Friday, November 27, 2009

मधेशी जनजाति मुद्दा र नेपालका बिव्दान गुरुहरुलाई उपदेश


एकजना ब्लगर अमुक मधेशीले एउटा पोस्ट लेख्नुभएको रहेछ.. जसमा उहाँ युवा मधेशीहरुलाई आह्वान गर्दै भन्नुहुन्छ.. मेरा पुर्खाले राणाहरुको गुलामी गरे मेरा बाजेले पन्चायतको गुलामी गरे मेरा बाबुले कांग्रेस एमालेको गुलामी गरे.. अब हामी युवा मधेशीहरु माओवादीको गुलामी गर्दैछौ.. त्यसैले हामी अब सबै गुलामी छोडेर मधेश मुक्तिको लागि एकजुट होउँ
अमुक मधेशी अल ईण्डिया ईन्सटीच्युट अफ मेडिसिन दिल्ली मा बिद्यार्थी हुन्.. ईन्टरनेट र व्लगमा मधेशी आत्मसम्मानको लागि सक्रिय छन्.. युवा पुस्ता बीच अन्तर्कियामा चासो राख्छन्.. नयाँ पुस्ता का मधेसी युवाहरुबाट पनि एस्तो धारणा आउँदा म सोच्दछु कि मधेसी मुलकै राष्ट्रपती हुँदा पनि र सरकार को बहुमत मा मधेसी मुलकै मन्त्री हुँदा पनि आज किन अझै पनि मधेसी युवाहरु अपहेलित महसुस गर्छन् ?
उता मैले पढेको विश्वविद्यालय टि यु का एकजना गुरु डा. गोविन्दराज भट्टराईले हालै बिरगंज मा एउटा भएको सम्मेलन बारे अनुभव लेख्नुभो.. तेसमा उहाले धेरै गुनासो गर्नुभो कि कसरी मधेशी आन्दोलन को क्रममा देवकोटा का सालिक भत्काईए.. तर उहाले यो लेख्नुभएन कि मधेशी मैथिली र भोजपुरी गाउमा स्थानीय लोककवि विद्यापति जस्ता प्रतिभालाई उपेक्षा गरेर देवकोटा को सालिक ठड्याउनु नै गलत थियो..
नत्र भने जनजाति बहुल दाजीलिंग, आसाम, र हंगकंग मा समेत भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा र दौरा सुरवाल टोपी एकता का सुत्र बनेकै छन्.. नेपालमै पनि तिनलाई भवानी प्रसाद गुप्ता, तिल बिक्रम नेम्वांग, अलि मिया र राममान् श्रेष्ठ आदि ले माया गरेकै हुन्.. फेरि किन तिनै प्रतिकहरु नेपालमा कल्चरल हेजिमोनी वा सांस्कृतिक उपनिवेशका प्रतिक बन्न पुगे ?
हामी नै जो एउटा खास समुदाय को भाषा संस्कुति परम्परालाई मात्रै हाम्रा पुर्खाले आर्जेको भनेर राष्टिय संस्कुति को रुपमा अझै पनि व्याख्या गर्छौ.. कतै हामी नै त चुकेनौ ? के हामीले देवकोटा संगै बिद्यापति, फाल्गुननन्द, चित्तधर, भिखारी ठाकुर, मोहम्मद मियाँ तथा अरु कैयौ प्रतिभाहरु बाट पनि प्रेरणा लिन पर्थेन् ?
मल्टीकल्चरलिज्म वा बहुसंस्कुतिको बारेमा ठुलठुला थ्योरी र थेसिस लेख्नुहुनहरुले देवकोटा को सालिक भत्काईएकोमा रुनु भन्दा पहिले खै त भन्नु भाको काठमाडौंबासीहरुलाई कि मधेशीहरुलाई भैया भनेर नहेप उनीहरुको चित्त दुख्छ्.. किन मधेशीहरुलाई भारत परस्त भनेर र्शका गरिन्छ जब कि राणा काल देखि नै पहाडिया शासकहरुको राजनीतिक तीर्थस्थल दिल्ली र सांस्कृतिक तीर्थस्थल काशी रहेको छ ?
तेसैले देवकोटा वा पूथ्वी नारायण शाह का सालिक भत्काईनु मा मलाई पनि कुनै पर्वाह छैन्.. सालिक बनेकै हुन्छ भत्काईनको लागि.. फरक एति हो कि पुराना सालिकलाई नया सालिकले रिप्लेस गर्छ.. तर मलाई पर्वाह छ कुनै पनि किसिमको श्रेष्ठताको दम्भमा अल्पमतले बहुमत माथि वा जातीय र क्षेत्रीय मुक्तीको नाम मा बहुमत ले अल्पमत माथि गर्नै अन्याय मा
जसरी आन्तरिक उपनिवेश गरिएकोमा मधेशीहरुको जायज गुनासो छ तेसैगरी केही मधेशी नेताहरुले भारतीय धार्मिक उग्रवादीहरुको ईशारामा अल्पसंख्यक पहाडिया समुदायको नरसंहार विस्थापन र त्रासपुर्ण जीवन बनाएको तथ्य कसरी जस्टीफाई गर्न सकिन्छ ? अचेल मधेशी जनसमुदाय पनि आफ्नै समाजमा झ्यागिंएको आपराधिकरण बाट अति चिन्तित छन्.. तर अब त धेरै मधेशीहरुले पनि भन्न थालिसके त्यो पहाडिया भगाउ अभियानमा उनीहरुले नै रोपेका विषवृक्षको फल हो
म आफैले पनि त्यस्तो त्रासदी नजिक बाट अनुभव गरेको छु.. म भन्न सक्छु कि साम्प्रदायिक भड्काव अत्यन्त डरलाग्दो हुन्छ.. यो एउटा सेनाले अर्को सेना संग युद्ध गरे जस्तो वा एउटा पार्टीले अर्को पार्टी संग भिड्न्त गरेजस्तो नियन्त्रित पनि हुदैन्.. न त शुरु भईसकेपछि युद्ध विराम भन्ने नै हुन्छ.. सयौ बर्ष संगै बसेर मात्र बनेको साम्प्रदायिक सद्भाव एकपटक गुमिसकेपछी फेरि स्थापित हुन धेरै गाह्रो हुन्छ्.. बिभाजन झन् झन् सुक्ष्म हुदैं जान्छन्.. तपाई आफु वरिपरिका सबैलाई शत्रु देख्न थाल्नुहुन्छ.. हामी बहुसंख्यक छौं भन्ने भ्रमले पनि त्यतिन्जेल मात्र काम गर्छ जबसम्म अल्पसंख्यक ले प्रतिकार गर्दैनन्.. जब प्रतिकार हुन्छ तेसपछि को बहुसंख्यक र को अल्पसंख्यक ?
तेसैले म भन्छु.. म के भन्छु भने बरु देश टुक्राउनु नै राम्रो तर एकै देशमा बसेर साम्प्रदायिक व्दन्द्ध गर्नु नराम्रो.. देशै टुक्राएर पनि कहाँ हुदो रेछ त समाधान ? संसारको सबैभन्दा ठुलो लोकतन्त्र र शक्तिशाली क्षेत्रीय शक्ति हाम्रै छिमेकि ईण्डिया कै उदारहणबाट हामीले केही पनि नसिक्ने त ?
तेसैले गुरुहरु,विव्दानहरु,र भलादमीहरु जो अचेल चलेको व्याख्या अनुसार मुलधार मा पर्नुहुन्छ, राज्यसँग तुलनात्मक रुपले नजिक हुनुहुन्छ, जीवनमा केही बनिसक्नुभएको छ, छोराछोरीलाई करिअर बनाउन यृरोप अमेरिका पठाउनुभको छ र पनि विश्वविद्यालय,पत्रपत्रिका, भाषा वा शासन प्रणालीमा भएको एकहोरो पहुँच प्रयोग गरेर आफ्नो कदर पहिचान भएन भनेर गुनासो गरिरहनु हुन्छ..
तपाईहरु देवकोटा वा पृथ्वी नारायण शाह को सालिक भत्केकोमा धेरै नरुनुहोस्.. आफुले खाईपाई आएको सुबिधाको बृत्त भित्र बसेर के खाउँ के लाउँ भन्नेहरुलाई तथा शासन व्यवस्था र सार्वजनिक वृत्तमा आफ्नो अनुहार खोजिरहेकाहरुलाई उपदेश दिन सजिलो हुन्छ.. तर भोको पेट नांगो आंग र अपहेलित मन मा अडिएको टाउकाहरुले हाम्रो बुद्धिबिलास मा चासो राख्दैनन्.. हामी आफ्नो सुबिधाको वृत्त वा कम्फर्ट जोन बाट बाहिर निस्केर पनि हेर्ने गरौं.. हामीले दिमाग खियाउने गरेको नलेज र पावर को अन्र्तसम्बन्धमा हामी कहानेर उभिएका छौं ?
जतिसुकै पढेलेखेका विव्दान भए पनि छुवाछुत, उँचनीच, रंगभेद, नश्लभेद, जातिभेद, बर्गभेद, वर्णभेद, लिंगभेद र धर्मभेदका ऐंजेरुहरु हाम्रै बोलीचाली, चाल चलन, सामाजीक र व्यक्तिगत व्यवहारमा पनि छन्.. यीनलाई हामी विषवृक्ष बन्न नदिन के गर्न सकिन्छ तेस्को बारेमा मनन् गरौं दैनिक जीवनमा लागु गरौं.. मानिसबाट जानेर वा नजानेर त्रुटी हुन जान्छन्.. मरिसकेका अपठित पुर्खाबाट भएका त्रुटी स्वीकार गर्न के समस्या ? हामीले आफ्नो त्रुटी महसुस गर्यौं भने उनीहरुले पनि आफ्नो त्रुटी महसुस गर्लान् कि ?
शव सालिक पुजा गरेर मानिसहरुको काँध चढी तपाईहरु कुन देवपुरीमा जाने हो ?

7 comments:

  1. हावा ब्रोको विचार सहि हो तर सबै विद्वान नेताहरुमा एउटा न एउटा स्वार्थ पक्कै छ र सबै नेताहरु भारत लगायत बिदेशी राष्ट्रहरुबाट चलेका छन्| त्यसैले हामी अब सबै गुलामी छोडेर मधेश मात्रै होइन नेपाललाई नै सबै नेताहरुबाट मुक्तिको लागि एकजुट होउँ|

    ReplyDelete
  2. हावा ब्रोको कुरामा दम छ। तर यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने न सालिक भत्किएकोमा बिलौन गरेर केही हुनेवाला छ न त एकोहोरो खस पहाडियावादको विरोध गरेर नै। मधेसकै कुरा गर्ने हो भने देवकोटा र भानुभक्तका सालिक त भत्काइए तर लाजमर्दो कुरा आफूलाई मधेसको ठेकेदार ठान्नेहरु त्यहाँका स्थानीय मैथिली, भोजपुरी, थारु, अवधी आदि भाषाको हैन, आयातित हिन्दी भाषाको ताबेदारी गर्दैछन्। त्यसैले आत्मपहिचान र समावेशीकरणका कुराहरुमा अवसरवादी नारा र बहकाउ हैन गहिरो सुझबुझ र पारस्परिक सम्मानको खाँचो छ, देश रहे मात्र म रहन्छु भन्ने वास्तविकताबोधको खाँचो छ।

    ReplyDelete
  3. कुरा निकै मननिय छ। साह्रै सरल र केही हद सम्म कुनै कुनै कुराहरु सतही पनि लाग्यो । धुर्ब पन्थीजीले भने जस्तो यहाँ त आयतित संस्कारको पो कुरा भो त। नेपाली भुमीकै कुनै पनि भाषा वा सस्कृतिको त म विवादै देख्दिन। कुनै पहाडीलाई भोजपुरी भाषाको बिकास वा मैथिली भाषाको बिकासमा आपत्ती छ जस्तो लाग्दैन। तर आपत्ती छ भने हिन्दी भाषा जो हाम्रो देशको भाषानै हैन त्यसको लागि पो बिरोध हो त।
    जे भए पनि हावाजी ले उठाएको कुराहरु साह्रै राम्रा छन्। लेख फेरि पनि जोडदार लाग्यो। तपाईको तर्क शक्तिको म प्रशंशा गर्दछु है। धन्यवाद।

    ReplyDelete
  4. एकदमै मननिय लाग्यो लेख । दूर्जेयजीले भनेजस्तै म पनि प्रशंसक हुँ तपाईँको तर्क शक्तिको । अत्यन्तै परिपक्क लेखाई अनि चित्त बुझ्दा तर्कहरू । अनि आफुलाई समाज, जाति ,धर्म सवै बुझेको भनाउनेहरूले पढ्नै पर्ने टासोँ!!!

    ReplyDelete
  5. नेपालीको आवाज ब्रो, तपाईंले भने जस्तो सबै नेताहरु बाट मुक्त हुन पनि अर्को नेताको नेत्रित्व मा आन्दोलन हुनुपर्नेहोला.. कस्ले गर्ने त नयाँ नेत्रित्व तपाईंले कि मैले ;)

    ध्रुब ब्रो, तपाईंलाई बम्पर भत्ता परेछ..मलाई पनि स्थानिय भाषा सन्स्क्रिती लाई नै महत्व दिनुपर्ने जस्तो लाग्छ.. स्थानिय स्तर मै पनि एस्को बारेमा कुरा उठेकै छ.. स्थानिय तहमा के गर्ने भन्ने कुरा हामी केन्द्र मा बसेर मात्र निर्णय नगरम होला भन्न खोजेको.. लौ तपाईंको पनि चानस देख्छु है म राजनीति मा ;)

    दूर्जेय ब्रो, सिध्धान्तत अमेरिका मा पनि काला र गोरा बिच भेद्भाव हुनुपर्छ भन्ने त छैन नि तर पनि भैराखेको छ पनि भनिन्छ नि.. अनी ब्रो, मलाई त मैले तर्क गरेको जस्तो नै लाग्दैन.. आफुलाई लागेको कुरा भनेको मात्र हो.. जो ठीक हुन पनि सक्छ नहुन पनि सक्छ (फेरी तर्क पो भो कि ?) ;)..

    अशेस ब्रो, मेरो भनाइ के हो भने हामी सबैले आआफ्नो पोजिसन बाट हेरिरहेका हुन्छौ.. र हामी भन्दा फरक पोजिसन मा बसेको मान्छेले हाम्ले भन्दा फरक चिज देखिरहेको हुनसक्छ भन्ने हो.. अनी ब्रो, प्लिज धेरै प्रनन्सा नगरिदिनुहोला.. भ्यागुता को भुँडी धेरै फुलिसक्यो फुट्ला भन्ने डर भो ;)

    ReplyDelete
  6. लौ बधाई छ मलाई बम्पर भत्ता परेकोमा... बरु भत्ता बुझ्न कहाँ-कहिले हाजिर हुनुपर्ने हो कुन्नी? ;-)

    ReplyDelete
  7. हा हा हा धुर्ब ब्रो.. डोन्ट वरी.. पैला भत्ता पाउनुहुने साथीहरुले जस्तै तपाइको इनबक्स मा हाम्रो प्रधान कार्यालय नाइजेरिआ बाट लाखौ डलर को पुरस्कार आउदैछ.. कृपया स्पाम मेल तिर चेक गर्दै गर्नुहोला ;)

    ReplyDelete