटाई पढेँ । and totally convinced with your views.

    ReplyDelete
  4. ब्रो, बलीले ईश्वर खुशी हुने कुरा मलाई पनि विश्वास लाग्दैन ( त्यसो त व्यक्तिवादी ईश्वरमा नै विश्वास लाग्दैन :)

    तर जसले जे जसो गरी भने वा दबाब दिए पनि एकै चोटीमा यो सयौं बर्षको परम्परा रोकीन चाही गाह्रै हुन्छ । जे होस यसपाला चौतर्फि रुपमा यसको बारेमा चर्चा परिचर्चाले विस्तारै मानिसलाई बलीमा विश्वास गर्नेलाई पनि 'उल्टोतर्फ' सोच्न बाध्य गर्ला भन्ने लागेको छ । त्यो पनि सकारात्मक नै हो ।

    ReplyDelete
  5. धर्म को नाममा पशुपंक्षीको बलि दिनु अवश्य पनि राम्रो होईन। अहिले यो प्रथाले जरा गाडिसकेको छ। मानिस को सोच मा परिवर्तन नआए सम्म यो परिबर्तन पनि सम्भव छैन। यसरी बलि दिएर धर्म हुन्छ भन्नु मुर्खता हो| धर्म को नाममा यस्ता बिक्रीति बिस्तारै हटाउदै जानु पर्छ ।

    धन्यवाद हावा जी यति राम्रो पोस्टको लगी ।

    ReplyDelete
  6. हा हा। गजब चित्त बुझ्यो। दिलिपजीले भने जस्तो पाखुरा सुर्कन पाईएन भने यो बल्गनै खल्लो हुन्छ। तर एउटा कुरामा यहा नेर केही भन्न मनलाग्यो भने यो क्रिष्चियन धर्मको एक जना पादरी ( हुन सक्छ पाखष्डीनै थाह भएन तर हुँ भन्थ्यो) संग कुरा भएको थियो। बाहिर कुकुरा काटेर भोजको तयारी भई रहदा मैले सोधेको थिए। हैन तपाईहरु पनि काटमार गर्नु हुन्छ त्यो पनि धार्मिक स्थल बाहिर भन्दा जनावार वा पशुहरु त भगवानले मानिसको लागि खान बनाएको हो भनेर तर्क गर्दै थिए। मलाई थाह भएन । यहाँनेर एक जना खैरेले आफ्नो बल्गमा यसो लेखेको थियो भनेरको पढेको ले मैले सुनाएको मात्र।
    एउटा कुरा जसले बली दिनको लागी मार हान्छ, बेलुकानै घर गएर तैले मार हानिस भने तेरो मार हान्छु भन्नु पर्ला जस्तो छ। अब काट्ने मान्छे नै नभए पछि के को बली। हा हा

    ReplyDelete
  7. बसन्त ब्रो, तपाईंले साकाहारी हुने प्रयास गर्दै हुनुहुछ भन्ने सुनेको थिए तेसैले यो पोस्ट "ठिक" लागेको हुनपर्छ..जहासम्म पाखुरा सुर्कने कुरा छ ब्लग को मजा नै त्यै त छ घम्सा घम्सी पनि हुने चोट पनि नलाग्ने.. एउटा ले लेख्यो अनी अरुले हो हो ठीक हो सही कुरा कीप इट अप भनेर मात्रै पनि के मजा ? कि कसो त ?.. तो ता हो

    आकार ब्रो, ह के अरे ? हावा लागेन रे ? पख्नुस् अर्को पल्ट तपाईंको हावा खुस्किने गरी हावा लाइदिनुपर्ला..अनी हो ब्रो सरकार ले भन्दा पहिला हामी आँफै ले आफ्ना जड् मान्यताहरुमा धावा बोल्नुपर्ला ..अनी एकै चोटि मा आस्थागत परम्परा फेरिन्छ मैले पनि भनेको छैन अलिकता हावा मात्रै चलाएको हो..अनी अहिले नै रगत नतताउनोस है ब्रो..कूल डाउन म्यान ;)

    अशेष सर, धन्यबाद.. तर ताली बजाउने बक्सा राखेभने ताली भन्दा पनि बढी गाली आउछ फेरी क्या..अनी ब्रो को एउटा कुरा समातियो नि..यो पोस्ट मा मात्रै पढेर कम्मेन्ट गर्नुभाको राइछ.. पैला को पोस्ट मा त नपढी नै कम्मेन्ट गर्नु भाको रैछ है ब्रो को भनाइ अनुसार.. अनी कन्विन्स पनि न होउ होला कि..लेट्स डिस्कवर थिङ्स टुगेदर ;)

    ReplyDelete
  8. दिलिप ब्रो, तपाईं ब्यक्तिबादी इस्वर मा विश्वाश नगर्ने अरे ? अनी के त साम्यवादी ईस्वरमा विश्वाश गर्ने हो त ? माओवादी लाई समर्थन गर्ने म तर कम्मुनिस्ट त तपाईं पो हुनुहुन्छ जस्तो छ है..पोल खुल्दैछ तपाईंको पनि..म देखिराछु कि अचेल तपाईं पनि धेरै उल्टो उल्टो सोचिरहनु भाछ ;)

    सुजन जी, तपाईं त निकै समझदार पो हुनुहुदो रहेछ.. कस्तो फ्याट्टै कुरा बुझ्नुभाको.. हो नि हामीले आफ्नो सोच मा परिवर्तन नल्याए सम्म कसरी वास्तविक परिवर्तन होला ?.. अनी सुजन जी यो बली वा मारकाट प्रथा ले धर्ममा मात्र हैन हाम्रो जिब्रो मा पनि जरा गाडेको जस्तो छ ;)

    दूर्जेय ब्रो, मैले पनि तपाईंले भने जस्तो सुनेको हो है.. बाइबल मै लेखेको छ रे.. फेरी मैले यो भन्दा त्यो वा त्यो भन्दा यो धर्म राम्रो पनि भनेको हैन है.. सबै धर्मका उदेस्य असल नै होलान तर सबै धर्मलाई शोषण को माध्यम बनाइएको पनि अवस्य हो.. बरु ब्रो को जोकस सुन्दा त ब्रो ले साइन्स पढेर जापान मा फ्रेश हाउस तिरै पो लागियो कि जस्तो छ है ;)

    ReplyDelete