Monday, December 7, 2009

प्रचण्ड्लाई नई दिल्ली नजाने आदेश

प्रचण्ड्लाई नई दिल्ली नजाने आदेश मैले जारी गरिबक्सेको छु.. तपाई हास्नु पनि भो होला.. अहिलेपालि चाहि साच्चैं नै हावा कुरा गर्यो एसले भन्नुभोहोला.. प्रचण्ड जो आफै भन्छन् जनयुद्ध का समय धेरैजसो समय दिल्ली बसियो.. उनलाई दिल्ली नजान भन्ने ? बडो राष्टवादी बन्दो रछ दिल्ली नजादैं मा राष्टवादी हुन्छ ? तेत्रो ठुलो शक्तिशाली छिमेकि सांस्कृतिक र व्यापारिक सम्बन्ध लाखौं नेपालीहरुको ईण्डियामा रोजगार आदि आदि..

म भन्छु भारत वा ईण्डिया र त्यहाँका जनता भन्नु र नई दिल्ली भन्नु फरक कुरा हो.. नेपाल र भारतका जनता का मिल्दाजुल्दा संस्कृति छन्.. कतिपय ठाउँहरुमा रोटी र बेटी को सम्बन्ध छ.. आजको विश्वमा व्यापारिक र व्यावसायिक उदेश्यले जो पनि जहाँ पनि जान सक्छ.. मैले प्रचण्डलाई नई दिल्ली नजानू भनेको हो.. दिल्ली वा पुरानी दिल्ली नजानू भनेको छैन्.. पुरानी दिल्ली गए हुन्छ.. म आफै पनि जान्छु बेला बेला मा ईण्डिया.. तर मलाई नयी दिल्ली मन पर्दैन्.. पुरानी दिल्ली जनताको हो.. तर भारतकै जनताको भनाई अनुसार पनि नई दिल्ली नव उपनिवेशवादी बाबुसाहेबहरुको हो

अचेल प्रचण्ड फेरि कन्फुज भाछन् अरे.. जत्ति छलफल गर्दा पनि कुरा अघि बढने होईन्.. कडा आन्दोलन गरौं त जनताले पनि दुख पाउछन्.. बरु यी आफ्नो दिमाग नभएका रिमोट कन्टोलबाट चल्ने कठपुतलीहरुसंग खेल्नु भन्दा त सोझै यिनका प्रभुसंग दिल्लीमै गएर कुरा सल्टाउँ कि जस्तो भईराछ अरे.. कोही परराष्ट्र नीतिकार भनाउँदाहरु सुझाव पनि दिन्छन् अरे.. प्रभु को दरवारमा त एकपट्क त जानु नै पर्छ भनेर

म भन्छु.. प्रचण्ड तिमी फेरि नई दिल्ली गएर प्रभुहरुसंग सम्झौता गर्यौ भने तिमी पनि कठ्पुतली नै हुनेछौ.. फेरि निरन्तरता को निरन्तरता हुनेछ.. उनेर्ले भनेको टेरेनौ भने तिम्लाई फेरि घोक्राउने छन्.. अनि तिमी किन नई दिल्ली जाने ? तिमी के हरुवा पार्टीको हरुवा नेता हौ ? तिमीलाई ती जनता माथि विश्वास छैन् जस्ले तिमी र तिम्रो पार्टीलाई विश्वास गर्यो ?

कहिलेकाहि प्रचण्डको धूत्र्याई देखेर मलाई पनि झोक चल्छ.. फेरि सोच्छु प्रचण्ड येति धुर्त नभएर मेरै तालमा हिडेंका भए यिनको फोटोमा पनि श्रद्धान्जलीको माला झुन्डिसक्थ्यो.. यदि नेगोसिएसन् बाटै कुरा मिल्छ भने किन् जनधन क्षति हुने कडा आन्दोलन मा जाने भन्ने प्रचण्ड एन्ड कम्पनी को मनसाय देखिन्छ.. तेसैले न कहिले सिंगापुर को हस्पीटल् त कहिले झिन्गापुरको बालुवाटार गर्नु परेको हो

मलाई लाग्छ नेपालले छिमेकी देशहरु र खासगरी भारतसंग को सम्बन्धमा एउटा प्रस्ट बैदेशिक नीति बनाउनै पर्छ.. कि हामी भुटानले जस्तो भारतीय सुरक्षा छाता स्वीकार गरौ.. वा सिक्कीम जस्तै नेपाललाई पनि भारतकै एउटा राज्य बनाऔं.. तर नेपाल एउटा स्वतन्त्र राष्ट हो पनि भन्ने अनि नेपालका नेताहरुले नई दिल्ली संग धेरै लसपस पनि गर्ने चरित्र छाड्नुपर्यो

अचेल म सोच्छु राजनीतिक स्तरमा नेपाल भारत संबन्धमा कम्जोरी भारतका भन्दा पनि नेपाली नेताहरुकै छ.. जस्तो कि उपेन्द्र यादवले पनि भने नेपालका नेताहरु आफै नई दिल्लीमा भारतीय नेताहरुको चपरासी बन्न गएपछि उनीहरुले हेप्ने नै भए.. हैन भने आफ्नै देशको प्रान्तीय सरकार मा त नई दिल्लीले हस्तक्षेप गर्न सक्दैन् नेपालमा कसरी सक्छ ?

कतिपय ले मधेशी नेताहरुलाई भारतीय ईशारामा चलेको दोष दिन्छन्.. कतिपय मधेशी नेताहरु मार्फत दिल्लीका नेताहरुले नेपालमा खेल्न नखोजेका हैनन्.. तर बहुमत मधेशी जनमत् ले त्यस्ता प्रवृत्तिलाई अस्वीकृत गरेको छ.. मधेशी जनताको एकमात्र गुनासो के छ भने उनीहरुलाई राष्ट्रिय मुलधारमा स्वीकार गरिएन्.. वास्तव मा मधेशी नेताभन्दा पनि मुलधार का भनिने राष्टिय पार्टीहरुका पहाडिया नेताहरुनै बढी दिल्ली परस्त देखिएका छन्

वास्तवमा भारतीयहरुकै यति धेरै राजनीतिक, सामाजीक, भौगोलिक र आर्थिक बिबिधता छन् कि उनेरुलाई नेपालको बारेमा धेरै चासो पनि नहोला.. हामी नेपाली नै विभिन्न बहानामा उनेरुको हस्तक्षेप खोज्छौं.. वास्तवमा भारतकै पनि छिमेकि देशहरु मध्ये सबभन्दा किच्चक छिमेकि हामी नेपाली नै हौला.. पाकिस्तान संग शत्रुता भए पनि एक किसिमको प्रस्ट सम्बन्ध छ.. हाम्रो हेरौ त एकथरी मान्छेहरु सुदको भव्य स्वागत गर्छन् अनि अर्काथरी सुदको पुतला जलाउँछन्

मधेशमा मात्र हैन् धेरैजसो त सुद पहाडकै गाउँहरु तिर पुग्छन्.. कट्वाल काण्डमै पनि सुदलाई एक्टीभ बनाउने कट्वाल एन्ड कम्पनी पनि नेपालीहरु नै हुन्.. शायद हामी मै केही कम्जोरी छ.. म देख्छु जहाँ सुद जान्छन् त्यहाँ त अहिले पनि उनको भव्य स्वागत हुदो रछ.. अनि सुद पनि कन्फ्युज नहुन पनि कसरी ? उनलाई पनि लाग्दो हो कि ए हमको तो नेपालमे सब् लोग् स्वागत् करतें है ये प्रचण्ड् का ही माथा खराब् है

तेसैले म चाहन्छु आन्तरिक राजनीतिको समीकरण मिलाउने प्रयासमा प्रचण्ड दिल्ली नजाउन्.. जत्ति प्रयास गर्नु छ नेपाल भित्रै गरुन्.. यी कांग्रेस एमाले का नेताहरु पनि नेपाली नै त हुन्.. देशै बिग्रोस भन्ने त यिनीहरुको पक्कै पनि चाहना त नहोला.. त्यै लोभी पापी मन् न हो खाईपाई आएको सुबिधा र शान गुम्ला भन्ने पीर होला यिनेर्को

जेसुकै भए पनि म चाहन्छु यसपाला चाहि प्रचण्ड कुरा मिलाउन नई दिल्ली नजाउन्.. बरु पछि जाउन्.. बाबुरामले भने जस्तै नेपाललाई चीन र भारत बीचको पर्खाल नबनाई चीन र भारत बीचको पुल नै बनाउन्.. मलाई पनि फाईदै हुन्छ बिजनेश गर्न.. तर सरकार बनाउने र टिकाउने खेलमा सजिलो हुन्छ भन्दै मा प्रचण्ड नई दिल्ली नजाउन्.. घर भित्रको कुरा घरमै मिलाउन्

11 comments:

  1. कुरो सहि गर्नु भो | यसमा भत्ता पाउनकै लागि म आलोचना गर्दिन | भारतले हस्तक्षेप गर्नुमा धेरै चाहिँ नेपालकै नेता भनाउँदाको हात छ |

    ReplyDelete
  2. भारतिय विस्तारवाद मुर्दावाद! हैकमवादी निति मुर्दावाद! यसरी आज नारा लगाईन्छ नेपालमा अनि भोलिपल्टै फेरि तिनै नेताहरू तथाकथित विस्तारवादी र हैकमवादीको सरणमा पुग्छन् आफ्नो आन्तरिक मुद्धा मिलाउनलाई!!!
    कडा तर्क हावाको ।

    ReplyDelete
  3. हावाजी, यो आदेश सबै स्वाभिमान नेपालीको आदेश हो । यसलाइ प्रचण्डले जसरी पनि मान्नुपर्छ । ए.माओवादी पार्टी भित्रै पनि इमान्दार कार्यकर्ताले यो आदेश मान्न दबाब दिनुपर्छ ।

    ReplyDelete
  4. हावा ब्रोले सुझाएको कुरो ठीक भएर के गर्नु, प्रचन्डको लबस्तरो बानी हेर्दा शंकै लाग्छ!

    ReplyDelete
  5. हावा ब्रोले भत्ता दिनको लागि निकै आम्दानी गरे जस्तो छ । खै ब्लगमा यसो हेर्दा बिग्यापनका सामाग्री केही पनि देखिदैन त्यस्तो अर्थिक स्रोत आर्जन हुने। कि धमलाको जस्तो टेबुलमुन्तिरको जादु घुमाइन्छ र ? बरु यसो गूगल एड राखे ब्लग छिर्दा क्लिक गरिदिनु हुन्थ्यो । चिया खर्च जुताउन सजिलो अनी कानुनी तवरमा मान्यता पनि। हुनलाई मैले जुनै ब्लग घुमे पनि उनिहरुको एडलाई एकपटक थिचिदिन्छु। बहुरास्ट्रीय कम्पनीको अलिकती फाईदा किन उनिहरुलाई मात्रै कुम्लाउन दिने ? यसो मेहनत गरेर ब्लग लेख्ने साथीहरुको सुको आना पनि त आउनु पर्‍यो। हाम्रो ब्लग, माइसन्सार, आकार, अर्चना , अन्जलीजी हरुको ब्लगमा त राखेकै छन घुम्दा थिचिन्छ पनि तर दौतरी, नेपालप्लस , सुजन दिदी, दिलिप गुरु , खुल्लामन्च ...; आदी ब्लगरको चाँही छैन नराखे मैले कता थिच्नु । तर भत्ताको बन्दोबस्त गर्नेले धन्यबाद मात्रै दिएर कमेन्ट गर्नेलाई झुक्याउन त भएन गाँठे। हामी यहाँ भत्तामा के आउने हो भनेर ईमेल हेर्दा हेर्दै अबिरल यात्री भैगयो । मिलन जी पनि थाक्नु भएको जस्तो छ भत्तामा ब्लाङ्क चेक मात्रै पाएर होला शायद। अहो नि ब्रो प्रचण्डे धुर्त नभएको हुँदा हुन त अहिले सिल्टिमुरका चटनी भैसक्थे । यती धुर्त नहुने हो भने राजनीतिमा नेता हुनै सक्दैन तर नयाँ दिल्लीको भ्रमणमा नगैदिए लोकले नाक लुकाउन पर्दैन थियो होला र हावा ब्रोको इज्जत पनि थामिने थियो। आगे उनै चिल्लो जुङेँ बुढाको मर्जी।

    ReplyDelete
  6. मिलन जी, फस्टमा कमेन्ट गरेर पनि तपाईं भत्ता को अवसर गुमाउन हुन्छ अब म के भनु.. अनि ब्रो हो भारतले हस्तक्षेप गर्नुमा नेपालका नेताहरुकै हात छ.. त्यसको अर्थ भारतीय नेताहरु बहुत सरीफ छन् हस्तक्षेप गर्न खोज्दैनन् भन्ने हैन.. भारतीय नेताहरु कस्ता चुतीया छन् भन्ने कुरा भारतकै जनताका भनाई र मिडिया मा आउने कुराबाट था हुन्छ.. तर चोरलाई मात्रै दोष लाएर त भएन्.. हाम्रै नेपालका नेताहरुले पनि घरको झ्याल ढोका ह्वांगै राखेपछि चोर् त पस्ने नै भयो.. कि कसो ?

    असेष ब्रो, नारा तपाईं लाउने अनि कडा तर्क गर्यो भनेर चाहि मलाईं भन्ने ? ;).. अनि ब्रो तथाकथित मात्र हैन नई दिल्लीका नेताहरु वास्तवमै विस्तारवादी र हैकमवादी हुन् भन्ने मेरो सोच छ

    बसन्त जी, धन्यवाद.. तपाईले भनेजस्तै स्वभिमानी नेपालीहरुको यो आवाज माओवादीले ठुलो पार्टी भएको हुनाले पनि सुन्नै पर्छ.. तर कांग्रेस एमाले का ईमान्दार कार्यकर्ताले पनि आफ्नो नेतृत्वलाई दबाब दिनुपर्यो.. भर्खरै म बि पी कोईरालाको एउटा लेख पढदै थिए जसमा उनले त्यो तत्व बाट सावधान भनेर नेपाली नेताहरुलाई भारतीय नेताहरुबाट सतर्क रहन सुझाव दिएका छन्.. यि तिनै बि पी कोईराला हुन् जो आजीवन निर्र्वासनमा भारतमै रहे तर भारतीय हैकमवाद संग झुकेनन्.. बरु मृत्युदण्ड लाई पनि बेवास्ता गर्दै नेपाल फर्के.. म त बारम्वार यही कुरा भन्छु एमाले कांग्रेस का नेता कार्यकर्ताहरुलाई कि तिमेरु आफनै जन्मदाता बि पी र मनमोहन् को इज्जत किन राख्दैनौ ?

    धुर्व ब्रो, प्रचण्डलाई पनि जनधन को क्षति नहोस भन्ने तर्फ ठुलो दबाब छ.. फेरि तपाई को नाम जस्तै यो पनि ध्रुव सत्य हो कि अहिले सम्म नेपाल मा को पावरमा हुन्छ भन्ने कुरा उसले नई दिल्ली का बाबुहरुसंग कसरी डिल गर्छ भन्ने कुरामा भर पर्छ.. चाहे ती राणा शासक हुन् वा वि पी कोईराला वा महेन्द्र र ज्ञानेन्द्र वा हालसालैका गिरीजा प्रचण्ड वा माकुने नै किन नहुन्.. म चाहन्छु नेपाली जनताले प्रचण्डलाई आफ्नो अडान् मा टिकीरहन् बल दिउन्

    लेकाली ब्रो, हा हा हा.. तर सुको आम्दानी छैन् ब्रो.. धमलाले कसरी जादु गर्छन् था भएन ब्रो तर तपाई पनि महसुस गर्न सक्नुहुन्छ कि जसले यो व्लगमा यसरी खोक्छ उ हावा त हुन सक्छ तर कसैको पनि टेबुल मुन्तिर जादु घुमाउन सक्दैन्.. अरु भारेभुरेका कुरै छाड्नुस् नई दिल्ली र बासिंगटन का बाबुहरुलाई पनि जुत्ता देखाउँछ.. वास्तवमा तपाई हामी जस्ता मान्छे यसरी संचार माध्यममा आउनै सक्दैनन्.. तर शायद गुगल् व्लग बुर्जवा संचार क्षेत्रमा सबभन्दा ठुलो क्रान्ति हो.. अरु ब्लगर साथीहरुले जस्तै यसको म पनि रणनीतिक उपयोग गर्दैछु ;)

    अनि ब्रो बिज्ञापन राख्म भने चिया खर्च त जुट्ला.. बेरोजगार भएको बेला त तेसो गरौ कि जस्तो पनि हुन्छ.. फेरि त्यसमा सम्झौता पनि निकै गर्नुपर्छ.. तपाईले नै कुनै दिन भनिदिनुहोला पैसा कमाउन यसले यस्तो कुरा गर्छ वा मैले तेरो व्लगमा बिज्ञापन चलाईदेको छु तेसैले मेरो कुरा हो भन् भन्नुहोला.. तपाईलाई था नै होला कान्तिपुर बाहेक नेपालका सबै सन्चार माध्यम घाटामा चलेका छन्.. कसरी चलेका छन् त ? कान्तिपुर पनि कसरी नाफामा चलेको छ त ?.. कुरो बुझ्नुभो होला नि..;) तेसैले पनि पैसा कमार्ईएन भनेर म धेरै पीर गर्दिन

    अनि ब्रो.. त्यो ता हो.. प्रचण्ड्ले धुत्याई नगर्दा हुन त उनी त के उनको पार्टीले नै सिलटिम्मुर खाईसक्थ्यो होला.. उनी पनि गोन्जालो वा प्रभाकरण भइसक्थे होला र त्यो खतरा अहिले पनि उनलाई छ.. तैपनि यही कामना गरौ कि उनले नई दिल्ली जानु नपरोस्

    ReplyDelete
  7. हावा ब्रो को कुरा पढ्दा लाग्छ, म पनि हावा हुन पाए ।

    के गर्ने पत्रकारले निश्पक्ष भइ कलम चलाउनुपर्छ रे । भुत्राको निश्पक्ष हुनु नि । आज नविन विभासको ब्लग हतारूमा (http://hataru.blogspot.com/2009/12/blog-post_07.html) कहानी कैलाली डुडेझारीकोपढेँ । यो कुरा उहाँ आफ्नो पत्रिका नागरिकमा लेख्न र छपाउन सक्नुहुन्न त्यसैले त उहाँ पनि गुगललाइ प्रयोग गर्दै हुनुहुन्छ ।

    ReplyDelete
  8. मैले चाही हाव ब्रोको प्राय:सबै पोस्ट नछुटाई पढ्छु । आजकल यो भत्ता फेरि सुरु भएपछि भने जोडदार कमेण्ट गर्‍या छैन (खै पुरानै चेक बाउन्स भो ईथोईपिया बैंक बाट) ।

    यो प्रचण्डलाई दिएको आदेश चाही नेपालका सबै नेताहरुलाई सामुहिक रुपमा दिएपनि हुन्छ । तर के गर्नु ढिलो-चाँडो तपाई हाम्रो आज्ञाको बर्खिलाफ यिनीहरु "नजा" भनेको ठाउँमा बारम्बार जाने नै छन ।

    अनि लेकाली ब्रो, मलाई यो गुगल एड राखरे ब्लग कुरुप बन्ने बाहेक हामी जस्ताको ब्लगले अर्को कुनै उपलब्धि हासिल गर्ला जस्तो लाग्दैन । अरु कोही कमाउने साथीहरु हुनुहुन्छ भने कुरा सुनौंला र हेरौंला :)

    ReplyDelete
  9. भारत र नयाँ दिल्लीबीचको भिन्नता...
    हाम्रा नेता आफैं उनीहरूकहाँ धाउनु ...
    जनमत पाएका प्रचण्ड सत्ताकै लागि भारत धाउन नहुने ...
    सूदको स्वागतमा सूदको 'कनफ्यूजन ...

    बडो राम्रो लेख्नुभो हावाजी ।

    ReplyDelete
  10. बसंत ब्रो, हावा हुन एकदम सजिलो छ पढ़ाई छ भने पढ़ाई हाफ्नुस काम छ भने बोस संग झगड़ा गर्नुस

    अनि तपैले भनेको ठीक हो पत्रकार पनि जागिरे न हुन.. उनेरुको पनि समस्या छ.. फॉर्मेट बाट बाहिर गएर लेखन सक्दैनन पत्रिका मा..तेसैले त भनेको ब्लग जिंदाबाद

    दिलीप ब्रो, धन्यबाद तर के गर्ने जसलाई भनेको हो तिनेरुले पढ़दैनन.. पढ़े पनि तिनेरुलाई लाज लाग्दैन.. भ्रष्टहरु नै यहाँ नागा बाबा बनेका छन

    अनि ब्रो, अरु नेताहरूले आदेश पालना गर्लान भन्ने मलाई चाहि कत्ती पनि आश छैन.. दिल्ली संग अडान लिने प्रचंड मुर्ख हो भन्दै उनिहरु प्रभुको दरबार मा धाउदै छन.. प्रचंड पनि कत्तिन्जेल टिकलान हेरम

    पुष्प ब्रो, अचेल को उपनिवेश भनेको पुरानो ज़माना को फौजी उपनिवेश त गर्नु को साटो उपनिवेश कै मानिसहरु लाइ बिभिन्न समूह मा लडाएर र गरीब जनतालाई आर्थिक सहायता को लोभ देखाएर आफ्नो नियंत्रण कायम गरिन्छ.. यो नव उपनिवेसबादी धारणा को प्रयोग कसरी नयी दिल्ली का केही नेता र कर्मचारीतंत्र ले नेपाल मा गरिरहेका छन भन्ने मैले राख्न चाहेको हो..नेपाल का नेताहरूले यो नबुझेका हैनन तर छोटे राजा बन्न उनेरू प्रभुको गुलामी गर्न तैयार नै हुन्छन्

    ReplyDelete
  11. http://www.nagariknews.com/politics/party-politics/7981-2009-12-09-08-41-58.html
    प्रचण्ड विदेशी प्रभुसँग मिले'
    अजित तिवारी, विराटनगर मंसिर २४- पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियनसरह रहेको बताएका छन्। उनले प्रचण्ड विदेशी प्रभु र अवसरवादीसँग मिलेकाले आफ्नो कुरा नमिलेको दाबी पनि गरे।

    ‘विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री सेकेन्ड क्लास र मधेशवादी दलका नेता पियनसरह हुन्छ’, विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता मातृकाले भने- ‘नेपाल विदेशी प्रभुको चङ्गुलमा फसिसकेको छ, नयाँ नेपालको कल्पना पनि नगरे हुन्छ।’ नेपालका हरेक निर्णय, सहमति र सहकार्य काठमाण्डूस्थित एउटा दूतावासमा हुने गरेको मातृकाको आरोप छ।

    ‘सरकारमा बस्दा मुद्दा हल हुने र सरकारबाट बाहिरिँदा“ मुद्दा थाँती रहेको देख्ने मधेशी जनअधिकार फोरमको आन्दोलनको कुनै औचित्य छैन’, मातृकाले भने- ‘उपेन्द्रलाई एक नम्बरको उपप्रधानमन्त्री बनाइदियो भने तत्कालै मुद्दा हल हुन्छ।’ उनले मधेशी जनता अब कसैको भुलभुलैयामा नलोभिने दाबीसमेत गरे।

    हतियारधारी सङ्गठनमध्ये क्रान्तिकारी छवि भएको र मधेशका हितमा काम गरिरहेकासँग आफ्नो कुराकानी भइरहेको बताउँदै मातृकाले भने- ‘झिझाको डकैत, चोर र फटाहाले पनि सशस्त्र समूह खोलेका छन्, उनीहरुसित कुरा हुँदैन।’ धनुषाको झिझा गाउँका पासवान बस्तीका प्राय:को पेशा डकैती हो।

    राजनीतिक दलहरुले भागबण्डा गरेर बेच्न लागेका जग्गा पार्टीका कार्यकर्ताले सुरक्षित गरिदिएको बताउँदै मातृकाले जनयुद्धको क्रममा कब्जा गरिएका जग्गालाई पनि पार्टीले सुरक्षित गरेको दाबी गरे। उनले भने- हामीले कसैको जग्गा कब्जा गरेका छैनौं।

    एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी प्रभु र अवसरवादीसित मिलेकाले आफ्नो कुरा नमिलेको मातृकाको भनाई छ।

    मातृकाको पार्टीले गठन गरेको बलको बन्द सत्र बुधबार विराटनगरमा जारी छ। बन्द सत्रमा बलका इन्चार्ज जगत यादवले कार्यनीतिक प्रतिवेदन प्रस्तुत गरेलगत्तै पार्टी संयोजक मातृकाले प्रशिक्षण दिएका थिए। ‘वाइसिएल र युथफोर्सहरुसित नभिड्न निर्देशन दिएको छु’, मातृकाले पत्रकार सम्मेलनमा भने- तर आइलाग्यो भने के गर्नुपर्छ, उनीहरुलाई थाहा छ।’

    ReplyDelete