Sunday, October 11, 2009

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्


तलको कुराकानीको एकतर्फी अंस रिट्ठो नबिराई सत्य घटना हो कोही जीवित वा मृत व्यक्तिको जीवन संग मिलेमा स्वभाविक नै हुनेछ

हेलो राम दाई माम खाईयो त दाई ?

का खान पाउनु.. अब यो टिप सकेर माम खानपर्ला..

भेटम् भनेको जरुरी कुरा गर्नुछ..

काम त हिजो बाट मात्रै थालियो..

हैन दाई एक डेढ लाख जति हाल्नपर्यो भन्या.. एउटा पल्सर लिनपर्यो..

एक डेढ जति तपाई हाल्नुस.. बाकी म हाल्छु मिलेर चढौला..

तपाई अफिस जाने आउने बेला चढनुस.. अरु बेला म चढुला.. एउटा पल्सर त नभई भएन भन्या

पल्सर नभई त बिजीनेस नै गर्न नसकिने भो काठमाडौमा..

खै यो गाडी चलाएर मात्रै केही होला जस्तो छैन् हैन दाई..

एक डेढ लाख त म नि हाल्छ नि.. एक डेढ तपाई हाल्नुस् तेतिमा त आईहाल्छ नि पल्सर..

अनि दाई बिहे गर्ने भन्या हैन ?

हा..हा..हा..राम्री केटी त खोजे पो पाईन्छ..

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्.. तेसैले त सोच्नुस भन्या

पैसा छैन ? ह्या दाई तपाई पनि तेसो भन्ने ? नभए त्यै अगाडि को जग्गा हालेर किनम् न त पल्सर..

खै उभो लागिएला जस्तो छैन् दाई..

लाहुरेको छोरा भएर के गर्नु दाई आफु चाउरे परियो..

अब केही सीप नलागे बाउको पेन्सन आउछ त्यै खाएर बस्नपर्ला के गर्ने त अब ?

यो गाडी चलाएर उभो लागिएला जस्तो छैन्..

अहिले म ...उकालो मा छु तपाईको अफिस अगाडि पुगेपछि हर्न दिन्छु.. निस्किनुस है त..

निस्किनुस है भन्या.. एउटा पल्सर त लिनैपर्यो जसरी पनि..

ल त ल पुग्नै लागियो एसो माम साम खानपर्ला.. अनि अर्को टिप मा फर्कदा तपाई लाई भेटछु है त..

ल बाई..

11 comments:

  1. Hawa Bro duiitarphi kura rakheko bhaye bhujhna ajha sajilo hunthyo ki ...
    Tara kura chahi sahi ho la tapaiko...

    ReplyDelete
  2. धन्यवाद नेपाली को आवाज ब्रो, यो मेरो बिचार नभएर मोबाईल मा एकजना माईक्रो बस को युवा ड्राइभर ले कुरा गरेको सुनेको जस्ता को तेस्ताइ लेखेको हु.. अब अरुले फोन मा कुरा गर्दा यता बाट बोल्ने को आवाज मात्र सुनिन्छ तेसैले..

    एकजना केटी मान्छे ले फेसबूक मा दिनुभएको प्रतिकृया मलाई राम्रो लाग्यो.. उहा भन्नुहुन्छ:

    "यो कस्तो ब्लग साईट हो? पल्सर बाईक ले केटी पट्टिन्छ भनेर कस्ले भन्यो? लेख्न पाए भन्दै मा जी पनि लेक्न पाईन्छ? पल्सर जाबो त्यस्तो ठुलो कुरा हो र?"

    ReplyDelete
  3. अरे यार नेपालका केटीहरुले पनि यस्तो कमेन्ट दिदा रहेछन |

    अनि जे सुनियो तेही लेख्न पनि नपाइने रे ,नेपालमा लोकतन्त्र मात्रै नभएर गणतन्त्र आइसकेको ति दिदिलाइ थाहा रहेनछ कि क्या हो ?

    तर हावा ब्रोको कुराचाही सहि हो है | केटीहरुलाई पल्सर चड्ने र चुरोट(महँगो कुन छ तेही) खाने केटाहरु भएपछी केहि चाहिन्न रहेछा यार |

    ReplyDelete
  4. पल्सरले यस्तो करामत गर्छ वा गर्दैन त थाहा छैन। तर यस्तै र यो भन्दा पनि बढी चमत्कार गर्छ भन्ने भ्रम भने मैले पनि धेरैमा देखेको छु है!

    ReplyDelete
  5. पल्सरको फेशनले समाजमा थुप्रै युवायुबतीहरुको परिवारलाई अल्सर बनाएको छ। जो अध्ययनशिल र सिर्जनात्मक साथै भबिस्यमा केही गरेर देखाउनु छ भन्ने धारणा भएका युबतीहरु (लेख अनुसार केटी)छन तिनिहरुलाई पल्सर फेशनले छुदैन तर परिवारमा अलिकती हुनेखाने भएका, बिदेशमा पसिना बेचेर परिवार अनी सिर्फ परिवार भन्दै पैसाको पोको पठाउने बुवाका सन्तान या दाजुका भाईबहिनी परेका छन भने यो अल्सरले असाध्यै निको नहुने गरी गाँजेको छ। यो एउटाको कथा होइन धेरैलाई सर्ने रोग भएको छ। समसमयिक लेख राखेको हो हावा ब्रोले। तर ब्लग अपडेट भने असाध्यै धिमा गतिमा छ। अली जोस र जाँगर चलाएर हप्तामा दुई पटक जिरे स्वाद हुने सामाग्री राखीदिए थप रसिलो हुने थियो।

    ReplyDelete
  6. हाहाहा राजु ब्रो,ठीक भन्नु भो.. यो पल्सर चढेर र चुरोट खाएर म्याको भाईन्छ भन्ने भ्रम छ युवाहरुलाई.. तर नेपाल का केटीहरु पनि धेरै अघी बढीसके ब्रो... माथिको कम्मेन्ट दिनुहुने केटी मान्छे बुझक्की नै हुनुहुदो रहेछ... त्यस्तो राम्रो कमेन्ट गर्नु भाको छ.. उरन्ठेउला केटाहरुको भ्रम तोडेर.. नत्र त केटीहरु अली पहिला सम्म मात्रै पनि गाला मा लाउने लाली, पोते र नङ पालिस कै कुरा गर्थे भन्ने मेरो अनुभव छ

    दिलिप ब्रो, मैले पनि धेरै जना मा यस्तो भ्रम देखेको छु.. जबकी एकजना कुइरेनी केटी ले पनि मलाई हिजो फेसबूक मा भन्दै थिई.. तिमीले मलाई गाडीमा घुमाएर भन्दा पनि मेरो कुरा सुनिदिएर बढी प्रभावित गर्न सक्छौ (ला मेरो गोप्य कुरा पनि फुस्केछ है)

    हाहाहा.. लेकाली ब्रो राम्रो अनुप्रास मिलाउनु भो पल्सर ले अल्सर..तर ब्रो म फेरी भनी हालुम यो पोस्ट मा मेरो कुनै कपिराइट छैन.. बिचार को खडेरी र अल्छि को बाढि आएको बेलामा के लेखु के लेखु भैराथ्यो अनी जे देखे सुने त्यै लेखिदिये

    ब्लग अप्डेट नगर्ना को कारन पनि त्यै हो ब्रो.. खडेरी र बाढि एकसाथ अैदिएको ले हो.. कहिले लाग्छ हाम्रो जस्तो मुलुक मा छलफल गर्नु पर्ने कुरा धेरै छ.. कहिले आ यो ब्लग मा लेखेर पनि के नै होला र जस्तो लाग्छ

    ReplyDelete
  7. कुरो बेठीक हैन । आजभोलीको प्रेम धन र रूपको भरमा मात्रै चलेको छ ।

    ReplyDelete
  8. Now days and this time or evident pushar bike and girls are going to two side of a coin . if you have pulshar bike at that time you can make large no of girls, and your love will suceess neither it is impossible.

    ReplyDelete
  9. I don't think that girls only love the boy who have got a pulshar bike,they also love the one who don't have any bike and I'm against all these above comments. There may be some girls but not all OK!

    ReplyDelete
  10. This comment has been removed by a blog administrator.

    ReplyDelete
  11. लौ यो कुरा धेरै पो सुनिसकिएको छ । के साँचै हो ?? यो कुरा पत्ता लगाउन नै पर्‍यो भनेर यसो रिसर्च गरे । ३ जना केटी साथी लाई सोधे । के तिमीलाई पल्सर चड्ने केटा मन पर्छ । उनले जवाब दिइन 'मनपर्दैन ' दोश्रो लाई सोधे ' मन पर्दैन ' अनी तेस्रो लाई पनि सोधे 'मन पर्दैन '। तेसो भए कसलाई मन पर्दो रहेछ त !अनी आफ्नो प्रतिक्रिया दिन थाले । त्यसो हो भने जसले यो कुरामा विश्वाश गर्छ त्यसको आमा पनि पल्सर चड्ने केटासँग लट्ठ पर्ने भैगो नी आखिर मा त्यसको आमा पनि केटी त हो नी ।

    ReplyDelete