Sunday, September 26, 2010

डाबर रियल जुस, नेपाली उपभोक्ता,संचार माध्यम, भारतीय दुतावास, राकेश सुद, अनी भाट भटेनी स्टोरका मिन बहादुर गुरुङग










कान्तिपुरमा भाट्भटेनीका सन्चालक मीनबहादुर गुरुंगले रियल जुसको बिज्ञापन गरेको देख्नुभो ? उनले भनेको छन् कि व्यापारी भएपनि स्तरीय सामान बेच्ने हुनाले उनी रियल जुसको स्तरीयतामा विश्वास गर्छन् । व्यापारी मीनबहादुर गुरुंग रियल जुस बिक्री गर्न जतिसुकै ढुक्क भएपनि म भने रियल जुस पिउन ढुक्क हुन सकेको छैन् । सोचिराखेको छु कि मीनबहादु्रले रियल जुसको विज्ञापन गरिदिदा रियल जुसको विश्वसनीयता बढ्यो कि मीन बहादुर र भाटभटेनी स्टोरको विश्वसनीयता घट्यो ? अब म कस्लाई पो विश्वास गर्ने होला ? विश्वसनीय ब्राण्ड डाबर र रियल जुसलाई, भाट्भटेनी स्टोर र राष्टिय व्यापारी मीन बहादुरलाई, राकेश सुद र भारतीय दुतावासलाई, नेपाली उपभोक्ता र सन्चार माध्यमलाई ?

8 comments:

  1. मैले पनि यही सोचिरहेको:- अब म कस्लाई पो विश्वास गर्ने होला ? विश्वसनीय ब्राण्ड डाबर र रियल जुसलाई, भाट्भटेनी स्टोर र राष्टिय व्यापारी मीन बहादुरलाई, राकेश सुद र भारतीय दुतावासलाई, नेपाली उपभोक्ता र सन्चार माध्यमलाई ?

    ReplyDelete
  2. हावा जी !
    त्यो विज्ञापन कान्तिपुर मा चाँहि छापिएको हैन है !
    अनि मिनबहादुर ले बिजनेश को लागि, विज्ञापन गरिदिएको झैँ लाग्छ ! डाबर रियल, साँच्चै खान नहुने नै छ !

    ReplyDelete
  3. धन्यवाद राजेन्द्र अनी आकार ब्रोज

    आकार ब्रो लाई धेरै धन्यवाद त्रुटी पत्ता लाउनुभकोमा.. भत्ताको लागि सिफारिस गर्छु है.. साचै कुन पत्रीका हो त्यो कान्तिपुर नभये हिमालयन टाईम्स हुनुपर्छ.. अनी ब्रो ले पनि रेअल जुस पिउदा सित्तै मा मासुको चोउटा पनि खानु भको जस्तो छ नि.. हेहेहे

    ReplyDelete
  4. नागरिक,अन्नपुर्ण पोष्ट,अभियान दैनिक सबैमा मिनबहादुर गुरूङको हस्ताक्षर सहितको तस्वीर छापिएको छ ।

    मलाइ त यसले विज्ञापन बजारको गतिलो उदाहरण दिएको जस्तो लाग्यो । हिटलरले सय चोटि झुठ बोल्दा सत्य हुन्छ भन्ने मान्यता राखिरहेछन् डाबर कम्पनीहरू ।

    ReplyDelete
  5. अब त्यति गल्ति पत्ता लगाइदिसकेपछि त भत्ता त चाहियो नि ब्रो !!!
    त्यो कान्तिपुर बाहेक, नागरिक तथा हिमालयन टाइम्सहरुमा छापिएको थियो ।

    ReplyDelete
  6. बसन्त ब्रो, म पनि त रियल जुस नै पिउथे त्यो सानो बट्टाको पाइप ले तानेर.. बेला बेला मा चोउटा मुखाँ आउंदा मिठै मानेर चपाउथे.. फल्फुलको चोउटा होला भनेर.. के था आफुलाई नन भेज आईटम पो रेछ्.. हेहेहे


    ल आकार ब्रो, तपाईंको भत्ता स्विक्रित भैसक्यो.. तपाईंले पैले पनि भत्ता पचाइसक्नु भाकै हो.. तर यसपाली इथियोपियाबाट हैन सेनेगल बाट आउँदैछ तपाईंको भत्ता.. वन मिलियन पाउण्ड को.. त्यो पनि त्यहाको भुपु राजकुमारी सहित् जसको बुवा आमा प्लेन क्राश मा मारिएका थिए.. तपाईंको स्पाम मेल चेक् गरनुहोला.. राज कुमारी को प्रेम पत्र आईसको होला.. हाहाहा

    ReplyDelete
  7. भारतिय कम्पनिको बिबदित अखाध पदार्थ मिसाएको भनि आलोचित रियल जुसमा बिज्ञापन गरेको भन्दै नेपल सरकारले भाटभटेनी सुपरमार्केटको संचालक मिनबहादुर गुरुङ प्रति मुद्द् दायर गरेको छन्। कुनै पनि बिज्ञापन कम्पनि संग सहमति नगराई बिबादित बस्तुको उत्पदनलाई बिज्ञापन गरेको भन्दै गुरुङ सहित नायक राजेश हमाल,नायिका करिष्म मानन्धारलाई समेत सोहि बिषयमा अदलतमा मुद्दा दायर भएको हो। अदालतद्वारा गल्ति साबित भएमा

    तीन बर्ष सम्मा जेल सजय र पाँच लाख सम्मा जरिवाना वा दुवै सजय हुने अदालतले जनाएको छ।
    शेर्पा वर्ल्ड डट् कम्

    ReplyDelete
  8. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete