Wednesday, September 29, 2010

ओली र गच्छदार पनि पी एच डि...हा हा हा

सुन्नु भो के पि ओली र बिजय गच्छदारले पनि पी एच डि गरेछन नि.. अमेरिका को एउटा विश्वबिद्यालयले मानार्थ बिद्याबारिधी दिएछ पोलिटिकल साईन्स मा... हा हा हा.. म त मर्छु कि क्या हो !

स्रोत:
Greenford International University, based in central United States (US), has conferred five Nepali citizens with honorary Ph. D. degree on Monday.

Chancellor of the university Prof. Dr. Gopal Paudel conferred the doctorate degree, amid a function, to UML leader KP Oli, chairman of MJF-Loktantrik Bijaya Kumar Gachchhadar, chairman of Kantipur Publications Rameshwar Thapa, and comedy artistes Haribansh Acharya and Madan Krishna Shrestha.

Oli and Gachchhadar were conferred Ph. D. on politics, Thapa on business and Acharya and Shrestha were conferred the degrees on social service. However, the varsity has not mentioned the contribution for which they were awarded the honorary degrees.

Dignitaries from Sri Lanka and India were also conferred the Ph. D. title at the function.

Source: nepalnews.com

6 comments:

  1. भ्रममा नपर्नु होला यो ग्रिनफोर्ड कुनै विस्वविद्यालय हैन । मध्य अमेरिकाको पछौटे देश बेलिजमा दर्ता भएको भनिएको नेपालीहरू ठग्ने धन्दा हो त यसले नेपालमा प्रचार हुन हाम्रा अपठित नेताहरू र हास्यकलाकारलाई बलीको बाख्रा बनाएर पिएचडि बाँडेको हो । यस्ता पिएचडी मेरो कम्प्युटरमा पनि बनाएर बावड्न मिल्छ ।

    ReplyDelete
  2. हावा ब्रोदरम ! देश पनि हावा मै चलेको रहेछ , थाभो !
    पि.एच. डी. गर्न अब टुप्पी कसेर पढ्नु पर्ने रहेन'छ .... जनता ठग्ने राजनीति गरेर नेता हुनु पर्ने पो रहेछ ....थुक्क मेरो सुद्दी पनि !
    ....................

    Anonymous जी तपाइँ ले आग्नो नाम पनि खुलाउनु भएको रहेन'छ !
    यदि तपाइँ ले भन्नु भए जस्तै हो भने .... त्यस्ता झुट को खेति गर्ने हरुलाई - नांगे झार बनाउन पछी पर्नु हुन्न , है !

    ReplyDelete
  3. Annonymous ब्रो, म पनि यै युनिवरसिटी बाट पि एच डि को सर्टीफिकट मागम कि भन्ने सोच्दै थिए.. देला जस्तो पनि लागिराथ्यो.. तपाईं ले त मेरो भ्रम नै तोडिदिनुभो यार.. लु ब्रो तपाईं को कम्पुटरबाट भये नि होस्.. एउटा पि एच डि को सर्तिफिकट मलाई नि चाहियो.. बरु तपाईंलाई भत्ता मिलाउला म

    उमेश ब्रो, बेला बुध्दि पुर्‍याउनुभएन.. अहिले अर्काको रिस गरेर हुन्छ ? हाहाहा.. अझै बेला घर्किसकेको छैन.. सोच्नुस् है ब्रो..

    ReplyDelete
  4. म त्यही पहिलो कमेण्टवाला एनोनिमस हुँ । मलाई एनोनिमस नै रहन दिनुस् । तर नेपाली अनलाइन पत्रिकाहरूमा जब मैले अमेरिकाको प्रसिद्ध विश्वविद्यालय ग्रिनफोर्डले हरिवंश र मदकृष्णलाई विद्यावारिधीको उपाधि बाँडेको समाचार पढेँ , मेरो मन यो कुरा बुझ्न गुगल सर्चमा गयो । यसको पनि वेबसाइट रहेछ । जब म त्यहाँ पुगेर हेर्न थालेँ , त्यहाँ यसको भाषा र स्तर देखेपछि यो चाहिँ कुन 'खाते' दिमागवाला नेपालीको कुकर्म हो भन्ने अनुमान गर्न गाह्रो परेन । मलाई त्यहीँबाट विश्वास भैसकेको थियो कि यो 'बेलिज' मा दर्ता गरिएको र केवल बेलिज तथा नेपालमा मात्र सम्पर्क अफिस रहेको कुनै गतिलो संस्था हुन सक्दैन । आजको कान्तिपुरमा वास्तविकता आइपनि सकेछ , जुन मैले ४ दिन अघि बताएको पनि थिएँ ।

    हावा भाइ , पिएचडिको प्रमाणपत्र चाहिएको हो भने पठाइदिउँला तर , होटल हायात रिजेन्सीमा दिक्षान्त गराउने कामको व्ययभार चैँ बेहोर्नु
    पर्छ नि !

    ReplyDelete
  5. एनोनिमस ब्रो, मलाई पनि सन्का त लागेकै हो.. तर नेपाल का ख्यातिप्राप्त मानिसहरुले थापेको पि एच डि मा किन बिबाद गर्नु भनेर पो.. अनी त्यो हायात रिगेन्सी मा दिक्ष्यान्त गर्दा लाग्ने खर्च को पिरै नलिनुस् न ब्रो.. तपाईंले दिएको पि एच डि को सर्टिफिकट पाउन साथ 'आफ्नो मान्छे' प्रयोग गरेर सके योजना आयोग को अध्यक्ष्य नसके सदस्य भैहाल्छु नि.. अनी त सबै खर्च म उपर गरिहाल्छु नि

    ReplyDelete
  6. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete