Friday, November 20, 2009

फक टु अल दिस बुलसिट एजुकेशन

अचेल माओवादी आन्दोलन को पक्षमा प्रचारै जस्तो लेखेको देख्नुहने साथीहरुले पनि अचम्म मान्नु भो होला.. अचानक बिहेको कुरो गरेको देखेर यो मान्छे त साच्चैं नै पो हावा पो रै छ भन्ठान्नुभो होला.. के गर्ने त अब ? तेत्रो प्रचार गर्दा पनि केही ठोस आश्वाशन देको हैन.. प्रचण्डले मलाई कम्ती मा राजदुत वा केही नभए राजनीतिक सल्लाहकार त बनाउनु नि.. तेसमाथि प्रचण्डले त्यो बुर्जवा सुन्दरी लभ गुरु रेखा थापा संग डान्स गरेपछि मलाई पनि एक किसिमको ईष्र्या जस्तो भैराछ.. तेसैले मलाई पनि क्रमभंग गरेर मंसिरको जाडोमा बिहे कै कुरा गर्न मन लाग्यो.. जाडो त मलाई नि लाग्छ नि हौ..

एकजना साथीको बिहेको कुरा चल्यो.. उसलाई पनि मलाई जस्तै के गरु के गरु भैराथ्यो.. एकजना उसको आफन्तले नै खुबै जोड गरेछन्.. उसले अहिले नगरमहोला भनेछ तैपनि पैला केटी त हेरम् अनि गफ गरम्ला भनेछन्.. अनि उसले ल ठिक छ त म केटी संग कुरा गर्छु पैला अनि मात्रै हुन्छ वा हुन्न भन्छु भनेछ..उसको भनाई अनुसार बिहे गर्नु अघि केटा र केटी दुबैले एक अर्कालाई राम्ररी बुझेर मात्र बिहे गर्नपर्छ अरे

केटीको आफन्त मार्फत भेट भएछ.. अलि बेर गफ सफ गरे अरे.. सोचेर निर्णय दिन्छु भनेछ.. पछि त केटालाई केटी हेरिसकिस् अब भन बिहे कहिले गर्ने भनेर पो आफन्त मार्फत दबाब दिन थालेछन्.. उता केटालाई भने केटी अलि बच्चै वा अपरिपक्व नै छ.. डिग्री पढदै गरेको भए नि जागीर रैनछ.. त्यसमाथि केटी एभरेज लुक्सको भए पनि मरिहत्ते गर्न पर्ने खालको सुन्दरी पनि छैन रे

तेसैले उसलाई टेन्सन भएछ.. अब म उसको मिल्ने साथी र सर्वज्ञाता भएकोले मेरो शरण मा आयो.. लौ न गुरु उपचार खोज्नपर्यो भन्दै.. मैले सोधें बिहे नगर्ने भए केटी किन हेरिस त ? किन भेटिस त ?.. उसले भन्यो मैले कुरा नगरम् नै भनेको हो..तर उनेर्ले नै केटी हेरेर मात्र जवाफ दिन भने.. मैले सोधें केटी कस्तो लागिन त ?.. उसले भन्यो ठिकै हो सामान्य केटी हो हाम्रै दिदी बहिनी जस्तै.. तेसो भन्दैमा जबर्जस्ती बिहे गर्न त ?

साथी भन्छ मेरो दिमाग खुस्किन लागिसक्यो.. हुन्छ पो भनिदिउ कि क्या हो..बाआमा लाई पनि धेरै दबाब आयो.. आफन्तले पनि प्रतिष्ठाको विषय बनाए..केटीको पनि चित्त दुख्ला हेरेर छाडिदियो भनेर.. मैले सोधे त के चाहन्छस् ?..उसले भन्यो मलाई त गर्न मन छैन् तर सबैले गर् नै भन्छन् भने अरुको खुशीको लागि भए पनि गरु कि क्या हो आखिर एकदिन गर्नैपर्छ..

मलाई त हासो पनि लागेर आयो.. यस्तो डाईलग त केटीहरुले धेरै भन्ने गर्छन् मलाई त मन थिएन सबैको खशीको लागि गरें भनेर.. अरु जस्तो भए त म पनि ल गर तेसो भए भन्थे हुला.. तर आफु परियो परम्हंस ज्ञानी.. मैले भने जसले जे भने पनि आफुलाई कन्फिडेन्स नभई नगरेकै राम्रो हुन्छ केटा को लागि पनि केटी को लागि पनि

मेरो यो केटा साथी त अलिकता रास्कल नै हो.. तर केटीको विहे जबरजस्ती मात्रै हैन नाई म अहिले गर्दिन भन्दा पनि घाटीमा दाम्लो नै बाधेर भए पनि केटा हेर्न लाने र चेपुवा मा पारेर बिहे गरिदिने त मैले कति देखें कति.. जस्तो कि अहिले कै केटी यदि डिग्री पढदै छ भने म ठोकुवा गरेर भन्न सक्छु उसलाई पनि पढाई नसकाई वा कुनै ईलम नगरी बिहे गर्न मन छैन होला.. तर पनि अति शिक्षित सुसंकृत र खानदानी भन्न रुचाउने उनका बाबुआमालाई पनि छोरी बोझ भईछन्..मुखले जतिसकै आदर्श किन नछाटुन्

अब म आफै पनि केटा नै भए पनि मैले पनि सोसल स्टडी, जेन्डर स्टडी,फेमिनिज्म अनि डबल मार्जिनलाइज्ड र ट्रिपल मार्जिनलाईज्ड जस्ता अवधारण हल्का एसो सुने पढेकोले मेरो दिमागमा कुरा खेलिहाल्यो.. ह्वाट ईज द गल्र्स पोजीसन् हियर ?.. केटी को पनि त केही धारणा होला.. तेसमाथि सोसल साइन्समै डिग्री गर्दैछ भने त पक्कै पनि उसले बुझेको छ.. मलाई अझ ताज्जुप के लाग्छ भने केटीका बाबु आफै पनि सोसल साईन्स कै लेक्चरर छन् अरे..

अनि यता सहरमा हट गर्ल्स नाइट रेस्टुरेन्ट को छेउमै रहेको गुरुकुल नाट्यसाला मा फेरी अर्को नाटक मन्चन हुन्छ..डल्स हाउस सुपरहिट हन्छ.. एक सय बर्ष पहिलेकी काल्पनिक नोरा को दुस्साहस देखेर दर्सक ताली पडकाउछन.. विव्दनहरु लेख र कार्यपत्र प्रस्तुत गर्छन्.. मलाई घृणा लागेर आउछ.. फक टु अल दिस बुलसिट एजुकेशन

Monday, November 16, 2009

बटमलाइन्: माओवादी नेतृत्व को राष्टिय सरकार र राष्टपति बारे संबिधान सभामा सम्बोधन्

कांग्रेसमा भएका सबै नेता खराब नै हुन्छन् भन्ने पनि नभनम् होला.. जस्तो कि शनिवार को बी बी सी छलफल मा मलाई माओवादी का दिनानाथ शर्मा भन्दा पनि कांग्रेस का नवीन्द्र राज जोशी को तर्क गर्ने शैली रोचक र स्पस्ट लाग्यो.. नवीन्द्रराज मेरो विचारमा कांग्रेसमा बचे खुचेका केही ईमान्दार नेताहरु मध्ये एक होलान्.. उनी काठमान्डु को उपमेयर पनि भएका थिए.. गणेशमान प्रतिष्ठान् का अध्यक्ष्य पनि हुन क्यारे.. राम्रो काम गर्ने प्रयास पनि गरेका हुन्.. भ्रष्टाचार को स्क्यान्डल पनि उनको बारेमा सुनिएन्.. मिलनसार पनि छन्.. हिजै बी बी सी सुन्दा मात्रै थाहा भो नवीन्द्रराज कांग्रेस संसदीय दल का प्रवक्ता पनि रछन्.. अचम्म के लाग्यो भने गोविन्द राज जस्तो भ्रष्टहरुको आहाल बनिसकेको कांग्रेस पार्टीमा गणेशमान्को हिंग सुघेर बसेका नवीन्द्रराज लाई प्रवक्ता पनि कसरी बन्न दिए होलान् ? अझ भनम् नवीन्द्रराज जस्ता क्लिन फिगर भएका व्यक्तिले भ्रष्टहरुको प्रवक्ता बनेर बोल्नुपर्दा कत्तिको आत्मग्लानि हुदो हो ?

अरु भ्रष्ट र डेट एक्सपायर बुढा कागंरेसी भएका भए त वास्तै नगरेको भए नि हुन्थ्यो तर नवीन्द्रराज जस्ता नया पुस्ताका ईमान्दार कांग्रेसीको चिन्ता माओवादीले पनि बुभ्नुपर्छ.. नवीन्द्रराजले पनि कट्वाललाई हटाउदा माओवादीले एकलौटी निर्णय गरेकोमा आफुहरु ससंकित भएको भने.. तेतिखेर त माओवादीको दम्भ देखेर मलाई पनि झोक चलेकै हो.. मैले पनि ठिक गरे राष्टपतिले प्रचण्डलाई खुच्चिंग पनि भनेकै हो.. तर पनि जसरी कट्वालले निर्वाचित सरकारको निर्देशनलाई अटेर गर्ने तथा सेनापतिको बर्दी लाएर ठाम् ठाम् मा राजनीतिक भाषणबाजी गर्दै हिडेका थिए र जसरी प्रचण्डलाई आफैले निर्माण गरेको जन सेना बाटै पनि दबाब आईरहेको थियो तेस्तो अवस्थामा कट्वाललाई बर्खास्त त गर्नैपथ्र्यो.. वास्तवमा आफै सत्ताबाट अपमानजनक रुपले बाहिरिनु परे पनि अटेरी र दरबारिया संस्कार बोकेका सैनिक कट्वाललाई बर्खास्त गरेर प्रचण्डले नागरिक सर्वोच्चता त्यतिखेरै स्थापित गरेका थिए

तर पनि सत्ता कव्जा गर्ने भन्ने जस्ता नारा लाईरहेको आफ्नै पार्टी भित्र राजनीतिक भन्दा पनि सैनिक मानसिकता हावी रहेको बेलामा विपक्षी त के सत्ता साझेदारहरुलाई पनि आस्वस्त नपारी र आफ्नो अवस्था सुदृढ नपारीकनै हठात् राज्यको सैनिक निकाय चलाएर धेर बाठो भएकोले मैले पनि प्रचण्डलाई खुच्चिंग भनेको थिए.. अब राष्टपति आफैपनि कांग्रेस का भएकाले तेसमाथि १८ दल, कट्वाल, र भारत समेत ले सैनिक कु सम्म गर्न उक्साउने र तर्साउने दुबै गरेकोले भर्खरै बनेका मधेशी राष्टपतिलाई जे निर्णय लिएको भए पनि गाह्रै थियो र विवाद आउने नै थियो यो कुरा पनि माओवादीले बुझिदिनु पर्छ..

अहिले एसो बिचार गर्दा मलाई त सबभन्दा छद्म र दोहोरो भुमिका एमाले का झल्लुनाथ भन्ने बादरको रह्यो जस्तो लाग्छ.. प्रचण्ड संग कट्वाललाई कारवाही गरे हुन्छ भनेर आफु चीन तिर भागेछन्.. अनि पछि प्रभुको थकाईले लल्याक लुलुक पर्दै एसो हैन तेसो हो तेसो हैन एसो हो तेसैले एसो पनि हैन उसो पनि हैन तर एसो पनि हुन सक्छ तेसो पनि हुन सक्छ आदि लेग्रो तानेर आ उ आ उ गर्न थाले.. कि पहिले नै हुन्न भन्नुपथ्र्यो कि प्रचण्डको नाउ डुव्न लाग्यो भनेर मुसाले जस्तो हाम्फाल्न हुन्नथ्यो.. झल्लुको बादरे चाला देखेपछि बाबुराम को पनि व्लड प्रेसर हाई भो.. सबैले असम्भव भनेको राजस्व जम्मा मात्र के पारेका थिए कति सपना थिए होलान् फेरि भ्रष्टाचारीहरुले घिच्ने भए.. झोक्किएर बाबुरामले साचो कुरा भनिदिए तेस्रो लिंगी हिजडा शिखण्डी एमाले.. अनि सबै भताभुंग भो

माओवादीको सिंहदरबार घेराउ कार्यक्रमको समीक्षा गर्दै सरकारका मन्त्रीहरुले अप्रभावकारी भनेछन्.. भन्न खोजेको के ? शान्तिपुर्ण सांस्कृतिक आन्दोलन ले सत्ताधारीहरुलाई ईम्प्रेस गर्दैन अप्रभावकारी हुन्छ भने के अब तिनेर्को डडाल्नो सेक्ने खालको प्रभावकारी आन्दोलन माओवादीले गर्नुपर्ने हो ? हैन भने तिमेर्ले देखेनौ माओवादी को आवरण मा कस्ता रुपरंग, चालढाल, पहिरन, र बाजा नाच लिएर त्यहा मान्छे आएका थिए ? पभुको सहारा लिएर प्रचण्ड र बाबुराम बाहुनलाई सिध्याउन सक्लाउ तिनेर्लाई सक्छौ ? अलि दिन पहिला रामचन्द्रेले समेत भनेछन् गृहयुध्द लडन परे नि लडौंला अरे.. कसका भरमा लड्छौ गृहयुध्द ए हरामचन्द्र ?

माओवादी प्रभावलाई कमजोर बनाउने रचनात्मक बाटो एउटा मात्र छ कांग्रेस एमाले संग.. माओवादीका एजेण्डाहरु हाईज्याक गर्ने जसलाई कांग्रेसका सिद्धान्तकार नरहरी आचार्य ले कांग्रेसको वामपन्थीकरण भनेका छन्.. वर्तमान समयमा माओवादी अग्रगामी परिवर्तन को सम्बाहक हो जसले तत्कालिन समाजको चेतनालाई नै डोर्याएको छ.. तत्कालिन समाजको चेतना भन्दा पनि उल्टो फर्केर बसेपछि भुत्रो सक्छन् कांग्रेस एमाले ले माओवादी प्रभाव संग भिडन् ?

अर्को उपाय हो माओवादीलाई उसका आफ्नै मुद्दाहरुबाट पराजित हुन दिने.. माओवादीबाट जनताले यति धेरै आस गरेका छन् कि त्यो सबै पुरा हुन असम्भव छ.. तर त्यो आस भत्किन पनि माओवादीलाई नेतृत्व गर्न दिनु पर्यो.. राज्यको ढुकुटी चलाउने पैसा खेलाउने रहर पुरा हुन दिनुपर्यो.. भ्रष्टाचार गर्न दिनुपर्यो.. कि आस पुरा हुन देउ कि त्यो आस भत्किन देउ.. कति तिमेरु मात्र घिच्छौ ए कांग्रेस एमालेका हरुवा भ्रष्टहरु हो ?

तर प्राकृतिक बाटो नलिएर यसैगरी ५ कक्षाको बिद्यार्थीले गर्ने अंकगणित समातेर प्रभुको सहारामा माओवादीलाई ठेगान लाउने हर्कत जो गरिराका छौ.. यस्तै जारी रह्यो भने माओवादीले नाच गान गरेर कम्मर मर्काउन मात्र जानेको छैन् उसले अर्थोक मर्काउन पनि जानेको तिर्मेलाई थाहै छ.. अनि तेतिखेर माओवादी त तिमेर्ले चाहे जस्तै कम्जोर हुन्छ नै तिमेरु पनि ऐया आत्थु मलाई बचाउ भन्दै मनेरी नआउनु.. मैले भन्देको छु

अस्ति राष्टपतिले भन्न त ठिकै भने ६० बर्ष देखि यो देशको राजनीतिक र आर्थिक विकास प्रक्रिया बेकार सिद्ध भएको छ अब हामी मिलौ अरे.. खोई त उनले गाठो फुकाउन योगदान गरेका ?.. ठुला कुरा गरेर मात्र हुन्छ ?.. राष्टपति प्रति मेरो व्यक्तिगत सहानुभुति र आशिर्वाद भएपनि उनको पदलाई सन्का को फाईदा दिन सकिदैन्.. माओवादीले सत्ता कव्जा गर्छ भनेर तर्सिने नेपालका महान प्रजातन्त्रवादीहरुले विर्सनु हुदैन कि यो मुद्दा प्रचण्ड, कट्वाल, रामवरण र माधव नेपाल संग मात्र सम्वन्धित छैन्.. तिमेर्ले नै भन्ने गरेको बिधीको शासन, राज्य र सरकारको जननिर्वाचित प्रतिनीधि बाट सन्चालन, जननिर्वाचित कार्यकारी प्रमुख को मातहतमा सैनिक निकाय, सैनिक संगठन् को स्वरुप र परिचालन तथा नेपालको सरकार र सेनामा भारतको भुमिकासंग पनि सम्बन्धित मुद्दा भएकोले ल त हिजो जे भो भै हाल्यो अब मिलुम भनेर मात्र मिल्ने कुरा होईन्

सत्ता को भागबण्डा र लेनदेन मिलेपछि माओवादी ले ल त भैगो भनेर अरु मुद्दा छोडेभने नागरिक सर्वोच्चता जस्तो अत्यन्त गहन नारा उचालेर मध्य जाडोमा सडकमा उरालेको जनता प्रति माओवादी नेतृत्व को सबभन्दा ठुलो गद्दारी हुनेछ.. तेसपछि म माओवादीलाई दिदैआएको लालन पालन भरण पोषण भत्ता र निर्वाचनबाट बर्खास्त गर्नेछु.. मातृकाले मतिर खुबै आश गरेर हेरिराका छने्..

फेरि वार्ता र युद्ध दुबैको गाईंगुई सुन्छु.. जेसुकै गर.. मेरो बटमलाइन् भनेको बहुमत जनसमर्थन रहेको माओवादी नेतृत्व को राष्टिय सरकार र राष्टपति को कदम बारे संबिधान सभा संसद मा सम्बोधन् दुबै हो

-तस्बिर आफ्नै)

Friday, November 13, 2009

हिस्टिरिया ग्रस्त सरकार र माओवादी आन्दोलन

बल्ल माओवादीले सिंह दरबार घेरेर मैले प्रचण्डलाई दिएको आदेश पुरा गरेछन्.. हिजो को घेराउमा मलाई नदेखेर न्यास्रो पनि मानेछन्.. तेसैले बरु साहुको काम छाडेरै भए पनि आज चाहि घेराउमा गएर उत्साह बढाइदिनपर्यो भन्ने सोच्दछ.. कतिले के पनि भन्छन् भने सडकमा नाचगान गरेर वा कन्सर्ट गरेर सत्ता पाईदैन.. कठपुतली सत्ताधारीहरुको एउटै रटान छ तिन सय एक पुर्याएर देखाओ अरे.. नाचगान जस्तो शान्तिपुर्ण रमाईलो र व्यापक कार्यक्रम मार्फत जन समर्थन देखाउदा पनि नमाने पछि अब मैले माओवादीलाई के उपाय सुझाउने होला ?

हुन त म आफै पनि नोकरी नै गर्छ.. तर मैले पनि देश चलाउन भनेर नोकरहरु राखेको छु.. तर मेरा नोकरहरुले अचेल मलाई अलि बढी नै टेन्सन दि राछन्.. मेरा नोकरहरुलाई पनि अलि बढी नै लोकतन्त्र लागे जस्तो छ.. आफै आफै झगडा गर्छन् त ठुलो कि म ठुलो भनेर.. जबकि तिनेरु सबै मेरा नोकर हुन् भन्ने कसरी बिर्सेका होलान् ? अस्ति फेरि मेरो नोकर्नी करीमा बेगम र अर्को नोकर दुर्गा प्रसाद भन्ने को फाईट परेछ.. उता मेरो प्रधान नोकर माकुने मैले अस्ति स्वाईन भनेर झपारेको दिन देखि नै एक सय पाच डिग्री को थला परेको छ रे

यो कठपुतलीहरुमा पनि के रोग लागेर यस्तो अनौठो लक्षण देखा परेको होला भन्ने म सोच्दै थिए.. कोही थला परेका छन् - माकुने, कोही बर्बराउछन् - बिध्या मेम्साप, कोही पाखुरा सुर्कन्छन् – गच्छदार,कोही फरिया उचाल्छन् - सुजाता डार्लिंग, कोही गाडीलाई नै भकुर्छन् - रेनु जी, कोही हात गोडा फाल्छन् - करीमा बेगम्.. हिजोको कान्तिपरमा डा. देवेन्द्रराज लेख्छन् यी सबै लक्षण हिस्टीरीया को हुनुपर्छ अरे.. हुन त म कुनै डाक्टर् साक्टर त हैन् तैपनि लक्षण हेर्दा मेरो कमन सेन्स ले पनि त्यै भन्छ माकुने को कठपुतली सरकारलाई हिस्टीरीया लागेको रै छ

तेसैले यस्तो हिस्टीरीया लागिसकेको सरकार माओवादीले भनेर भन्दा पनि प्राकृतिक नियम अनुसार नै अब आफै पनि ढल्नुपर्छ भनेर माओवादीलाई फुटेको आखाले देखि नसक्नेहरुले पनि भन्न थालिसकेछन्.. अझ संयुक्त राष्ट संघ ले राष्ट्रिय सरकार बनाउ भन्दा सुदतन्त्रबाट सन्चालित माकुने गठबन्धनले हत्त न पत्त हस्तक्षेप भयो भनेर पाखण्ड देखाएपछि माकुने सरकारका स्वदेशी सुत्रधार गिरीजा का राजनीतिक सल्लाहकार अर्का डाक्टर् लोकराज बराललाई पनि सही नसक्नु भएछ

अस्तिको काठमाण्डु पोस्टमा संसदीय व्यवस्थाका प्रखर हिमायती मानिने बरालले पनि वर्तमान माकुने सरकारलाई पाखण्डी भन्दै अंग्रेजी मा लेख्छन्.. दुई ठाउमा जनताले निर्वाचन मा अस्वीकार गरेका प्रधानमन्त्री मात्र हैन रक्षा र विदेश जस्तो महत्वपुर्ण मन्त्रालय पनि जनताबाट अस्वीकृत व्यक्तिहरुले चलाएको यो सरकार मुलत एउटा प्राविधिक सरकार मात्र हो जसको कुनै पनि बैधानिक धरातल छैन्.. उनी भन्छन् यु एन ले राजनीतिक निकास को लागि दिएको सकारात्मक सुझावलाई हस्तक्षेप भनेर यो सरकार आफ्नै स्वरुपबारे आन्तरिक र बाह्य रुपमा नांगिएको छ.. बराल ले माओवादीले आफु सरकारमा हुदा अरु दललाई पेलेर जान खोजेकोले पनि यस्तो अवस्था सिर्जना भएको भनेका छन्

बर्तमान सरकार का अघोषित सल्लाहकार तथा पथ प्रदर्शक कनकमणि दीक्षितले संयुक्त राष्ट संघलाई हस्तक्षेप गर्यो भन्दै माओवादीलाई अत्यन्त गाली गरेर कान्तिपुर मा लेखेका रछन्.. कनकमणि माओवादी संग चिडिएका छन्.. उनी चिडिन पनि स्वभाविक नै हो.. माओवादी सरकार भएकै बेला मा माओवादी कार्यकर्ताले उनको मिडिया हाउस मा आक्रमण जो गरे.. अब जसले आफुलाई आक्रमण गर्छ उसंग त रिस उठने नै भयो .. मलाई पनि कुनै माओवादी ले ठटाएका भए म पनि रिसाउथे होला.. तेसैले म माओवादीलाई भन्छु.. म के भन्छु भने सकेसम्म ठटाउने काम नगर्.. खासगरी मिडियाका मान्छेलाई नठटाओ.. मिडिया हाउसका मालिकहरु हेर्दा च्यासे भए पनि निकै शक्तिशाली हुन्छन्.. बरु तिनेर्लाई एक्सपोज गर्

कनकमणि पनि वर्तमान डेडलक बाट वाक्क भै सकेका रछन्.. उनको स्वरमा आइरोनी नै भए पनि माओवादीले आन्दोलन गरेर पनि ठिकै नै गर्यो अब एउटा निकास त निस्कन्छ भनेर आफ्नो लेख टुग्याउछन्.. उनी त दंग परेका थिए होलान गजब लेखेछु भनेर तर दुई दिन पछिको पाठक प्रत्रिक्रिया मा एकजना राम्जी भन्ने पाठकले कनकमणि जस्तो आफुलाई नागरिक समाजको अगुवा र चरम गान्धीवादी देखाउन चाहनेले पनि प्रतिकृयावादी मुठभेड तर्फ उत्तेजित गर्न खोजेको प्रमाणित गरिदिदा मलाई पनि खुबै घत लागेको थियो.. लेख लेखेरै वा पत्रिका चलाएरै ठुलो र विद्वान मान्छे भएको भ्रम पाल्नेहरुले के बुझ्न पर्छ भने तेस्तो लेख्न बोल्न अब धेरैले जानिसके

मैले भन्न खोजेको के भने वर्तमान सरकारका सुत्राधार संचालक सल्लाहकार र सहानुभतिकारहरु आफै पनि यो सरकारले अब निकास दिन सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन्.. तर माओवादी बिरोधको एकमात्र अन्ध एजेण्डा बोकेका यी गान्धी का परम् भक्त हौ भन्नेहरुले नेपाल भन्ने देशलाई कता तर्फ धकेल्दैछन् ?

लौ म त लागे आन्दोलन् तर्फ.. तपाई कता ?

Tuesday, November 10, 2009

राज्य संचार माध्यम र सामाजिक आन्दोलन

संचार माध्यम वा मिडियाले समाजमा पार्ने प्रभाव बुझ्न सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को अबधारणा सहयोगी हुनसक्छ.. हेबरमास ले बुर्जवा समाजमा सार्वजनिक संचार माध्यमको संरचनागत बिश्लेषण गर्दै सन 1962 मा एउटा पुस्तक लेखे.. त्यसपछि संचार वा मिडिया को स्वरुप बारे पव्लिक स्फेयर र कम्यनिकेटीभ एक्सन जस्ता धारणा मा बहस हुदै आएको छ.. हेबरमास का अनुसार पत्रपत्रिका रेडियो टेलिभिजन सार्वजनिक क्षेत्रका संचार माध्यम हुन्.. हेबरमासले भन्न खोजेको बुर्जवा सार्वजनिक क्षेत्रको सबै भन्दा राम्रो उदारहण ईन्टरनेट हुन सक्छ जसमा सामान्य व्यक्तिहरुले पनि विश्वव्यापी बहसमा भाग लिन सक्छन्.. यद्यपि ईन्टरनेट आफैं कत्तिको सर्वसाधारणको पहुच भित्र छ वा कतै मिडिया का बादशाहहरुले मिडिया का अन्य माध्यमलाई जस्तै ईन्टरनेटलाई नै पनि आफ्नो उपनिवेश बनाईसकेका त छैनन् त्यो आफैं पनि एउटा बहस नै छ

सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को करा गर्दा केही प्रश्नहरु यसका अवधारणा बारे नै खडा हुन्छन्.. आदर्श सार्वजनिक क्षेत्र कस्तो हुन्छ र यसले कस्तो भमिका खेलेको हुन्छ ? यसको सफलता के मा भर पर्छ र यसका कमजोरी के हुन् ? अझ महत्वपर्ण प्रश्न के हुनसक्छ भने के मिडिया वा संचार माध्यम साच्चै नै आदर्श सार्वजनिक क्षेत्र हुन सकेका छन् ? के ईन्टरनेट ले सार्वजनिक क्षेत्रको रुपमा प्रमुख भुमिका लिन सक्छ ? शायद सबभन्दा महत्वपुर्ण प्रश्न के हो भने के निजी वा व्यापारिक उद्देश्य राखेर खोलिएका संचार माध्यम वा मिडिया ले के प्रभावकारी सार्वजनिक क्षेत्रको आदर्श वहन गर्न सक्छ ? सक्छ भने यस्तो मिडिया ले कस्तो दायित्व र नियम पालना गर्नुपर्ने हन्छ ? संचार क्षेत्रमा कस्तो संरचनागत सुधार गरिनुपर्छ जसले गर्दा संचार माध्यमलाई एउटा आदर्श सार्वजनिक क्षेत्र बनाउने तर्फ प्रेरित गर्न सकियोस् ?

सार्वजनिक क्षेत्र वा पब्लिक स्फेयर का केही आधारभत समन्वयकारी भुमिका हुन्छन्.. सम्वाद र खासगरी आलोचनात्मक छलफल र बहस बाट सार्वजनिक क्षेत्रले बिचार र प्रवृत्तिहरुको निर्माण गर्छ र यसरी सार्वजनिक क्षेत्रले अग्रगामी सामाजिक चिन्तन को जग बसाल्न सक्छ.. एउटा आदर्श सार्वजनिक क्षेत्रले राज्य र समाज बीच मध्यस्थता गर्दछ.. राज्यलाई यसले खेल्नुपर्ने प्रभावकारी भुमिकाको लागि आवश्यक जन दबाबको सिर्जना गर्दछ.. तत्कालिन सरकार र राज्यलाई नै चनौति वा बैधता दिने कार्यमा पनि आदर्श सार्वजनिक क्षेत्रले महत्वपुर्ण भुमिका खेल्न सक्छ.. फेरि पनि चुनौतीपूर्ण प्रश्न के हो भने यस्तो आदर्श भुमिका केही सीमित समुहको लगानी, संचालन, राज्यसंग राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता र व्यापारिक अनि व्यवसायिक स्वार्थबाट प्रेरित मिडिया हाउसहरुले कसरी गर्न सक्छन् ?

सार्वजनिक क्षेत्र स्वतन्त्र हुनुपर्छ भन्नेहरुको लागि यो एकदमै चिन्तापूर्ण छ कि केही सीमित वर्गले साधन र स्रोतमा पहुच भएको फाईदा उठाएर पहुच नभएका बिशाल जनसमुहको धारणा र निर्णयबारे एकलौटी निर्णय गर्ने हैसियत राख्छन्.. तर तेतिकैमा निराश नै भईहाल्नपर्ने अवस्था पनि छैन्.. स्वेच्छिक संवन्धहरुबाट निर्माण गरिएको सामाजीक आन्दोलन मार्फत यस्ता हैसियत को फाईदा उठाएर गरिने एलिट वा संभ्रान्त वर्गको निर्णयलाई चुनौति दिन सकिन्छ.. यसरी बहुमत र पहुच नभएकाहरुका आवाज र एजेण्डाहरु सुन्न, मान्न, र छलफल गर्न सिमित र सुबिधाभोगी अल्पमतलाई बाध्य गर्न सकिन्छ

नोट: बिभिन्न स्रोतहरुबाट अनुदित

Friday, November 6, 2009

स्वाइन फ्लु, स्वाइन माकुने सरकार, र माओवादी आन्दोलन

माओवादी आन्दोलन जारी छ.. शान्तिपुर्ण भएकोले होला राम्रै समर्थन पनि पाएको रैछ..तर अहिले सम्म मैले भाग नलिई सकेकोले हुनाले अहिले नै जनआन्दोलन नै भयो पनि नभनौ..हुन त मैले भनेपछि माओवादीले एयरपोर्ट बन्द फिर्ता पनि लिए.. ल ठिक छ तेसो भए मेरो समर्थन पनि जारी छ

यो कठ्पुतली सरकार ले अब उपेन्द्र यादवलाई उप प्रधानमन्त्री को घास हालेर सत्ता टिकाउने पासा फालेको छ अरे.. भन्दाखेरी साम्प्रदायिक कुरा जस्तो हुन्छ तर माकुनेले उप प्र म दिने भनेपछि उपेन्द लाई पनि भैसीले हरियो घास देख्दा जस्तै छट्पटि भा छ अरे.. भाड मे जाए आन्दोलन सान्दोलन भन्न पनि बेर लाउदैनन् तिनले

अचेल म पनि कसरी कम भन्दा कम क्षति गरेर आन्दोलन गर्न सकिन्छ भन्ने तिर दिमाग लडाउदै छु.. प्रचण्डलाई फेरि निर्देशन जो दिनुछ.. मेरो आइडिया अनुसार नै खुब नाच गान गर्या छन् अरे.. हिसीला भाउजु पनि छम छमी नाचेको देखेर त मलाई पनि जाउ जाउ जस्तो लागेको थियो.. तर भीडभाडमा जादा अचेल त्यो स्वाईन फ्लु भन्ने सुगुरे रुघा सर्ला भन्ने डर ले पनि नगाको.. अलि बुर्जवा टाईप कै परियो आफु पनि

नेपालीहरु ज्याद्रो हुन्छन् भनेको हो र छ.. स्वाईन फ्लुको हल्ला ले काठमाण्डुमा खासै असर गरेको छैन्.. त्यै मास्क भनिने मुखमा कट्टु लाउने चलन अलि बढेको छ तेति मात्र हो.. हाछ्यु गर्दा पनि मजाले अर्काको मुख तिर फर्केर गरिदिन्छन् खासगरि केटा जाठाहरुले.. अलि पढेलेखेका भएर होला जथाभावी पिच्च थुकेपछि वा अर्काको मुख भरी हाछ्यु गरेपछि लास्टमा सरी वा ईस्कुज मी भन्न पनि छुटाउदैनन्

यस्तो देख्दा मेरो मनमा कुरा खेलि हाल्छ.. त्यो पोज देखाएर ईस्कुज मी भन्ने नाटक गर्नु भन्दा त रुमाल ले मुख छोपेर मात्रै हाछ्यु गर्नु नि.. अझ हाछ्यु रोके पनि त हुन्छ नि भीडभाडमा हुदा.. अरुका अगाडि पाद रोक्न हुने हाछ्यु रोक्न नहुने ?

सोचिराछु पचण्डलाई आन्दोलन कसरी अघि बढाउने भनेर निर्देशन दिउ..कसैले यसो गर कसैले उसो गर भन्दा प्रचण्डलाई पनि आन्दोलनको स्वरुप बारे कन्फ्युजन भैराछ अरे.. धेरै दिन सम्म भीडभाड गर्दा सबैलाई गाह्रो हुन्छ.. आन्दोलन गर्नेलाई त झनै गारो हुन्छ.. बिरामी पनि होलान्.. यो स्वाईन फ्लु बर्ड फ्लु पनि झनै फैलिने डर्

स्वाइन फ्लु भन्दा पनि पहिले त्यो स्वाइनहरु बसेको माकुने सरकार को उपचार गर्नुपर्ने भाछ.. कम्सेकम नाताबाद गर्दैन माकुने ले भनेको त पद जान लाग्यो भनेर हत्त न पत्त भाई लाई पो हङ्कङ को महाबाणिज्यदूत बनाएछ.. त्यो पनि सिधै नियम मिचेर.. एस्तो माकुने स्वाइन ले बिधी को शासन भनेर स्वाइन जस्तो आफ्नो थुतुनो चलाऊने ?

आन्दोलन र जन परिचालन त नगरी भाछैन्.. तेसैले छोटो समय मा एकै पल्ट झ्याप्झुप् हुने गरी आन्दोलन गरम्.. कठपुतलीको कान भए पो सुन्थ्यो नारा मात्रै लाएर.. यो कठपुतली को नाटक पनि ढलोस धेरै खति पनि नहोस.. सिधै सत्ता कब्जा लु जा त

सोचिराछु अनिश्चितकालीन सिहंदरबार बन्द गर्ने आदेश प्रचण्डलाई दिउ कि ?