Friday, November 6, 2009

स्वाइन फ्लु, स्वाइन माकुने सरकार, र माओवादी आन्दोलन

माओवादी आन्दोलन जारी छ.. शान्तिपुर्ण भएकोले होला राम्रै समर्थन पनि पाएको रैछ..तर अहिले सम्म मैले भाग नलिई सकेकोले हुनाले अहिले नै जनआन्दोलन नै भयो पनि नभनौ..हुन त मैले भनेपछि माओवादीले एयरपोर्ट बन्द फिर्ता पनि लिए.. ल ठिक छ तेसो भए मेरो समर्थन पनि जारी छ

यो कठ्पुतली सरकार ले अब उपेन्द्र यादवलाई उप प्रधानमन्त्री को घास हालेर सत्ता टिकाउने पासा फालेको छ अरे.. भन्दाखेरी साम्प्रदायिक कुरा जस्तो हुन्छ तर माकुनेले उप प्र म दिने भनेपछि उपेन्द लाई पनि भैसीले हरियो घास देख्दा जस्तै छट्पटि भा छ अरे.. भाड मे जाए आन्दोलन सान्दोलन भन्न पनि बेर लाउदैनन् तिनले

अचेल म पनि कसरी कम भन्दा कम क्षति गरेर आन्दोलन गर्न सकिन्छ भन्ने तिर दिमाग लडाउदै छु.. प्रचण्डलाई फेरि निर्देशन जो दिनुछ.. मेरो आइडिया अनुसार नै खुब नाच गान गर्या छन् अरे.. हिसीला भाउजु पनि छम छमी नाचेको देखेर त मलाई पनि जाउ जाउ जस्तो लागेको थियो.. तर भीडभाडमा जादा अचेल त्यो स्वाईन फ्लु भन्ने सुगुरे रुघा सर्ला भन्ने डर ले पनि नगाको.. अलि बुर्जवा टाईप कै परियो आफु पनि

नेपालीहरु ज्याद्रो हुन्छन् भनेको हो र छ.. स्वाईन फ्लुको हल्ला ले काठमाण्डुमा खासै असर गरेको छैन्.. त्यै मास्क भनिने मुखमा कट्टु लाउने चलन अलि बढेको छ तेति मात्र हो.. हाछ्यु गर्दा पनि मजाले अर्काको मुख तिर फर्केर गरिदिन्छन् खासगरि केटा जाठाहरुले.. अलि पढेलेखेका भएर होला जथाभावी पिच्च थुकेपछि वा अर्काको मुख भरी हाछ्यु गरेपछि लास्टमा सरी वा ईस्कुज मी भन्न पनि छुटाउदैनन्

यस्तो देख्दा मेरो मनमा कुरा खेलि हाल्छ.. त्यो पोज देखाएर ईस्कुज मी भन्ने नाटक गर्नु भन्दा त रुमाल ले मुख छोपेर मात्रै हाछ्यु गर्नु नि.. अझ हाछ्यु रोके पनि त हुन्छ नि भीडभाडमा हुदा.. अरुका अगाडि पाद रोक्न हुने हाछ्यु रोक्न नहुने ?

सोचिराछु पचण्डलाई आन्दोलन कसरी अघि बढाउने भनेर निर्देशन दिउ..कसैले यसो गर कसैले उसो गर भन्दा प्रचण्डलाई पनि आन्दोलनको स्वरुप बारे कन्फ्युजन भैराछ अरे.. धेरै दिन सम्म भीडभाड गर्दा सबैलाई गाह्रो हुन्छ.. आन्दोलन गर्नेलाई त झनै गारो हुन्छ.. बिरामी पनि होलान्.. यो स्वाईन फ्लु बर्ड फ्लु पनि झनै फैलिने डर्

स्वाइन फ्लु भन्दा पनि पहिले त्यो स्वाइनहरु बसेको माकुने सरकार को उपचार गर्नुपर्ने भाछ.. कम्सेकम नाताबाद गर्दैन माकुने ले भनेको त पद जान लाग्यो भनेर हत्त न पत्त भाई लाई पो हङ्कङ को महाबाणिज्यदूत बनाएछ.. त्यो पनि सिधै नियम मिचेर.. एस्तो माकुने स्वाइन ले बिधी को शासन भनेर स्वाइन जस्तो आफ्नो थुतुनो चलाऊने ?

आन्दोलन र जन परिचालन त नगरी भाछैन्.. तेसैले छोटो समय मा एकै पल्ट झ्याप्झुप् हुने गरी आन्दोलन गरम्.. कठपुतलीको कान भए पो सुन्थ्यो नारा मात्रै लाएर.. यो कठपुतली को नाटक पनि ढलोस धेरै खति पनि नहोस.. सिधै सत्ता कब्जा लु जा त

सोचिराछु अनिश्चितकालीन सिहंदरबार बन्द गर्ने आदेश प्रचण्डलाई दिउ कि ?

4 comments:

  1. खतरा है !!! एकदम रमाईलो लाग्यो !!!

    ReplyDelete
  2. भन्न खोज्या त ठिकै हो हावा ब्रोले तर यो नाचगानरुपी आन्दोलनले रत्नपार्क पुगेर कर्मकाण्ड पुर्याउने उतिबेलाका सात दलहरुको गोलचक्करवादी आन्दोलनको झल्को गराइरहेछ आफूलाई त!!

    ReplyDelete
  3. लु झ्याप्प आन्दोलन गर्दा कटुवालको सुरुवालमा टुना खुस्कियो भने क्या अर्ने हावा ब्रो? बिद्धा मेमसाबलाई मदनले सपनामा पनि मेरो इज्जत नफाली देउ भन्दै कती पटक सम्झाए हुनन् तर कुरो मरिगए बुझिदिने होइनन। मेमसाबको स्क्रु खुस्केर प्रम माकुनेलाई आच्छु आच्छु पारेकै छन। कहिले सोझा सेनापतिलाई पुच्छरमा आगो लाउछिन कहिले अनमिन्लाई खसखस पार्छिन। सेतो बस्त्रको फाईदा उठाएर के पि को बाङ्गो बोलीमा ताली दिन्छिन। ओली पनि के कम भारतीय ढोकामा जदौरो हल्लाएको हल्लाएकै गर्या छन। अब झ्याप्प आन्दोलन भयो भने बिचराहरुको फ्यात्त बत्ती निभिहाल्छ अनी बौलाउन बेर छैन बरु आराम आराम चरणबद्ध नाचगान सहितको आन्दोलन नै ठीक होला मेरो विचारमा। भिडियो काण्डमा तर्सिने मित्रहरुलाई पनि यो त अर्कै चीज पो परेछ भन्ने होस् त्यो बेस। लाथा र मुक्का टाइसनको खेल पर्‍यो आन्दोलनको शैली माओवादीले राम्रै निकालेका छन र गर्ने पनि यस्तै हो ता कि युद्ध ताकाको कालो मैलो थोरै भए पनि धोइपखाली हुन्छ। सरकारलाई हाबुकाबु पार्न माने मुङ्री नै बर्षाउनु पर्छ भन्ने छैन। सरकारले दमन गरे पनि शान्त र भद्र तरिकाले गरेको आन्दोलनमा जनताको थप समर्थन पाउन सकिन्छ।

    ReplyDelete
  4. प्रबेश ब्रो, तपाईंले खतरा खतरा भन्दै जादा म झन फुर्केर यस्तै लेख्दै जानाले मलाई साचै नै खतरा हुन थालिसकेछ है ब्रो ;)

    हो ध्रुब ब्रो, मलाई पनि कैले एसो भन्ने कैले उसो भन्ने प्रचन्ड को चालामाला देखेर अली चिसो पसेकै हो.. तर पनि प्रचन्ड र माओवादी का अन्य योजनाकारहरुले कम भन्दा कम क्ष्यती मा देश मा अग्रगमन का अजेन्डा लागु गर्न सकियोस भनेर तेसो गरेको भनेकोले मैले पनि सन्का को फाईदा दिउ कि भनेको हो.. नत्र त..

    हा हा हा लेकाली ब्रो, कट्टुवाल ब्रो को त सुरुवाल को तुना साच्चै नै फुस्केर अचेल कट्टु मात्र लाएर बस्छन अरे

    अनी बिद्या मेम्साब ले दु:ख पाकी हुनाले के पी लाई मात्र हैन मलाई पनि माया लाग्छ.. तर आफ्नै ढंग नपुगेपछि मैले मात्रै माया गरेर पनि के हुन्थ्यो ? तपाईले भनेपछि मैले पनि आफ्नो बिचार भन्नै पर्यो.. नारीवादीहरु रिसाउलान् के गर्ने त अब ? खासमा मलाई पनि यो बिद्या मेमसाब ले आफै बोलेको जस्तो लाग्दैन.. जसको पत्नी भए पनि एक त बिचारी नेपाली महिला तेसमाथि कठ्पुतली सरकार भित्रको पनि डबल मार्जिनलाइज्ड कठ्पुतली.. बिद्या मेम्साप मार्फत अरु कोही नै बोलिरहेको छ.. ती को को हुन् पत्ता लाउनपर्ने छ

    अब आन्दोलन को बारेमा, मैले झ्यापझुप् गरम् भन्दा तपाई हैन झ्यापझप नगरम् अलि संयम गरम् नाचगान नै गरम् भन्नुहुन्छ.. तपाई पनि रौसे पाराको पर्नभो कि कसो ? तेसो भनेपछि प्रचण्डलाई म के आदेश दिउ भनेर मलाई पनि कन्फुजन हुन्छ.. ल ठिकै छ त तेसो भए म पनि प्रचण्डलाई धेर बाठो नहुन र जनता ले नाचगान नै मन पराकोले तेसै गर्न आदेश दिन्छु ;)

    ReplyDelete