Friday, January 15, 2010

नेपालीहरुको ढोंगी राष्टियता

अहिंसाको मामलामा जस्तै राष्टियताको मामलामा पनि नेपालीहरु पाखण्डी छन् । जो जति धेरै पढेलेखेको र सम्पन्न छन् उनेरु तेति नै धेरै पाखण्डी छन् । अचेल जातियता, क्षेत्रीयता र भारत केन्द्रित राष्टिय स्वाधीनताको चर्चा धेरै चलेको बेला मैले पनि केही सामान्यीकरण वा जेनरलाईजेशन गरेको छु ।

बाहुन छेत्री

शहरीया र शिक्षित र राजनीतिक बाहुन छेत्रीहरु को लागि राष्टियता महत्वपुर्ण छैन् । छेत्रीहरुमा परम्परागत रुपले शासकिय स्वरुपको कारणले अलिकता छ, बाहुनहरुमा त छँदै छैन् । राष्टियता समुहवादी धारणा हो । बाहुनहरु ऐतिहासिक रुपले नै अध्ययन, भाग्यवादी र व्यक्तिगत मोक्षमार्गी हुनेभएको उनीहरुमा समुहवादी भावना कम हुन्छ । तेसैले बाहुनहरु मुलत राष्टवादी हुदैनन् । उनेरुलाई यस लोक भन्दा पनि पर लोक को चिन्ता हुन्छ । उनेरुको संसारलाई परम्परागत रुपले दुई भागमा बाडछन् शुद्ध अशुद्ध, शुचि अशुचि, अपवित्र पवित्र, चोखो जुठो आदि । उनेरुको प्रयास सकेसम्म चोखो, पवित्र शुद्ध हुनु देखिनु हुन्छ । बर्तुन गर्नासाथ बाहुनको पहिलो मन्त्र हुन्छ अपवित्रो पवित्रोवा आदि अदि । तेसैले परम्परागत व्याख्या अनुसार बाहुन भन्न लायक अचेल कोही पनि नरहेको भएपनि हरेक कुरामा उनेरु आफुलाई अरु भन्दा पवित्र र शुद्ध देखाउने चेष्टा गर्छन् । तेसैले एक अर्थमा बाहुनहरु सबैभन्दा शुद्ध नस्लवादी वा रेसिस्ट पनि हुन्छन् । धेरै शुद्धतावादी को ढोंग गर्नपर्ने भएकोले धेरैजसो पाखण्ड बाहुनहरुमा नै हुन्छ । तेसैले सबैभन्दा शुद्ध प्रजातन्त्रवादी पनि बाहुन नै हुन्छन्, शुद्ध कमुनिष्टको दावा पनि बाहुनकै हुन्छ । छोटकरीमा भन्दा राजनीति गर्ने धेरै जसो बाहुन छेत्रीहरु अवसरवादी र भ्रष्ट चरित्रका छन् । तर कतिपय बाहुनहरु असल र उत्कृष्ट पनि हुन्छन् जस्तो कि म ।

जनजातिहरु

जनजातिहरुमा सामुहिक भावना बढी हुने भएकोले सर्सती हेर्दा उनेरु बढी राष्टवादी देखिन्छन् । तर राष्टियता को मामला जनजातिहरु बीच नै धेरै फरकहरु पनि छन् । कतिपय जनजातिले आफुलाई नेपालको आदिवासी र लडाकु भनेपनि नेपालको सुरक्षा भन्दा पनि जनजातिहरु अरु देशको सुरक्षाको लागि प्रसिद्ध छन् । ब्रिटीश र खासगरी भारतीय राष्टिय सेनामा जागीर खान मरिहत्ते र गर्व गर्ने जनजातिहरु कसरी नेपाली राष्टवादी हुन सक्छन् ? तेसो त अचेल म भारतसंग आईपरे लडनुपर्छ भन्ने सामान्य जनतामा धेरैजसो जनजातिहरुलाई नै देख्छु । भारतले सिमाना मिच्यो भारतसंग लडनुपर्छ भनेर जनजातिका सदस्यहरुले भनिरहँदा उनेरुको भावभंगिमा देखेर अचम्म लाग्छ उनेरुले साच्चै नै पुरा विश्वास का साथ भनिरहेका हुन्छन् । नेताहरुले जस्तो कोरा राजनीति मात्र भनिरहेका हँुदैनन् । मलाई के निश्चित लाग्छ भने नेपाल भन्ने राष्ट रह्यो भने त्यो जनजातिकै जुझारुपनाले मात्रै रहन्छ । तर जबसम्म नेपाली जनजातिका सदस्यहरुले भारतीय सुरक्षा नीति अनुसार भारतीय सेनामा जागिर खान्छन् तबसम्म नेपाल कमजोर नै रहनेछ ।

क्षेत्रीय पहाडी मधेशीहरु

बहुसंख्यक मधेशीहरु सिद्धान्तत बाहुन जस्तै नेपाली राष्टवादी छैनन् । सबैमा अपवाद भए जस्तै मधेशी राजनीतिक नेताहरुमा रामवरण र मातृका यादव पनि अपवाद नै होलान् । राष्टिय राजनीतिमा हिजोअस्ति सम्म बाहुनवाद हावी भए जस्तै मधेशी राजनीतिमा आजसम्म पनि उच्च हिन्दु जातिवाद नै हावी छ । जहाँसम्म जनताको कुरा छ, अहिलेसम्म मधेशी जनता भन्दा पनि पहाडिया जनताहरु नै भारत र भारतीय रोजगारमा निर्भर छन् । विगतमा यो कुरा नबुझेका वा बुझ पचाएका ढोगी पहाडी राष्टवादले मधेशी जनतालाई राष्टिय मुलप्रवाहमा स्वीकार गरेन । परिणामस्वरुप भारतले अवसरवादी नेताहरुलाई प्रयोग गरेर नेपालको जनसाख्यिक अतिक्रमण गर्न सफल भयो । अहिलेका धेरैजसो मधेसी शसस्त्र दलहरु मधेशी आत्मसम्मानको लागि भन्दा पनि नेपालको राष्टिय सुरक्षा कमजोर पार्ने उदेश्यले भारतको आडमा संचालित आतंकवादी संगठन हुन् । अहिले त उच्च शिक्षित बहुसंख्यक संभ्रान्त मधेशीहरु पनि नेपालमा भन्दा पनि भारतीय मुलप्रवाहमा मिसिन पाउँदा नै खुशी हुनेछन् ।

सारांश नेपालीहरु नै राष्टवादी छैनन भने भुत्रो हुन्छ नेपाल को राष्टिय स्वाधीनता ?

14 comments:

  1. नेपालीहरु नै राष्टवादी छैनन भने भुत्रो हुन्छ नेपाल को राष्टिय स्वाधीनता ? निश्कर्ष निराषाजनक भए पनि यथार्थ यहि नै हो । व्यक्ति पिच्छे राष्ट्रयताको परिभाषा भिन्न देखिँदै गएको वर्तमानको चित्र त यही नै हो । हावा जीको विचारमा पूर्णत समर्थन गर्छु । तर हावा जी कसो गरे भइएला पक्का राष्ट्रवादी ?यसो अाइडिया पनि दिनुपरो नि।

    ReplyDelete
  2. नेपाल भन्ने राष्ट रह्यो भने त्यो जनजातिकै जुझारुपनाले मात्रै रहन्छ भन्ने हावा ब्रोको विचारमा मेरो पनि सहमति। उत्तरका होउन् कि दक्षिणका, बाहुनहरुको मलाई पनि भर छैन तर म पनि के ठान्छु भने कतिपय बाहुनहरु असल र उत्कृष्ट पनि हुन्छन् जस्तो कि म ;) कुरो जेसुकै गरे पनि जातीय सहिष्णुता चाहिँ नमासौँ है। भिन्न विचार राखेकै कारण कसैको नाक काट्ने तालिवानी शैली नदोहोरियोस्।

    ReplyDelete
  3. राष्ट्रियतालाई जातजातिसँग तुलना गरेर हेर्नु कत्तिको ठीक हो, i don't know.
    जुनसुकै जातजातिका भए पनि पक्का राष्ट्रवादी नेपाली ज्यादै थोरै छन् मेरो ठम्याइमा । यद्यपि पक्का राष्ट्रवादी कस्लाई भन्ने मलाई पनि थाहा छैन ।

    ReplyDelete
  4. तीतो तर मीठो पस्किनुभयो हावाजीले ।

    ReplyDelete
  5. के हो रास्त्रियता? यसलाई खै हामि मध्ये कसैले नि राम्ररि बुझ्या जस्तो लाघेन तर ज भए नि पड्दा गहन बिसय नि हलुका जस्तो लाग्यो..एक हिसाबले रमाईलो भयो भन्नु पर्यो.

    ReplyDelete
  6. एकछिन आफुलाई बिर्सेर आफ्नो देशलाई सम्झनुस्, त्यही हो राष्ट्रियता अनि राष्ट्रवाद ।

    ReplyDelete
  7. असल र उत्कृष्ट वाहुनजी, तपाईको यो सत् चरित्र कायमै राख्नु होला है । हा हा हा खुव हँसायो माथिको वाहुनको कुराले एकछिन...
    'जस्तो कि म'
    हा हा हा हा । म पनि तपाईँजस्तै वाहुन हुँ है!!

    लेखको कुरो गर्छु है अव । नेपालमा वस्ने कोहि पनि राष्ट्रवादी नै छैनन् भन्ने statement लाई जवर्जस्ती पुष्टीगर्न खोजेजस्तो लाग्यो है मलाई त । हुनत पक्का राष्ट्रवादीको मापदण्ड के हुनुपर्ने हो त्यो त मलाई थाहा छैन तर एउटा कुरोलाई पुष्टीगर्न खोज्दा अरू धेरै कुराहरू ओझेलमा नि परेका हुन् कि??

    ReplyDelete
  8. --लेख मननीय छ! हामीले एउटा गम्भिर आत्मचिन्तन/आत्मसमीक्षा गर्नु र आफूलाई बदल्नुको विकल्प छैन।

    यति भन्दा-भन्दै पनि म आफूचाहिँ पक्का पहाडी बाहुन-त्याँ'माथि काठमाण्डौंकै हुँदा-हुँदै पनि एकदम राष्ट्रवादी हुँ भन्ने कुरामा मलाई शंका छैन:)
    जय होस् नेपालको!

    ReplyDelete
  9. धन्यबाद साथीहरु, सुक्रबार मनमा लागेको कुरा धेरै बिचार नगरीकनै टासेको थिए.. अलि बढी नै स्मार्ट हुन् खोजेर लेखेछु.. अब धेरै गालि पनि खान तयार भएरै बसेको थिए.. लोड शेडिंग ले गर्दा बल्ल आज ब्लग हेर्न पाए.. साथीहरु कसैले पनि गालि गर्नु भएनछ अलि बोर लाग्यो.. गालि नखाई चित्तै बुझ्दैन आफुलाई.. डोज नै पुग्दैन

    जे होस्, साथीहरुले धेरै गम्भीर प्रस्नहरु पनि उठाउनु भाको छ.. म पनि मनन गर्दै छु.. तर फेरी बत्ती जाने बेला भैसकेछ..बिजुली पनि अब भारत् ले दिए बत्ति बल्छ अरे भारतले नदिए बल्दैन अरे.. एस्तो छ हाम्रो राष्टिय स्वाधीनता..साथीहरुको अत्यन्त मननीय टिप्पणीहरुको लागि फेरी पनि धन्यबाद र आभार

    JANUARY 18

    ReplyDelete
  10. बसन्त जी, प्रश्न अलि गारो सोध्नुभो । जाँच मा जस्तो बैकल्पिक प्रश्नको व्यवस्था छ कि ? अब आफैले बिषय उठान् गरेपछि केही त भन्नैपर्यो । मलाई लाग्छ राष्टवाद भन्नाले देशलाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु हो । नेपालको सन्दर्भमा, सबैभन्दा पहिला नेपाल भारत बीच को सीमानामा अन्तराष्टिय मापदण्ड अनुसार सीमा सुरक्षा सैनिक सहित काँडेतार लगाउनु हो ।

    ध्रुब जी, मलाई के लाग्छ भने राजनीतिक र सन्चार क्षेत्र जस्ता सधै चर्चामा आउने वा भिजिबल ठाउँहरुको नेतृत्वमा जनजातिहरुलाई कार्यकारी तहमा आउन दिनुपर्छ । भन्नाले प्रत्येक दल र सरकारमा भएका प्रमुख कार्यकारी र सन्चार माध्यममा हाललाई जनजातिबाट व्यापक प्रतिनीधित्व हुनुपर्छ । जनजातिको मात्र हैन् दलित वर्ग पनि नेतृत्व मा हुनुपर्छ । तेसो भयो भने कतिपय आन्तरिक जातिय समस्या आफै हल हुन्छ । अनि शायद बिदेशीहरुले पनि नेपाललाई तेति हेप्न र चलखेल गर्न सक्दैनथे कि ?

    एकल यात्री जी, जातजातिसंग राष्टियताको तुलना गर्नु तपाईले भनेजस्तै उपयुक्त नहोला । जो बढी चलायमान् वा मोबाईल हुन्छन् जुन सुकै जातिका भए पनि उनेरुको लागि कुनै एक स्थानका प्रति बढी ममत्व राख्नु उपयुक्त हुदैन् । मैले जनजातिलाई बढी राष्टवादी त्यस अर्थमा भनेको कि जनजातिहरु कबिला संस्कृतिसंग नजिक भएकाले उनेरु आफ्नो क्षेत्रको सुरक्षाको लागि लडेको देखिएको छ । तर कतिपय कुरा तपाईले भनेजस्तै व्यक्तिपिच्छे फरक पनि हुन्छ । मैले जेनरलाईजेशन तेसैले पनि भनेको हो । जेनरलाईजेशन भन्ने बित्तिकै त्यो कुनै निश्चित सन्दर्भमा गलत पनि हुन सक्छ ।

    पुष्प जी, करेलाको तरकारी तितो भएपनि बनाउन जान्यो भने मिठो पनि हुन्छ र ज्यानलाई फाईदा पनि गर्छ भन्छन् नि त ।

    धन्यवाद शेरे जी, मेरो कुरालाई धेरै गम्भीरतापुर्वक वा सिरीयसली नलिदिनुभएकोमा । म कुनै बिशेषज्ञ नभएकोले मेरा कुराहरु हलुका हुन सक्ने सम्भावना पनि बढी नै हुन्छ । मेरो बिचारमा राष्टियता भन्नाले सम्बन्धित राष्टको सन्चालन त्यस राष्टभित्रका जनता र तिनका प्रतिनीधिले सन्चालन गर्ने पाउनुपर्छ भन्ने भावना हो ।

    अशेष बाहुन जी, हा हा हा तर मैले आफु मात्रै सतचरित्र को छु भन्न पनि गारो छ । हरेक रात सपनामा क कसले आएर मेरो पनि ब्रम्हचर्य भंग गरिदिन्छन् । अब कसरी भनु कि म सत्चरित्र छु ।

    मैले माथि भनेजस्तै मेरो बिचारमा राष्टवादी भनेको हाम्रो भन्ने भावना हो । अरुलाई गाली गर्नु मात्रै पनि राष्टवाद होईन् । हाम्रो देश गरिब नै छ भने पनि हामी आफुले आर्जन नगरेको कुनै कुरा कसैले सित्तैमा दियो भने पनि लिन्न भन्ने साहस हो । जब अरुको नुन सित्तैमा खाईन्छ अनि उसको नुनको सोझो गर्न बाध्य भईन्छ ।

    बसन्त जी, धन्यवाद...तर एसपाली तपाईले पनि पाखुरा सुर्कन बिर्सनु भो । मैले तपाईकै व्लगमा पनि लेखेको थिए । तपाई जापानमा हुनुहुन्छ भन्दैमा कम राष्टवादी र म नेपालमा छु भन्दैमा बढी राष्टवादी हुन्छु भन्ने पनि होईन् । आज यो देशका मानिसहरुको छाक कसको पैसाले टरेको छ ? बरु त्यसको उल्टो देशमै बसेर देशघाती काम गर्नेहरु धेरै छन् ।

    तर म एउटा कुरामा प्रष्ट छु यदि नेपालमा नया व्यवस्था आएको हो भने त्यसको सन्चालन नयाँ मानिसहरुले नै गर्नुपर्दछ । हैन भने यो पुरानै व्यवस्था कस्मेटिक चेन्ज भएर नया रुपमा आएको हो र नयाँ व्यवस्थाको खोजी हुन्छ ।

    ReplyDelete
  11. तितो सत्य .......
    Nothing to say .....

    ReplyDelete
  12. दौतरीले सर्बोच्चताको खेदो खन्याखन्यै हावा ब्रोले खेदोको बिरुद्ध आवाज दरो बनाको बनै क्या अर्ने होला? रणभुल्ल, तिल्लबिल्ल र ट्वाके खाएर झुल्ल म त। कस्को कुरा कता पट्याउनु ? ए हरीराम बैठके कहाँ छ हँ तिम्रो बाहुन भाको जनै ? लौन जे पर्ला पर्ला देखाइदेउ । आजकाल सुन्दै संयन्त्र नामको षड्यन्त्र पनि बनेको छ रे। बाङे भए श्री पशुपतीले रक्षा अरुन् भन्थे बिचरा यी (ष)संयन्त्रबादिले राष्ट्र बेचेर नै राष्ट्रबादी बन्ने त होलान् ।

    ReplyDelete
  13. नेपाली को आवाज ब्रो, हाम्रो समस्या त्यै छ के भन्ने के गर्ने ? ब्यबस्था परिबर्तन भो तर संचालक उही भए..अनुहार नफेरी जतिसुकै आदर्स ब्यबस्था राखेर मात्र काम दिनेवाला छैन..
    समस्या यहि देख्छु म

    हाहाहा लेकाली ब्रो, बडो चोटिलो दिनु भो जनैधारीहरुलाई.. तेसो त जनैधारी हुनु नै पनि अपराध होइन.. तर जनैधारिहरुले म मात्रै बाठो छु, म मात्र समन्वयकारी छु, म मात्र नेतृत्व दिन सक्छु भन्ने अहम गरेकोले पनि एस्तो अवस्था आएको हो..हिजो पो जनैधारी हरुले मात्र लेख पढ गर्न जान्दथे.. अब त अरुले पनि जानिसके..तेसैले अरुले पनि नेतृत्व गर्न पाउनुपर्छ भनेका हुन्

    अनि ब्रो, दौतरी का साथीहरुको पनि आआफ्नै बिचार छ.. एउटा समानता चाहि उहाहरु माओबादीले खान्छ भनेर डराउनुभाको जस्तो छ.. मेरो भनाइ चाहि जुन सुकै बादी भए पनि नया अनुहार हुनुपर्छ भन्ने हो.. माओबादी प्रति तुलनात्मक सहानुभुती यस कारण ले हो कि उसले अरु पार्टीले भन्दा बढी उपेक्षित् बर्गलाइ अघि सारेको छ.

    ReplyDelete